Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Numbers 25 ONCV

Show ONCV only
Verse × ×
1 While Israel lived in Shittim, the people began sexual sin with Moab's daughters. जब इस्राएलीहरू शित्तीमको बेँसीमा बसे, तब मोआबी स्त्रीहरूसँग अनैतिक यौन सम्बन्ध राख्न थाले।
2 They invited the people to their gods' sacrifices; the people ate and bowed to their gods. ती स्त्रीहरूले आफ्ना देवताहरूका निम्ति बलि चढाउनलाई तिनीहरूलाई निम्तो दिए। ती पुरुषहरूले ती देवताहरूलाई चढाइएको खानेकुरा खाए। अनि ती देवताहरूको सामु दण्डवत् गरे।
3 So Israel joined himself to Baal of Peor, and the anger of our Father burned against Israel. यसरी इस्राएलीहरूले आफैँलाई पोरको बाल-देवताको पूजामा सहभागी गराए। अनि याहवेहको क्रोध तिनीहरूको विरुद्धमा दन्क्यो।
4 Our Father said to Moses, "Take all the people's leaders and execute them before me in daylight, so my burning anger turns away from Israel." याहवेहले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूका सबै अगुवाहरूलाई लगेर मार्नू, र दिउँसोको घाममा याहवेहको सामु झुण्ड्याउनू; ताकि याहवेहको भयानक क्रोध इस्राएलीहरूबाट हटेर जाओस्।”
5 Moses told Israel's judges, "Each of you kill his men joined to Baal of Peor." अनि मोशाले इस्राएलका न्यायकर्ताहरूलाई भने, “तिमीहरू हरेकले तिमीहरूका मानिसहरू, जसले आफूलाई पोरको बाल-देवताको पूजामा सहभागी गराएका छन्, तिनीहरूलाई मार्नू।”
6 Then an Israelite man brought a Midianite woman to his brothers in front of Moses and Israel's whole assembly, while they wept at the entrance of the tent of meeting. तब इस्राएलीहरू भेट हुने पालको प्रवेशद्वारमा रोइरहेका अवस्थामा एक जना इस्राएली पुरुषले मोशा र सारा इस्राएली समुदायको आँखाकै सामु एउटी मिद्यानी स्त्रीलाई आफ्नो पालमा ल्याए।
7 Phinehas son of Eleazar, son of Aaron the priest, saw this, rose from the assembly, and took a spear in his hand. जब एलाजारका छोरा, पुजारी हारूनका नाति पीनहासले त्यो देखे, तब तिनी समुदायको माझबाट उठे, र आफ्नो हातमा भाला लिए।
8 He followed the Israelite man into the chamber and pierced them both—the Israelite man and the woman, through her belly. Then the plague against the Israelites stopped. अनि त्यसपछि तिनी इस्राएली पुरुषलाई पछ्याउँदै पालभित्र पसे। तिनले ती दुवै इस्राएली पुरुष र त्यस स्त्रीको भुँडीमा वारपार हुने गरी भाला रोपिदिए। तब इस्राएलीहरूको विरुद्धमा आएको विपत्ति थामियो।
9 Those who died in the plague were 24,000. तर त्यस विपत्तिबाट मर्नेहरूको संख्या 24,000 थियो।
10 Then our Father said to Moses, याहवेहले मोशालाई भन्‍नुभयो,
11 "Phinehas son of Eleazar, son of Aaron the priest, has turned my anger from the Israelites by his zeal for my zeal among them, so I didn't destroy the Israelites in my zeal. “पुजारी हारूनको नाति, एलाजारका छोरा पीनहासले इस्राएलीहरूबाट मेरो क्रोध हटाइदियो। किनकि तिनीहरूबीच मेरो आदरका निम्ति त्यो मजस्तै जोशिलो भयो। यसैकारण मैले आफ्नो रिसमा तिनीहरूलाई सर्वनाश गरिनँ।
12 Therefore say: I am giving him my covenant of peace. यसकारण त्यसलाई भन्, म मेरो शान्तिको करार त्यससँग बाँध्दछु।
13 He and his descendants after him will have a covenant of lasting priesthood, because he was passionate for me and made atonement for the Israelites." त्यो र त्यसका सन्तानहरू अनन्तसम्म पुजारीगिरीको करारमा हुनेछन्। किनकि त्यो आफ्नो परमेश्‍वरको आदरका निम्ति जोशिलो भयो र त्यसले इस्राएलीहरूका लागि प्रायश्‍चित गर्‍यो।”
14 The name of the Israelite killed with the Midianite woman was Zimri son of Salu, a Simeonite clan leader. मिद्यानी स्त्रीसँग मारिने इस्राएली पुरुषको नाम जिम्री थियो, जसको पिताका नाम सालू थियो। त्यो शिमियोनीहरूका घरानाका अगुवा थियो।
15 The Midianite woman killed was named Cozbi, daughter of Zur, head of a clan in Midian. अनि त्यो मारिने मिद्यानी स्त्रीको नाम कोज्बी थियो, जो सूरकी छोरी थिई। सूरचाहिँ मिद्यानी घरानाका मुखिया थिए।
16 Then our Father said to Moses, याहवेहले मोशालाई भन्‍नुभयो,
17 "Treat the Midianites as enemies and strike them down, “मिद्यानीहरूलाई शत्रुलाई झैँ आक्रमण गर्, र तिनीहरूलाई मार्।
18 for they are your enemies through their trickery, by which they tricked you in the matter of Peor, and of Cozbi, daughter of Midian's leader, their sister, struck down on the day of the plague over Peor." किनभने तिनीहरूले तिमीहरूलाई शत्रुझैँ ठानी छल गरेर पोरमा मिद्यानी अगुवाकी छोरी कोज्बीलाई चलाएर तिमीहरूलाई फसाए। अनि जसको परिणाम स्वरूप विपत्ति आइपर्दा त्यो स्त्रीको मृत्यु भयो।”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]