Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

2 Chronicles 3 ONCV

Show ONCV only
Verse × ×
1 Then Solomon began building our Father's house in Jerusalem, on Mount Moriah, where our Father had appeared to his father David, at the site David had prepared on Ornan the Jebusite's threshing floor. तब सोलोमनले तिनका पिता दावीदकहाँ याहवेह देखा पर्नुभएको मोरीयाह पर्वतमाथि यरूशलेममा याहवेहको भवन निर्माण गर्न सुरु गरे। त्योचाहिँ यबूसी अरौनाको खलामा तिनका पिता दावीदले प्रबन्ध गरेको स्थानमा थियो।
2 He began building in the second month, second day, in the fourth year of his reign. तिनले आफ्नो शासनको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिन कार्य सुरु गरे।
3 These are the foundations Solomon laid for building the house of our Father: length about ninety feet by the earlier standard, width about thirty feet. सोलोमनले परमेश्‍वरको मन्दिर निर्माणका निम्ति हालेको जग (पुरानो नापअनुसार) साठी क्यूबिट लामो र बीस क्यूबिट चौडा थियो।
4 The portico across the house's front, along the width of the house, was about thirty feet wide; its height was 120 feet. He covered the inside with pure gold. मन्दिरको अगाडिको दलान मन्दिरको चौडाइपट्टि बीस क्यूबिट लामो र बीस क्यूबिट अग्लो थियो। तिनले भित्री भागलाई निखुर सुनले मोहोरे।
5 He paneled the large room with cypress wood, covered it in fine gold, and added palm trees and chains. तिनले मुख्य सभाकक्षमा सल्‍लाका फलेकहरू लगाएर त्यसलाई निखुर सुनले मोहोरे; अनि खजूरका रूख र साङ्लाका बुट्टा बनाए।
6 He adorned the house with precious stones for beauty, and the gold was from Parvaim. तिनले भवनलाई बहुमूल्य पत्थरहरूले सिङ्गारे। तिनले प्रयोग गरेका सुनचाहिँ पर्वेमबाट ल्याइएको थियो।
7 He covered the house—beams, thresholds, walls, doors—with gold, and carved cherubim on the walls. तिनले छानाका दलिन, ढोकाका चौखटहरू, भित्ताहरू र मन्दिरका ढोकाहरूलाई सुनले मोहोरे; अनि तिनले भित्ताहरूमा करूबहरू खोपे।
8 He made the Most Holy Place, its length matching the house's width—about thirty feet—and its width also thirty feet. He overlaid it with about twenty-three tons of fine gold. तिनले मन्दिरको चौडाइअनुसार बीस क्यूबिट लामो र बीस क्यूबिट चौडाइको महा-पवित्रस्थान निर्माण गरे। तिनले त्यसको भित्री भागलाई छ सय टालेन्ट निखुर सुनले मोहोरे।
9 Nails weighed about twenty ounces of gold; he covered the upper rooms with gold. सुनका किलाहरू पचास शेकेल तौलका थिए। तिनले माथिल्‍ला भागहरूलाई पनि सुनले मोहोरे।
10 In the Most Holy Place he made two carved cherubim, gilded them. तिनले महा-पवित्रस्थानमा एक जोर करूबका आकृति बनाए, र ती सुनले मोहोरे।
11 Together the cherubim's wings spanned about thirty feet: one wing of the first cherub, about seven and a half feet, touched the house wall; its other wing, also about seven and a half feet, touched the second cherub's wing. करूबहरूका पखेटाहरू बीस क्यूबिट फैलिएका थिए। पहिलो करूबको एउटा पखेटा पाँच क्यूबिट लामो थियो। त्यसले मन्दिरको भित्तालाई छोएको थियो; अनि यसको पाँचै क्यूबिट लामो अर्को पखेटाले अर्को करूबको पखेटा छोएको थियो।
12 The second cherub's wing, about seven and a half feet, touched the house wall; its other wing, also about seven and a half feet, joined the first cherub's wing. त्यसै गरी दोस्रो करूबको एउटा पखेटा पाँच क्यूबिट लामो थियो, र त्यसले मन्दिरको अर्को भित्तालाई, अर्को पखेटाले पहिलो करूबको पखेटा छोएको थियो।
13 The wings of these cherubim spread about thirty feet; they stood on their feet, facing the main hall. यी करूबहरूका पखेटाहरू बीस क्यूबिट फैलिएका थिए। तिनीहरू मुख्य सभा-कक्षतिर फर्केर आफ्ना खुट्टामा उभिएका थिए।
14 He made the curtain of blue, purple, and crimson yarn and fine linen, with cherubim woven into it. तिनले निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडाको पर्दा बनाएर त्यसमा बुट्टेदार करूबहरू बनाए।
15 In front of the house he made two pillars, each about fifty-three feet tall, topped with a capital about seven and a half feet high. मन्दिरको अगाडि तिनले दुई वटा स्तम्भहरू बनाए, जुन एकसाथ मिलाएर पैँतीस क्यूबिट लामो थियो। जसको टुप्पामा पाँच क्यूबिटको एउटा स्तम्भ-शिर थियो।
16 He made chains like a necklace, put them atop the pillars, made one hundred pomegranates, and fastened them to the chains. तिनले जालीदार साङ्लाहरू बनाए, र तिनीहरूलाई ती स्तम्भहरूका टुप्पामा राखिदिए। तिनले एक सय वटा दारिमहरू पनि बनाए; अनि ती सिक्रीहरूसित जोडिदिए।
17 He set up the pillars in front of the temple, one to the right, one to the left, naming the right one Jachin and the left one Boaz. तिनले मन्दिरको सामु एउटा दक्षिणतिर र एउटा उत्तरतिर स्तम्भहरू खडा गरे। अनि तिनले दक्षिणतिरको नाम याकीन र उत्तरतिरको नाम बोअज राखे।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]