Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

2 Chronicles 2 ONCV

Show ONCV only
Verse × ×
1 Solomon resolved to build a house for our Father's name, and a royal palace for himself. सोलोमनले याहवेहको नामका निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा राजमहल निर्माण गर्ने हुकुम दिए।
2 Solomon assigned 70,000 carriers, 80,000 stonecutters in the mountains, and 3,600 overseers over them. सोलोमनले सत्तरी हजार भारी बोक्ने मानिसहरू, असी हजार पहाडमा ढुङ्गा काट्नेहरू र छत्तीस सय चाहिँ तिनीहरूमाथि नाइके खटाए।
3 Solomon sent to Huram king of Tyre: "Deal with me as you did with my father David, sending him cedar to build his house to live in. सोलोमनले टायरका राजा हीरामकहाँ यो सन्देश पठाए: “मेरा पिता दावीदका निम्ति बस्‍न एउटा महल बनाउन तपाईंले देवदारु पठाउनुहुँदा उहाँलाई गर्नुभएझैँ मलाई देवदारुका मुढाहरू पठाइदिनुहोस्।
4 I am building a house for the name of my Father, to dedicate it to him—to burn fragrant incense before him, set out the bread of the Presence continually, offer burnt offerings morning and evening, on sabbaths, new moons, and appointed feasts of our Father. Israel must do this forever. अब म याहवेह मेरा परमेश्‍वरको नामका निम्ति एउटा मन्दिर बनाउन र पवित्र रोटी नियमित रूपले राख्न, प्रत्येक बिहान र बेलुकी, शब्बाथको दिन र औँसीहरूमा याहवेह हाम्रा परमेश्‍वरका तोकिएका चाडहरूमा होमबलि चढाउन र उहाँको सामु सुगन्धित धूप बाल्नका निम्ति त्यसलाई अर्पण गर्न लागेको छु। यो इस्राएलको निम्ति सदालाई एउटा धार्मिक विधि हो।
5 The house I am building will be great, for our Father is greater than all gods. “मैले बनाउन लागेको मन्दिर भव्य हुनेछ; किनकि हाम्रा परमेश्‍वर अरू सबै देवी-देवताहरूभन्दा महान् हुनुहुन्छ।
6 But who can build him a house, when heaven and the highest heavens cannot contain him? And who am I to build him one, except to burn sacrifices before him? तर उहाँको निम्ति कसले मन्दिर बनाउन सक्छ? किनकि आकाश र सबैभन्दा सर्वोच्‍च स्वर्गमा समेत उहाँ अटाउन सक्नुहुन्‍न। उहाँको सामु बलिदानहरू चढाउने ठाउँबाहेक उहाँको निम्ति मन्दिर बनाउने म को हुँ र?
7 Now send me a craftsman skilled in gold, silver, bronze, iron, purple, crimson, and blue yarn, and in engraving, to work with my skilled workers in Judah and Jerusalem, whom my father David provided. “यसकारण मलाई सुन, चाँदी, काँसा, फलाम, बैजनी, रातो र निलो धागोमा काम गर्ने एक दक्ष मानिस, मेरा पिता दावीदले प्रबन्ध गरिदिनुभएका मेरा दक्ष कारिगरहरूसित यहूदा र यरूशलेममा कुँद्ने काममा शिल्पकार मानिस पठाइदिनुहोस्।
8 Send me also cedar, cypress, and red sandalwood from Lebanon, for I know your servants skillfully cut Lebanon's timber; my servants will join yours. “मलाई लेबनानबाट देवदारु, सल्‍ला र चन्दनका मुढाहरू पनि पठाइदिनुहोस्; किनकि तपाईंका मानिसहरू काठ काट्नमा दक्ष छन् भनी म जान्दछु।
9 Prepare plenty of timber for me, for the house I am building will be great and wonderful. मेरो निम्ति प्रशस्त काठ जुटाउन मेरा मानिसहरूले तपाईंका मानिसहरूसित काम गर्नेछन्; किनकि मैले निर्माण गर्ने मन्दिर विशाल र भव्य हुनेछ।
10 For your servants who cut the timber I will give about 125,000 bushels of crushed wheat, 125,000 of barley, 115,000 gallons of wine, and 115,000 of oil." म तपाईंका कर्मीहरू, अर्थात् रूखका काम गर्ने र काठ काट्नेहरूलाई बीस हजार कोर्स गहुँको पिठो, बीस हजार कोर्स जौ, बीस हजार बाथ्स दाखमद्य र बीस हजार बाथ्स जैतुनको तेल दिनेछु।”
11 Huram king of Tyre wrote Solomon: "Because the LORD loves his people, he made you their king." तब टायरका राजा हीरामले सोलोमनलाई पत्रद्वारा यस्तो जवाफ दिए: “याहवेहले आफ्ना जातिलाई प्रेम गर्नुभएको कारण उहाँले तपाईंलाई तिनीहरूका राजा बनाउनुभयो।”
12 Huram said: "Blessed be the LORD, God of Israel, maker of heaven and earth! He gave King David a wise son with insight and understanding, to build a house for the LORD and a royal palace for himself. पत्रमा हीरामले यस्तो पनि लेखे: “स्वर्ग र पृथ्वी सृष्‍टि गर्नुहुने याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा होस्! उहाँले राजा दावीदलाई तीब्र बुद्धि र समझशक्तिले भरिएका एक बुद्धिमान् छोरा दिनुभयो। उहाँले नै याहवेहका निम्ति मन्दिर र आफ्नै निम्ति एउटा महल निर्माण गर्नुहुनेछ।
13 Now I am sending you a skilled craftsman, gifted with understanding, Huram-abi, “म तपाईंकहाँ एक अति दक्ष मानिस हूराम-अब्बीलाई पठाउँदैछु,
14 son of a woman of Dan's daughters, his father a man of Tyre—skilled in gold, silver, bronze, iron, stone, wood, purple, blue, and crimson yarn, and fine linen. He can do any engraving and carry out any design assigned to him, working with your craftsmen and those of my lord David, your father. जसकी आमा दान वंशकी र बुबाचाहिँ टायरका हुन्। यिनी सुन, चाँदी, काँसा र फलाम, पत्थर र काठका काम, साथै बैजनी, रातो र निलो धागो र मलमलका कपडाका काममा पनि अनुभवी शिल्पकार हुन्। यिनी बुट्टाका काममा तालिम पाएका मानिस हुन् र यिनलाई दिइएको कुनै पनि नमुनाको काम गर्न सक्छन्। यिनी तपाईंका दक्ष कारिगरहरूका साथमा र मेरा मालिक तपाईंका पिता दावीदका कारिगरहरूका साथमा काम गर्नेछन्।
15 So let my lord send his servants the wheat, barley, oil, and wine he promised, “अब मेरा मालिकले आफूले प्रतिज्ञा गर्नुभएझैँ आफ्ना सेवकहरूलाई गहुँ र जौ, जैतुनको तेल र दाखमद्य पठाइदिनुहोस्।
16 and we'll cut all the timber you need from Lebanon, float it to you as rafts by sea to Joppa, and you can haul it up to Jerusalem." हामी तपाईंलाई चाहिएका सबै मुढाहरू लेबनानबाट काट्नेछौँ र ती समुद्रबाट जोप्पामा पठाइदिनेछौँ। तपाईंले त्यहाँबाट ती यरूशलेममा लान सक्नुहुनेछ।”
17 Solomon counted all the foreigners residing in the land of Israel, as his father David had; they numbered 153,600. सोलोमनले इस्राएलमा तिनका पिता दावीदले गणना गराएझैँ, सबै परदेशीहरूको गणना गर्न लगाए। तिनीहरू एक लाख त्रिपन्‍न हजार छ सय थिए।
18 He assigned 70,000 as carriers, 80,000 as stonecutters in the mountains, and 3,600 as overseers to keep the people working. तिनले तीमध्ये सत्तरी हजारलाई पहाडमा भारी बोक्ने र असी हजारलाई ढुङ्गा काट्ने काममा खटाए। ती मानिसहरूलाई हेरविचार गर्न तिनीहरूमाथि छत्तीस सयलाई नाइके खटाइदिए।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]