Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

1 Chronicles 4 ONCV

Show ONCV only
Verse × ×
1 The descendants of Judah: Perez, Hezron, Carmi, Hur, and Shobal. यहूदाका छोराहरू: पेरेस, हेस्रोन, कर्मी, हूर र शोबाल।
2 Reaiah son of Shobal fathered Jahath; Jahath fathered Ahumai and Lahad—the clans of the Zorathites. शोबालको छोरा रायाह, जो यहतका पिता थिए, र यहतचाहिँ अहूमै र लहदका पिता थिए। यिनीहरू नै सोरातीहरूका वंश थिए।
3 These were the sons of Etam: Jezreel, Ishma, and Idbash; and their sister's name was Hazzelelponi. एतामका छोराहरू यिनै थिए: यिजरेल, यिश्मा र यिदबश। तिनीहरूकी बहिनीको नाम हस्सलेलपोनी थियो।
4 Penuel fathered Gedor, and Ezer fathered Hushah. These were sons of Hur, firstborn of Ephrathah, father of Bethlehem. पनीएल, गदोरका पिता थिए र एजेर हूशाहका पिता थिए। एप्राताका जेठा छोरा र बेथलेहेमका पिता हूरका सन्तानहरू यिनीहरू नै थिए।
5 Ashhur the father of Tekoa had two wives, Helah and Naarah. तकोका पिता अशहूरका हेलाह र नारा नाम गरेका दुई पत्नीहरू थिए।
6 Naarah gave birth to Ahuzzam, Hepher, Temeni, and Haahashtari. These were Naarah's sons. नाराले तिनका निम्ति अहुज्जाम, हेपेर, तेमनी र हाहशतारीलाई जन्माइन्। यिनीहरू नाराका सन्तानहरू थिए।
7 The sons of Helah: Zereth, Zohar, and Ethnan. हेलाहका छोराहरू: सेरेत, सोहोर, एतनान,
8 Koz fathered Anub and Zobebah, and the clans of Aharhel son of Harum. र कोस, जो अनूब र हज्जोबेबा अनि हारूमका छोरा अहर्हेलका वंशहरूका पिता थिए।
9 Jabez was more honored than his brothers; his mother named him Jabez, saying, "Because I bore him in pain." याबेस नाम गरेका एक जना मानिस थिए। तिनी आफ्ना दाजुभाइहरूभन्दा प्रतिष्‍ठित थिए। तिनकी आमाले “मैले यसलाई कष्‍टमा जन्माएँ,” भनेर तिनको नाम याबेश, राखिन्।
10 Jabez called out to our Father of Israel: "Oh, that you would truly bless me and enlarge my territory! Let your hand be with me, and keep me from harm so that I suffer no pain." And our Father granted his request. याबेसले इस्राएलका परमेश्‍वरलाई पुकार गरे, “हे प्रभु, तपाईंले मलाई आशिष् दिएर मेरो इलाका बढाइदिनुहोस्! तपाईंको हात ममाथि रहोस्; अनि मलाई हानिबाट बचाउनुहोस्, ताकि म पीडाबाट मुक्त हुन सकूँ।” परमेश्‍वरले तिनको बिन्ती सुन्‍नुभयो।
11 Chelub the brother of Shuhah fathered Mehir, who was the father of Eshton. शूहहका भाइ कलूब मेहीरका पिता थिए। मेहीरचाहिँ एश्तोनका पिता थिए।
12 Eshton fathered Beth-rapha, Paseah, and Tehinnah the father of Ir-nahash. These were the men of Recah. एश्तोनचाहिँ बेत-रापा, पसेह र तहिन्‍नाका पिता थिए। तहिन्‍नाचाहिँ इर-नहशका पिता थिए। यिनीहरू नै रेकाका सन्तानहरू थिए।
13 The sons of Kenaz: Othniel and Seraiah; and the sons of Othniel: Hathath and Meonothai. कनजका छोराहरू: ओत्निएल र सरायाह। ओत्निएलका छोराहरू: हतात र मनोतै।
14 Meonothai fathered Ophrah. Seraiah fathered Joab, father of Ge-harashim, the Craftsmen's Valley—its people were craftsmen. मनोतै ओप्राका पिता थिए। सरायाह, योआबका पिता थिए, योआब गे-हरशीमका पिता थिए। तिनका मानिसहरू सिपालु कारिगरहरू भएका हुनाले तिनलाई बेँसीका कारिगर नाम दिइएको थियो।
15 Sons of Caleb son of Jephunneh: Iru, Elah, and Naam; and the son of Elah: Kenaz. यपून्‍नेको छोरा कालेबका छोराहरू: ईरू, एलाह र नआम थिए। एलाहका छोरा: कनज।
16 The sons of Jehallelel: Ziph, Ziphah, Tiria, and Asarel. यहललेलका छोराहरू: जीप, जीपा, तीरया र असरेल।
17 Ezrah's sons: Jether, Mered, Epher, and Jalon. Mered's wife bore Miriam, Shammai, and Ishbah, father of Eshtemoa. एज्राहका छोराहरू: येतेर, मेरेद, एपेर र यालोन। मेरेदका पत्नीहरूमध्ये एक जनाले मिरियम, शम्मै र एश्तमोका पिता यिश्बहलाई जन्माइन्।
18 His Judean wife bore Jered father of Gedor, Heber father of Soco, and Jekuthiel father of Zanoah—sons of Bithiah, Pharaoh's daughter, whom Mered married. यीचाहिँ फारोकी छोरी बित्याहका छोराछोरीहरू थिए। तिनै बित्याहलाई मेरेदले विवाह गरेका थिए। तिनकी यहूदा कुलबाटकी पत्नीले गदोरका पिता येरेद, सोकोका पिता हेबेर र जानोहका पिता यकूतीएललाई जन्माइन्।
19 The sons of Hodiah's wife, the sister of Naham, fathered Keilah the Garmite and Eshtemoa the Maacathite. नहमकी बहिनी होदिय्याहकी पत्नीका छोराहरू: गेरेमी कीलाहका पिता र माकाती एश्तमोका पिता थिए।
20 The sons of Shimon: Amnon, Rinnah, Ben-hanan, and Tilon. The sons of Ishi: Zoheth and Ben-zoheth. शिमोनका छोराहरू: अमनोन, रिन्‍नाह, बेन-हानान र तीलोन। यिशीका छोराहरू: जोहेत र बेन-जोहेत।
21 Sons of Shelah son of Judah: Er father of Lecah, Laadah father of Mareshah, and the linen-worker clans of Beth-ashbea. यहूदाका छोरा, शेलहका छोराहरू: लेकाहका पिता एर, मारेशाका पिता लादाह र बेथ-अश्बेयामा मलमल सुती वस्त्रका काम गर्ने मानिसहरूका वंशहरू,
22 Jokim, the men of Cozeba, Joash, and Saraph, who ruled in Moab, then returned to Bethlehem—these records are ancient. योकीम, कोजेबा, योआश र सारापका, मानिसहरू, जसले मोआब र यशूबी लेहेममा शासन गर्थे। (यी विवरणहरू प्राचीन कालदेखिका हुन्।)
23 These were the potters living at Netaim and Gederah, staying there to work for the king. तिनीहरू नतैम र गदेरामा बस्‍ने कुमालेहरू थिए। तिनीहरू त्यहाँ बसेर राजाको निम्ति काम गर्थे।
24 The sons of Simeon: Nemuel, Jamin, Jarib, Zerah, and Shaul; शिमियोनका सन्तानहरू: नमूएल, यामीन, यारीब, जेरह र शाऊल;
25 Shallum his son, Mibsam his son, Mishma his son. शाउलका छोरा शल्‍लूम, नाति मिब्साम, र पनाति मिश्मा थिए।
26 The sons of Mishma: Hammuel his son, Zaccur his son, Shimei his son. मिश्माका सन्तानहरू: तिनका छोरा हम्मूएल, हम्मूएलका छोरा जक्‍कूर, जक्‍कूरका छोरा शिमी।
27 Shimei had sixteen sons and six daughters, but his brothers had few children, and their clan never grew as numerous as Judah's. शिमीका सोह्र जना छोराहरू र छ जना छोरीहरू थिए। तर तिनका दाजुहरूका धेरै छोराछोरीहरू भएनन्। यसकारण तिनीहरूको सम्पूर्ण वंश यहूदाका मानिसहरूजस्तै संख्यामा धेरै भएनन्।
28 They lived in Beersheba, Moladah, Hazar-shual, तिनीहरू बेर्शेबा, मोलादाह, हसर-शूआल,
29 Bilhah, Ezem, Tolad, बिल्हा, एसेम, तोलाद,
30 Bethuel, Hormah, Ziklag, बतूएल, होर्मा, सिक्लग,
31 Beth-marcaboth, Hazar-susim, Beth-biri, and Shaaraim. These were their towns until David became king. बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा बस्थे। दावीदले शासन नगरेसम्म तिनीहरूका नगरहरू यिनै थिए।
32 Their surrounding villages were Etam, Ain, Rimmon, Tochen, and Ashan—five towns, तिनीहरूका वरिपरिका गाउँहरू एताम, ऐन, रिम्मोन, तोकेन र आशान गरेर—जम्मा पाँच वटा नगरहरू थिए
33 and all their villages around these towns, as far as Baal. These were their settlements, and they kept their own genealogical records. र ती नगरहरू वरिपरिका गाउँहरू बालातसम्मै थिए। तिनीहरूका बस्‍ने ठाउँहरू यिनै थिए। तिनीहरूले वंशावलीको विवरण पनि राखे।
34 Meshobab, Jamlech, Joshah the son of Amaziah, मशोबाब; यम्‍लेक; अमस्याहका छोरा योशा;
35 Joel, Jehu the son of Joshibiah, the son of Seraiah, the son of Asiel, योएल; योशिब्याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए।
36 Elioenai, Jaakobah, Jeshohaiah, Asaiah, Adiel, Jesimiel, Benaiah, एल्योएनै; याकोबा; याशोहायाह; असायाह; अदीएल; यसीमीएल; बनायाह;
37 and Ziza the son of Shiphi, the son of Allon, the son of Jedaiah, the son of Shimri, the son of Shemaiah. अनि शिपीका छोरा जीजा, जो अल्‍लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति र शमायाहका जनाति थिए।
38 These men listed by name were leaders in their clans, and their families grew greatly in number. माथि उल्‍लेख गरिएका नामका मानिसहरू तिनीहरूका वंशहरूका अगुवाहरू थिए। तिनीहरूका परिवारहरू ज्यादै बढे।
39 They went to Gedor's entrance, east of the valley, seeking pasture for their flocks. तिनीहरू आफ्ना बगालका निम्ति खर्क खोज्न बेँसीको पूर्वपट्टि गदोरसम्म गए।
40 They found rich, good pasture; the land was wide, quiet, and peaceful, for its earlier residents were from Ham. त्यहाँ तिनीहरूले प्रशस्त घाँस भएको असल खर्क, फराकिलो मैदान, शान्त र सुरक्षित ठाउँ भेट्टाए। तिनीहरूभन्दा पहिल्यै त्यहाँ केही हामवंशीहरू बसेका थिए।
41 These men, recorded by name, came in the days of Hezekiah king of Judah, attacked the Hamites' tents and the Meunites found there, destroyed them completely to this day, and settled in their place, since there was pasture there for their flocks. माथि नाम उल्‍लेख गरिएका यी मानिसहरू यहूदाका राजा हिजकियाहको समयमा आएका थिए। तिनीहरूले हामवंशीहरूलाई तिनीहरू बसेकै ठाउँमा आक्रमण गरे। अनि त्यहाँ भएका मोनीहरूलाई पनि आक्रमण गरेर तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गरे। आजसम्म त्यहाँ तिनीहरूको नामनिशानै छैन। तब तिनीहरू उनीहरूका ठाउँमा बसोबास गर्न थाले। किनकि त्यहाँ तिनीहरूका बगालको निम्ति खर्क थियो।
42 Some Simeonites—500, led by Ishi's sons Pelatiah, Neariah, Rephaiah, and Uzziel—went to Mount Seir. अनि यी पाँच सय शिमियोनीहरूले यिशीका छोराहरू पलत्याह, नेरियाह, रपायाह र उज्जीएलको नेतृत्वमा सेइरको पहाडी मुलुकमाथि आक्रमण गरे।
43 They struck down the surviving remnant of the Amalekites and have lived there to this day. तिनीहरूले बाँकी रहेका अमालेकीहरूलाई पनि मारे। तिनीहरू आजको दिनसम्म नै त्यहाँ बसेका छन्।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]