Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

1 Chronicles 5 ONCV

Show ONCV only
Verse × ×
1 The sons of Reuben, Israel's firstborn—he was indeed the firstborn, but since he violated his father's bed, his birthright went to the sons of Joseph son of Israel, so he could not be listed as the firstborn in the genealogy. इस्राएलका जेठा छोरा रूबेन थिए, (तिनी जेठो छोरा भए तापनि तिनले आफ्ना पिताकी उपपत्नीसँग शारीरिक सम्बन्ध राखेर आफ्ना पिताको वैवाहिक ओछ्यानलाई अशुद्ध पारिदिएका हुनाले तिनको जेष्‍ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो। यसकारण तिनलाई वंशावलीको सूचीमा जेठो छोरा गनिएको छैन।
2 Though Judah grew strong among his brothers and a ruler came from him, the birthright was Joseph's. यहूदा आफ्ना दाजुभाइहरूमध्ये सबैभन्दा बलियो र तिनीबाट नै शासक आएको भए तापनि ज्येष्‍ठ अधिकारचाहिँ योसेफको भयो)।
3 The sons of Reuben the firstborn of Israel: Hanoch, Pallu, Hezron, and Carmi. इस्राएलका जेठा छोरा रूबेनका छोराहरू: हानोक, पल्‍लू, हेस्रोन र कर्मी।
4 The sons of Joel: Shemaiah his son, Gog his son, Shimei his son, योएलका सन्तानहरू: योएलका छोरा शमायाह, शमायाहका छोरा गोग, गोगका छोरा शिमी,
5 Micah his son, Reaiah his son, Baal his son, शिमीका छोरा मीका, मीकाका छोरा रायाह, रायाहका छोरा बाल,
6 and Beerah his son, whom Tiglath-pileser king of Assyria exiled—he led the Reubenites. बालका छोरा बीराह, जसलाई अश्शूरका राजा तिग्लत-पिलेसेरले कैद गरेर लगेका थिए। बेराचाहिँ रूबेनीहरूका अगुवा थिए।
7 His relatives by their clans, as listed in the genealogical records: Jeiel the chief, Zechariah, तिनीहरूका वंशावलीमा वंशअनुसार सूचित गरिएका तिनीहरूका आफन्तहरू: यीएल, जो मुखिया थिए; जकरिया,
8 and Bela son of Azaz, son of Shema, son of Joel. They settled in Aroer, to Nebo and Baal-meon. अनि अजाजका छोरा बेला, जो शेमाका नाति र योएलका पनाति थिए। तिनीहरू अरोएरदेखि नेबो र बाल-मोनसम्म फैलिएको क्षेत्रमा बसोबास गरे।
9 They also settled eastward to the edge of the desert that stretches to the Euphrates, since their livestock had multiplied in Gilead. तिनीहरूले पूर्वपट्टि यूफ्रेटिस नदीसम्म फैलिएको उजाडस्थानको किनारको जमिनसम्म नै कब्जा गरे। किनकि गिलादमा तिनीहरूका गाईबस्तुको संख्या बढेको थियो।
10 In Saul's days they fought the Hagrites, who fell to them; they lived in the Hagrites' tents across the whole region east of Gilead. शाऊलको शासनकालमा रूबेनीहरूले हग्रीहरूको विरुद्धमा युद्ध गरे। तिनीहरूले हग्रीहरूलाई परास्त गरे। अनि तिनीहरूले गिलादको पूर्वपट्टि हग्रीहरूका सम्पूर्ण इलाकामा रहेका छाउनीहरूलाई कब्जा गरे।
11 The sons of Gad lived next to them in the land of Bashan as far as Salcah: गादीहरू रूबेनीहरूका नजिक बाशानमा बसे। तिनीहरूको इलाका सलेकासम्मै फैलिएको थियो:
12 Joel the chief, Shapham the second-in-command, then Janai and Shaphat in Bashan. बाशानमा योएल मुखिया थिए। तिनीपछि दोस्रोमा शापान, त्यसपछि यानै र शापात थिए।
13 Their relatives, by their fathers' households, were Michael, Meshullam, Sheba, Jorai, Jacan, Zia, and Eber—seven. तिनीहरूका आफन्तहरू परिवारअनुसार यिनै थिए: मिखाएल, मशुल्‍लाम, शेबा, योरै, याकान, जीआ र एबेर—जम्मा सात जना।
14 These were sons of Abihail son of Huri, son of Jaroah, son of Gilead, son of Michael, son of Jeshishai, son of Jahdo, son of Buz. यिनीहरू अबीहेलका छोराहरू थिए। अबीहेल हूरीका छोरा थिए। हूरी यारोहका छोरा थिए, यारोह गिलादका छोरा थिए; गिलाद मिखाएलका छोरा थिए; मिखाएल यशीशैका छोरा थिए, यशीशै यहदोका छोरा थिए र यहदो बूजका छोरा थिए।
15 Ahi son of Abdiel, son of Guni, was the head of their fathers' households. गुनीका नाति, अब्दीएलका छोरा अही तिनीहरूका परिवारका प्रमुख अगुवा थिए।
16 They lived in Gilead, in Bashan and its villages, and across all Sharon's pasturelands to their borders. गिलादीहरू गिलादमा बाशान र यसका वरपरका गाउँहरूमा र शारोनका सबै खर्कहरू फैलिएका ठाउँसम्म बसोबास गरे।
17 All these were listed in genealogies during the reigns of Jotham king of Judah and Jeroboam king of Israel. यी सबै मानिसहरूका नामहरू यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका शासनकालमा वंशावलीको सूचीमा लेखिएको थियो।
18 The Reubenites, Gadites, and half-tribe of Manasseh had capable men bearing shield and sword, drawing the bow, trained for war—44,760 ready for battle. रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलसित युद्धका निम्ति तयार रहेका 44,760 तालिम प्राप्‍त मानिसहरू थिए, जो ढाल र तरवार चलाउन सक्ने, धनु चलाउन सक्ने, र युद्धका निम्ति निपुण योद्धाहरू थिए।
19 They waged war against the Hagrites, and against Jetur, Naphish, and Nodab. तिनीहरूले हग्रीहरू, यतूर, नापीश र नोदाबको विरुद्धमा युद्ध गरे।
20 They were helped against them; the Hagrites and all their allies were given into their hand, because they cried out to our Father in battle. He answered them, for they trusted in him. तिनीहरूले परमेश्‍वरबाट युद्धमा सहायता पाए। अनि परमेश्‍वरले हग्रीहरू र तिनीहरूका सबै मित्रराष्ट्रहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो। किनकि युद्धको समयमा तिनीहरूले उहाँलाई पुकारेका थिए। उहाँले तिनीहरूको पुकार सुन्‍नुभयो; किनकि तिनीहरूले उहाँमाथि भरोसा राखेका थिए।
21 They captured the Hagrites' livestock: 50,000 camels, 250,000 sheep, 2,000 donkeys, and 100,000 people. तिनीहरूले हग्रीहरूका गाईबस्तु, अर्थात् पचास हजार ऊँट, दुई लाख पचास हजार भेडा र दुई हजार गधा कब्जा गरे। तिनीहरूले एक लाख मानिसहरूलाई पनि कैद गरेर लगे।
22 Many fell dead, for the battle was our Father's; they lived there until the exile. अनि अरू धेरैचाहिँ मारिए; किनकि त्यो लडाइँ परमेश्‍वरले नै हुन दिनुभएको थियो। निर्वासनमा नलगिएसम्म तिनीहरू त्यस देशमै बसोबास गरे।
23 Manasseh's half-tribe lived in the land, growing numerous from Bashan to Baal-hermon, Senir, and Mount Hermon. मनश्शेको आधा कुलका मानिसहरू अनगन्ती थिए। तिनीहरू त्यस देशमा बाशानदेखि बाल-हर्मोनसम्म, अर्थात् सेनीर (हेर्मोन पर्वत) सम्म बसोबास गरे।
24 Heads of their fathers' households: Epher, Ishi, Eliel, Azriel, Jeremiah, Hodaviah, and Jahdiel—mighty warriors, famous men, heads of their fathers' households. तिनीहरूका परिवारका अगुवाहरू यिनै थिए: एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदवियाह र यहदीएल। तिनीहरू साहसी लडाकु, प्रसिद्ध मानिसहरू, र तिनीहरूका परिवारका मुख्य अगुवाहरू थिए।
25 But they were unfaithful to their ancestors' God and prostituted themselves to the gods of the land's peoples, whom our Father had destroyed before them. तर तिनीहरू आफ्ना पितापुर्खाहरूका परमेश्‍वरप्रति विश्‍वासयोग्य भएनन्। अनि परमेश्‍वरले तिनीहरूकै सामु नष्‍ट पार्नुभएका देशका मानिसहरूका देवताहरूको पछि लागेर तिनीहरूले वेश्यावृत्ति गरे।
26 So our Father of Israel stirred up the spirit of Pul king of Assyria—Tiglath-pileser king of Assyria—and he exiled the Reubenites, Gadites, and half-tribe of Manasseh to Halah, Habor, Hara, and the river Gozan, where they remain to this day. यसकारण इस्राएलका परमेश्‍वरले अश्शूरका राजा पूललाई (अर्थात् अश्शूरका राजा तिग्लत-पिलेसेरलाई) उस्काउनुभयो, जसले रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई निर्वासनमा लगे। राजाले तिनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीमा लगे, जहाँ तिनीहरू आजको दिनसम्म नै छँदैछन्।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]