Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 8 ONCV

Show ONCV only
Verse × ×
1 Does not Wisdom call out, and understanding raise her voice? के बुद्धिले आह्वान गर्दैन? के समझशक्तिले त्यसको आवाज उच्‍च पार्दैन?
2 Atop the heights along the way, where the paths meet, she takes her stand. गल्‍लीका उचाइहरूमा, जहाँ बाटाहरूका मिलन हुन्छ, त्यसले त्यहाँ आफ्नो अडान लिन्छ,
3 Beside the gates, at the entrance to the city, at the doorways she cries aloud: सहरमा पुर्‍याउने मूलढोकाहरूको छेउमा, प्रवेश द्वारहरूमा त्यो चर्को सोरले यसरी कराउँछ:
4 "To you, all people, I call out; my voice reaches all humanity. “हे मानिसहरू हो, म तिमीहरूलाई कराएर भन्छु; म सारा मानव-जातिलाई आफ्नो आवाज सुनाउँछु।
5 You who are simple, learn prudence; you who are foolish, gain an understanding heart. तिमीहरू जो सोझा छौ, सक्षम होऊ। तिमीहरू जो मूर्ख छौ, समझशक्ति प्राप्‍त गर्ने होऊ।
6 Listen, for I speak of noble things, and everything I say is right. सुन, किनकि मसँग भन्‍नलाई काम लाग्ने कुराहरू छन्, जे ठिक छ, त्यो भन्‍न म मेरो ओठ खोल्छु।
7 My mouth utters truth, for my lips detest wickedness. मेरो मुखले साँचो कुरा बोल्दछ; किनकि मेरो ओठले दुष्‍टतालाई घृणा गर्छ।
8 All the words of my mouth are righteous; none of them is twisted or crooked. मेरो मुखका सबै वचन न्यायसङ्गत छन्; तीमध्ये एउटै पनि बाङ्गा-टिङ्गा अथवा भ्रष्‍ट छैन।
9 To the one who understands they are all clear, and right to those who find knowledge. विवेकशील व्यक्तिका लागि मेरा वचन ठिक छन्, ज्ञान हुने मानिसको निम्ति ती धार्मिक छन्।
10 Take my instruction instead of silver, and knowledge rather than choice gold, मेरो अर्तीलाई चाँदीको सट्टामा, र ज्ञानलाई उत्तम सुनको सट्टामा चुन;
11 for wisdom is better than jewels, and nothing you desire can compare with her. किनकि बुद्धि माणिकहरूभन्दा मूल्यवान् हुन्छ, र तिमीले इच्छा गरेको कुनै पनि कुरा त्यसको दाँजोमा आउँदैन।
12 I, Wisdom, dwell with prudence, and I find knowledge and discretion. “म, बुद्धि, विवेकसँग बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्।”
13 The fear of our Father is to hate evil. Pride and arrogance, the evil way, and perverse speech I hate. याहवेहप्रतिको भय दुष्‍टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्काउने कुराहरूलाई म घृणा गर्दछु।
14 Counsel is mine, and sound wisdom; I am understanding; strength is mine. परामर्श र उचित फैसला मद्वारा नै हुन्छन्; मसित समझशक्ति छ, र मसित सामर्थ्य छ।
15 By me kings reign, and rulers decree what is just; मद्वारा नै राजाहरूले शासन गर्छन्, र शासकहरूले न्यायसङ्गत उर्दी जारी गर्छन्।
16 by me princes govern, and nobles—all who rule with justice. मद्वारा नै शासकहरूले राज्यव्यवस्था चलाउँछन्— र पृथ्वीमा शासन गर्ने सबै शासकहरू।
17 I love those who love me, and those who search for me find me. मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु; मेरो खोजी गर्नेहरूले मलाई भेट्टाउँछन्।
18 With me are riches and honor, enduring wealth and righteousness. मसित धन र आदर, रहिरहने सम्पत्ति र समृद्धि छन्।
19 My fruit is better than gold, than the finest gold, and what I yield surpasses choice silver. मेरो फल असल सुनभन्दा राम्रो छ; म जे पाउँछु, त्यो चुनिएको चाँदीभन्दा असल हुन्छ।
20 I walk in the way of righteousness, along the paths of justice, म धार्मिकताका बाटो हिँड्छु, र न्यायको मार्गमा हिँड्छु,
21 giving wealth as an inheritance to those who love me, and filling their treasuries. मलाई प्रेम गर्नेहरूलाई म धनसम्पत्तिले भरिपूर्ण पार्छु र म तिनीहरूका भण्डार भरिदिनेछु।
22 Our Father brought me forth at the beginning of his way, before his works of old. याहवेहले आफ्नो सृष्‍टिको सुरुमा नै, उहाँका पुरातनका सबै कामहरूभन्दा पहिले नै मलाई सृजनुभयो,
23 From ages past I was established, from the beginning, before the earth began. परापूर्वकाल अगि नै, अर्थात् संसारको सुरु हुनुभन्दा पहिलेदेखि नै मेरो सृष्‍टि भएको थियो।
24 When there were no deep waters I was brought forth, when there were no springs overflowing with water. सागरहरू हुनुभन्दा पहिले, पानीले भरिएका मुहानहरू हुनुभन्दा अगि नै मेरो जन्म भएको थियो,
25 Before the mountains were settled, before the hills, I was brought forth, पर्वतहरू आ-आफ्ना स्थानमा स्थापित हुनुभन्दा पहिले नै, पहाडहरूभन्दा पहिल्यै मेरो जन्म भएको थियो।
26 while he had not yet made the earth and its fields, or the first dust of the world. उहाँले पृथ्वी र त्यसका जमिनहरू, वा पृथ्वीका धुलो बनाउनुभन्दा अगि नै म सृजिएको थिएँ।
27 When he set the heavens in place, I was there; when he drew a circle over the face of the deep, जब उहाँले आकाशलाई स्थापित गर्नुभयो, म अस्तित्वमा थिएँ; उहाँले महासागरमाथि क्षितिजले घेर्नुहुँदा, म त्यहाँ थिएँ।
28 when he set the skies in place above, when he established the springs of the deep, जब उहाँले माथिका बादलहरू स्थापित गर्नुभयो; जब पानीको मूललाई स्थिर गर्नुभयो;
29 when he set for the sea its boundary so the waters would not cross their limits, when he marked out the foundations of the earth, जब पानीलाई उहाँको आज्ञा नाघेर बाहिर नजाओस् भनेर उहाँले समुद्रको सिमाना तोकिदिनुभयो; जब उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो;
30 then I was beside him as a master craftsman, and I was his daily delight, rejoicing before him always, त्यस समय म एक कारिगरजस्तै उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थेँ; उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थेँ।
31 rejoicing in his whole world, and delighting in the human family. उहाँको सम्पूर्ण संसारमा म आनन्द मनाउँथे, र मानव जातिमा प्रसन्‍न रहन्थेँ।
32 And now, my children, listen to me: blessed are those who keep my ways. अब हे मेरा छोराछोरीहरू हो, मेरा कुरा सुन; तिनीहरू धन्य हुन्, जसले मेरा मार्गहरू पछ्याउँछन्।
33 Listen to instruction and be wise; do not ignore it. मेरा अर्तीहरू सुन र बुद्धिमान् होओ, त्यसलाई बेवास्ता नगर,
34 Blessed is the one who listens to me, watching daily at my gates, waiting beside my doorway. त्यो मानिस धन्य हो, जसले मेरा वचन सुन्छ, जो दिनदिनै मेरा ढोकाहरूमा नियालेर हेर्दै, मेरो ढोकाको छेउमा पर्खिरहन्छ।
35 For whoever finds me finds life and receives favor from our Father. किनकि जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ, र याहवेहबाट निगाह प्राप्‍त गर्छ।
36 But whoever misses me harms his own soul; all who hate me love death." “तर जसले मलाई भेट्टाउन असफल हुन्छ, त्यसले आफूलाई नोक्सानी गर्छ, मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छन्।”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]