Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Philemon 1 ONCV

Show ONCV only
Verse × ×
1 Paul, a prisoner of Christ Jesus, and Timothy our brother, to Philemon, our dear friend and co-worker, ख्रीष्‍ट येशूको सुसमाचार प्रचार गरेको कारण कैदी पावल र हाम्रा भाइ तिमोथीबाट, हामीहरूका प्रिय मित्र र सहकर्मी फिलेमोन,
2 and to our sister Apphia, our fellow soldier Archippus, and the church that meets in your house: हाम्री बहिनी अफिया, हाम्रा सङ्गी-सिपाही अर्खिप्पस र तिम्रो घरमा भेट हुने मण्डलीलाई:
3 Grace and peace to you from our Father and the Lord Jesus Christ. हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!
4 I always thank my Father as I remember you in my prayers, जब म तिमीलाई प्रार्थनामा स्मरण गर्दछु, तब परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछु;
5 because I hear of your love and faith in the Lord Jesus and for all his holy people. किनकि म प्रभु येशूमा भएको तिम्रो विश्‍वास र सबै सन्तहरूप्रति भएको तिम्रो प्रेमको विषयमा सुन्दछु।
6 I pray your shared faith becomes effective as you come to understand every good thing we have in Christ. ख्रीष्‍टमा भएको हाम्रो प्रत्येक असल कुराको विषयमा तिमीलाई पूरा ज्ञान होस् भनेर तिम्रो विश्‍वासको बाँडचुँडमा तिमी सक्रिय बन भन्दै म प्रार्थना गर्दछु।
7 Your love has brought me great joy and comfort, brother, since you've refreshed the hearts of his holy people. तिम्रो प्रेमले मलाई धेरै आनन्द र उत्साह दिएको छ; साथै हे मेरा भाइ, तिमीले सन्तहरूका हृदयलाई पनि यही प्रेमले ताजा बनाएका छौ।
8 Therefore, although in Christ I am bold enough to command you to do what is right, यसकारण तिमीले जे गर्नुपर्नेथियो, सो गर्नू भनी ख्रीष्‍टमा साहसी भएर मैले तिमीलाई आज्ञा गर्न सक्नेथिएँ;
9 instead, for love's sake I appeal—I, Paul, an old man, now also a prisoner of Christ Jesus. म, वृद्ध पावल, जो अहिले ख्रीष्‍ट येशूको कारण कैदी, प्रेमको आधारमा तिमीलाई बिन्ती मात्र गर्दछु।
10 I appeal to you for my child Onesimus, whose father I became while I was in chains. म तिमीलाई मेरो छोरा ओनेसिमसको लागि बिन्ती गर्दछु, जो कैदमा हुँदा ख्रीष्‍टमा मेरो आत्मिक छोरा भए,
11 He was once useless to you, but now is useful to you and me. जो कुनै समय तिम्रो लागि बेकम्मा थिए, तर अब ऊ तिम्रो र मेरो निम्ति कामलाग्दो भएका छन्।
12 I am sending him back to you—and in doing so I am sending my very heart. मैले उसलाई तिमीकहाँ पठाउँदैछु, जो मेरो हृदयको टुक्रासमान हुन्।
13 I wanted to keep him with me, to serve me on your behalf while I'm in chains for the gospel. सुसमाचारको कारण म कैदमा हुँदा मलाई सघाउनलाई उसले तिम्रो स्थान लेओस् भनेर मैले उसलाई मसँग राख्न रुचाएको थिएँ;
14 But I wanted to do nothing without your consent, so your good deed would not be forced, but voluntary. तर तिमीले देखाएको कुनै पनि भलाइ करमा परेर होइन, तर स्वेच्छापूर्वक होस् भनेर मैले तिम्रो अनुमतिविना केही पनि गर्न चाहिनँ।
15 Perhaps this is why he was separated from you briefly, so you'd have him back forever. सायद ऊ केही समयको लागि तिमीदेखि अलग भएको कारणचाहिँ तिमीले उसलाई सधैँको लागि फेरि भेट्टाउनलाई होला।
16 No longer as a slave, but more than a slave—a beloved brother, especially to me, but even more to you, both in the flesh and in the Lord. दासको रूपमा होइन, तर दासभन्दा पनि अझ बढ्ता, एक प्रिय भाइजस्तै। ऊ मेरा निम्ति अति प्रिय छ, तर तिम्रो निम्ति ऊ एक मानिसको रूपमा र प्रभुमा एक भाइभन्दा पनि अझ प्रिय छ।
17 So if you consider me a partner, welcome him as you would welcome me. यसकारण यदि तिमीले मलाई एक साझेदार सम्झन्छौ भने तिमीले जस्तो मलाई स्वागत गर्नेथियौ, त्यस्तै गरी उसलाई पनि स्वागत गर।
18 If he wronged you at all, or owes anything, put it on my account. यदि त्यसले तिम्रो केही हानि गरेको छ वा त्यो केही कुरामा तिमीप्रति ऋणी छ भने त्यो मेरो हिसाबमा राखिदेऊ।
19 I, Paul, write this with my own hand: I'll repay it—not to mention you owe me yourself as well. म पावल, आफ्नै हातले यो लेख्दैछु। त्यो ऋण म स्वयम् तिरिदिनेछु। यो भनिरहनु नपर्ला कि तिमी आफैँ पनि मप्रति ऋणी छौ।
20 Yes, brother, do me this favor in the Lord—refresh my heart in Christ. प्रिय भाइ, प्रभुको निम्ति मलाई तिमीबाट केही फाइदा होस् भनी म इच्छा गर्छु; ख्रीष्‍टमा मेरो हृदयलाई फेरि ताजा पारिदेऊ।
21 Trusting you'll obey, I write to you, knowing you'll do even more than I ask. तिम्रो आज्ञाकारिताको कारण निश्‍चिन्त भएर मैले भनेको भन्दा बढी तिमीले गर्नेछौ भनी जानेर म यो लेख्दैछु।
22 Also prepare a guest room for me—I hope through your prayers to be graciously given back to you. अनि अझ अर्को कुरा, मेरा निम्ति एउटा पाहुनाकोठा तयार गरिराख; किनकि तिम्रो प्रार्थनाको उत्तरमा मैले तिमीकहाँ आइपुग्ने आशा राखेको छु।
23 Epaphras, my fellow prisoner in Christ Jesus, sends you greetings, ख्रीष्‍ट येशूमा मेरा सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्।
24 and so do Mark, Aristarchus, Demas, and Luke, my fellow workers. अनि यसरी नै मेरा सहकर्मी मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन्।
25 The grace of the Lord Jesus Christ be with your spirit. Amen. प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिम्रो आत्मासँग रहोस्!
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]