Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Numbers 27 ONCV

Show ONCV only
Verse × ×
1 The daughters of Zelophehad son of Hepher, son of Gilead, son of Machir, son of Manasseh, from the clans of Manasseh son of Joseph, came forward. His daughters' names: Mahlah, Noah, Hoglah, Milcah, Tirzah. सलोफाद योसेफका छोरा मनश्शे वंशका थिए। मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलाद, गिलादका छोरा हेपेर र हेपेरका छोरा सलोफाद थिए। सलोफादका छोरीहरू महला, नोआ, होग्ला, मिल्का र तिर्सा थिए। तिनीहरू भेट हुने पालको प्रवेशद्वारमा आए।
2 They stood before Moses, before Eleazar the priest, before the leaders and the whole assembly, at the tent of meeting's entrance, and said: अनि मोशा, पुजारी एलाजार, अगुवाहरू र सारा समुदायको सामु भेट हुने पालको ढोकामा उभिएर भने,
3 "Our father died in the wilderness. He was not among those who gathered against our Father with Korah's group; he died for his own sin, and had no sons. “हाम्रा बुबा उजाडस्थानमा मर्नुभयो। उहाँ याहवेहको विरुद्धमा दल बनाउने कोरहसँग हुनुहुन्‍नथ्यो; तर उहाँको आफ्नै पापको कारण मृत्यु भयो। उहाँका कुनै पनि छोराहरू थिएनन्।
4 Why should our father's name disappear from his clan because he had no son? Give us property among our father's brothers." हाम्रा बुबाको छोरा छैन भनेर आफ्नो वंशबाट उहाँको नामलाई किन मेटाउनू? हामीलाई हाम्रा बुबाका आफन्तहरूसँगै अंश दिनुहोस्।”
5 So Moses brought their case before our Father. यसकारण मोशाले तिनीहरूको मुद्दा याहवेहका सामु ल्याए।
6 And our Father said to Moses: अनि याहवेहले मोशालाई भन्‍नुभयो,
7 "Zelophehad's daughters are right. Give them a hereditary portion among their father's brothers, and transfer their father's inheritance to them. “सलोफादका छोरीहरूले जे भनिरहेका छन्, त्यो सही हो। तैँले तिनीहरूलाई निश्‍चय नै तिनीहरूका बुबाका आफन्तहरूका बीचमा पैतृक सम्पत्तिको रूपमा अंश दिनू; र तिनीहरूलाई तिनीहरूका बुबाका उत्तराधिकार बनाइदिनू।”
8 Say to the Israelites: If a man dies without a son, transfer his inheritance to his daughter. इस्राएलीहरूलाई भन्, “यदि कुनै मानिस मर्छ, र त्यसको कुनै छोरा छैन भने त्यसको सम्पत्ति त्यसका छोरीलाई नै नदिनू।
9 If he has no daughter, you are to give his inheritance to his brothers. यदि त्यसको कुनै छोरी पनि छैन भने त्यसको अंश त्यसको दाजुभाइलाई दिनू।
10 If he has no brothers, you are to give his inheritance to his father's brothers. यदि त्यसको दाजुभाइ पनि छैनन् भने त्यसको अंश त्यसको बुबाका दाजुभाइलाई दिनू।
11 If his father has no brothers, give his inheritance to his nearest relative in his clan, who is to possess it. This is a legal statute for the Israelites, as our Father commanded Moses." यदि त्यसको बुबाका दाजुभाइ पनि छैनन् भने त्यसको अंश त्यसको वंशमा भएको सबैभन्दा नजिकको आफन्तलाई दिनू; ताकि त्यस अंशमा त्यसको अधिकार होस्। याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ इस्राएलीहरूका निम्ति यो एउटा लागू गरिने कानुन होस्।”
12 Then our Father said to Moses, "Go up Mount Abarim and see the land I've given the Israelites. याहवेहले मोशालाई भन्‍नुभयो, “अबारीमको पहाडमा उक्लेर जा, र मैले इस्राएलीहरूलाई दिएको देशलाई हेर्।
13 When you see it, you too will be gathered to your people, as Aaron your brother was gathered, तैँले त्यो हेरेपछि तँ पनि तेरा दाजु हारूनझैँ आफ्ना मानिसहरूसँग मिल्नेछस्।
14 because you rebelled against my command in the wilderness of Zin, during the congregation's quarrel, to honor me as holy at the water before their eyes—the water of Meribah of Kadesh, wilderness of Zin." किनकि जीनको उजाडस्थानमा पानीको लागि समुदायले विद्रोह गर्दा तिमीहरू दुवैले तिनीहरूका अगि मेरो पवित्रताको आदर गर्नमा मेरो आज्ञापालन गर्नुपर्नेथियो। तर तिमीहरूले गरेनौँ।” (यो जीनको उजाडस्थान कादेशमा भएको मेरीबाको पानीको विषयमा थियो।)
15 Moses spoke to our Father, saying: मोशाले याहवेहलाई भने,
16 "May the Father of the spirits of all flesh appoint a man over the congregation, “हे याहवेह, समस्त मानव-जातिलाई जीवन दिनुहुने परमेश्‍वर, यस समुदायमाथि एक जना मानिस नियुक्त गरिदिनुहोस्।
17 who goes out before them and comes in before them, who leads them out and brings them in, so our Father's assembly will not be like sheep without a shepherd." त्यो मानिस, जो तिनीहरूका सामु बाहिर जाने र भित्र आउने, र तिनीहरूलाई अगुवाइ गरेर बाहिर लैजाओस् र भित्र ल्याओस्; ताकि याहवेहका मानिसहरू गोठालाविनाका भेडाहरूजस्तै नहोऊन्।”
18 So our Father told Moses, "Take Joshua son of Nun, a man with the Spirit of our Father in him, and lay your hand on him. यसकारण याहवेहले मोशालाई भन्‍नुभयो, “नूनका छोरा यहोशूलाई लैजा। त्यो मानिसमा नेतृत्वको आत्मा छ र त्यसमाथि तेरो हात राख्।
19 Have him stand before Eleazar the priest and the whole assembly, and commission him before their eyes. त्यसलाई पुजारी एलाजार र सारा समुदायको सामु खडा गर्। अनि तिनीहरूको उपस्थितिमा त्यसलाई अगुवाको जिम्मेवारी सुम्पिदे।
20 Give him some of your authority, so that the whole congregation of the Israelites will obey him. तेरो अधिकारको केही भाग त्यसलाई दिनू, र सारा इस्राएली समुदायले त्यसको आज्ञा मान्‍नेछन्।
21 He will stand before Eleazar the priest, who will consult the Urim's judgment for him before our Father. At Eleazar's word they will go out, at his word come in—he, all the Israelites with him, the whole congregation." त्यो एलाजार पुजारीको अगि खडा होस्, जसले याहवेहको सामु ऊरीमद्वारा यहोशूका निम्ति निर्णय प्राप्‍त गर्नेछ। यहोशूको आज्ञामा सारा इस्राएली समुदाय बाहिर जानेछन्, र त्यसकै आज्ञामा तिनीहरू भित्र आउनेछन्।”
22 Moses obeyed our Father's command: he took Joshua and stood him before Eleazar the priest and the entire assembly. याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले गरे। तिनले यहोशूलाई लगे। अनि तिनलाई पुजारी एलाजार र सारा समुदायको अगि खडा गरे।
23 He laid his hands on him and commissioned him, as our Father had spoken through Moses. त्यसपछि तिनले आफ्ना हात तिनीमाथि राखे, र याहवेहले मोशाद्वारा आज्ञा दिनुभएजस्तै अगुवाको जिम्मेवारी सुम्पिदिए।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]