Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Numbers 28 ONCV

Show ONCV only
Verse × ×
1 Our Father said to Moses, याहवेहले मोशालाई भन्‍नुभयो,
2 "Command the Israelites, say to them: Be sure to present my offering, my food for my food offerings, a pleasing aroma to me, at its set time. इस्राएलीहरूलाई यो आज्ञा दे, र तिनीहरूलाई भन्: तिमीहरूले मेरा निम्ति तोकिएको समयमा मिठो बास्‍नादार भेटीको रूपमा मेरो अग्निबलि चढाउन नभुल्नू।
3 Say to them: This is the food offering you are to present to me: two flawless year-old lambs daily, a regular burnt offering. तिनीहरूलाई भन्: तिमीहरूले याहवेहका निम्ति चढाउनुपर्ने अग्निबलिको भेटी यही हो: नियमित रूपमा चढाउने होमबलिका निम्ति निष्खोट दुई वटा एकवर्षे थुमाहरू प्रत्येक दिन चढाउनू।
4 Offer one lamb in the morning, the second lamb at twilight, एउटा थुमा बिहान र अर्को थुमा साँझमा चढाउनू।
5 with about two quarts of fine flour for a grain offering, mixed with about one quart of pressed oil. त्यससँग एक एपाको दशौँ भाग मसिनो पिठोसँग एक चौथाइ हिन पेलिएको जैतुनको तेल पनि मिसाएर चढाउनू।
6 A regular burnt offering, ordained at Mount Sinai for a pleasing aroma, a food offering to me. याहवेहलाई आगोद्वारा चढाइने मनपर्दो बास्‍नादार अन्‍नबलिको रूपमा सीनै पर्वतमा स्थापित गरिएको नियमित होमबलि यही हो।
7 Its drink offering is a quart for each lamb; pour it out to me in the holy place as strong drink. त्यससँग चढाइने अर्घबलिचाहिँ प्रत्येक थुमासँग एक चौथाइ हिन दाखमद्य होस्। याहवेहका निम्ति त्यो अर्घबलि पवित्रस्थानमा खन्याउनू।
8 Offer the second lamb at twilight, with a grain offering and drink offering like the morning's, a food offering, a pleasing aroma to me. साँझमा दोस्रो थुमालाई पनि बिहानको अन्‍नबलि र अर्घबलि तयार गरेजस्तै गरी तयार गर्नू। यो याहवेहलाई चढाइने मनपर्दो बास्‍नादार अग्निबलि हो।
9 "On the Sabbath, offer two flawless year-old lambs, about four quarts of fine flour mixed with oil as grain offering, plus its drink offering. “शब्बाथ दिनमा जैतुनको तेलसँग मिसाएको एपाको दश भागको दुई भाग मसिनो पिठोसँग दुई वटा एकवर्षे निष्खोट थुमाहरूको अर्घबलि र अन्‍नबलि भेटी चढाउनू।
10 The burnt offering for each Sabbath, besides the regular burnt offering and its drink offering. योचाहिँ नियमित चढाइने होमबलि र अर्घबलिबाहेक हरेक शब्बाथ दिनमा चढाइने होमबलि हो।
11 "On the first of each of your months, offer me a burnt offering: two young bulls, one ram, seven male lambs a year old, without defect, “प्रत्येक महिनाको पहिलो दिन याहवेहकहाँ होमबलिका लागि दुई वटा साँढे, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट हुनुपर्छ।
12 about six quarts of fine flour mixed with oil as a grain offering for each bull, about four quarts of fine flour mixed with oil as a grain offering for the one ram, प्रत्येक साँढेसँग एपाको दश भागको तीन भाग मसिनो पिठो जैतुनको तेलमा मिसाएको अन्‍नबलि चढाउनुपर्छ। एउटा भेडासँग एपाको दश भागको दुई भाग मसिनो पिठो जैतुनको तेलमा मिसाएको अन्‍नबलि हुनुपर्छ;
13 and two quarts of fine flour mixed with oil as a grain offering for each lamb - a burnt offering, a pleasing aroma, a food offering to me. अनि प्रत्येक थुमासँग एक एपा मसिनो पिठो जैतुनको तेलसँग मिसाएको अन्‍नबलि हुनुपर्छ। योचाहिँ होमबलिका निम्ति याहवेहलाई मनपर्दो बास्‍नादार आगोद्वारा चढाइने अन्‍नबलि हो।
14 Their drink offerings: two quarts of wine for the bull, just over a quart for the ram, and a quart for the lamb. This is the burnt offering for the new moon, month by month, all year. प्रत्येक साँढेसँग लगभग आधा हिन दाखमद्यको अर्घबलि होस्। भेडासँग एक तिहाइ हिन र प्रत्येक थुमासँग एक चौथाइ हिन दाखमद्य होस्। योचाहिँ प्रत्येक वर्षको प्रत्येक औँसीमा चढाउने मासिक होमबलि हो।
15 Offer me one male goat as a sin offering, besides the regular burnt offering and its drink offering. अर्घबलिसँग चढाइने नियमित होमबलिबाहेक याहवेहलाई पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाइनुपर्छ।
16 "In the first month, on the fourteenth day of the month, is the Passover to me. “पहिलो महिनाको चौधौँ दिनमा याहवेहको निस्तार चाड मनाइनुपर्छ।
17 On this month's fifteenth day is a feast; bread without yeast is eaten seven days. त्यस महिनाको पन्ध्रौँ दिनमा चाड मनाउनू; सात दिनसम्म अखमिरी रोटी खानू।
18 On the first day there is to be a holy assembly; you must do no ordinary work. यस चाडको पहिलो दिन पवित्र सभा होस्; त्यस दिन तिमीहरूले आफ्ना दैनिक काम नगर्नू।
19 Present me a food offering, a burnt offering: two young bulls, one ram, seven yearling male lambs; see that they are without defect. याहवेहलाई अग्निबलि चढाउन दुई वटा बाछाहरू, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू, सबै निष्खोट पशुहरू समावेश गर्दै होमबलिको रूपमा चढाउनू।
20 Their grain offering: fine flour mixed with oil—about six quarts for the bull, four quarts for the ram, अन्‍नबलिका लागि प्रत्येक साँढेका निम्ति जैतुनको तेलसँग मिसाएको एपाको दश भागको तीन भाग मसिनो पिठो; साँढभेडासँग दश भागको दुई भाग मसिनो पिठो;
21 and with each of the seven lambs, about two quarts; र सातै वटा थुमाहरू हरेकसँग दश भागको एक भाग पिठोको अन्‍नबलि तयार गर्नू।
22 and one male goat as a sin offering to make atonement for you. त्यसमा पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका तिमीहरूका प्रायश्‍चितका लागि लिनू।
23 Offer these in addition to the morning burnt offering, which is the regular burnt offering. बिहानको नियमित होमबलिबाहेक यी सबै बलिहरूलाई चढाउनू।
24 Do this daily for seven days—food, a pleasing aroma to me—besides the regular burnt offering and its drink offering. यस प्रकारले याहवेहलाई मनपर्दो बास्‍नादार भेटीको रूपमा सात दिनसम्म अग्निबलि प्रत्येक दिन चढाउनू। योचाहिँ नियमित चढाइने होमबलि र अर्घबलिबाहेक चढाउनुपर्छ।
25 On the seventh day you are to hold a holy assembly; you must do no ordinary work. सातौँ दिनमा एउटा पवित्र सभा राख्नू; र त्यस दिन कुनै दैनिक काम नगर्नू।”
26 "On the day of firstfruits, when you bring me a new grain offering at your Feast of Weeks, hold a holy assembly; do no ordinary work. अगौटे फलको दिनमा, साताहरूका चाडको समयमा जब तिमीहरूले याहवेहलाई नयाँ अन्‍नको भेटी चढाउँछौ, तब पवित्र सभा राख्नू। अनि त्यस दिन कुनै दैनिक काम नगर्नू।
27 Present a burnt offering, a pleasing aroma to me: two young bulls, one ram, seven year-old male lambs. दुई वटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरूका होमबलि याहवेहलाई मनपर्दो बास्‍नादार अन्‍नबलिको रूपमा चढाउनू।
28 With them comes a grain offering of fine flour mixed with oil: about six quarts for each bull, about four quarts for the one ram, प्रत्येक साँढेसँग अन्‍नबलिका लागि एपाको दश भागको तीन भाग मसिनो पिठो जैतुनको तेलसँग मिसाएको; भेडासँग दश भागको दुई भाग मसिनो पिठो;
29 and about two quarts for each of the seven lambs; र प्रत्येक सात वटा थुमाहरूसँग दश भागको एक भाग मसिनो पिठो चढाउनू।
30 with one male goat to make atonement for you. तिमीहरूका पापको प्रायश्‍चितका निम्ति एउटा बोका पनि लिनू।
31 Offer these besides the regular burnt offering and its grain offering; see that they're flawless, with their drink offerings." यी कुराहरू तिनीहरूका अर्घबलिसँग नियमित होमबलि र अन्‍नबलिबाहेक चढाउनू। पशुहरूचाहिँ निश्‍चित रूपमा निष्खोट हुनुपर्छ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]