Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Mark 4 ONCV

Show ONCV only
Verse × ×
1 Jesus again taught by the sea. So large a crowd gathered around him that he got into a boat on the water and sat, while the whole crowd was on land by the sea. फेरि येशूले तालको किनारमा शिक्षा दिन थाल्नुभयो। उहाँको चारैतिर ठूलो भीड जम्मा भएपछि तालमा भएको एउटा डुङ्गामा चढेर बस्‍नुभयो। मानिसहरूचाहिँ तालको किनारमा बसेका थिए।
2 He taught them many things in parables, and in his teaching he said to them: उहाँले तिनीहरूलाई धेरै कुराहरू दृष्‍टान्तहरूद्वारा सिकाउनुभयो। उहाँले आफ्नो शिक्षामा तिनीहरूलाई यसो भन्‍नुभयो,
3 "Listen! A sower went out to sow. “ध्यान दिएर सुन! एक जना किसान बिउ छर्नलाई निस्क्यो।
4 And as he sowed, some seed fell along the path, and the birds came and devoured it. उसले जब बिउ छर्दैथियो, केही बिउ बाटोमा परे; अनि चराहरू आएर खाइदिए।
5 Other seed fell on rocky ground, lacking much soil, and sprang up at once since the soil had no depth. केही ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन। माटो पर्याप्‍त नभएकोले ती चाँडै उम्रे।
6 When the sun rose, the plants were scorched, and since they had no root, they withered. तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाए; अनि तिनीहरूमा जरा नभएको हुनाले सुकिहाले।
7 Other seed fell among thorns, and the thorns grew up and choked it, yielding no grain. अरू केही बिउचाहिँ काँडाका झाडीमा परे; अनि काँडाहरू बढे, र ती बिरुवाहरूलाई निसासिदिए, अनि तिनीहरूले कुनै फल फलाउन सकेनन्।
8 Other seed fell into good soil, producing grain that sprouted, grew, and yielded thirty, sixty, one hundred times what was sown." अरू बिउहरूचाहिँ असल जमिनमा परे। ती उम्रँदै र फस्टाउँदै गएर तीस, साठी र सय गुणासम्म फल फलाए।”
9 And he said, "Whoever has ears to hear, let him hear." तब येशूले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्यसले सुनोस् र बुझोस्।”
10 When he was alone, those around him, together with the Twelve, asked him about the parables. जब उहाँ एकलै हुनुभयो, ती बाह्र चेलाहरू र उहाँका चारैतिर भएकाहरूले दृष्‍टान्तहरूका विषयमा उहाँलाई सोधे।
11 He said to them, "To you is given the secret of the kingdom of our Father, but to those outside, everything comes in parables, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको राज्यको रहस्य तिमीहरूलाई प्रकट गरिएको छ, तर अरूलाई हरेक कुरा दृष्‍टान्तहरूमा भनिन्छ,
12 so that 'they may look but not perceive, and hear but not understand, and not turn and be forgiven.'" यसरी धर्मशास्त्र पूरा होस्: “ ‘तिनीहरूले हेरिरहनेछन्, तर कहिल्यै देख्नेछैनन्; सुन्‍न त सुनिरहनेछन्, तर कहिल्यै बुझ्नेछैनन्; नत्रता तिनीहरूले पश्‍चात्ताप गर्नेथिए र क्षमा पाउनेथिए।’ ”
13 He said to them, "You don't understand this parable? Then how will you understand all the parables? तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू यो दृष्‍टान्त बुझ्दैनौ? त्यसो भए तिमीहरूले अरू दृष्‍टान्त कसरी बुझौला?
14 The sower sows the word. बिउ छर्नेले वचन छर्दछ।
15 These are the ones on the path where the word is sown: once they hear, Satan comes immediately and takes away the word sown in them. कति मानिसहरू बाटोतिर परेका बिउजस्तै हुन्, जहाँ वचन छरिन्छ; तिनीहरूले जब यसलाई सुन्छन्, तब शैतान आउँछ र तिनीहरूमा छरिएको त्यो वचन लैजान्छ।
16 These are the ones sown on rocky ground, who hear the word and immediately receive it with joy. अरूचाहिँ ढुङ्गेनी ठाउँमा छरिएका बिउजस्तै हुन्, तिनीहरूले वचन सुन्‍नेबित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छन्;
17 But they have no root in themselves, lasting only briefly; when trouble or persecution comes because of the word, they fall away at once. तर तिनीहरूका जरा नभएकाले ती थोरै समयका लागि मात्र रहन्छन्। अनि जब वचनको कारण दुःख र सतावट आइपर्दछ, तब तिनीहरू झट्टै पछि हट्छन्।
18 And others are the ones sown among thorns. These are those who hear the word, अझ अरूचाहिँ काँडाहरूमा छरिएका बिउजस्तै हुन्, जसले वचन सुन्छन्,
19 but worries of this age, the deceit of wealth, and desires for other things enter and choke the word, and it produces no fruit. तर यस जीवनको फिक्री र धनसम्पत्तिको छल, र अरू थोकहरूको मोह आउँछ; र वचनलाई निसासिदिन्छन्, र त्यो नफल्ने हुन्छ।
20 And these are the ones sown on good soil: they hear the word, accept it, and produce fruit—thirty, sixty, one hundred times over." तर अरूचाहिँ असल माटोमा परेका बिउजस्तै हुन्, जसले वचन सुन्दछन्, त्यसलाई ग्रहण गर्दछन्; अनि तीस गुणा, साठी गुणा र सय गुणासम्म फल फलाउँछन्।”
21 He told them, "Does anyone bring in a lamp to put it under a basket or bed—not on a stand? येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले बत्ती ल्याएर भाँडोमुनि अथवा खाटमुनि नराखेर त्यसलाई सामदानमाथि राख्दैनौ र?
22 Nothing is hidden except to be revealed; nothing is secret except to surface. जे लुकाइन्छ, त्यो प्रकट हुनका लागि हो र जे गुप्‍तमा राखिन्छ, त्यो प्रकट गरिनको लागि हो।
23 If anyone has ears to hear, let him hear." यदि कसैका सुन्‍ने कानहरू छन् भने त्यसले सुनोस् र बुझोस्।”
24 He told them, "Watch what you hear. The measure you use will be measured to you—and more added. उहाँले अझै भन्‍नुभयो, “तिमीहरू जे सुन्छौ, त्यसलाई होसियारीसाथ विचार गर। जुन नापले तिमीहरू अरूहरूलाई नाप्दछौ, तिमीहरू पनि त्यही नापले अर्थात् अझै बढ्ता गरी नापिनेछौ।
25 For whoever has will be given more; whoever doesn't, even what he has will be taken from him." जससित छ, त्यसलाई अरू दिइनेछ; र जससित छैन, त्यससित भएको पनि खोसिनेछ।”
26 He said, "This is what the kingdom of our Father is like: a man scatters seed on the ground. उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्य यस्तो छ: जब एक जना मानिसले जमिनमा बिउ छर्छ,
27 Night and day, asleep or awake, the seed sprouts and grows, though he doesn't know how. राति र दिउँसो, ऊ सुते पनि वा उठे पनि, त्यो बिउ उम्रन्छ; अनि बढ्छ। यद्यपि, यो कसरी हुन्छ सो उसले जान्दैन।
28 The soil yields grain on its own—first blade, then head, then full kernel in the head. माटोले आफैँ अन्‍न फलाउँछ; पहिले बोट, त्यसपछि बाला, त्यसपछि बालामा पूरा दाना लाग्छ।
29 But when the grain ripens, he immediately sends the sickle, since harvest has come." अन्‍न पाक्नसाथ उसले त्यसमा हँसिया लगाउँछ; किनकि कटनीको बेला आइपुगेको हुन्छ।”
30 He said, "What can we compare the kingdom of our Father to, or what parable can we use for it? उहाँले फेरि भन्‍नुभयो, “हामी परमेश्‍वरको राज्यको तुलना केसँग गरौँ? अथवा यसलाई वर्णन गर्नलाई हामीले कुन दृष्‍टान्त प्रयोग गरौँ?
31 It's like a mustard seed, the smallest of all seeds when sown on the ground. यो एउटा रायोको बिउजस्तो हो, जुन माटोमा रोपिने बिउहरूमध्ये सबैभन्दा सानो हुन्छ।
32 Yet once sown, it grows up and becomes the largest of all garden plants, producing branches so big that birds of the air can nest in its shade." तैपनि रोपेपछि यो बढेर बारीमा भएका अरू बोटबिरुवाहरूभन्दा ठूलो हुन्छ, जसका हाँगाहरू ठूला हुन्छन्, र चराचुरुङ्गीहरू यसको छहारीमा गुँड बनाएर बस्छन्।”
33 With many such parables he spoke the word to them, as they were able to hear. यस्ता अरू धेरै दृष्‍टान्तहरूद्वारा येशूले तिनीहरूलाई बुझ्न सक्नेअनुसार वचनहरू सुनाउनुभयो।
34 He spoke to them only in parables, but privately explained everything to his own disciples. उहाँले तिनीहरूसित दृष्‍टान्तहरू प्रयोग नगरी केही भन्‍नुभएन; तर उहाँ आफ्ना चेलाहरूसित एकलै हुँदा तिनीहरूलाई सबैको अर्थ बताइदिनुहुन्थ्यो।
35 That day, when evening came, he said to them, "Let us cross over to the other side." त्यही दिन, साँझ परेपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “हामी पारिपट्टि जाऔँ।”
36 They left the crowd and took him along, just as he was, in the boat, other boats accompanying him. अनि भीडलाई बिदा दिइसकेपछि, येशू जुन डुङ्गामा बस्‍नुभएको थियो, तिनीहरूले त्यसैमा उहाँलाई लगे। त्यस बेला त्यहाँ अरू डुङ्गाहरू पनि थिए।
37 A fierce windstorm came up. Waves broke over the boat, so that it was already being swamped. त्यसै समयमा डरलाग्दो आँधी आयो र छालहरू डुङ्गामा बज्रिन लागे। पानीले त्यस डुङ्गालाई डुबाउनै लाग्यो।
38 But Jesus was asleep in the stern on the cushion. They woke him and said, "Teacher, don't you care that we're dying?" येशूचाहिँ डुङ्गाको पछिल्‍लो भागमा एउटा सिरानी लगाएर निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई बिउँझाएर भने, “हे गुरु, हामी डुब्नै लागेका छौँ, र पनि तपाईंले वास्ता गर्नुहुन्‍न?”
39 He got up, rebuked the wind, and told the sea, "Peace! Be still!" The wind stopped, and it grew totally calm. उहाँले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्‍नुभयो, “चुप लाग्! शान्त होइजा!” तब आँधी उत्तिनै खेर पूर्ण रूपले थामियो, र पूरै शान्त भइहाल्यो।
40 He said to them, "Why are you so afraid? Do you still have no faith?" उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यति साह्रै डराउँछौ? के तिमीहरूमा अझ पनि विश्‍वास छैन?”
41 They were terrified and asked one another, "Who then is this, that even the wind and the sea obey him?" तिनीहरू निकै डराए, र आपसमा भने, “यिनी को हुन्? आँधी र छालहरूले पनि यिनको आज्ञा मान्दा रहेछन्!”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]