Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Mark 3 ONCV

Show ONCV only
Verse × ×
1 Once again Jesus entered the synagogue, and a man with a withered hand was there. अर्को पटक उहाँ सभाघरमा जानुभयो। त्यहाँ हात सुकेर नचल्ने भएको एक जना मानिस थियो।
2 They watched closely to see if he'd heal the man on the Sabbath, to accuse Jesus. तिनीहरूमध्ये कोही मानिसले येशूलाई दोष लगाउन निहुँ खोजिरहेका थिए। त्यसैले तिनीहरू उहाँले शब्बाथ दिनमा त्यसलाई निको पार्नुहुन्छ कि भनेर नजिकबाट नियाली रहेका थिए।
3 Jesus said to the man with the withered hand, "Stand up and come forward." येशूले हात सुकेको त्यस मानिसलाई भन्‍नुभयो, “सबैको सामु खडा होऊ।”
4 Then he asked them, "Is it lawful on the Sabbath to do good or to do harm, to save life or to kill?" But they stayed silent. तब येशूले तिनीहरूलाई सोध्नुभयो, “शब्बाथ दिनमा के गर्नु उचित हुन्छ: असल गर्नु वा खराब गर्नु, जीवन बचाउनु कि मार्नु?” तर तिनीहरू मौन रहे।
5 He looked around at them in anger, grieved by their hardness of heart, and told the man, "Stretch out your hand." He stretched it out, and his hand was restored. तिनीहरूका कठोर हृदय देखेर अति दुःखित भई उहाँले रिसाएर चारैतिर ती सबैलाई हेर्नुभयो; अनि त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात सीधा पार।” त्यसले सीधा पार्‍यो, र त्यसको हात पूर्ण रूपले निको भइहाल्यो।
6 Then the Pharisees went out and immediately began plotting with the Herodians how they might destroy him. तुरुन्तै फरिसीहरू बाहिर गइहाले, र येशूलाई कसरी मार्ने भनेर राजा हेरोदका समर्थकहरूसँग षड्यन्त्र रच्न थाले।
7 Jesus withdrew with his disciples to the sea; a large crowd from Galilee followed, and from Judea, येशू आफ्ना चेलाहरूसित तालतिर जानुभयो, र गालील प्रदेशबाट एउटा ठूलो भीड उहाँको पछि लाग्यो।
8 from Jerusalem, Idumea, beyond the Jordan, and the region around Tyre and Sidon—hearing all he was doing, a great crowd came to him. जब उहाँले गरिरहनुभएका सबै कुराहरू तिनीहरूले सुने, तब यहूदिया, यरूशलेम, इदुमिआ, यर्दन पारिका क्षेत्रहरू, टायर र सीदोनका छेउछाउबाट अरू धेरै मानिसहरू उहाँकहाँ आए।
9 He told his disciples to keep a small boat ready, because of the crowd, so they wouldn't crush him. भीडको कारण मानिसहरूले उहाँलाई चारैतिरबाट नघेरून् भनी आफ्ना निम्ति उहाँले चेलाहरूलाई एउटा सानो डुङ्गा तयार पार्न लाउनुभयो।
10 For he had healed so many that all who had diseases were pressing forward to touch him. उहाँले धेरैलाई निको पार्नुभएको कारण जति जना बिरामी थिए, तिनीहरू उहाँलाई छुनलाई ठेलमठेल गर्दै अगि बढ्दैथिए।
11 Whenever the unclean spirits saw him, they fell before him, shouting, "You are the Son of God!" अशुद्ध आत्माहरूले उहाँलाई देख्नासाथै तिनीहरू उहाँका अगि पछारिन्थे; अनि यसो भन्दै चिच्याउँथे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ।”
12 But he firmly warned them not to reveal him. तर उहाँले ती निको भएकाहरूलाई उहाँ को हुनुहुन्छ भनी कसैलाई नभन्‍नू भनेर कडा आज्ञा दिनुभयो।
13 Jesus went up the mountain and called those he wanted; they came to him. त्यसपछि येशू डाँडातिर जानुभयो, र उहाँले चाहनुभएका मानिसहरूलाई बोलाउनुभयो; अनि तिनीहरू उहाँकहाँ आए।
14 He appointed twelve, named apostles, so they could be with him and he could send them out to preach, तिनीहरू आफूसित रहून् र तिनीहरूलाई प्रचार गर्न बाहिर पठाउन सकियोस् भनी उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो,
15 and to have authority to drive out demons. र तिनीहरूलाई भूतहरू धपाउने अधिकार दिनुभयो।
16 These are the twelve he appointed: Simon, to whom he gave the name Peter; उहाँले नियुक्त गर्नुभएका बाह्र जना यिनीहरू नै हुन्: सिमोन (जसलाई उहाँले पत्रुस भन्‍ने नाम दिनुभयो),
17 James son of Zebedee, and John his brother, whom he named Boanerges, meaning Sons of Thunder; जब्दीको छोरा याकोब र तिनको भाइ यूहन्‍ना (तिनीहरूलाई उहाँले बोअनर्गेस भन्‍ने नाम दिनुभयो, अर्थात् “गर्जनका पुत्रहरू”),
18 Andrew, Philip, Bartholomew, Matthew, Thomas, James son of Alphaeus, Thaddaeus, Simon the Zealot, अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसको छोरा याकोब, थेदियस, सिमोन कनानी,
19 and Judas Iscariot, who betrayed him. र यहूदा इस्करियोत जसले उहाँलाई धोका दियो।
20 He went home; the crowd gathered again, so he and his disciples couldn't even eat. जब येशू एउटा घरमा पस्‍नुभयो, फेरि एउटा भीड जम्मा भयो। त्यसैले उहाँ र उहाँका चेलाहरूले खान पनि पाउनुभएन।
21 When his family heard, they went out to restrain him, for they said, "He's out of his mind." जब उहाँका परिवारले यस विषयमा सुने, तिनीहरू उहाँलाई लैजान भनी गए; किनकि तिनीहरूले “उहाँको दिमाग खुस्केको छ” भनी भन्थे।
22 The scribes who came down from Jerusalem said, "He has Beelzebul," and, "By the prince of demons he drives out demons." यरूशलेमबाट आएका व्यवस्थाका शिक्षकहरूले भने, “यिनमा बालजिबुल छ! भूतहरूको शासकको सहायताले यिनले भूतहरू धपाउँछन्।”
23 So Jesus called them to him and spoke in parables: "How can Satan drive out Satan? यसकारण येशूले तिनीहरूलाई बोलाएर दृष्‍टान्तहरूमा भन्‍नुभयो, “शैतानले शैतानलाई कसरी धपाउन सक्छ?
24 If a kingdom is divided against itself, that kingdom cannot stand. यदि कुनै राज्य आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो राज्य टिक्न सक्दैन।
25 And if a house is divided against itself, that house will not be able to stand. कुनै घर आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो घर टिक्न सक्दैन।
26 And if Satan opposes himself and is divided, he cannot stand; his end has come. यदि शैतानले शैतानलाई विरोध गर्छ र विभाजित हुन्छ भने त्यो टिक्न सक्दैन; त्यसको अन्त्य आइसकेको छ।
27 No one can enter a strong man's house and take his goods without first tying up the strong man—then he can plunder the house. वास्तवमा बलियो मानिसको घरमा पस्‍नुभन्दा पहिले उसलाई नबाँधि कसैले पनि उसको घरको धनमाल लुट्न सक्दैन। त्यसलाई बाँधेपछि मात्र त्यसले उसको घर लुट्न सक्छ।
28 Truly I tell you, all sins and insults against God will be forgiven children of mankind, whatever they say, म तिमीहरूलाई साँच्‍चै भन्दछु, मानिसहरूका सबै पापहरू साथै हरेक निन्दाहरू तिनीहरूका लागि क्षमा हुनेछन्,
29 but whoever blasphemes against the Holy Spirit never has forgiveness; they are guilty of an eternal sin," तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्छ, उसलाई कहिल्यै क्षमा हुनेछैन; ऊ अनन्तसम्म पापको दोषी हुन्छ।”
30 for they were saying, "He has an unclean spirit." उहाँले यसो भन्‍नुभएको कारणचाहिँ तिनीहरूले उहाँलाई “यिनीसित अशुद्ध आत्मा छ” भनेका थिए।
31 His mother and brothers arrived and, standing outside, sent to him, calling him. तब येशूकी आमा र भाइहरू आइपुगे। तिनीहरू बाहिर उभिएर उहाँलाई बोलाइदिनु भनेर कसैलाई भित्र पठाए।
32 A crowd sat around him and said to him, "Look, your mother and your brothers are outside, asking for you." उहाँको चारैतिर भीड बसिरहेको थियो; अनि तिनीहरूले उहाँलाई भने, “तपाईंकी आमा र भाइहरूले तपाईंलाई बाहिर खोजिरहेका छन्।”
33 He answered them, "Who are my mother and my brothers?" उहाँले भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?”
34 Looking around at those sitting in a circle around him, he said, "Here are my mother and my brothers! तब उहाँले आफ्ना चारैतिर बसेकाहरूलाई हेरेर भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्!
35 Whoever does the will of our Father is my brother and sister and mother." जसले परमेश्‍वरको इच्छा पालन गर्दछन्, ती नै मेरा भाइ र बहिनी र आमा हुन्।”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]