Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Malachi 3 ONCV

Show ONCV only
Verse × ×
1 Look, I am sending my messenger, and he will prepare the way before me. Then suddenly the Lord whom you are seeking will come to his temple—the messenger of the covenant in whom you delight. Look, he is coming, says the Father of heaven's armies. “हेर, म मेरो दूतलाई पठाउनेछु, जसले मेरो अगि-अगि बाटो तयार गर्नेछ। तब तिमीहरूले खोजिरहेका प्रभु अचानक आफ्नो मन्दिरमा आउनुहुनेछ; तिमीहरूले चाहना गरेका करारका सन्देशवाहक आउनुहुनेछ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
2 "But who can endure the day he comes? Who can stand when he appears? He is like a refiner's fire, like a launderer's soap. तर उहाँको आगमनको दिन कसले सहन सक्छ? उहाँ देखा पर्नुहुँदा को खडा रहन सक्छ? किनकि उहाँ सुनारको आगो अथवा धोबीको साबुनजस्तो हुनुहुनेछ।
3 He will sit refining and purifying silver; he will purify Levi's sons and refine them like gold and silver, and they will bring offerings to our Father in righteousness. उहाँ चाँदी खार्ने र सफा गर्ने व्यक्तिझैँ बस्‍नुहुनेछ; अनि लेवीहरूलाई खारेर सुन र चाँदीझैँ शुद्ध पार्नुहुनेछ। तब धार्मिकतासाथ भेटी चढाउने मानिसहरू याहवेहकहाँ आउनेछन्;
4 Then Judah and Jerusalem's offering will please our Father, as in days past, as in former years." अनि यहूदा र यरूशलेमका भेटीहरू अगिका दिन र वर्षहरूमा जस्तै याहवेहलाई ग्रहणयोग्य हुनेछन्।
5 I will come near to judge you, a swift witness against sorcerers, adulterers, those who swear falsely, who cheat the worker of his wages, oppress the widow and orphan, push aside the foreigner, and do not fear me, says the Father of heaven's armies. “यसरी म तिमीहरूको न्याय गर्नलाई नजिक आउनेछु। म तन्त्रमन्त्र गर्नेहरू, व्यभिचारीहरू र झूटा शपथ खानेहरूको विरुद्धमा; अनि मजदुरहरूलाई ज्यालामा ठग्नेहरू, विधवा र अनाथमाथि अत्याचार गर्नेहरू र विदेशीहरूलाई न्यायबाट बञ्चित गर्नेहरू; अनि मेरो भय नमान्‍नेहरूका विरुद्धमा गवाही दिनेछु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
6 For I, your Father, do not change; therefore you, children of Jacob, have not been destroyed. “म याहवेह कहिल्यै परिवर्तन हुँदिनँ। त्यसैले हे याकोबका सन्तान हो, तिमीहरू नष्‍ट भएका छैनौ।
7 Since your ancestors' days you have turned from my statutes and not kept them. Return to me, and I will return to you, says the Father of heaven's armies. But you ask, 'How are we to return?' तिमीहरूका पितापुर्खाहरूका समयदेखि नै तिमीहरू मेरा धार्मिक विधि-नियमहरूबाट तर्केर गएका छौ, र ती पालन गरेका छैनौ। मतिर फर्क, र म तिमीहरूकहाँ फर्कनेछु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “तर तिमीहरू सोध्छौ, ‘हामी कसरी फर्कौँ?’
8 Will a person rob their Father? Yet you rob me. But you ask, 'How have we robbed you?' In the tenth and the offerings. “के कुनै मरणशील मानिसले परमेश्‍वरलाई लुट्छ र? तर तिमीहरूले त मलाई लुटेका छौ। “तर तिमीहरू सोध्छौ, ‘हामीले कसरी तपाईंलाई लुटेका छौँ र?’ “दशांश र भेटीहरूमा लुटेका छौ।
9 You are cursed with a curse, for you are robbing me—the whole nation of you. तिमीहरूमाथि श्राप परेको छ—तिमीहरूको पूरै राष्ट्रमा श्राप परेको छ; किनकि तिमीहरूले मलाई लुटिरहेका छौ।
10 Bring the full tenth into the storehouse, so there's food in my house. Test me in this, says the Father of heaven's armies, and see if I won't open heaven's windows for you and pour out blessing for you until there's no more need. सबै दशांश भण्डारमा ल्याओ, र मेरो भवनमा खानलाई भोजन होस्। यस कुरामा मलाई जाँचेर हेर, तिमीहरूका निम्ति म स्वर्गका ढोकाहरू खोलेर तिमीहरूका ढुकुटीमा अटाउने ठाउँ नै नहुने गरी, आशिष् बर्साउँछु कि बर्साउँदिनँ, सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
11 I will rebuke the devourer for you, so it will not destroy your ground's fruit, and your vine in the field will not fail to bear, says the Father of heaven's armies. म तिमीहरूका अन्‍नबाली नष्‍ट गर्ने किराहरूबाट जोगाउनेछु; अनि तिमीहरूका दाखबारीमा दाखका फल पाक्न भन्दा अगाडि झर्ने छैनन्,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
12 Then all nations will call you blessed, for you will be a land of delight, says the Father of heaven's armies. “तब सबै राष्ट्रहरूले तिमीहरूलाई धन्यका भन्‍नेछन्; किनकि तिमीहरूको देश बस्‍नलाई अति असल देश हुनेछ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
13 Your words were harsh against me, says our Father. But you ask, 'What have we said against you?' “तिमीहरूले मेरो विरुद्धमा अहङ्कारी कुरा बोलेका छौ,” याहवेह भन्‍नुहुन्छ। “तर पनि तिमीहरू सोध्छौ, ‘हामीले तपाईंका विरुद्धमा के भनेका छौँ र?’
14 You said, 'Serving God is useless. What have we gained by keeping his charge and walking as mourners before the Father of heaven's armies?' “तिमीहरूले भनेका छौ, ‘परमेश्‍वरको सेवा गर्नु व्यर्थ छ। उहाँका आज्ञाअनुसार जिम्मेवारीहरू पूरा गर्दै, सेनाहरूका याहवेहको सामु विलाप गर्नेहरूजस्ता हिँडेर हामीलाई के लाभ भयो र?
15 Now we call the arrogant blessed. Those who do evil prosper; they even test God and escape. तर अहिले हामी अहङ्कारीहरू नै आशिषित छन् भन्छौँ। किनकि दुष्कर्मीहरू नै सफल हुन्छन्, र तिनीहरूले परमेश्‍वरलाई चुनौती दिए तापनि तिनीहरू सकुशल उम्कन्छन्।’ ”
16 Then those who feared our Father spoke to one another, and he listened and heard. A scroll of remembrance was written before him for those who fear him and treasure his name. तब याहवेहको डर मान्‍नेहरूले एक-आपसमा कुरा गरे; अनि परमेश्‍वरले तिनीहरूका कुरा ध्यान दिएर सुन्‍नुभयो। अनि याहवेहको उपस्थितिमा उहाँको डर मान्‍ने र उहाँको नामलाई आदर गर्ने मानिसहरूका बारेमा सम्झनाको पत्रमा लेखियो।
17 They will be mine, says the Father of heaven's armies, on the day I act, my treasured possession. I will spare them as a father spares his son who serves him. सेनाहरूका याहवेह भन्‍नुहुन्छ, “त्यस दिन जब म काम गर्नेछु, तिनीहरू मेरो बहुमूल्य निजी धन हुनेछन्। जसरी एउटा बुबाले आफ्नो सेवा गर्ने छोरालाई जोगाउँछ, त्यसरी नै म तिनीहरूलाई जोगाउनेछु।
18 Once more you will see the difference between the righteous and the wicked, between one who serves our Father and one who does not serve him. अनि तिमीहरू सबैले धर्मी र अधर्मीको बीचमा, परमेश्‍वरको सेवा गर्ने र नगर्नेको बीचमा के भिन्‍नता रहेछ, त्यो फेरि बुझ्नेछौ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]