Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Malachi 2 ONCV

Show ONCV only
Verse × ×
1 Now, priests, this command is for you. “अब, हे पुजारीहरू हो, यो चेतावनी तिमीहरूका निम्ति हो।
2 If you won't listen, or take it to heart to honor my name, says the Father of heaven's armies, I will send the curse on you and curse your blessings. I have already cursed them, because you don't take it to heart. यदि तिमीहरूले मेरा कुरा सुनेनौ र मेरो नामलाई आदर गर्नमा मन लगाएनौ भने,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ, “म तिमीहरूलाई श्राप दिनेछु, र तिमीहरूका आशिष्‌हरूमाथि श्राप पठाउनेछु। हो, मैले तिनलाई श्राप दिइसकेको छु; किनकि तिमीहरूले मलाई आदर गर्नमा मन लगाएनौ।
3 I will rebuke your offspring and smear manure on your faces—the manure of your feasts—and you will be carried off with it. “तिमीहरूको कारणले म तिमीहरूका भावी सन्तानलाई हप्काउनेछु; तिमीहरूका चाडमा बलि चढाइएका पशुहरूको गोबर म तिमीहरूका अनुहारमा दलिदिनेछु, र तिमीहरू गोबरसँगै बाहिर फालिनेछौ।
4 Then you will know I sent this command to you, so my covenant with Levi stands, says the Father of heaven's armies. अनि मैले लेवीसित गरेको करार स्थिर रहिरहोस् भनेर, यो चेतावनी तिमीहरूलाई दिएको हुँ भनी तिमीहरूले थाहा पाउनेछौ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
5 "My covenant with him was life and peace; I gave them to him to be held with reverence, and he revered me and trembled before my name. “मेरो करार, जीवन र शान्तिको करार लेवीसँग थियो; अनि मैले त्यो त्यसलाई दिएँ। त्यो मेरो आदरको निम्ति थियो; अनि त्यसले मलाई आदर गर्‍यो, र मेरो नामलाई श्रद्धापूर्ण डर मान्यो।
6 True instruction was in his mouth, no wrong on his lips. He walked with me in peace and integrity, and turned many from sin. त्यसको मुखमा अर्तीका साँचो कुराहरू थिए, र ओठबाट कुनै झूटो कुरो निस्केको भेट्टाइएन। त्यो मसँग शान्ति र न्यायमा हिँड्यो, र त्यसले धेरैलाई पापबाट फर्काएर ल्यायो।
7 A priest's lips guard knowledge, and people seek instruction from his mouth, for he is the messenger of the Father of heaven's armies. “पुजारीका ओठले ज्ञानका कुराको रक्षा गर्नुपर्दछ; किनकि त्यो सेनाहरूका याहवेहको समाचारवाहक हो, र मानिसले त्यसैका मुखबाट अर्तीका कुरा लिनुपर्दछ।
8 But you turned from the way and made many stumble by your instruction; you corrupted the covenant of Levi, says the Father of heaven's armies. तर तिमीहरू आफ्नो बाटो छोडेर बरालिएका छौ, र तिमीहरूका शिक्षाले धेरैलाई ठक्‍कर खुवाएका छौ; तिमीहरूले लेवीसित बाँधेको करारलाई उल्‍लङ्घन गरेका छौ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
9 So I made you despised and low before all the people, because you haven't kept my ways but shown favoritism in your instruction." “यसैकारण मैले तिमीहरूलाई सबै मानिसहरूका सामु निन्दित र अपमानित तुल्याएको छु; किनकि तिमीहरूले मेरो बाटो पछ्याएका छैनौ, तर व्यवस्थाका कुराहरूमा पक्षपात गरेका छौ।”
10 Don't we all have one Father? Didn't one Father create us? Why betray each other, desecrating our fathers' covenant? के हामी सबैका एउटै पिता हुनुहुन्‍न र? के एउटै परमेश्‍वरले हामीलाई बनाउनुभएको होइन र? किन हामी एक-आपसमा विश्‍वासघात गरेर हाम्रा पितापुर्खाको करारलाई भङ्ग गर्दछौँ?
11 Judah is unfaithful; a detestable thing is done in Israel and Jerusalem. Judah has desecrated our Father's holy place, which he loves, and married the daughter of a foreign god. यहूदाले विश्‍वासघात गरेको छ। इस्राएल र यरूशलेममा घिनलाग्दो काम भएको छ: विदेशी देवताको पूजा गर्ने स्त्रीहरूहरूलाई विवाह गरेर, याहवेहले प्रेम गर्नुभएको उहाँको पवित्र भवनलाई यहूदाले अपवित्र तुल्याएको छ।
12 May our Father cut off from Jacob's tents the man who does this—anyone at all—even one bringing an offering to the Father of heaven's armies. त्यसो गर्ने मान्छे, त्यो जोसुकै होस्, त्यसले सेनाहरूका याहवेहकहाँ भेटी चढाएको भए तापनि त्यसलाई याहवेहले याकोबको पालबाट बहिष्कृत गरिदेऊन्।
13 And a second thing you do: you cover our Father's altar with tears, weeping and groaning, because he no longer regards the offering or accepts it gladly from your hand. तिमीहरूको अर्को काम भनेको: याहवेहको वेदी आफ्ना आँसुले भिजाइदिन्छौ। तिमीहरू रुन्छौ र विलाप गर्छौ; किनकि तिमीहरूका भेटीतिर उहाँले कहिल्यै पनि ध्यानै दिनुहुन्‍न, न त उहाँले ती भेटीहरू तिमीहरूका हातबाट खुशीसाथ ग्रहण नै गर्नुहुनेछ।
14 You ask, "Why?" Because our Father witnessed between you and the wife of your youth, whom you betrayed—though your companion, your wife by covenant. तिमीहरू सोध्दछौ, “किन?” किनभने याहवेह तिमीहरू र तिमीहरूका युवावस्थाकी पत्नीबीच साक्षी हुनुहुन्छ; किनकि तिमीले आफ्नी पत्नीलाई धोका दिएका छौ; यद्यपि ऊ तिम्रो जीवन साथी र वैवाहिक करारमा बाँधिएकी पत्नी हो।
15 Didn't the Father make you one with your wife? Body and spirit, you are his. And what does he want? Godly children from your union. So guard your spirit; let no one betray the wife of his youth. के परमेश्‍वरले ती दुईलाई बनाउनुभएको होइन र? तिनीहरू दुवै शरीर र आत्मामा उहाँकै हुन्। अनि तिनीहरूबाट एक मात्र परमेश्‍वरले के खोज्नुहुन्छ र? ईश्‍वरभक्त सन्तानको चाहना गर्नुहुन्छ। यसकारण आफ्नो आत्मामा सचेत रहो र आफ्नो युवावस्थाकी पत्नीसित विश्‍वासघात नगर।
16 "For I hate divorce," says our Father, the Father of Israel, "and whoever covers his garment with violence," says the Father of heaven's armies. So guard your spirit; do not be unfaithful. याहवेह इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, “यदि कसैले पत्नीलाई घृणा गरेर सम्बन्ध-विच्छेद गर्छ र आफूले सुरक्षा दिनुको साटो हिंसा गर्छ भने म त्यसलाई घृणा गर्छु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। यसकारण आफ्नो आत्मामा सचेत रहो र विश्‍वासघात नगर।
17 You have worn out our Father with your words. Yet you ask, "How have we worn him out?" By saying, "All who do evil are good in his sight, and he delights in them"—or, "Where is the Father of justice?" तिमीहरूले आफ्ना कुराले याहवेहलाई दिक्‍क बनाएका छौ। तिमीहरू सोध्छौ, “कसरी हामीले दिक्‍क बनाएका छौँ?” यसो भनेर, “दुष्कर्म गर्नेहरू पनि याहवेहका दृष्‍टिमा असल छन् र उहाँ तिनीहरूसित प्रसन्‍न हुनुहुन्छ,” अथवा “न्याय गर्ने परमेश्‍वर कहाँ हुनुहुन्छ?”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]