Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Jude 1 ONCV

Show ONCV only
Verse × ×
1 Jude, servant of Jesus Christ and brother of James, to those called, loved in our Father and kept for Jesus Christ: येशू ख्रीष्‍टको सेवक र याकोबको भाइ यहूदाबाट, तिनीहरूलाई, जो परमेश्‍वर पिताबाट बोलाइएका, प्रेम गरिएका र येशू ख्रीष्‍टको लागि सुरक्षित राखिएका छन्:
2 May mercy, peace, and love be multiplied to you. तिमीहरूलाई प्रशस्त मात्रामा कृपा, शान्ति र प्रेम!
3 Beloved, though eager to write about our shared salvation, I had to write urging you to fight for the faith once for all given to the holy ones. प्रिय मित्रहरू हो, म तिमीहरूलाई हामी सहभागी भएको मुक्तिको विषयमा लेख्न अति इच्छुक भए तापनि परमेश्‍वरका सन्तहरूलाई सधैँको निम्ति सुम्पिएको विश्‍वासको रक्षा गर भनेर तिमीहरूलाई बिन्ती गर्दै लेख्न मलाई इच्छा लाग्यो।
4 For some have slipped in unnoticed, long ago marked out for this judgment—godless people who twist our Father's grace into a license for lust, and deny our only Master and Lord, Jesus Christ. किनकि धेरै अगिदेखि दण्डको भागीदार छन् भनी लेखिएका कतिपय मानिसहरू तिमीहरूका बीचमा गुप्‍त रूपले पसिसकेका छन्। तिनीहरू ईश्‍वरहीन मानिसहरू हुन्, जसले हाम्रा परमेश्‍वरको अनुग्रहलाई दुष्‍ट आचरणको अनुमतिपत्रको रूपमा बदल्छन्, र हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्‍टलाई इन्कार गर्दछन्।
5 Now I want to remind you, though you already know all this, that Jesus, having saved a people out of the land of Egypt, afterward destroyed those who did not believe. तिमीहरूले यो सबै जानिसकेका छौ तापनि म तिमीहरूलाई यो स्मरण गराउन चाहन्छु—प्रभुले आफ्नो जातिलाई इजिप्टबाट निकालेर ल्याउनुभयो; तर विश्‍वास नगर्नेहरूलाई पछिबाट नष्‍ट गर्नुभयो।
6 The angels who didn't keep their own position but left their proper home, he has kept in eternal chains, under deep darkness, for judgment on the great day. ती स्वर्गदूतहरू, जसले आफ्नो अधिकारको स्थान राखेनन्, तर तिनीहरूका आफ्नै घरसमेत त्याग गर्नेलाई उहाँले त्यस महान् दिनको न्यायको निम्ति अनन्तको साङ्लोले बाँधेर अन्धकारमा राख्नुभएको छ।
7 Likewise Sodom, Gomorrah, and the nearby towns, given to sexual sin and pursuit of unnatural flesh, stand as an example, suffering the punishment of eternal fire. यस्तै किसिमले सदोम र गमोरा, र छेउछाउका सहरहरूले आफूलाई व्यभिचारको अनैतिकता र भ्रष्‍टताको लागि दिइहाले। तिनीहरू अनन्तको आगोको दण्ड भोग्नेहरूका नमुना भएका छन्।
8 Yet these dreamers likewise pollute their flesh, reject authority, and insult glorious ones. ठिक यही किसिमले यी मानिसहरू गुप्‍त रूपले पसेका छन्। यी ईश्‍वरहीन मानिसहरूले सपनाको आधारमा तिनीहरूका आफ्नै शरीरलाई दूषित पार्छन्; अधिकारलाई इन्कार गर्दछन्, र स्वर्गीय प्राणीहरूको निन्दा गर्छन्।
9 But Michael the archangel, contending with the devil, argued about Moses' body, not daring to bring an insulting judgment against him, but said, "May our Father rebuke you." तर प्रधान दूत माइकलले पनि मोशाको शरीरको विषयमा शैतानसित विवाद गर्दा त्यसको विरुद्धमा निन्दापूर्ण दोष लगाउन साहस गरेनन्, तर “प्रभुले तँलाई हप्काऊन्” मात्र भनेका थिए।
10 But these people insult whatever they don't understand; what they do understand by instinct, like unreasoning animals, destroys them. तरै पनि यी मानिसहरूले निर्बुद्धि पशुहरूझैँ सहज बुद्धिले कुरा बुझ्छन्; त्यसैले तिनीहरू आफूले नबुझेका कुराहरूको निन्दा गर्छन्। यी कुराहरूले नै तिनीहरूलाई नष्‍ट गर्नेछन्।
11 Woe to them! They took Cain's path, rushed for pay into Balaam's error, and died in Korah's revolt. यस्ताहरूलाई धिक्‍कार छ! तिनीहरू कयिनको बाटोमा लागेका छन्। तिनीहरू लाभको निम्ति बालामको गल्तीतिर हतारिन्छन्। तिनीहरू कोरहको विद्रोहमा जस्तै नष्‍ट भएका छन्।
12 These are hidden reefs at your love feasts, feasting with you without fear, feeding only themselves—dry clouds blown by wind, fruitless autumn trees, twice dead, uprooted. यी मानिसहरू तिमीहरूका प्रेम भोजहरूमा कलङ्कहरू हुन्, जो सङ्कोचविना निर्धक्‍कसित तिमीहरूसँगै खान्छन्। तिनीहरू आफ्नै मात्र पेट भर्ने गोठालाहरू हुन्। तिनीहरू बतासले उडाइएका पानीविनाका बादलहरू हुन्। तिनीहरू शरद ऋतुका फल नभएका दुईपल्ट मरिसकेका र जरैसित उखेलिएका रूखहरू हुन्।
13 Wild waves of the sea, foaming up their own shame; wandering stars, for whom deepest darkness is kept forever. तिनीहरू समुद्रका उर्लंदा छालहरू हुन्; जसले आफ्नै शर्मको फिँज काढ्छन्। तिनीहरू डुलुवा ताराहरू हुन्, जसका लागि सबैभन्दा कालो अन्धकार सदाको लागि साँचिएको छ।
14 Enoch, the seventh from Adam, prophesied about these also: "Look, our Lord Jesus came with ten thousands of his holy ones, आदमदेखि सातौँ पुस्ताका हनोकले यस्ता मानिसहरूबारे यसरी अगमवाणी गरेका थिए: “हेर, प्रभु हरेकको न्याय गर्नलाई आफ्ना हजारौँ-हजार पवित्र जनहरूसँग आउँदैहुनुहुन्छ;
15 to execute judgment on all and to convict every person of all the ungodly deeds they have committed in such an ungodly way, and of all the harsh things that ungodly sinners have spoken against him." अनि ती सबैलाई न्याय गर्न, र तिनीहरूले आफ्ना अभक्तिमा गरेका सबै ईश्‍वरहीन कामहरू, र ईश्‍वरहीन पापीहरूले उहाँको विरुद्ध बोलेका सबै कठोर वचनहरूको दण्ड दिनलाई आउँदैहुनुहुन्छ।”
16 These grumble and complain, chasing their own desires; their mouths boast, and they flatter people for gain. यी मानिसहरू गनगन गर्नेहरू र दोष खोज्नेहरू हुन्। तिनीहरू आफ्नै दुष्‍ट विचारको पछि लाग्छन्। तिनीहरू आफ्नै विषयमा घमण्ड गर्छन्, र तिनीहरू आफ्नै लाभको निम्ति अरूको चापलुसी गर्दछन्।
17 But you, beloved, remember what our Lord Jesus Christ's apostles said beforehand. तर प्रिय मित्रहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले पहिलेबाट नै के भनेका छन्, सो सम्झना गर।
18 How they told you: "In the last time there will be mockers, following their own godless desires." तिनीहरूले तिमीहरूलाई भने, “अन्तिम समयहरूमा आफ्नै इच्छाहरूको पछि लाग्ने ईश्‍वरहीन निन्दकहरू हुनेछन्।”
19 These are the ones who cause divisions, worldly people, devoid of the Spirit. यिनीहरू त्यस्ता मानिसहरू हुन्, जसले तिमीहरूमा विभाजन ल्याउँछन्, जससित परमेश्‍वरको आत्मा नभएका, तर सहज बुद्धिको पछि लाग्नेहरू हुन्।
20 But you, beloved, building yourselves up in your most holy faith and praying in the Holy Spirit. तर प्रिय मित्रहरू हो, तिमीहरूले आफूलाई अति पवित्र विश्‍वासमा निर्माण गर, पवित्र आत्मामा प्रार्थना गर।
21 Keep yourselves in the love of our Father, waiting for the mercy of our Lord Jesus Christ, leading to eternal life. प्रभु येशू ख्रीष्‍टले तिमीहरूलाई अनन्त जीवनमा लैजाने कृपालाई पर्खंदा तिमीहरू आफूलाई परमेश्‍वरको प्रेममा स्थिर बनाइराख।
22 And have mercy on those who doubt; शङ्कालुहरूप्रति कृपालु बन।
23 save some by seizing them from the fire; show others mercy in fear, hating even the garment stained by their sin. अरूलाई आगोमा पर्नबाट झट्टै बचाओ; उहाँको डरलाई हृदयमा राखेर अरूहरूप्रति सधैँ दया देखाओ। भ्रष्‍ट शरीरले दाग लगाएको वस्त्रलाई घृणा गर।
24 Now to him able to keep you from stumbling and set you blameless before his glory with great joy, अब उहाँलाई नै, जसले तिमीहरूलाई पतन हुनदेखि बचाउनुहुन्छ, र जसले तिमीहरूलाई उहाँको महिमित उपस्थितिमा अति आनन्दसाथ निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ,
25 to our Father alone, our Savior, through Jesus Christ our Lord, be glory, majesty, dominion, and authority, before all time and now and forever. Amen. हाम्रा एउटै मुक्तिदाता परमेश्‍वरलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा महिमा, गौरव, पराक्रम र अधिकार युगानुयुग, पहिलेदेखि अहिले र सदासर्वदा भइरहोस्! आमेन।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]