Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

3 John 1 ONCV

Show ONCV only
Verse × ×
1 The elder, to the beloved Gaius, whom I love in truth. मण्डलीका प्रधानबाट, मेरा प्रिय मित्र गायस, जसलाई म सत्यतामा प्रेम गर्दछु।
2 Beloved, I pray you prosper in every way and stay healthy, as your soul prospers. प्रिय मित्र, म प्रार्थना गर्दछु, जसरी तिम्रो आत्माको उन्‍नति भएको छ, त्यसरी नै तिमी स्वस्थ बस र सबै कुरामा तिमीलाई भलो होस्।
3 I rejoiced greatly when brothers arrived and testified about your faithfulness to the truth—for you truly are walking in it. केही दाजुभाइ-दिदीबहिनीहरू आएर सत्यताको विषयमा तिम्रो विश्‍वासयोग्यता र तिमी कसरी निरन्तर हिँडिरहेका छौ भन्‍ने विषयमा साक्षी दिएकोले म धेरै आनन्दित भएको छु।
4 I have no greater joy than this: to hear that my children are walking in the truth. मेरा सन्तानहरू सत्यतामा चलिरहेका छन् भन्‍ने कुरा सुन्‍न पाउनुभन्दा ठूलो आनन्द मेरो लागि अरू केही हुँदैन।
5 Beloved, you act faithfully in all you do for the brothers, even strangers. हे प्रिय मित्र, ती दाजुभाइ-दिदीबहिनीहरू तिम्रा लागि परदेशी भए तापनि तिमीले जे गर्दैछौ, त्यसमा तिमी विश्‍वासयोग्य छौ।
6 They testified to your love before the church. Send them on in a way worthy of our Father. तिनीहरूले तिम्रो प्रेमको विषयमा मण्डलीलाई साक्षी दिएका छन्। परमेश्‍वरलाई मनपर्ने रीतिले तिनीहरूलाई आफ्ना यात्रामा पठाऊ।
7 For they went out for the sake of the Name, accepting nothing from the Gentiles. तिनीहरू उहाँकै नामको निम्ति निस्केका हुन्, र गैरयहूदीहरूबाट कुनै सहायता लिएनन्।
8 Therefore we ought to support such people, so that we may be fellow workers for the truth. यसकारण सत्यताका निम्ति सँगै मिलेर काम गर्न सकौँ भन्‍नका लागि हामीले यस्ता मानिसहरूलाई सेवा सत्कार गर्नैपर्छ।
9 I wrote something to the church, but Diotrephes, who loves being first among them, does not receive us. मैले मण्डलीलाई केही कुरा लेखेको थिएँ, तर तिमीहरूमा ठूलो हुन खोज्ने डियोत्रिफसले हामीलाई स्वीकार गर्दैन।
10 So if I come, I'll expose what he's doing—slandering us with malicious words. Not satisfied with that, he refuses to welcome the brothers, stops those who want to, and throws them out of the church. यसकारण म आएँ भने त्यसले गरिरहेका कामहरूबारे कुरा उठाउनेछु। त्यसले हाम्रा विरुद्धमा खराब कुराहरू बक्दै हिँड्छ। त्यतिमा पनि सन्तुष्‍ट नभएर त्यसले अरू विश्‍वासीहरूलाई स्वीकार गर्दैन र स्वीकार गर्न चाहनेहरूलाई पनि त्यसले रोक्छ, र तिनीहरूलाई मण्डलीबाट बाहिर निकालिदिन्छ।
11 Beloved, don't imitate evil, but good. Whoever does good is from our Father; whoever does evil hasn't seen our Father. हे प्रिय मित्र, खराबीको होइन, तर असल कुराको अनुकरण गर। जसले असल कुरा गर्दछ, त्यो परमेश्‍वरबाटको हो। जसले खराबी गर्दछ, त्यसले परमेश्‍वरलाई देखेको छैन।
12 All speak well of Demetrius, and so does the truth. We testify too, and you know our testimony is true. डेमेत्रियसका विषयमा सबैले असल साक्षी दिएका छन्, र सत्यता स्वयम्‌ले पनि त्यही साक्षी दिन्छ। हामी पनि तिनको विषयमा असल बोल्छौँ, र हाम्रो साक्षी सत्य छ भनी तिमी जान्दछौ।
13 I had much to write to you, but I would rather not write with pen and ink. मैले तिमीलाई लेख्नुपर्ने कुराहरू धेरै छन्, तर म कलम र मसीले ती लेख्न चाहन्‍नँ।
14 I hope to see you soon, and we will talk face to face. म तिमीलाई चाँडै नै भेट्ने आशा गर्दछु, तब हामी आमने-सामने भएर कुरा गर्नेछौँ।
15 Peace to you. The friends send their greetings. Greet each of the friends by name. तिमीलाई शान्ति होस्! यहाँ भएका मित्रहरूले आफ्नो अभिवादन पठाएका छन्। त्यहाँ भएका मित्रहरूलाई नाम लिएर अभिवादन भनिदेऊ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]