Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

2 John 1 ONCV

Show ONCV only
Verse × ×
1 The elder, to the chosen lady and her children, whom I love in truth—not only I, but all who know the truth, मण्डलीका प्रधानबाट, परमेश्‍वरका जनहरूद्वारा चुनिएकी स्त्री र तिनका छोराछोरी, जसलाई म सत्यतामा प्रेम गर्छु, र मैले मात्र होइन, तर ती सबैले, जसले सत्यलाई चिनेका छन्।
2 because of the truth that lives in us and will be with us forever. सत्यताको कारणले, जुन हामीमा रहन्छ, र सदासर्वदाका लागि हामीसँग रहिरहनेछ:
3 Grace, mercy, and peace will be with us from our Father and from Jesus Christ, our Father's Son, in truth and love. परमेश्‍वर पिता र येशू ख्रीष्‍टबाट, जो पिताको पुत्र हुनुहुन्छ; अनुग्रह, कृपा र शान्तिसँगै सत्य तथा प्रेम हामीहरूसित रहून्!
4 I was overjoyed to find some of your children walking in truth, as our Father commanded us. पिताले हामीलाई जस्तो आज्ञा दिनुभयो, तिम्रा केही छोराछोरीहरू ठिक त्यसै गरी सत्यतामा चलिरहेका छन् भनी भेट्टाएकोमा म धेरै आनन्दित भएको छु।
5 Now I ask you, dear lady: not a new command, but one we've had from the start—love one another. हे प्रिय स्त्री, म तिम्रा लागि नयाँ आज्ञा लेख्दिनँ, तर जो हामीसँग सुरुदेखि नै छ, त्यही लेख्दैछु। म बिन्ती गर्दछु, हामी एक-अर्कालाई प्रेम गरौँ।
6 This is love: that we walk by his commands. This is the command, as you heard from the beginning: that you walk in love. हामीले उहाँका आज्ञाहरू पालन गर्दै जिउनु नै प्रेम हो। जसरी तिमीहरूले सुरुदेखि सुनेका छौ, त्यसरी नै तिमीहरू प्रेममा हिँड्नुपर्छ, यही नै उहाँको आज्ञा हो।
7 For many deceivers have gone out into the world, denying that Jesus Christ came in the flesh. This is the deceiver and the antichrist. किनकि म तिमीहरूलाई भन्दछु, धेरै जना बहकाउनेहरू संसारमा निस्किआएका छन्, जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन्। यस्ता कुनै पनि व्यक्ति छली र ख्रीष्‍ट विरोधी हो।
8 Watch yourselves, so that you don't lose what we have worked for, but receive a full reward. होसियार बस, जुन कुराको निम्ति हामीहरूले काम गरेका छौँ, त्यो गुमाउने होइन, तर तिमीहरूले पूरा इनाम पाउन सक।
9 Anyone who oversteps, not remaining in Christ's teaching, lacks our Father; whoever remains in the teaching has both our Father and the Son. हरेक जसले बाटो बिराएर अन्‍यत्र जाँदछ, त्यो ख्रीष्‍टको शिक्षामा स्थिर रहँदैन, त्यससँग परमेश्‍वर हुनुहुन्‍न; ख्रीष्‍टको शिक्षामा रहिरहने सबैसँग पिता र पुत्र दुवै हुनुहुन्छ।
10 If someone comes to you without this teaching, don't welcome them into your home or greet them, यदि कोही तिमीहरूकहाँ आउँछ र यही शिक्षा ल्याउँदैन भने त्यसलाई घरमा नलैजाओ, न त त्यसलाई स्वागत नै गर।
11 for whoever greets him shares in his evil deeds. जसले त्यसलाई स्वागत गर्छ, ऊ त्यसका दुष्‍ट कामहरूमा सहभागी बनेको हुन्छ।
12 I have much to write, but I'd rather not use paper and ink. I hope to come and speak with you face to face, so our joy may be complete. मैले तिमीहरूलाई लेख्नुपर्ने कुरा धेरै छन्, तर कागज र मसीले ती म लेख्न चाहन्‍नँ। तर तिमीहरूकहाँ आएर आमने-सामने भएर कुरा गर्ने म आशा राख्छु, जसबाट हाम्रो आनन्द पूर्ण हुन सकोस्।
13 The children of your chosen sister greet you. परमेश्‍वरद्वारा चुनिएकी तिम्री बहिनीका छोराछोरीहरूले तिमीलाई अभिवादन पठाएका छन्।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]