Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Jonah 4 ONCV

Show ONCV only
Verse × ×
1 But this upset Jonah deeply, and he burned with anger. तर योनालाई यो कुरा एकदमै गलत लाग्यो र तिनी साह्रै रिसाए।
2 He prayed to our Father, "Please, O Father, isn't this what I said while still in my own land? That's why I fled toward Tarshish first—I knew you are a gracious, compassionate Father, slow to anger, overflowing with covenant love, one who relents from sending disaster. तिनले याहवेहलाई यसरी प्रार्थना गरे, “हे याहवेह, म घरमा हुँदा नै मैले यो कुरा भनेको थिइनँ र? त्यसैले म तर्शीशतिर भागेर जान हतारिएको थिएँ। मलाई थाहा थियो, कि तपाईं अनुग्रहकारी, दयालु, रिसाउनमा ढिलो र प्रेममा भरिपूर्ण परमेश्‍वर हुनुहुन्छ, जो विपत्ति पठाउनुहुँदा खुशी हुनुहुन्‍न।
3 Now, our Father, please take my life from me—death is better for me than life." अब, हे याहवेह, मेरो प्राण लिनुहोस्; किनकि मेरा निम्ति बाँच्नुभन्दा त बरु मर्नु नै असल हुनेछ।”
4 And our Father said, "Is it right for you to be so angry?" तर याहवेहले जवाफ दिनुभयो, “के तँलाई रिसाउने कुनै अधिकार छ?”
5 Jonah left the city and sat east of it, made himself a shelter there, and sat under it in the shade, waiting to see what would happen to the city. योना बाहिर निस्के, र सहरको पूर्वको एउटा ठाउँमा गएर बसे। त्यहाँ तिनले एउटा छाप्रो बनाए र त्यसको छायामा बसे; अनि सहरलाई के हुँदोरहेछ भनी हेर्नलाई पर्खिबसे।
6 And our Father appointed a plant and made it grow up over Jonah, to shade his head and ease his discomfort. So Jonah was overjoyed because of the plant. त्यसपछि याहवेह परमेश्‍वरले एउटा पातैपातको बोटलाई उमार्नुभयो, ताकि योनाको शिरमाथि छाया होस् र आराम मिलोस्, र योना त्यो बोट देखेर अत्यन्तै खुशी भए।
7 At dawn the next day, our Father appointed a worm that attacked the plant, and it withered. तर अर्को दिन बिहानै परमेश्‍वरले एउटा किरा पठाउनुभयो, जसले त्यो बोटलाई खाइदियो र त्यो बोट ओइलाइहाल्यो।
8 When the sun rose, our Father sent a scorching east wind; the sun beat on Jonah's head until he grew faint. He begged to die: "Better for me to die than to live." जब घाम उदायो, तब परमेश्‍वरले पूर्वबाट तातो हावाको बेग चलाइदिनुभयो; अनि घामको चर्को ताप योनाको थाप्लोमा पर्‍यो र तिनी मूर्च्छा परे। तिनी मर्न चाहन्थे र तिनले भने, “मेरा निम्ति बाँच्नुभन्दा बरु मर्नु नै असल हुनेछ।”
9 But our Father asked Jonah, "Is it right for you to be angry about the plant?" He said, "It is right—angry enough to die." तर परमेश्‍वरले योनालाई भन्‍नुभयो, “के तँलाई त्यो बोटको बारेमा रिसाउने अधिकार छ?” तिनले भने, “मलाई अधिकार छ। मलाई यतिसम्म रिस उठेको छ, कि म मरेको भए पनि हुन्थ्यो।”
10 And our Father said, "You pitied the plant you did not work for or grow, which sprouted in a night and died in a night. तर याहवेहले भन्‍नुभयो, “तैँले यस बोटको बारेमा चिन्ता गरिराखेको छस्, जसलाई न तैँले बढाउन हेरचाह गरिस्, न त तैँले यसलाई उमारेको होस्। यो बोट एकै रातमा उम्रेर बढ्यो र एकै रातमा नष्‍ट पनि भयो।
11 And should I not pity Nineveh, that great city, in which there are more than 120,000 people who cannot tell their right hand from their left, and many animals as well?" अनि के मलाई त्यो ठूलो सहर निनवेको चिन्ता हुँदैन? जहाँ एक लाख बीस हजारभन्दा बढी मानिसहरू छन्, जसले आफ्नो दाहिने र देब्रे हात छुट्ट्याउन सक्दैनन्, र त्यहाँ धेरै पशुहरू पनि छन्।”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]