Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Jeremiah 8 ONCV

Side by side with the Father's Heart Bible™

1“ ‘याहवेह घोषणा गर्नुहुन्छ: त्यस बेला यहूदाका राजाहरू र अधिकारीहरू, पुजारीहरू र अगमवक्ताहरूका हड्डीहरू र यरूशलेमका मानिसहरूका हड्डीहरू तिनीहरूका चिहानहरूबाट हटाइनेछन्। 2तिनीहरूका हड्डीहरू घाम, जुन र आकाशका ताराहरूमुनि फिँजाइनेछन्, जसलाई तिनीहरूले प्रेम गरेका थिए, सेवा गरेका थिए; अनि जसलाई तिनीहरूले पछ्याएका थिए, त्यससँग सल्‍लाह मागेका थिए र पूजा गरेका थिए। ती हड्डीहरू बटुलिने छैनन्, अथवा गाडिनेछैनन्, तर ती हड्डीहरू जमिनमा जनावरका मलजस्तै फिँजाइनेछन्। 3म जहाँ-जहाँ तिनीहरूलाई निर्वासनमा पठाउँछु, यस दुष्‍ट जातिका बाँचेकाहरू सबैले जीवनभन्दा मृत्यु नै रुचाउनेछन्, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।’

पाप र दण्ड

4“तिनीहरूलाई यो पनि भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ:“ ‘जब मानिसहरू लड्दछन्, के तिनीहरू उठ्दैनन् र?जब कोही मानिस तर्केर जान्छ, के त्यो फेरि फर्कंदैन र?

5त्यसो भए यी मानिसहरू किन तर्किगएका छन्?यरूशलेम किन सधैँ तर्किएर जान्छ?तिनीहरू झूटा कुराहरूमा अल्झिरहन्छन्;तिनीहरू फर्कन अस्वीकार गर्दछन्।

6मैले ध्यानपूर्वक सुनेको छु,तर तिनीहरूले सही के हो, त्यो बोल्दैनन्।तिनीहरू, “मैले के गरेको छु र?” भन्दै,कसैले पनि आफ्नो दुष्‍टताको पश्‍चात्ताप गर्दैनन्।युद्धको निम्ति घोडा जाइलागेझैँ,तिनीहरू हरेक आफ्नै मार्गमा चलेका छन्।

7आकाशका सारसले पनिआफ्नो तोकिएको ऋतुहरू जान्दछ;अनि ढुकुर, गौँथली र मैनाले पनिआफ्नो बसाइँ सर्ने समय जान्दछन्,तर मेरा मानिसहरूलेयाहवेहले आज्ञा गर्नुभएका कुराहरू पालन गर्न जान्दैनन्।

8“ ‘तिमीहरूले कसरी भन्‍न सक्छौ, “हामी बुद्धिमान् छौँ,किनकि हामीसँग याहवेहको व्यवस्था छ,”जबकि वास्तवमा शास्त्रीहरूको झूटो कलमलेव्यवस्थालाई झूटो तुल्याएको छ?

9बुद्धिमान्‌हरू शर्ममा पर्नेछन्;तिनीहरू हताश हुनेछन् र पासोमा पर्नेछन्।किनभने तिनीहरूले याहवेहको वचनलाई अस्वीकार गरेका छन्।तिनीहरूसँग कस्तो बुद्धि छ?

10यसकारण म तिनीहरूका पत्नीहरू अरू मानिसहरूलाईर तिनीहरूका खेतहरू नयाँ मालिकलाई दिनेछु।सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्महरेक अनुचित धन कमाइको निम्ति लोभी छन्।अगमवक्ताहरू र पुजारीहरूसमेतसबैले छल गर्दछन्।

11तिनीहरूले मेरा मानिसहरूका घाउहरूमालापर्बाही तरिकाले मलमपट्टी बाँधिदिन्छन्।शान्ति नहुँदा पनि,तिनीहरूले, “शान्ति, शान्ति,” भन्दछन्।

12के तिनीहरू आफ्ना घृणित आचरणहरूप्रति लज्जित छन् र?अहँ, तिनीहरूलाई अलिकति पनि लाज लाग्दैन।तिनीहरू कसरी लाज मान्‍ने भन्‍ने पनि जान्दैनन्।यसकारण तिनीहरू पतन भएकाहरूसँग पतन हुनेछन्।जब म तिनीहरूलाई दण्ड दिन्छु, तब तिनीहरू नष्‍ट हुनेछन्,याहवेह भन्‍नुहुन्छ।

13“ ‘याहवेह घोषणा गर्नुहुन्छ:म तिनीहरूका फसलहरू लैजानेछु।दाखका बोटहरूमा अङ्‌गुरहरू हुनेछैनन्।नेभाराको बोटमा फल हुनेछैन;अनि तिनीहरूका पातहरू ओइलाउनेछन्।मैले तिनीहरूलाई जे जति दिएको छु,ती तिनीहरूबाट खोसिनेछन्।’ ”

14हामी यहाँ किन चुप लागेर बसिरहेका छौँ?एकसाथ भेला होऔँ!हामी सुरक्षित सहरहरूतिर भागौँर त्यहीँ नै नष्‍ट होऔँ!किनकि याहवेह हाम्रा परमेश्‍वरले हाम्रो विनाशको निर्णय गर्नुभएको छ;अनि हामीलाई विषालु पानी पिउनलाई दिनुभएको छ;किनकि हामीले उहाँको विरुद्धमा पाप गरेका छौँ।

15हामीले शान्तिको आशा गरेका थियौँ,तर कुनै पनि असल कुरा भएको छैन।निको हुने आशा गरेका थियौँ,तर त्यहाँ आतङ्क मात्र भएको छ।

16दानबाट शत्रुका घोडाहरूका आवाजसुनिँदैछ।तिनीहरूका घोडाहरूको हिनहिनाएको आवाजमासारा देश थरथर काम्दछ।तिनीहरू देश र त्यसमा भएका हरेक कुराहरू,सहर र त्यहाँ बस्‍ने सबै मानिसहरूलाईनाश गर्न आएका छन्।

17“हेर, म तिमीहरूका बीचमा विषालु सर्पहरू पठाउनेछु।त्यस्ता सर्पहरू जसलाई वशमा पार्न सकिँदैन;अनि तिनीहरूले तिमीहरूलाई डस्‍नेछन्,”याहवेह घोषणा गर्नुहुन्छ।

18हे मेरा दुःखमा सान्त्वना दिने,मेरो हृदय मभित्र दुर्बल भएको छ।

19टाढाबाट मेरा मानिसहरूको चिच्याहट,मेरा मानिसहरूका क्रन्दन सुन्‍नुहोस्:“के याहवेह सियोनमा हुनुहुन्‍न?के सियोनको राजा अब त्यहाँ हुनुहुन्‍न?”“किन तिनीहरूले तिनीहरूका कुँदिएका मूर्तिहरू रतिनीहरूका काम नलाग्ने विदेशी मूर्तिहरूले मलाई रिस उठाएका छन्?”

20“कटनीको समय बितिसकेको छ;ग्रीष्म ऋतु समाप्‍त भइसकेको छ,तर पनि हाम्रोचाहिँ उद्धार भएकै छैन।”

21मेरा मानिसहरू चकनाचुर पारिएका छन्; अनि म पनि चकनाचुर भएको छु।म शोकमा छु र पूर्ण रूपमा हताश भएको छु।

22के गिलादमा निको पार्ने मलम छैन?के त्यहाँ कुनै वैद्यहरू छैनन्?त्यसो भए किन मेरा मानिसहरूको चोटनिको भएको छैन?

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]