Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Jeremiah 6 ONCV

Side by side with the Father's Heart Bible™

यरूशलेम घेरामा परेको

1“हे बेन्यामीनीहरू हो, सुरक्षाको निम्तियरूशलेमबाट भाग!तको सहरमा तुरही फुक!बेथ-हक्‍केरेममा खतराको सङ्केत देओ!किनकि उत्तर दिशाबाट विपत्ति,डरलाग्दो विनाश आउँदैछ।

2सियोनकी छोरी, जो सुन्दरी र कोमल छे,म त्यसलाई नाश गर्नेछु।

3गोठालाहरू आ-आफ्ना बगाल लिएर त्यसको विरुद्धमा आउनेछन्;तिनीहरूले यरूशलेमको चारैतिर आफ्ना पालहरू टाँग्नेछन्;हरेकले आफ्नै बगालको हेरचाह गर्नेछन्।”

4“यरूशलेमको विरुद्धमा लडाइँको तयारी गर!उठ, हामी मध्यदिनमा आक्रमण गरौँ!तर, हाय! दिन ढल्किँदैछ;अनि बेलुकीको छाया लामो हुँदैछ।

5यसकारण उठ, हामी राति त्यसमाथि आक्रमण गरौँ,र यरूशलेमका किल्‍लाहरू नाश पारिदिऔँ!”

6सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ:“रूखहरू काटेर ढालिदेओ,र यरूशलेमको विरुद्धमा घेरा-मचान बनाओ।यो सहरले दण्ड पाउनैपर्छ;यो सहर अत्याचारले भरिएको छ।

7जसरी इनारबाट पानी निस्कन्छ,त्यसरी नै त्यसले आफ्नो दुष्‍टता निकाल्छे।त्यसभित्र हिंसा र विनाश गुञ्जिन्छ;त्यसका रोगहरू र चोटहरू सधैँ मेरा सामु छन्।

8हे यरूशलेम यो चेतावनी सुन्,नत्रता म तँदेखि टाढा हुनेछु,र तेरो देशलाई उजाड पारिदिनेछु;अनि त्यहाँ कोही पनि बास गर्नेछैन।”

9सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ:“तिनीहरूले इस्राएलका बाँकी रहेकाहरूलाईदाखको बोटमा छोडिएका फल नछोडी टिपेझैँ टिपून्;कुनै मानिसले अङ्‌गुरहरू बटुलेझैँ,आफ्नो हात फेरि ती दाखका हाँगाहरूमा लगा।”

10म कोसँग बोलूँ र कसलाई चेतावनी दिऊँ?मेरो कुरा कसले सुन्ला?तिनीहरूका कान बन्द भएका छन्।त्यसैले तिनीहरू सुन्‍न सक्दैनन्।याहवेहको वचन तिनीहरूलाई मन पर्दैन;तिनीहरू वचन सुन्‍नै चाहँदैनन्।

11यसकारण म याहवेहको क्रोधले भरिएको छु;अनि म यसलाई थामिराख्न सक्दिनँ।“यसलाई सडकमा भएका केटाकेटीहरूर एकसाथ भेला भएका जवान मानिसहरूमाथि;पति र पत्नी दुवै,र वृद्धहरूमाथि खन्याइदेओ।

12जब मेरो हातयस देशमा बाँचेकाहरूका विरुद्धमा बढाउँछु,तब तिनीहरूका घर, खेतबारीर पत्नीहरूसमेत अरू मानिसहरूलाई दिइनेछन्,”याहवेह घोषणा गर्नुहुन्छ।

13“सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्महरेक अनुचित धन कमाइको निम्ति लोभी छन्।अगमवक्ता र पुजारीहरूसबै छलका कुरा गर्छन्।

14तिनीहरूले मेरा मानिसहरूका घाउहरूमालापर्बाही तरिकाले मलमपट्टी बाँधिदिन्छन्।शान्ति नहुँदा पनितिनीहरूले, ‘शान्ति, शान्ति’ भन्दछन्।

15के तिनीहरू आफ्ना घृणित आचरणहरूप्रति लज्जित छन् र?अहँ, तिनीहरूलाई अलिकति पनि लाज लाग्दैन।तिनीहरू कसरी लाज मान्‍ने भन्‍ने पनि जान्दैनन्।यसकारण तिनीहरू पतन भएकाहरूसँग पतन हुनेछन्;जब म तिनीहरूलाई दण्ड दिन्छु, तब तिनीहरू नष्‍ट हुनेछन्,”याहवेह भन्‍नुहुन्छ।

16याहवेह यसो भन्‍नुहुन्छ:“चौबाटोमा उभिएर हेर,र प्राचीन मार्गको बारेमा सोध;त्यो असल मार्ग कहाँ छ, सोध र त्यसैमा हिँड,तब तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ।तर तिमीहरूले भन्यौ, ‘हामी यस मार्गमा हिँड्नेछैनौँ।’

17मैले तिमीहरूमाथि पहरेदारहरू नियुक्त गरेर भनेँ,‘तुरहीको आवाजलाई ध्यानसित सुन!’तर तिमीहरूले भन्यौ, ‘हामी सुन्‍नेछैनौँ।’

18यसकारण हे राष्ट्रहरू हो, सुन;हे साक्षीहरू हो,तिनीहरूलाई के हुँदोरहेछ, सो ध्यानसित हेर।

19हे पृथ्वी, सुन्;तिनीहरूकै योजनाको फलस्वरूप,म यस जातिमाथि विपत्ति ल्याउँदैछु;किनकि तिनीहरूले मेरा वचनहरू सुनेनन्,र मेरा व्यवस्थाहरूलाई इन्कार गरे।

20शेबादेखि ल्याएको धूपअथवा टाढा देशबाट ल्याएको बोझो मलाई के मतलब छ र?तिमीहरूका होमबलिहरू ग्रहणयोग्य छैनन्;तिमीहरूका बलिदानहरू मेरा निम्ति मनपर्दा छैनन्।”

21यसकारण याहवेह यसो भन्‍नुहुन्छ:“म यस जातिको सामु ठेस लाग्ने कुराहरू राखिदिनेछु।बुबा र छोराछोरीहरू एकसाथ ती कुरामा ठेस खानेछन्;छिमेकीहरू र मित्रहरू नष्‍ट हुनेछन्।”

22याहवेह यसो भन्‍नुहुन्छ:“हेर, उत्तर देशबाटएक दल सेना आउँदैछ।पृथ्वीको अन्तिम सिमानाबाटएउटा ठूलो राष्ट्रलाई सुर्‍याइरहेको छ।

23तिनीहरू धनु र भालाले सुसज्जित भएका छन्;तिनीहरू निर्दयी छन् र दया देखाउँदैनन्।तिनीहरू आफ्ना घोडाहरूमाथि सवार हुँदातिनीहरूको आवाज समुद्रको गर्जनजस्तै सुनिन्छ;हे यरूशलेमकी छोरी, तँलाई आक्रमण गर्नका लागितिनीहरू युद्धको पङ्‌क्ति बाँधेर आइरहेका छन्।”

24हामीले तिनीहरूको बारेमा खबर सुन्यौँ,र हाम्रा हातहरू लल्याकलुलुक भए।प्रसुती वेदनामा परेकी स्त्रीझैँहामी छटपटिएका छौँ।

25खेततिर काम गर्न नजाओ,न त सडकतिर हिँड्‍डुल गर;किनकि शत्रुसित तरवार छ,र चारैतिर डरैडर देखिँदैछ।

26हे मेरा मानिसहरू हो, भाङ्ग्रा लगाओ;अनि खरानीमा लडीबुडी गर।एक मात्र छोराका निम्तिविलाप गरेझैँ शोक गर;किनकि विनाशकारीहामीमाथि अचानक आइलाग्नेछ।

27“मैले तँलाई धातु जाँच्ने वस्तुर मानिसहरूलाई कच्‍चा धातु बनाएको छु,ताकि तैँले तिनीहरूलाई ध्यानसित हेर्नर तिनीहरूका मार्गहरू जाँच गर्न सक्।

28तिनीहरू सबै निन्दा गर्दै,यताउति डुलिहिँड्ने कठोर विद्रोहीहरू हुन्।तिनीहरू काँसा र फलाम हुन्;तिनीहरू सबै भ्रष्‍ट चालहरूमा चल्दछन्।

29आरनमा सिसा जलाउनका लागि खूब जोडसित आगो फुकिन्छ,तर खार्ने काम व्यर्थै जान्छ;त्यसरी नै मेरा मानिसहरू यति दुष्‍ट छन्, कितिनीहरूबाट दुष्‍ट्याइँ हटाउन सकिँदैन।

30तिनीहरूलाई खोट लागेको चाँदी भनिन्छ;किनकि याहवेहले तिनीहरूलाई त्याग्नुभएको छ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]