Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 8 ONCV

Side by side with the Father's Heart Bible™

याहवेहको हतियार, अश्शूर देश

1याहवेहले मलाई भन्‍नुभयो, “एउटा ठूलो पाटी लिएर त्यसमा साधारण कलमले महेर-शालल-हाज-बजको बारेमा लेख्। 2म पुजारी उरियाह र येबेरक्याहको छोरा जकरियालाई आफ्ना निम्ति विश्‍वासयोग्य साक्षी हुनलाई बोलाउनेछु।” 3तब म अगमवादिनीकहाँ गएँ; उनी गर्भवती भइन्, र तिनले एउटा छोरा जन्माइन्। याहवेहले मलाई भन्‍नुभयो, “त्यसको नाम महेर-शालल-हाज-बज राख्। 4यस बालकले ‘मेरा बुबा’ अथवा ‘मेरी आमा’ भनेर ज्ञान पाउनुअगि दमस्कसको धन र सामरियाको लुटको माल अश्शूरको राजाले लैजानेछ।”

5याहवेहले मलाई फेरि भन्‍नुभयो:

6“यस जातिले शीलोकोशान्तसित बग्ने पानीलाई इन्कार गर्छ;अनि रसीन र रमल्याहको छोरामा रमाउँछ।

7यसकारण प्रभुले यहूदाका मानिसहरूको विरुद्धमायूफ्रेटिस नदीको शक्तिशाली पानीको भेल,अर्थात् अश्शूरका राजालाई आफ्नो पूरा रवाफसित ल्याउन लाग्नुभएको छ।त्यो यहूदाको सबै नालाहरूमा पोखिएर बग्नेछ;यसका सबै किनारहरूलाई त्यसले डुबाइदिनेछ;

8अनि यहूदालाई बेगसित बगाएर स्वात्तै लैजानेछ,र त्यो त्यसको घाँटीसम्म नै पुग्नेछ।त्यसका फिँजाइएका पखेटाहरूले तेरो देशको चौडाइलाई वारपार ढाकिदिनेछ;हे इम्मानुएल!”

9हे राष्ट्रहरू हो, युद्धको ध्वनि उठाओ, र चकनाचुर होओ!अनि हे टाढाका देशहरू हो, सुन।युद्धका निम्ति तयार होओ, तर तिमीहरू चकनाचुर हुनेछौ!युद्धका निम्ति तयार होओ, तर तिमीहरू चकनाचुर हुनेछौ!

10आफ्ना उपायहरू बनाओ, तर ती विफल पारिनेछन्;आफ्नो योजना प्रस्ताव गर, तर त्यो खडा रहनेछैन;किनकि परमेश्‍वर हामीसित हुनुहुन्छ।

11याहवेहले आफ्नो बलियो हात ममाथि राखेर मलाई यस जातिको मार्गमा नहिँड्न भनी चेतावनी दिँदै मसित बोल्नुभयो। उहाँले भन्‍नुभयो:

12“जुन कुरालाई यस जातिले षड्यन्त्र भन्छ,त्यसलाई तिमीहरूले षड्यन्त्र नभन्‍नू;तिनीहरू जेसित डराउँछन्, तिमीहरू त्यससित नडराउनू;र त्यससित भयभीत नहुनू।

13तिमीहरूले पवित्र मान्‍नुपर्ने सेनाहरूका याहवेह नै हुनुहुन्छ;तिमीहरू डराउनुपर्ने उहाँसितै हो;तिमीहरूचाहिँ उहाँसितै भयभीत हुनू।

14उहाँ पवित्रस्थान बन्‍नुहुनेछ;तर इस्राएलका दुवै घरानाका निम्तिउहाँ यस्तो ढुङ्गो बन्‍नुहुनेछ, जसले मानिसहरूलाई ठेस खान लगाउँछ;अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ,अनि तिनीहरूलाई फसाउने एउटा पासोजस्तो बन्‍नुहुनेछ।यरूशलेमका मानिसहरूका निम्तिउहाँ धराप र पासो हुनुहुनेछ।

15तिनीहरूमध्ये धेरैले ठेस खानेछन्;तिनीहरू लडेर चकनाचुर हुनेछन्,तिनीहरू पासोमा पर्नेछन्।”

16यस साक्षीलाई बाँधेर राख्;अनि मेरा चेलाहरूबीच व्यवस्थालाई मोहोरछाप लगाइदे।

17म याहवेहलाई पर्खनेछु,जसले याकोबका घरानाबाट आफ्नो अनुहार लुकाउनुभएको छ।उहाँमाथि म आफ्नो भरोसा राख्नेछु।

18याहवेहले मलाई दिनुभएका छोराछोरीहरूका साथमा म यहीँ नै छु। सियोन पर्वतमा विराजमान हुनुहुने सेनाहरूका याहवेहतर्फबाट इस्राएलमा हामी अलौकिक चिन्ह र सङ्केतहरू हौँ।

अन्धकार उज्यालोमा परिणत

19मानिसहरूले तिमीहरूलाई तन्त्रमन्त्र गर्नेहरू र भूतप्रेत खेलाउनेहरूसित सल्‍लाह लिनुभन्दा के मानिसहरूले आफ्ना परमेश्‍वरसित सोध्नुपर्दैन र? जिउँदाहरूको पक्षमा किन मरेकाहरूसित सल्‍लाह लिने? 20परमेश्‍वरको निर्देशन र शिक्षालाई हेर्! यदि तिनीहरू यस वचनअनुसार बोल्दैनन् भने तिनीहरूसित प्रकाश छैन। 21तिनीहरू दुःखी र भोका भई देशभरि घुमिहिँड्नेछन्; तिनीहरू क्रोधित भएपछि तिनीहरू रिसले चुर भएर मास्तिर हेर्दै तिनीहरूका राजा र तिनीहरूका परमेश्‍वरलाई सराप्नेछन्। 22त्यसपछि तिनीहरूले पृथ्वीतिर हेर्नेछन्; अनि दुःख, अन्धकार, डरलाग्दो नैराश्य देख्नेछन् र तिनीहरू घोर अन्धकारमा फालिनेछन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]