Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 38 ONCV

Side by side with the Father's Heart Bible™

हिजकिया बिरामी परेका

1ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्युको मुखैमा पुगे।आमोजका छोरा अगमवक्ता यशैयाले तिनीकहाँ गएर भने, “याहवेह यसो भन्‍नुहुन्छ: आफ्ना घरानालाई ठिक राख्; किनकि तँ मर्नेछस्; तँ निको हुनेछैनस्।”

2हिजकियाले आफ्नो अनुहार भित्तातिर फर्काएर याहवेहलाई प्रार्थना गरे, 3“हे याहवेह, म तपाईंको सामु कसरी विश्‍वासयोग्यतामा र सम्पूर्ण हृदयको भक्तिमा हिँडेको छु, र मैले तपाईंको दृष्‍टिमा जे ठिक छ, त्यही गरेको कुरालाई सम्झनुहोस्।” अनि हिजकिया धुरुधुरु रोए।

4तब याहवेहको वचन यशैयाकहाँ आयो: 5“जा, र हिजकियालाई भन्, ‘याहवेह तेरा पुर्खा दावीदका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले तेरो प्रार्थना सुनेको छु, र तेरो आँसु देखेको छु; म तेरो आयुमा अरू पन्ध्र वर्ष थपिदिनेछु। 6अनि तँ र यस सहरलाई अश्शूरको राजाको हातबाट म छुटकारा दिनेछु, र यस सहरको रक्षा गर्नेछु।

7“ ‘याहवेहले जे प्रतिज्ञा गर्नुभएको छ, सो गर्नुहुनेछ भन्‍ने तेरा निम्ति याहवेहबाट यो चिन्ह हुनेछ: 8म आहाजको सिँढीमा तल गएको घामले बनाएको छायालाई दश कदम पछि सारिदिनेछु।’ ” यसकारण तल गएको घामको छाया दश कदम पछि सर्‍यो।

9आफ्नो बिमार निको भएपछि यहूदाका राजा हिजकियाले लेखे:

10मैले भनेँ, “मेरो जीवनको बीचमाके म मृत्युको मूलढोकाबाट भएर जानुपर्छ,र मेरा बाँकी वर्षहरू मबाट खोसिनेछ?”

11मैले भनेँ, “म फेरि जीवितहरूको देशमायाहवेहलाई देख्नेछैनँ,अब उसो मानव-जातिलाई देख्नेछैनँ,वा अहिले यस संसारमा रहनेहरूसित हुनेछु।

12मेरो घर गोठालाको पालझैँउखेलिएर मबाट लगिएको छ।तान बुन्‍नेले झैँ मैले आफ्नो जीवनलाई बेह्रेको छु,र उहाँले मलाई तानबाट काटिदिनुभएको छ;दिनरात तपाईंले मलाई अन्त्य गर्नुभएको छ।

13मैले बिहानसम्म धैर्यसाथ पर्खेँ,तर सिंहले झैँ मेरा सबै हाडहरू उहाँले भाँचिदिनुभयो;दिनरात तपाईंले मलाई अन्त्य गर्नुभएको छ।

14म गौँथली वा सारसझैँ चिरबिर कराएँ;मैले विलाप गर्ने ढुकुरझैँ विलाप गरेँ।स्वर्गतिर हेर्दा मेरा आँखा कमजोर भए।म खतरामा छु; हे प्रभु, मेरा सहायताको निम्ति आउनुहोस्!”

15तर म के भन्‍न सक्छु र?उहाँ मसित बोल्नुभएको छ, र उहाँ आफैँले यो गर्नुभएको हो।मेरो प्राणको चिन्ताको कारणम आफ्नो जीवनभरि नम्र भई हिँड्नेछु।

16हे प्रभु, यस्तै कुराहरूद्वारा मानिसहरू जिउँछन्;र मेरो आत्माले पनि यिनमा जीवन पाउँछ।तपाईंले मलाई फेरि स्वस्थ पारिदिनुभयोर मलाई बचाउनुभयो।

17निश्‍चय मेरै शान्तिको निम्तिमैले यस्तो वेदना खप्नुपर्‍यो।तपाईंले आफ्नो प्रेममामलाई सर्वनाशको खाडलबाट अलग राख्नुभयो;किनकि तपाईंले मेरा सबै पापलाईआफ्नो पिठिउँपछाडि फ्याँकिदिनुभयो।

18किनकि चिहानले तपाईंको प्रशंसा गर्न सक्दैन,मृत्युले तपाईंको प्रशंसा गाउन सक्दैन;खाडलमा पर्नेहरूलेतपाईंको विश्‍वासयोग्यताको आशा राख्न सक्दैनन्।

19जिउँदाहरूले मात्र तपाईंको प्रशंसा गर्छन्,जसरी आज म गरिरहेछु;बुबाहरूले आफ्ना सन्तानलाईतपाईंको विश्‍वासयोग्यताबारे बताउँछन्।

20याहवेहले मलाई बचाउनुहुनेछ;अनि हामी याहवेहको मन्दिरमाआफ्ना जीवनकालभरितार-बाजाहरूसित गाउनेछौँ।

21यशैयाले भनेका थिए, “नेभाराको लेप बनाएर पिलोमा लगाउनू र त्यो निको हुनेछ।”

22हिजकियाले यसो भनी सोधेका थिए, “म याहवेहको मन्दिरमा जानेछु भन्‍ने के चिन्ह हुनेछ?”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]