Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 3 ONCV

Show ONCV only
Verse × ×
1 For look—the Father of heaven's armies is about to strip from Jerusalem and from Judah every support and supply: the whole supply of bread and the whole supply of water, अब हेर, प्रभु सेनाहरूका याहवेहले यरूशलेम र यहूदाबाट सर-सामान र सहारा दुवै लैजान लाग्नुभएको छ: सबै भोजनका सरसामानहरू र पानीका मुहानहरू,
2 the warrior and the soldier, the judge and the prophet, the fortune-teller and the elder, वीर र योद्धा, न्यायकर्ता र अगमवक्ता, जोखना हेर्ने र वृद्ध मानिसहरू,
3 the commander of fifty and the man of rank, the counselor, the skilled craftsman, and the clever enchanter. पचास माथिका सेनापति र उच्‍च पदाधिकारी, सल्‍लाहकार, सिपालु कारिगर र चतुर जादुगर।
4 "I will make mere boys their officials, and childish whim will rule over them. “म ठिटाहरूलाई तिनीहरूका शासक बनाउनेछु; बालबालिकाहरूले तिनीहरूमाथि शासन गर्नेछन्।”
5 The people will oppress one another, each man against his neighbor; the young will rise up against the old, and the lowly against the honored." मानिसहरूले एक-अर्कालाई अत्याचार गर्नेछन्; मानिसको विरुद्धमा मानिस, छिमेकीको विरुद्धमा छिमेकी उठ्नेछ। वृद्धको विरुद्धमा जवान, र सम्मानितको विरुद्धमा तुच्छ खडा हुनेछ।
6 A man will seize his brother in his father's house and say, "You have a coat—you be our leader; take charge of this heap of ruins." एउटा मानिसले आफ्ना दाजुभाइहरूमध्ये एक जनालाई आफ्ना बुबाको घरमा समातेर भन्‍नेछ, “तिमीसित राम्रो पहिरन छ, तिमी नै हाम्रो अगुवा बन, र यस भग्नावशेषको जिम्मा लेऊ!”
7 But on that day he will cry out, "I am no healer! There is no bread and no coat in my house—you will not make me leader of the people." तर त्यस दिन त्यसले कराएर भन्‍नेछ, “म उपचार गर्ने मानिस होइन। मेरो घरमा भोजन र वस्त्र केही पनि छैन; मलाई मनिसहरूका अगुवा नबनाओ।”
8 For Jerusalem has stumbled and Judah has fallen, because their words and their deeds are against our Father, defying his glorious presence. यरूशलेम धरमरिँदैछ, यहूदा लड्दैछ; तिनीहरूका वचन र कामहरू याहवेहको विरुद्ध छन्; तिनीहरू उहाँको महिमित उपस्थितिको बेवास्ता गर्छन्।
9 The look on their faces testifies against them; they flaunt their sin like Sodom—they do not hide it. How terrible for them, for they have brought disaster on themselves! तिनीहरूका अनुहारले तिनीहरूकै विरुद्धमा साक्षी दिन्छ; तिनीहरूले सदोमले झैँ आफ्ना पापको प्रदर्शन गरेका छन्; तिनीहरूले ती लुकाउँदैनन्। तिनीहरूलाई धिक्‍कार! तिनीहरू आफैँले आफूमाथि विपत्ति ल्याएका छन्।
10 Tell the righteous it will go well with them, for they will eat the fruit of their deeds. धर्मीहरूलाई भन, तिनीहरूलाई राम्रै हुनेछ; किनकि तिनीहरूले आफ्ना कामहरूको फल उपभोग गर्नेछन्।
11 How terrible for the wicked! It will go badly for him, for what his hands have done will be repaid to him. दुष्‍टहरूलाई धिक्‍कार! तिनीहरूमाथि विपत्ति आउनेछ। तिनीहरूले आफ्ना हातहरूले गरेअनुसार नै भोग्नेछन्।
12 My people—children are their oppressors, and women rule over them. My people, your guides lead you astray and have swallowed up the path you should walk. जवानहरूले मेरा मानिसहरूमाथि थिचोमिचो गरेका छन्; स्त्रीहरूले तिनीहरूमाथि शासन गर्छन्। हे मेरा मानिसहरू, तिमीहरूका पथ-प्रदर्शकहरूले नै तिमीहरूलाई बरालिदिएका छन्; तिनीहरूले तिमीहरूलाई बाटोबाट फर्काउँछन्।
13 Our Father takes his stand to bring his case; he rises to judge the peoples. याहवेहले न्यायालयमा आफ्नो आसन ग्रहण गर्नुहुन्छ; उहाँ मानिसहरूको न्याय गर्न खडा हुनुहुन्छ।
14 Our Father enters into judgment with the elders and officials of his people: "It is you who have devoured the vineyard; the plunder of the poor is in your houses. याहवेहले आफ्ना मानिसहरूका प्रधानहरू र अगुवाहरूको विरुद्ध न्याय गर्नुहुन्छ: “मेरो दाखबारी नष्‍ट पार्ने तिमीहरू नै हौ; गरिबहरूबाट लिइएका लुटको माल तिमीहरूका घरहरूमा छ।
15 What do you mean by crushing my people and grinding the faces of the poor?" declares the Father of heaven's armies. मेरा मानिसहरूलाई धुलोपिठो बनाएको अनि गरिबहरूका अनुहारहरू पिँधेको तिमीहरूले के अर्थ लाउँछौ?” प्रभु, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
16 Our Father said: "Because the daughters of Zion are proud—walking with outstretched necks and flirting eyes, mincing along with quick little steps, jingling the anklets on their feet, याहवेह भन्‍नुहुन्छ, “सियोनका स्त्रीहरू अभिमानी छन्, तिनीहरू गर्दन ठड्याउँदै र विलासी आँखाहरू तर्काउँदै, नक्‍कल पार्दै कल्‍ली लगाएर छमछम गर्दै हिँड्छन्।
17 therefore the Sovereign Father will strike the heads of the daughters of Zion with scabs, and our Father will lay bare their foreheads." यसकारण प्रभु याहवेहले सियोनका स्त्रीहरूका शिरमा घाउहरू ल्याउनुहुनेछ, र तिनीहरूका तालु केशविहीन बनाइदिनुहुनेछ।”
18 On that day the Sovereign Father will strip away their finery: the anklets, the headbands, the crescent ornaments, त्यस दिन प्रभुले तिनीहरूका सिङ्गारका चीजहरू जस्तै: चुराहरू र शिरबन्दीहरू, चन्द्रहारहरू,
19 the earrings, the bracelets, the veils, झुम्काहरू र बालाहरू र घुम्टाहरू,
20 the headdresses, the ankle chains, the sashes, the perfume flasks, the charms, शिरका सिङ्गारहरू, कल्‍ली, पटुकाहरू, अत्तरदानीहरू, जन्तरहरू,
21 the signet rings, the nose rings, छाप-औँठीहरू र नत्थहरू,
22 the festival robes, the capes, the cloaks, the purses, मसिनो वस्त्रहरू, अलखा र ओढ्नेहरू, थैलीहरू,
23 the hand mirrors, the fine linen garments, the turbans, and the shawls. अनि ऐनाहरू, मलमलका वस्त्रहरू, मुकुटहरू र दोसल्‍लाहरू खोसेर लैजानुहुनेछ।
24 Then, instead of perfume there will be a stench; instead of a sash, a rope; instead of elegantly styled hair, baldness; instead of fine robes, a wrapping of coarse cloth; branding instead of beauty. सुगन्धको सट्टामा दुर्गन्ध हुनेछ; पटुकाको साटो डोरी; राम्ररी कोरिएको केशको साटो मुडुलो टाउको हुनेछ; मसिनो वस्त्रको साटो भाङ्ग्रा; सुन्दरताको साटो डामै-डाम हुनेछ।
25 Your men will fall by the sword, your warriors in the battle. तेरा मानिसहरू तरवारद्वारा मारिनेछन्; तेरा योद्धाहरू लडाइँमा मारिनेछन्।
26 Her gates will mourn and lament; stripped bare, she will sit on the ground. सियोनका मूलढोकाहरूले बिलौना र शोक गर्नेछन्; आश्रयविहीन भई तिनी भुइँमा बस्‍नेछिन्।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]