Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Hebrews 8 ONCV

Side by side with the Father's Heart Bible™

नयाँ करारका प्रधान पुजारी

1हामीले भन्‍न चाहेको मुख्य कुरा यही हो: हामीसँग यस्ता प्रधान पुजारी हुनुहुन्छ, जो स्वर्गमा महामहिमको सिंहासनको दाहिने हाततिर विराजमान हुनुहुन्छ। 2ती प्रधान पुजारीले साँचो पवित्र वासस्थानमा सेवा गर्नुहुन्छ, जुन वासस्थान मानिसले होइन, तर प्रभुले नै निर्माण गर्नुभएको हो।

3हरेक प्रधान पुजारी भेटी र बलिदानहरू चढाउनको लागि नियुक्त गरिएको हुन्छ; अनि यी प्रधान पुजारीसँग पनि चढाउनको लागि केही हुनुपर्थ्यो। 4यदि उहाँ संसारमा हुनुभएको भए उहाँ पुजारी हुनुहुनेथिएन; किनकि व्यवस्थाले तोकिदिएअनुसार भेटी चढाउनलाई त पुजारीहरू छँदैछन्। 5तिनीहरूले एउटा पवित्रस्थानमा सेवा गर्दछन्, जुनचाहिँ स्वर्गमा भएका कुराको नक्‍कल र छाया मात्र हुन्। यसैकारण मोशाले पवित्र वासस्थान बनाउन लाग्दा तिनलाई यसरी चेतावनी दिइएको थियो: “हेर, तँलाई पर्वतमा देखाइएको नमुनाअनुसार नै हरेक कुरा बनाउनू।” 6वास्तवमा येशूले पाउनुभएको सेवा पुरानोभन्दा उच्‍च दर्जाको छ; किनकि नयाँ करार अझ उत्तम प्रतिज्ञामा स्थापित भएकोले उहाँले मध्यस्थ गरेको करार पनि त्यो पुरानो करारभन्दा उच्‍च दर्जाको छ।

7किनकि यदि त्यो पहिलो करार दोषरहित भएको भए अर्को करारको खाँचो हुनेथिएन। 8तर परमेश्‍वरले मानिसहरूमा दोष भेटेर भन्‍नुभयो:“यस्ता दिनहरू आउनेछन्, प्रभु घोषणा गर्नुहुन्छ,जब म इस्राएलका मानिसहरूर यहूदाका मानिसहरूसँगनयाँ करार स्थापित गर्नेछु।

9यो त्यस करारजस्तै हुनेछैन,जुन करार मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेँ;जब मैले तिनीहरूलाई हात समातेरइजिप्टबाट डोर्‍याएर ल्याएको थिएँ;किनकि तिनीहरू मेरा करारप्रति विश्‍वासयोग्य भएनन्,अनि म तिनीहरूदेखि विमुख भएँ,प्रभु घोषणा गर्नुहुन्छ।

10त्यसपछि म इस्राएलका मानिसहरूसँग यो करार बाँध्नेछु,प्रभु घोषणा गर्नुहुन्छ।म आफ्नो व्यवस्था तिनीहरूका मनमा राखिदिनेछुर ती तिनीहरूका हृदयमा लेखिदिनेछु।म तिनीहरूका परमेश्‍वर हुनेछु,र तिनीहरू मेरा मानिसहरू हुनेछन्।

11अब उसो कुनै पनि मानिसले आफ्नो छिमेकीलाईअथवा एक-अर्कालाई,‘प्रभुलाई चिन’ भनी सिकाउनेछैन;किनकि सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्‍नेछन्।

12किनकि म तिनीहरूका दुष्‍टता क्षमा गरिदिनेछु,र तिनीहरूका पापहरू फेरि सम्झनेछैनँ।”

13यस करारलाई “नयाँ” भनेर उहाँले पहिलोलाई चाहिँ काम नलाग्ने तुल्याउनुभयो; अनि जुन काम नलाग्ने र थोत्रो हुन्छ, त्यो चाँडै हराएर जानेछ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]