Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Genesis 46 ONCV

Show ONCV only
Verse × ×
1 So Israel set out with all he had, came to Beersheba, and sacrificed to our Father, whom his father Isaac had worshiped. यसकारण आफूसित भएका सम्पूर्ण थोकहरू लिएर इस्राएलले यात्रा सुरु गरे; अनि तिनी बेर्शेबा पुगेपछि तिनले आफ्ना पिता इसहाकका परमेश्‍वरका निम्ति बलिदान चढाए।
2 And our Father spoke to Israel in visions of the night, "Jacob, Jacob." He said, "Here I am." अनि राति दर्शनमा परमेश्‍वर इस्राएलसँग बोल्नुभयो र भन्‍नुभयो, “याकोब! ए याकोब!” उनले जवाफ दिए, “हजुर, म यहाँ छु!”
3 He said, "I am your Father, whom your father worshiped. Do not be afraid to go down to Egypt, for there I will make you a great nation. उहाँले भन्‍नुभयो, “म याहवेह, तेरा पिताका परमेश्‍वर हुँ। इजिप्टमा जानलाई नडरा; किनकि म त्यहाँ तँलाई एउटा ठूलो राष्ट्र बनाउनेछु।
4 I myself will go down with you to Egypt, and I will surely bring you back; and Joseph's own hand will close your eyes." म तँसित इजिप्टमा जानेछु, र म निश्‍चय तँलाई फेरि फर्काएर ल्याउनेछु। अनि योसेफले आफ्नै हातले तेरा आँखा बन्द गरिदिनेछ।”
5 Jacob set out from Beersheba. Israel's sons carried their father Jacob, their little ones, and their wives in the wagons Pharaoh had sent for him. तब याकोबले बेर्शेबा छोडे; अनि इस्राएलका छोराहरूले आफ्ना पिता याकोब र उनीहरूका छोराछोरीहरू, उनीहरूका पत्नीहरूलाई फारोले पठाइदिएका गाडाहरूमा बसाए।
6 They took their livestock and the goods they had acquired in the land of Canaan, and came to Egypt—Jacob and all his offspring with him. यसरी याकोब र उनका सबै सन्तानहरूले आफूसित आफ्ना गाईबस्तु र उनीहरूले कनानमा कमाएका सम्पत्तिहरू लिएर इजिप्टमा गए।
7 His sons and grandsons, daughters and granddaughters—all his offspring he brought with him to Egypt. याकोबले आफ्ना सबै सन्तान—अर्थात् आफ्ना छोराहरू, नातिहरू, आफ्ना छोरीहरू र नातिनीहरू इजिप्टमा लिएर गए।
8 These are the names of Israel's sons who came into Egypt—Jacob and his sons: Reuben, Jacob's firstborn. इजिप्टमा जाने इस्राएलका छोराहरू (याकोब र उनका सन्तानहरू) का नामहरू यिनै हुन्: याकोबका जेठा छोरा रूबेन।
9 The sons of Reuben: Hanoch, Pallu, Hezron, and Carmi. रूबेनका छोराहरू: हानोक, पल्‍लू, हेस्रोन र कर्मी।
10 The sons of Simeon: Jemuel, Jamin, Ohad, Jachin, Zohar, and Shaul the son of a Canaanite woman. शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्त्रीतर्फको छोरा शौल।
11 The sons of Levi: Gershon, Kohath, and Merari. लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी।
12 Judah's sons: Er, Onan, Shelah, Perez, Zerah; but Er and Onan died in Canaan. Perez's sons: Hezron and Hamul. यहूदाका छोराहरू: एर, ओनान, शेलह, फारेस र जेरह (तर एर र ओनान कनान देशमा नै मरेका थिए)। पेरेसका छोराहरू: हेस्रोन र हामूल।
13 The sons of Issachar: Tola, Puvah, Iob, and Shimron. इस्साखारको छोराहरू: तोला, पुवा, याशूब र शिम्रोन।
14 The sons of Zebulun: Sered, Elon, and Jahleel. जबूलूनका छोराहरू: सेरेद, एलोन र यहलेल।
15 These are Leah's sons, born to Jacob in Paddan-aram, with his daughter Dinah; his sons and daughters numbered thirty-three. यिनीहरूचाहिँ याकोबका निम्ति लेआले पद्दन-अराममा जन्माएका छोराहरू थिए; यसबाहेक उनकी छोरी दीना पनि थिइन्। उनका छोराछोरीहरू जम्मा तेत्तीस जना थिए।
16 The sons of Gad: Ziphion, Haggi, Shuni, Ezbon, Eri, Arodi, and Areli. गादका छोराहरू: सेफोन, हाग्गी, शूनी, एसबोन, एरी, अरोदी अनि अरेली।
17 Asher's sons: Imnah, Ishvah, Ishvi, Beriah, and their sister Serah. Beriah's sons: Heber and Malchiel. आशेरका छोराहरू: यिम्ना, यिश्‍वा, यिश्‍वी र बेरियाह। उनीहरूकी बहिनी सेरह थिइन्। बरीआका छोराहरू: हेबेर र मल्कीएल।
18 These are the sons of Zilpah, whom Laban gave to his daughter Leah; she bore these to Jacob—sixteen in all. लाबानले आफ्नी छोरी लेआलाई दिएकी दासी जिल्पापट्टिका याकोबका छोराछोरीहरू यिनै हुन्; यिनीहरू जम्मा सोह्र जना थिए।
19 The sons of Rachel, Jacob's wife: Joseph and Benjamin. याकोबकी पत्नी राहेलका छोराहरू: योसेफ र बेन्यामीन।
20 Manasseh and Ephraim were born to Joseph in Egypt by Asenath, daughter of Potiphera, priest of On. इजिप्टमा ओनका पुजारी पोतीफेराकी छोरी आसनतद्वारा जन्मेका योसेफका छोराहरू मनश्शे र एफ्राइम थिए।
21 The sons of Benjamin: Bela, Becher, Ashbel, Gera, Naaman, Ehi, Rosh, Muppim, Huppim, and Ard. बेन्यामीनका छोराहरू: बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही, रोश, मुप्पीम, हुप्पीम र आर्द।
22 These are the sons of Rachel who were born to Jacob—fourteen persons in all. राहेलबाट जन्मेका याकोबका छोराहरू यी हुन्; यिनीहरू जम्मा चौध जना थिए।
23 The sons of Dan: Hushim. दानका छोरा: हुशीम।
24 The sons of Naphtali: Jahzeel, Guni, Jezer, and Shillem. नप्‍तालीका छोराहरू: यहसेल, गुनी, येसेर र शिल्‍लेम।
25 These are Bilhah's sons, whom Laban gave to his daughter Rachel; she bore these to Jacob—seven in all. यिनीहरूचाहिँ लाबानले आफ्नी छोरी राहेललाई दिएकी दासी बिल्हापट्टिका याकोबका छोराहरू हुन; यिनीहरू जम्मा सात जना थिए।
26 Jacob's direct descendants who came to Egypt—excluding his sons' wives—totaled sixty-six. इजिप्टमा याकोबसित जाने उनका सबै आफ्ना सन्तानमा उनका बुहारीहरूबाहेक, उनीहरू छयसट्ठी जना थिए।
27 Joseph had two sons born in Egypt. Jacob's household that came to Egypt numbered seventy in all. इजिप्टमा जन्मेका योसेफका दुई छोराहरू लगायत, इजिप्टमा गएका याकोबका परिवारमा जम्मा सत्तरी जना थिए।
28 Jacob sent Judah ahead to Joseph to lead the way to Goshen; they reached the land of Goshen. अब याकोबले आफू गोशेनमा पुग्न लागेको खबर दिन भनी यहूदालाई आफ्नो अगि योसेफकहाँ पठाए। जब उनीहरू गोशेनको प्रान्तमा आइपुगे;
29 Joseph readied his chariot and went up to Goshen to meet his father Israel. He appeared to him, fell on his neck, and wept on his neck a long time. तब योसेफले आफ्नो रथ तयार पारे, र आफ्ना पिता इस्राएललाई भेट्न गोशेन गए। योसेफ उनको सामु पुग्नसाथ आफ्ना पितालाई अँगालो हालेर धेरै समयसम्म रोइरहे।
30 Israel said to Joseph, "Now let me die, since I've seen your face and you're still alive." इस्राएलले योसेफलाई भने, “म आफैँले तँ अझै जीवितै रहेको देखेको हुनाले अब म शान्तिसित मर्न तयार छु।”
31 Joseph told his brothers and his father's household, "I will go up and tell Pharaoh, and say to him, 'My brothers and my father's household, who were in Canaan, have come to me. तब योसेफले आफ्ना दाजुभाइहरू र आफ्ना पिताको घरानालाई भने, “म गएर फारोसित कुरा गर्नेछु, ‘कनान देशमा बसिरहेका मेरा दाजुभाइहरू र मेरा पिताका घराना मकहाँ आएका छन्।
32 The men are shepherds, for they have been keepers of livestock; they've brought their flocks, herds, and all they have.' यी मानिसहरू गोठालाहरू हुन्, र पशुपालन गर्छन्; अनि उनीहरूले आफ्ना बगाल, बथान र भएभरका सबै कुराहरू लिएर आएका छन्।’
33 When Pharaoh calls you and says, 'What is your occupation?' जब फारोले तपाईंहरूलाई भित्र बोलाएर ‘तिमीहरूका कामकाज के हो?’ भनी सोध्छन्,
34 you will say, 'Your servants have raised livestock from our youth until now, we and our fathers,' so you may settle in Goshen; for every shepherd is detestable to the Egyptians." तपाईंहरूले भन्‍नुहोस्, ‘हाम्रा पुर्खाहरूले गरेझैँ हामी बाल्यकालदेखि नै पशुपालन गर्दैआएका छौँ।’ तब तपाईंहरूलाई गोशेनको प्रान्तमा बसोबास गर्न दिइनेछ; किनकि इजिप्टियनहरूका नजरमा गोठालाहरू घृणित हुन्।”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]