Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Genesis 45 ONCV

Show ONCV only
Verse × ×
1 Joseph could not control himself before everyone standing by him, so he cried out, "Send everyone away from me!" No one stayed with him when Joseph made himself known to his brothers. तब योसेफले आफ्ना सबै कर्मचारीहरूको सामु आफैँलाई थाम्न सकेनन्; अनि तिनी “सबै जना मेरो उपस्थितिबाट गइहाल!” भनेर चिच्याए। त्यसैले योसेफले आफ्ना दाजुभाइहरूकहाँ आफैँलाई प्रकट गर्दा तिनीसित अरू कोही थिएनन्।
2 He wept so loudly that the Egyptians heard it, and Pharaoh's household heard it. अनि तिनी यति डाँको छोडेर रोए, कि इजिप्टियनहरूले पनि सुने, र फारोका परिवारले यो कुरा थाहा पाए।
3 Joseph said to his brothers, "I am Joseph! Is my father still alive?" His brothers could not answer him, for they were terrified at his presence. योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “म योसेफ हुँ! के मेरा पिता अझै जीवित हुनुहुन्छ?” तर तिनका दाजुभाइहरूले तिनलाई जवाफ दिनै सकेनन्; किनकि उनीहरू तिनको उपस्थितिमा चकित भएका थिए।
4 Joseph said to his brothers, "Please, come close to me." They came close. He said, "I am your brother Joseph, whom you sold into Egypt. त्यसपछि योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो नजिक आउनुहोस्।” जब उनीहरू आए, तब तिनले भने, “म तपाईंहरूको भाइ योसेफ हुँ, जसलाई तपाईंहरूले इजिप्टमा बेच्नुभएको थियो!
5 Now don't be distressed or angry with yourselves for selling me here, since our Father sent me ahead of you to preserve life. अब विचलित नहुनुहोस्, र मलाई यहाँ बेच्नुभएकोमा आफैँसित नरिसाउनुहोस्; किनकि हामी सबैको जीवन बचाउनका लागि नै परमेश्‍वरले मलाई तपाईंहरूभन्दा अगि पठाउनुभयो।
6 Famine has been in the land two years now; five more years remain with no plowing or harvest. देशमा दुई वर्षदेखि अनिकाल छाएको छ; अनि अब आउने पाँच वर्षहरूमा जोत्ने र कटनी गर्ने काम हुनेछैन।
7 Our Father sent me ahead of you to preserve a remnant for you on earth, and keep you alive as a great band of survivors. तर एउटा महान् छुटकाराद्वारा तपाईंहरूका निम्ति पृथ्वीमा एउटा अवशेष जोगाइराख्न र तपाईंहरूका जीवन बचाउनका लागि परमेश्‍वरले मलाई तपाईंहरूको अगि पठाउनुभयो।
8 So now, it wasn't you who sent me here, but our Father—he made me father to Pharaoh, lord of all his household, and ruler over all the land of Egypt. “यसर्थ मलाई यहाँ पठाउने तपाईंहरू होइन, तर परमेश्‍वर हुनुहुन्छ। उहाँले मलाई फारोका बुबासरह, उहाँको सम्पूर्ण घरानाको मालिक र सम्पूर्ण इजिप्टको शासक बनाउनुभयो।
9 Hurry, go up to my father, tell him: Your son Joseph says: Our Father has made me lord of all Egypt. Come down to me; don't delay. अब झट्टै मेरा पिताकहाँ फर्किजानुहोस् र यसो भन्‍नुहोस्, ‘तपाईंको छोरो योसेफ यसो भन्छ: परमेश्‍वरले मलाई सम्पूर्ण इजिप्टका मालिक बनाउनुभएको छ। ढिलो नगरी मकहाँ आउनुहोस्।
10 You'll live in Goshen, near me—you, your children, your children's children, your flocks, your herds, all you own. तपाईंहरू, तपाईंका छोराछोरीहरू र तपाईंका नातिनातिनाहरू, तपाईंका पशुहरूका बगाल र बथान, र तपाईंसित भएका सबै गोशेनको प्रान्तमा मेरो छेवैमा बस्‍नुहुनेछ।
11 I will provide for you there—five years of famine remain—so you, your household, and all you own don't fall into poverty. त्यहाँ म तपाईंहरूका निम्ति बन्दोबस्त गरिदिनेछु; किनकि पाँच वर्षको अनिकाल आउन बाँकी नै छ। नत्रता तपाईंसहित तपाईंको परिवार सबै बिचल्‍लीमा पर्नेछन्।’
12 Your eyes see, and my brother Benjamin's eyes see, that it is my own mouth speaking to you. “हेर्नुहोस्! तपाईंहरूसँग साँच्‍चै नै म बोल्दैछु भनेर तपाईंहरू आफैँले र मेरो भाइ बेन्यामीनले पनि देखेको छ।
13 Tell my father all my honor in Egypt, and all you have seen. Hurry and bring my father down here. मेरा पितालाई इजिप्टमा मलाई दिइएको सम्मानको विषयमा तपाईंहरूले देख्नुभएको प्रत्येक कुराको विषयमा भन्‍नुहोस्। अनि मेरा पितालाई झट्ट यहाँ ल्याउनुहोस्।”
14 Then he threw his arms around his brother Benjamin and wept, and Benjamin wept on his neck." तब तिनले आफ्नो भाइ बेन्यामीनलाई अँगालो हाले र धुरुधुरु रोए, र बेन्यामीनले पनि रुँदै तिनलाई अँगालो हाले।
15 He kissed all his brothers and wept over them. After that his brothers talked with him. अनि तिनले सबैलाई म्वाइँ खाए, र उनीहरूसित रोए। त्यसपछि तिनका दाजुहरूले पनि तिनीसित कुराकानी गरे।
16 News reached Pharaoh's house: "Joseph's brothers have come." It pleased Pharaoh and his officials. योसेफका दाजुभाइहरू आएका छन् भन्‍ने खबर जब फारोको महलमा पुग्यो, तब फारो र तिनका सबै अधिकारीहरू खुशी भए।
17 Pharaoh said to Joseph, "Say to your brothers: do this—load your animals, go, return to the land of Canaan. फारोले योसेफलाई भने, “तिम्रा दाजुभाइहरूलाई यसो गर्नु भन: ‘तिमीहरूका पशुहरूमा भारी लाद, र कनान देशमा फर्क;
18 Take your father and your households and come to me. I will give you the best of Egypt's land, and you will eat the richness of the land. अनि तिमीहरूका पिता र तिमीहरूका परिवारहरूलाई फर्काएर मकहाँ ल्याओ। म तिमीहरूलाई इजिप्टको सबैभन्दा असल जमिन दिनेछु; र तिमीहरूले यस देशको उत्तम चीजहरू उपभोग गर्न सक्नेछौ।’
19 You are commanded: tell them, 'Do this—take wagons from Egypt for your children and wives, bring your father, and come. “म तिनीहरूलाई यसो गर्नु भन्‍ने आदेश पनि दिन्छु: ‘तिमीहरूका छोराछोरीहरू, पत्नीहरूका लागि इजिप्टबाट केही गाडाहरू लैजाओ, र तिमीहरूका पितालाई यहाँ लिएर आओ।
20 Don't worry about your belongings—the best of all Egypt's land is yours.'" तिमीहरूका आफ्ना मालसामानको केही चिन्ता नगर; किनकि इजिप्टका सबैभन्दा असल कुराहरू तिमीहरूका हुनेछन्।’ ”
21 The sons of Israel did so; Joseph gave them wagons per Pharaoh's order, and gave them provisions for the road. यसकारण इस्राएलका छोराहरूले त्यसै गरे। फारोले हुकुम दिएझैँ योसेफले तिनीहरूलाई गाडाहरू दिए, र तिनले यात्रामा तिनीहरूलाई चाहिने कुराहरूको प्रबन्ध गरिदिए।
22 He gave each a change of clothes, but Benjamin 300 pieces of silver and five changes of clothes. उनीहरू प्रत्येकलाई तिनले नयाँ वस्त्र दिए; तर बेन्यामीनलाई तिनले चाँदीका तीन सय शेकेल र पाँच जोर वस्त्र दिए।
23 He sent his father ten donkeys loaded with Egypt's best, and ten female donkeys loaded with grain, bread, and food for his journey. अनि तिनले आफ्ना पितालाई यी कुराहरू पठाइदिए: इजिप्टका सबैभन्दा असल कुराहरूले लादिएका दश वटा गधाहरू र अन्‍न, रोटी र तिनलाई यात्रामा चाहिने अन्य सामग्रीले लादिएका दश वटा गधैनीहरू पठाइदिए।
24 He sent his brothers off; as they left, he said, "Don't quarrel on the way." तब तिनले आफ्ना दाजुभाइहरूलाई पठाइदिए; अनि उनीहरू बिदा हुन लाग्दा तिनले उनीहरूलाई भने, “बाटोमा झगडा नगर्नुहोला!”
25 So they left Egypt and came to their father Jacob in Canaan. यसरी उनीहरू इजिप्टदेखि हिँडे, र कनान देशमा आफ्ना पिता याकोबकहाँ आए।
26 They told him, "Joseph is still alive—ruler over all Egypt!" But his heart went numb; he didn't believe them. उनीहरूले तिनलाई भने, “योसेफ अझै जीवित छन्! अनि वास्तवमा तिनी समस्त इजिप्टका शासक हुन्।” यो कुरा सुनेर याकोब स्तब्ध भए; तिनले तिनीहरूका कुरा पत्याएनन्।
27 But when they told him all Joseph's words to them, and he saw the wagons Joseph sent to carry him, their father Jacob's spirit revived. तर जब योसेफले उनीहरूलाई भनेका सबै कुराहरू तिनलाई बताइदिए र जब तिनले योसेफले तिनलाई यात्राका लागि पठाएका गाडाहरू देखे, तब उनीहरूका पिता याकोबको होस फर्क्यो।
28 Israel said, "Enough! Joseph my son is still alive. I will go and see him before I die." इस्राएलले भने, “मेरो छोरो योसेफ अझै जीवित छ भन्‍ने मलाई विश्‍वास भयो। म मर्नुभन्दा अगि गएर त्यसलाई भेट्नेछु।”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]