Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Genesis 44 ONCV

Show ONCV only
Verse × ×
1 Then he told his house steward: "Fill the men's sacks with food, as much as they can carry, and put each man's silver at his sack's opening. योसेफले आफ्नो घरको भण्डारेलाई यस्तो हुकुम दिए: “यी मानिसहरूका बोराहरूमा उनीहरूले बोक्न सक्ने जति अन्‍नले भरिदे, र प्रत्येकको बोराको मुखमा आ-आफ्ना पैसा राखिदे।
2 Put my cup, the silver cup, in the mouth of the youngest's sack, with his grain money." He did as Joseph said. त्यसपछि त्यस कान्छोको बोराको मुखमा चाहिँ त्यसको अन्‍नको पैसासितै मेरो चाँदीको कचौरा पनि राखिदे।” अनि त्यसले योसेफले भनेअनुसार गर्‍यो।
3 As soon as the morning was light, the men were sent away with their donkeys. बिहान भएपछि ती मानिसहरू आफ्ना गधाहरूसितै पठाइए।
4 They had left the city, not yet far off, when Joseph told his steward, "Chase down the men. When you catch them, ask, 'Why have you repaid evil for good? जब उनीहरू सहरदेखि केही टाढा मात्र पुगेका थिए, तब योसेफले आफ्ना भण्डारेलाई भने, “झट्टै ती मानिसहरूका पछि-पछि जा; अनि उनीहरूलाई भेटेपछि उनीहरूलाई भन्, ‘भलाइको साटो तिमीहरूले किन खराबी गर्‍यौ?
5 Isn't this the cup my lord drinks from and uses for fortune-telling? What you've done is evil.'" यही कचौरा होइनँ, जसबाट मेरा मालिकले पिउनुहुन्छ? र जसद्वारा उहाँले जोखना पनि हेर्नुहुन्छ? यो त तिमीहरूले खराब काम गर्‍यौ।’ ”
6 When he overtook them, he spoke these words to them. जब त्यसले उनीहरूलाई भेट्टायो, तब त्यसले उनीहरूलाई योसेफले भनेका कुरा दोहोर्‍यायो।
7 They said, "Why does my lord say such things? Your servants would never do such a thing. तर उनीहरूले तिनलाई भने, “मेरा मालिक किन यस्तो भन्दै हुनुहुन्छ? यस किसिमका कामहरू तपाईंका सेवकहरूबाट टाढा रहोस्।
8 Look, we brought back to you from Canaan the silver we found in our sacks' openings. How could we steal silver or gold from your master's house? हामीले त कनान देशबाट हाम्रा बोराहरूका मुखमा पाइएका पैसासमेत फेरि तपाईंकहाँ फर्काएका थियौँ। यसकारण तपाईंका मालिकको घरबाट कसरी हामीले सुन अथवा चाँदी चोरी गर्थ्यौँ र?
9 Whichever of your servants it's found with will die, and we'll become my lord's slaves too." यदि तपाईंका सेवकहरूमध्ये कसैसित पनि त्यो चीज पाइयो भने त्यो मर्नेछ; अनि हामी बाँकीचाहिँ मेरा मालिक, हजुरका दासहरू हुनेछौँ।”
10 He said, "Good—let it be as you say. Whoever has it will be my slave; the rest of you are innocent." त्यसले भन्यो, “तिमीहरूले भनेअनुसार नै भएको होस्। जससित त्यो पाइनेछ, त्यो मेरो दास हुनेछ; अनि तिमीहरू बाँकीचाहिँ दोषमुक्त हुनेछौ।”
11 Then each man quickly lowered his sack to the ground, and each man opened his sack. उनीहरू हरेकले आ-आफ्नो बोरा छिटो-छिटो भुइँमा ओराले, र खोले।
12 He searched, starting with the oldest, ending with the youngest—the cup was found in Benjamin's sack. अनि त्यस भण्डारेले जेठोबाट सुरु गरेर कान्छोसम्म सबैको खानतलासी गर्‍यो। अनि त्यो कचौरा बेन्यामीनको बोरामा पाइयो।
13 Then they tore their clothes, and every man loaded his donkey, and they returned to the city. यो देखेर उनीहरूले आ-आफ्ना वस्त्र च्याते। तब उनीहरूले आफ्ना गधाहरूमा भारी लादे, र फेरि सहरतिर फर्के।
14 When Judah and his brothers reached Joseph's house, he was still there, and they fell to the ground before him. यहूदा र तिनका दाजुभाइहरू फर्केर आउँदा योसेफ घरमै थिए। अनि उनीहरू तिनको सामु भुइँमै लम्पसार परे।
15 Joseph said to them, "What have you done? Don't you know a man like me surely tells fortunes?" योसेफले उनीहरूलाई भने, “तिमीहरूले यो के गर्‍यौ? मजस्तो मानिसले जोखनाद्वारा सबै कुरा पत्तो लगाउन सक्छु भनी तिमीहरूलाई थाहा थिएन?”
16 Judah said, "What can we say to my lord? What can we speak? How can we clear ourselves? Our Father has found your servants' guilt. Look—we are my lord's slaves, both we and the one in whose hand the cup was found." “हे मालिक, हामी हजुरलाई के भन्‍न सक्छौँ र?” यहूदाले जवाफ दिए। “हामी के नै पो भन्‍न सक्छौँ र? हामी कसरी आफूलाई निर्दोष प्रमाणित गर्न सक्छौँ? परमेश्‍वरले तपाईंका दासहरूको अधर्म उघारिदिनुभएको छ। हामी अब मेरा मालिकका सेवकहरू हौँ—अर्थात् हामी सबै, र त्यो पनि, जससित त्यो कचौरा पाइयो।”
17 But he said, "I could never do this. Only the man in whose hand the cup was found will be my slave. The rest of you, go back to your father in peace." तर योसेफले भने, “यस्तो काम मबाट दूर रहोस्! जुन मानिससित मेरो कचौरा पाइयो, त्यो मात्र मेरो दास हुनेछ। अरूचाहिँ शान्तिसँग आफ्ना पिताकहाँ जाओ।”
18 Then Judah stepped forward and said, "Please, my lord, let your servant speak a word to you. Don't be angry with your servant, for you are like Pharaoh himself. तब यहूदाले तिनीकहाँ गएर भने: “मेरा मालिक, तपाईंको सेवकलाई केही बोल्न दिनुहोस्। तपाईं फारोसमान हुनुभए तापनि नरिसाउनुहोस्।
19 My lord asked his servants, saying, 'Do you have a father or a brother?' मेरा मालिकले आफ्ना सेवकहरूलाई ‘तिमीहरूका पिता वा भाइ छन् भनी सोध्नुभयो।’
20 We said to my lord, 'We have an old father, and a young son born late in life. His brother is dead; he alone is left of his mother's children, and his father loves him.' अनि हामीले, ‘हाम्रा एक जना वृद्ध पिता हुनुहुन्छ, र उहाँको वृद्धावस्थामा जन्मेको सानो छोरा छ, त्यसको दाजु मर्‍यो; अनि ऊचाहिँ त्यसकी आमाको बाँचेको एउटै छोरा हो; र त्यसका पिताले त्यसलाई धेरै माया गर्नुहुन्छ’ भनेर जवाफ दियौँ।
21 Then you told your servants, 'Bring him down to me so I can see him myself.' “तब हजुरले आफ्ना सेवकहरूलाई भन्‍नुभयो, ‘उसलाई यहाँ मकहाँ ल्याओ, र म आफैँ उसलाई देख्न पाऊँ।’
22 We told my lord, 'The boy can't leave his father, because if he does, his father will die.' अनि हामीले हजुरलाई भन्यौँ, ‘त्यस केटोले आफ्ना पितालाई छोड्न सक्दैन। यदि त्यसले आफ्ना पितालाई छोड्यो भने उहाँ मर्नुहुनेछ।’
23 You told your servants, 'If your youngest brother doesn't come down with you, you won't see my face again.' तर तपाईंले आफ्ना सेवकहरूलाई भन्‍नुभयो, ‘तिमीहरूसित आफ्नो कान्छा भाइ यहाँ आएन भने तिमीहरूले मेरो अनुहार फेरि देख्नेछैनौ।’
24 When we went back to my father, your servant, we told him what you had said. हामी जब तपाईंका सेवक मेरा पिताकहाँ गयौँ, तब हामीले उहाँलाई हजुरले भन्‍नुभएको कुरा भन्यौँ।
25 And when our father said, 'Go again, buy us a little food,' “अनि हाम्रा पिताले भन्‍नुभयो, ‘फर्केर जाओ, र अरू केही अन्‍न किन।’
26 we said, 'We can't go down. If our youngest brother comes with us, then we will go. For we can't see the man's face unless our youngest brother is with us.' तर हामीले भन्यौँ, ‘हामी जान सक्दैनौँ। हामीसित हाम्रो कान्छो भाइ छ भने मात्र हामी जानेछौँ। हाम्रो कान्छो भाइ हामीसित छैन भने हामी ती मानिसको अनुहार हेर्न पनि पाउनेछैनौँ।’
27 Then your servant my father said to us, 'You know that my wife bore me two sons. “तपाईंको सेवक मेरा पिताले हामीलाई भन्‍नुभयो, ‘मेरी पत्नीले मेरा निम्ति दुई छोराहरू जन्माएकी थिइन् भनेर तिमीहरू जान्दछौ।
28 One left me, and I said, "Surely torn to pieces"; I haven't seen him since. तीमध्ये एक जना मलाई छोडेर गयो, र मैले भनेँ, “त्यो निश्‍चय पनि टुक्रा-टुक्रा पारियो होला।” त्यस बेलादेखि मैले त्यसलाई देखेको छैनँ।
29 If you take this one too from me, and harm meets him, you'll bring my gray head down to the grave in grief. तिमीहरूले मबाट यसलाई पनि लग्यौ, र यसमाथि जोखिम आइपर्‍यो भने तिमीहरूले मेरो सेतै फूलेको कपाललाई शोकमै चिहानमा ल्याउनेछौ।’
30 So when I come to your servant, my father, and the boy isn't with us, his life is bound to the boy's life, “यसकारण अब तपाईंको सेवक मेरा पिताकहाँ जाँदा यो केटो हामीसित छैन भने मेरा पिता, जसको जीवन यस केटोसित घनिष्‍ठ रूपमा बाँधिएको छ,
31 when he sees the boy is gone, he'll die, and your servants will bring your servant our father down to the grave in sorrow.' यस केटालाई नदेख्दा उहाँ मर्नुहुनेछ। तपाईंका सेवकहरूले हाम्रा पिताको सेतै फुलेको कपाललाई शोकमै चिहानमा पुर्‍याउनेछौँ।
32 For your servant guaranteed the boy to my father, saying, 'If I don't bring him back to you, I'll bear the guilt before my father all my life.' तपाईंको सेवकले आफ्नो पिताकहाँ यस केटाको सुरक्षाको जमानी बसेको छ। मैले भनेँ, ‘यदि मैले यसलाई तपाईंकहाँ फर्काएर ल्याइनँ भने म मेरो जीवनभरि मेरा पिताका सामु दोषी हुनेछु!’
33 So please, let your servant stay as my lord's slave instead of the boy, and let the boy return with his brothers. “यसर्थ अब दया गरी हे मेरा मालिक, यस केटाको सट्टामा हजुरको सेवक भएर मलाई बस्‍न दिनुहोस्; तर यस केटोलाई आफ्ना दाजुहरूसित फर्कन दिनुहोस्।
34 How can I return to my father without the boy? I could not bear to see the disaster that would strike my father." यो केटो मेरो साथमा छैन भने म आफ्ना पिताकहाँ कसरी जान सक्छु? होइन! मालिक, मेरा पितामाथि आइपर्ने यस्तो सन्ताप म हेर्न सक्दिनँ!”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]