Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Ecclesiastes 7 ONCV

Side by side with the Father's Heart Bible™

बुद्धि

1असल नाम सुगन्धित अत्तरभन्दा उत्तम हो,अनि मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो।

2भोजको घरमा जानुभन्दाशोक परेको घरमा जानु उत्तम हो;किनकि मृत्यु हरेक मानिसको अन्त्य हो;जीवित मानिसले यो कुरा हृदयमा राखोस्।

3शोक गर्नु हाँसोभन्दा उत्तम हो;किनकि उदास अनुहार हृदयको निम्ति असल हुन्छ।

4बुद्धिमान्‌को हृदय शोकको घरमा हुन्छ,तर मूर्खको हृदय भोजको घरमा हुन्छ।

5मूर्खको गीत सुन्‍नुभन्दाबुद्धिमान् मानिसको हप्काइमा ध्यान दिनु उत्तम हो।

6मूर्खको हाँसो,भाँडामुनि आगोमा पड्कने काँडाजस्तो हो।यो पनि अर्थहीन छ।

7बलपूर्वक प्राप्‍त गरेको धनले बुद्धिमान् मानिसलाई मूर्ख बनाउँछ,अनि घूसले हृदयलाई भ्रष्‍ट पार्दछ।

8कुनै पनि कुराको सुरुभन्दा त्यसको अन्त्य उत्तम हो;र अहङ्कारी हुनुभन्दा सहनशील हुनु उत्तम हो।

9झट्टै रिस नदेखाऊ;किनकि रिस मूर्खहरूको काखैमा बास गर्दछ।

10“बितेका दिनहरू वर्तमानभन्दा किन असल थिए?” भनी नभन।किनकि यस्ता प्रश्नहरू गर्नु बुद्धिमानी होइन।

11बुद्धि, पैतृक सम्पत्तिजस्तै असल चीज हो,र सूर्य देख्नेहरूलाई फाइदा हुँदछ।

12जसरी धन एउटा आश्रय हो,त्यसरी नै बुद्धि पनि एक आश्रय हो;तर ज्ञानको फाइदा यही होःबुद्धिले बुद्धिमान् मानिसलाई जोगाइराख्छ।

13परमेश्‍वरले के गर्नुभयो, ती विचार गर:उहाँले बाङ्गो बनाउनुभएको कुरालाईकसले सीधा पार्न सक्छ?

14जब समय असल हुँदछ, खुशी होऊ;तर जब समय खराब हुँदछ, तब यस कुरामा विचार गर:ती दुवै समयपरमेश्‍वरले नै बनाउनुभएको हो।यसकारण मानिसले आफ्नो भविष्यको बारेमाकेही पत्ता लगाउन सक्दैन।

15मेरो यो अर्थहीन जीवनमा मैले यी दुवै कुरा देखेको छु:धर्मी आफ्नो धार्मिकतामा नष्‍ट भएको,र दुष्‍ट आफ्नो दुष्‍टतामा धेरै दिनसम्म बाँचेको।

16धेरै धर्मी नहोऊ,र धेरै बुद्धिमानी नहोऊ—किन आफैँलाई नाश गर्छौ?

17धेरै दुष्‍ट नहोऊ,र मूर्ख नहोऊ—आफ्नो समयभन्दा अगि नै किन मर्छौ?

18एउटा कुरोलाई समाउनु,र अर्को कुरालाई नगुमाउनु असल हो।जसले परमेश्‍वरको भय मान्दछ, त्यसले दुवैलाई पछ्याउँछ।

19बुद्धिले बुद्धिमान् मानिसलाईसहरका दश जना शासकहरूभन्दा शक्तिशाली बनाउँदछ।

20वास्तवमा पृथ्वीमा एक जना पनि धर्मी मानिस छैन,जसले हर समय ठिक काम गर्दछ र कहिल्यै पाप गर्दैन।

21मानिसहरूले भनेका हरेक कुरामा ध्यान नदेऊ;नत्रता तिमीले आफूलाई तिम्रै सेवकले तिमीलाई सरापेको सुन्‍नेछौ;

22किनकि तिमीलाई आफ्नो हृदयमा थाहा छ,धेरैचोटि तिमी आफैँले अरूलाई सरापेका छौ।

23मैले यी सबै कुरा बुद्धि लगाएर जाँच गरेँ। अनि मैले भनेँ,“मैले बुद्धिमान् हुने निश्‍चय गरेको छु”—तर यो मबाट टाढै रह्‍यो;

24जे जति छ, त्यो मानवीय समझभन्दा धेरै टाढा छ—कसले त्यो पत्ता लगाउन सक्छ र?

25यसैकारण मैले बुद्धिलाई बुझ्न, खोज्न र जाँच गर्न,र हरेक वस्तुको कारण बुझ्नमा आफ्नो मन लगाएँ;अनि दुष्‍टताको मूर्खतार मूर्खताको पागलपन बुझ्न चाहेँ।

26मैले यो पत्ता लगाएँ, मृत्युभन्दा तितोत्यो स्त्री हो, जो एक पासोजस्तै हो;जसको हृदय एउटा धरापर जसका हात साङ्लो हो।परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने व्यक्ति यस्तो स्त्रीबाट उम्कनेछ,तर पापीलाई त्यसले जालमा पार्नेछे।

27उपदेशक भन्दछन्, “हेर, मैले यो कुरा पत्ता लगाएको छु:“हरेक वस्तुको कारण बुझ्नलाई, एउटासँग अर्को कुरा थप्दै,

28जब मैले खोजिरहेको थिएँ,तर भेट्टाएको थिइनँ,एक हजार मानिसबीच एउटा धर्मी पुरुष भेट्टाएँ;तर सम्पूर्ण स्त्रीहरू बीचमा त एउटै पनि धर्मी स्त्री भेट्टाइनँ।

29मैले यो मात्र थाहा पाएँ:परमेश्‍वरले मानव-जातिलाई सोझो बनाउनुभएको हो;तर तिनीहरूचाहिँ अनेक योजनाहरू खोज्नका पछि लागेका छन्।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]