Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Ecclesiastes 3 ONCV

Show ONCV only
Verse × ×
1 For everything there is a season, and a time for every matter under heaven: हरेक कुराका लागि समय छ; र आकाशमुनि प्रत्येक गतिविधिको निम्ति एउटा समय छ:
2 a time to be born, and a time to die; a time to plant, and a time to uproot what is planted; जन्मने एउटा समय र मर्ने एउटा समय; रोप्ने एउटा समय र उखेल्ने एउटा समय।
3 a time to kill, and a time to heal; a time to tear down, and a time to build up; मार्ने एउटा समय र निको पार्ने एउटा समय; भत्काउने एउटा समय र निर्माण गर्ने एउटा समय।
4 a time to weep, and a time to laugh; a time to mourn, and a time to dance; रुने एउटा समय र हाँस्‍ने एउटा समय; शोक गर्ने एउटा समय र नाच्ने एउटा समय।
5 a time to throw away stones, and a time to gather stones together; a time to embrace, and a time to refrain from embracing; ढुङ्गाहरू छरपस्ट पार्ने एउटा समय र ती बटुल्ने एउटा समय; अँगालो हाल्ने एउटा समय र अलग रहने एउटा समय।
6 a time to seek, and a time to lose; a time to keep, and a time to throw away; खोज्ने एउटा समय र छोडिदिने एउटा समय; राख्ने एउटा समय र फाल्ने एउटा समय।
7 a time to tear, and a time to sew; a time to be silent, and a time to speak; च्यात्ने एउटा समय र टाल्ने एउटा समय; चुप बस्‍ने एउटा समय र बोल्ने एउटा समय।
8 a time to love, and a time to hate; a time for war, and a time for peace. प्रेम गर्ने एउटा समय र घृणा गर्ने एउटा समय; युद्ध गर्ने एउटा समय र मिलाप गर्ने एउटा समय।
9 What gain has the worker from his toil? काम गर्नेले मेहनतका साथ आफूले गरेको परिश्रमबाट के लाभ पाउँछ र?
10 I have seen the task that God has given people to keep them busy. मानव जातिहरूमाथि परमेश्‍वरले राखिदिनुभएको बोझ मैले देखेको छु, ताकि तिनीहरू त्यसैमा अल्झिरहून्।
11 He made everything beautiful in its time, and set eternity in the human heart—yet no one can grasp what God has done from start to end. सबै कुराहरू उहाँले ठिक समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता राखिदिनुभएको छ; तापनि सुरुदेखि अन्त्यसम्म परमेश्‍वरले जे जति काम गर्नुभयो, सो तिनीहरूले बुझ्न सक्दैनन्।
12 I know nothing is better for them than to enjoy life and do good while they live. म जान्दछु, मानिसको निम्ति तिनीहरू बाँचुन्जेल खुशी रहनु र असल काम गर्नुबाहेक तिनमा अरू कुनै उत्तम कुरा छैन।
13 Also, that everyone eat, drink, and find satisfaction in all their work—this is God's gift. आफ्ना सारा परिश्रममा खुशी रहनु, खानु र पिउनु नै मानिसलाई परमेश्‍वरको दान हो।
14 I know all God does lasts forever; nothing can be added, nothing removed. He has done it so people will fear before him. म जान्दछु, परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो सदासर्वदा रहिरहन्छ; त्यसमा केही थप्न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँको भय मानून् भनेर परमेश्‍वरले यसो गर्नुहुन्छ।
15 What is has already been, and what will be has already been; and God seeks out what was driven away. जे भइरहेको छ, त्यो अगिबाटै भइसकेको थियो; र जे हुनेछ, त्यो पनि अगिबाटै भइसकेको थियो; परमेश्‍वरले बितेका कुराहरू ल्याउनुहुन्छ।
16 I also saw under the sun: evil in the place of judgment, and evil in the place of righteousness. त्यसबाहेक मैले सूर्यमुनि अरू यस्ता कुरा देखेँ: न्यायको ठाउँमा दुष्‍टता; धार्मिकताको ठाउँमा दुष्‍टता।
17 I said in my heart: "God will judge the righteous and the wicked, for there's a time for every matter and every deed, there." मैले आफ्नो मनमनै भनेँ, “परमेश्‍वरले धर्मी र अधर्मी दुवैलाई न्यायमा ल्याउनुहुनेछ; किनकि हरेक कृयाकलापको उचित समय हुनेछ; र हरेक कामको न्यायको उचित समय हुनेछ।”
18 I said in my heart: "God tests people, so that they may see they're just animals." मैले मनमै यो पनि विचार गरेँ, “मानिसलाई चाहिँ परमेश्‍वरले जाँच गर्नुहुन्छ, ताकि तिनीहरू जनावरजस्तै छन् भनी बुझ्न सकून्!
19 Humans and animals share one fate: one dies as the other dies; both have the same breath. Humans have no advantage over animals—all is vapor. मानिसको अन्त्य पनि जनावरको जस्तै हुन्छ; दुवैको एउटै अन्त्य हुन्छ, जसरी एउटा मर्छ, अर्को पनि त्यसरी नै मर्छ। दुवैको सास एउटै हो; मानिसलाई जनावरको भन्दा बढी केही लाभ छैन। सबै कुरा अर्थहीन हुन्।
20 All go to one place; all came from the dust, and all return to the dust. सबै एकै ठाउँमा जान्छन्; सबै धुलोबाट आउँछन्, र धुलोमै फर्किजान्छन्।
21 Who knows whether the human spirit goes up, and whether the animal's spirit goes down to the earth? मानिसको आत्मा उँभोतिर, र पशुको आत्माचाहिँ उँधो पृथ्वीतिर जान्छ भनेर कसले जान्दछ र?”
22 So I saw nothing is better than a person rejoicing in their work, since that is their lot. For who can show them what comes after them? यसरी मैले देखेँ, मानिसलाई आफ्नो काममा आनन्द लिनुभन्दा अरू असल कुरो केही रहेनछ; किनभने त्यही नै उसको भाग हो। उसको मृत्युपछि के हुने हो, त्यो देखाउनलाई कसले उसलाई ल्याउन सक्छ र?
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]