Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Amos 5 ONCV

Side by side with the Father's Heart Bible™

विलाप र पश्‍चात्तापको निम्ति आह्वान

1हे इस्राएलको घराना हो, मैले तिमीहरूका निम्ति गरेको विलापको गीत सुन:

2“कन्ये इस्राएल फेरिकहिल्यै नउठ्ने गरी लडेकी छे;आफ्नै देशमा त्यागिएकी छे;त्यसलाई उठाउने कोही पनि छैन।”

3प्रभु याहवेह इस्राएललाई यसो भन्‍नुहुन्छ:“तेरो सहरबाट एक हजार जना सेनाहरू निस्कन्छन्,तर केवल एक सय मात्र छोडिनेछन्;तेरो सहरबाट एक सय जना सेनाहरू निस्कन्छन्,तर केवल दश जना मात्र छोडिनेछन्।”

4याहवेहले इस्राएलको घरानालाई यसो भन्‍नुहुन्छ:“मलाई खोज र तिमीहरू जीवित रहो;

5बेथेललाई नखोज,गिलगालमा नजाओर बेर्शेबातिर यात्रा नगर।किनकि गिलगाल निश्‍चय नै निर्वासनमा लगिनेछ;अनि बेथेल काम नलाग्ने हुनेछ।”

6याहवेहलाई खोज र जीवित रहो,नत्रता उहाँ योसेफको घरानामा आगोजस्तै दन्किएर आउनुहुनेछ;जुन आगोले तिनीहरूलाई भस्म पार्नेछ,र त्यसलाई निभाउन बेथेलमा कोही पनि हुनेछैन।

7त्यहाँ न्यायलाई तितो बनाउने,र धार्मिकतालाई माटोमा मिलाउने दुवै हुनेछैनन्।

8उहाँले किरकिटी र मृगशिरा तारामण्डललाई सृजना गर्नुभयो,जसले मध्य रातलाई बिहानीमा रर मध्य दिनलाई रातमा परिवर्तन गर्नुहुन्छ;जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ,र ती पानीहरूलाई जमिनमाथि खन्याउनुहुन्छ;उहाँको नाम याहवेह हो।

9उहाँले बलिया किल्‍लाहरूलाई अचानक सर्वनाश गर्नुहुन्छ,र बलिया गढ भएको सहरलाई तहसनहस पार्नुहुन्छ।

10तिमीहरू अदालतमा साँचो न्याय गर्नेलाई घृणा गर्छौ,र सत्य बोल्नेलाई तुच्छ ठान्छौ।

11तिमीहरू गरिबमाथि परालको समेत कर लगाउँछौ,र तिनीहरूका अन्‍नमा कर थोपर्छौ।यसकारण तिमीहरूले ढुङ्गाका महलहरू बनाएका छौ,तर तिमीहरू ती महलहरूमा बस्‍नेछैनौ;तिमीहरूले सुन्दर दाखबारी लगाएका छौ,तर तिमीहरूले त्यसको दाखरस पिउनेछैनौ।

12किनकि म जान्दछु, तिमीहरूका अपराधहरू कति धेरै छन्,र तिमीहरूका पापहरू निकै गम्भीर छन्।तिमीहरू जसले धर्मीहरूलाई सताउँछौ र घूस लिन्छौ;अनि गरिबलाई अदालतमा न्याय पाउनबाट रोक्छौ।

13यसकारण यस्तो समयमा बुद्धिमान् मानिस पनि चुपचाप बस्‍नेछ;किनकि समय खराब छ।

14भलाइको खोजी गर, दुष्‍टताको होइन,ताकि तिमीहरू बाँचिरहो।तब तिमीहरूले भन्‍ने गरेझैँ,याहवेह सेनाहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।

15दुष्‍टतालाई घृणा गर, भलाइलाई प्रेम गर;अदालतमा न्यायलाई कायम राख।सायद याहवेह सेनाहरूका परमेश्‍वरलेयोसेफका बाँकी रहेकाहरूमाथि अनुग्रह गर्नुहुनेछ।

16यसकारण याहवेह सेनाहरूका परमेश्‍वर भन्‍नुहुन्छ:“सबै सडकहरूमा रुवाबासीर हरेक सार्वजनिक चोकहरूमा वेदनाका रोदनहरू हुनेछन्।खेती गर्ने किसानहरूलाई रुनर शोक गर्नेहरूलाई विलाप गर्न बोलाइनेछ।

17त्यहाँ सबै दाखबारीहरूमा रुवाबासी हुनेछ;किनकि म तिमीहरूका बीचबाट भएर जानेछु,”याहवेह भन्‍नुहुन्छ।

याहवेहको दिन

18धिक्‍कार तिमीहरूलाई, जसलेयाहवेहको दिनको तिर्सना गर्दछौ!तिमीहरू याहवेहको दिनको किन तिर्सना गर्दछौ?त्यो दिन उज्यालो होइन, तर अन्धकारको दिन हुनेछ।

19कुनै मानिस सिंहबाट भागेरभालुलाई भेटे जस्तै,र घरभित्र पस्दा,र विश्रामको लागि आफ्नो हात भित्तामा राख्दात्यसलाई सर्पले डसेजस्तै, त्यो दिन हुनेछ।

20हो, याहवेहको दिन उज्यालो होइन, तर अन्धकारमय हुनेछ;अर्थात् उज्यालोको किरण विनाको घोर अन्धकार।

21“म तिमीहरूका धार्मिक चाडहरूलाई तुच्छ ठान्छु;मेरा लागि तिमीहरूका सभाहरू दुर्गन्धजस्तै हो।

22तिमीहरूले मेरा निम्ति होमबलि र अन्‍नबलिहरू चढाए पनि,म ती बलिहरू ग्रहण गर्नेछैनँ।तिमीहरूले अति असल बाछाको मेलबलिहरू चढाए तापनिम ती बलिहरूलाई वास्ता गर्नेछैनँ।

23तिमीहरूका प्रशंसाको होहल्‍ला मबाट टाढा राख!म तिमीहरूका वीणाको सङ्गीत सुन्‍नेछैनँ।

24तर न्याय एउटा नदीझैँ बगोस्,र धार्मिकताचाहिँ कहिल्यै नसुक्ने मुहानझैँ!

25“हे इस्राएलका घराना हो, के तिमीहरूले उजाडस्थानमा चालीस वर्षसम्ममेरा निम्ति बलिदानहरू र भेटीहरू चढायौ?

26तर तिमीहरूले आफ्ना राज-देव सक्‍कूत,र तिमीहरूको तारा-देव कीयूनकादेवस्थानलाई उचालेका छौ,जसलाई तिमीहरूले आफ्नै निम्ति बनाएका थियौ।

27यसकारण म तिमीहरूलाई दमस्कसभन्दा टाढा निर्वासनमा पठाउनेछु,”याहवेह भन्‍नुहुन्छ, जसको नाम सेनाहरूका परमेश्‍वर हो।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]