Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

2 Timothy 3 ONCV

Show ONCV only
Verse × ×
1 But understand this: in the last days there will come times of difficulty. तर यो याद राख! अन्तिम दिनहरूमा डरलाग्दो समयहरू हुनेछन्।
2 For people will be self-lovers, money-lovers, boastful, arrogant, abusive, disobedient to parents, ungrateful, unholy. मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, रुपियाँपैसाको मोह गर्ने, सेखी, घमण्डी, दुर्व्यवहार गर्ने, आमाबुबाका आज्ञा नमान्‍ने, बैगुनी, अपवित्र,
3 Heartless, unforgiving, slanderous, without self-control, brutal, hating what is good, प्रेमविहीन, क्षमारहित, अर्कालाई दोष लगाउने, आत्मसंयम नभएका, निर्दयी, असल कुरा मन नपराउने,
4 treacherous, reckless, swollen with conceit, lovers of pleasure rather than lovers of our Father. विश्‍वासघाती, लापर्बाही, अहङ्कारले फुलिएका, परमेश्‍वरलाई भन्दा सुख-विलासलाई रुचाउने,
5 They keep the shape of devotion to God but deny its power—turn from them. भक्तिको भेष त लिने, तर यसको शक्तिलाई इन्कार गर्नेहरू हुनेछन्। यस्ता मानिसहरूबाट अलग रहनू।
6 For among these are those who slip into homes and trap weak women weighed down with sins, driven by various desires. यिनीहरू यस्ता मानिसहरू हुन्, जो अर्काका घरहरूमा सुटुक्‍क पस्छन्, र पापहरूले थिचिएका सबै किसिमका दुष्‍ट इच्छाहरूले शासन गरेका र नैतिक रूपमा कमजोर भएका स्त्रीहरूलाई लोभ्याउँछन्।
7 Always learning but never able to come to a knowledge of the truth. यस्ता स्त्रीहरू सधैँ सिक्छन्, तर कहिल्यै पनि सत्यतालाई बुझ्न सक्षम् हुँदैनन्।
8 As Jannes and Jambres opposed Moses, these also oppose the truth—minds corrupted, disqualified regarding the faith. जसरी यान्‍नेस र याम्ब्रेसले मोशाको विरोध गरेका थिए, त्यसरी नै यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यिनीहरूको बुद्धि भ्रष्‍ट भएको हुन्छ, र विश्‍वासमा साँचो हुँदैनन्।
9 But they won't get far, for their foolishness will be clear to all, as with those two men. तर यान्‍नेस र याम्ब्रेसका मूर्खता सबैमा प्रकट भएझैँ, यिनीहरूको मूर्खता पनि सबैमा प्रकट हुनेछ, र धेरै टिक्न सक्नेछैनन्।
10 You, however, have followed my teaching, conduct, purpose, faith, patience, love, endurance, तर तिमीलाई मेरो शिक्षा, मेरो जीवनको तरिका, मेरो उद्देश्य, विश्‍वास, धीरज, प्रेम, सहनशीलता,
11 my persecutions and suffering—at Antioch, at Iconium, at Lystra, what persecutions I endured! Yet the Lord rescued me from them all. सतावटहरू, कष्‍टहरू; एन्टिओखियामा, आइकोनियममा र लुस्त्रामा ममाथि जे-जे घटना घटेका थिए; अनि मैले सहेका के कस्ता सतावटहरू थिए, यी सबै विषयमा थाहा छ। तरै पनि परमेश्‍वरले मलाई ती सबैबाट छुटकारा दिनुभयो।
12 Indeed, all who desire to live a godly life in Christ Jesus will be persecuted, वास्तवमा हरेक जसले ख्रीष्‍ट येशूमा भक्तिपूर्ण जीवन जिउन चाहन्छ, ऊ सतावटमा पर्ने नै छ।
13 while evil people and impostors will go on from bad to worse, deceiving and being deceived. तर दुष्‍ट मानिसहरू, ठगाहाहरू, ठग्दै र ठगिँदै झन्-झन् खराब हुँदै जानेछन्।
14 But you—stay with what you learned and became convinced of, knowing from whom you learned it, तर तिमीचाहिँ आफूले सिकेका शिक्षा, जसमा तिमी विश्‍वस्त भएका छौ, त्यसैमा लागिरह। तिमी जान्दछौ, ती सत्य हुन् र तिमीलाई सिकाउनेहरू भरोसायोग्य छन्।
15 and that from infancy you have known the sacred writings, able to make you wise for salvation through faith in Christ Jesus. तिमीले बालककालदेखि नै पवित्र धर्मशास्त्र जानेका छौ, जसले ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा पाइने मुक्तिमा डोर्‍याउने ज्ञान दिन सक्षम् छ।
16 All Scripture is breathed out by our Father—useful for teaching, exposing wrong, correcting, and training in right living, सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्‍वरको सास-फुकाइबाट हो, र यो सिकाउन, हप्काउन, सच्याउन र धार्मिकताको तालिम दिनलाई उपयोगी हुन्छ।
17 so that the person of our Father may be complete, equipped for every good work. जसद्वारा परमेश्‍वरको जन हरेक सुकर्मको लागि निपुण भएर सिद्ध भएको होस्।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]