Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

2 Timothy 2 ONCV

Show ONCV only
Verse × ×
1 So then, my child, draw your strength from the grace that is in Christ Jesus. यसकारण तिमी, मेरो छोरा, ख्रीष्‍ट येशूमा भएको अनुग्रहमा बलियो होऊ।
2 And what you heard from me in the presence of many witnesses, entrust to faithful people able to teach others too. मबाट तिमीले धेरै साक्षीहरूका उपस्थितिमा सुनेका शिक्षाहरू यस्ता विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ, जो अरूहरूलाई पनि सिकाउन सक्ने योग्यका छन्।
3 Take your share of suffering like a good soldier of Christ Jesus. ख्रीष्‍ट येशूका असल सिपाहीझैँ मसँग कष्‍ट भोग।
4 No soldier on duty gets tangled in civilian affairs—he wants to please the one who enlisted him. सिपाहीझैँ युद्ध गर्नेले आफूलाई सामान्य नागरिकसरह जीवनका झन्झटहरूमा अल्झाउँदैन, तर उसले आफ्नो हाकिमलाई प्रसन्‍न पार्न चाहन्छ।
5 And an athlete is not crowned unless he competes according to the rules. यसै गरी खेलमा भाग लिनेले पनि नियमबमोजिम नखेली विजेताको मुकुट पाउँदैन।
6 The hard-working farmer ought to be the first to receive a share of the crops. परिश्रम गर्ने किसानले नै पहिला अन्‍नको हिस्सा पाउनुपर्छ।
7 Think over what I am saying, for the Lord will give you understanding in everything. मैले जे भनिरहेको छु, त्यसमा ध्यान देऊ; किनकि प्रभुले यी सबैमा तिमीलाई समझ दिनुहुनेछ।
8 Remember Jesus Christ, risen from the dead, a descendant of David, as told in my gospel, मरेकाहरूबाट जीवित पारिनुभएको दावीदको वंश, येशू ख्रीष्‍टलाई सम्झ। मैलै प्रचार गर्ने सुसमाचार यही हो।
9 for which I suffer, chained like a criminal. But the word of our Father is not chained! यसै सुसमाचारका लागि म अपराधीझैँ साङ्लोले बाँधिने सम्मको कष्‍ट भोगिरहेछु; तर परमेश्‍वरको वचनलाई साङ्लोले बाँध्न सकिँदैन।
10 So I endure everything for the sake of the chosen, so they too may gain the salvation in Christ Jesus, with eternal glory. यसकारण परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूका निम्ति ख्रीष्‍ट येशूमा भएको अनन्त महिमासहितको मुक्ति पाऊन् भनेर म हरेक कुरा सहन्छु।
11 This saying is trustworthy: If we have died with him, we will also live with him; यो भनाइ विश्‍वासयोग्य छ: यदि हामी उहाँसित मर्‍यौँ भने, हामी उहाँसित जिउने पनि छौँ;
12 if we endure, we will also reign with him; if we disown him, he also will disown us; यदि हामीले सह्‍यौँ भने, हामी उहाँसित राज्य पनि गर्नेछौँ। यदि हामीले उहाँलाई त्याग्यौँ भने, उहाँले पनि हामीलाई त्याग्नुहुनेछ;
13 if we are faithless, he remains faithful, for he cannot disown himself. यदि हामी विश्‍वासरहित छौँ भने तापनि उहाँ विश्‍वासयोग्य रहिरहनुहुनेछ; किनकि उहाँ आफ्नो सत्य स्वभावको विरुद्ध जान सक्नुहुन्‍न।
14 Remind them of these things, and warn them before our Father not to quarrel over words—useless, and ruins those who listen. परमेश्‍वरका मानिसहरूलाई यी कुराहरूका विषयमा स्मरण गराइरहनू। परमेश्‍वरको उपस्थितिमा तिनीहरूलाई चेतावनी देऊ, तिनीहरू शब्दहरूको विषयमा तर्कवितर्क नगरून्; किनकि यसबाट केही फाइदा हुँदैन, तर सुन्‍नेहरूलाई नोक्सानी मात्र पुर्‍याउँछ।
15 Do your best to present yourself to our Father approved, a worker unashamed, rightly handling the word of truth. आफूलाई परमेश्‍वरको सामु ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर; शर्माउन नपर्ने कामदारजस्तै, जसले सत्यको वचनलाई ठिकसँग प्रयोग गर्दछ।
16 But avoid empty, godless chatter; it leads people further into wickedness, भक्तिहीन र मूर्ख बकबकदेखि अलग बस; किनकि यसमा लागिरहनेहरू अझ बढी भक्तिहीन हुँदै जानेछन्।
17 and their talk will spread like gangrene. Among them are Hymenaeus and Philetus, तिनीहरूका शिक्षा कुहिँदैगएको घाउझैँ फैलिन्छ। यस्ताहरूमध्ये हुमेनियस र फिलेतस हुन्,
18 who wandered away from the truth, claiming the resurrection already happened, and are undermining some people's faith. जो सत्यतादेखि बरालिएका छन्। तिनीहरूले मृतकहरूका पुनर्जीवित भइसकेको छ भनेर कतिपयको विश्‍वासलाई उल्टाइदिन्छन्।
19 Yet our Father's firm foundation stands, sealed: "He knows those who are his," and "Let all who name his name turn from evil." तैपनि परमेश्‍वरको जग दृढपूर्वक खडा नै रहन्छ; जसमा यस्ता अक्षरहरूले मोहर लगाइएको छ: “प्रभुले तिनीहरूलाई चिन्‍नुहुन्छ, जो उहाँका आफ्नाहरू हुन्,” र “प्रभुको नाम स्वीकार गर्ने हरेक जन दुष्‍टताबाट अलग हुनैपर्छ।”
20 In a large house there are vessels not only of gold and silver, but also of wood and clay—some for honor, some for dishonor. एउटा सम्पन्‍न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन्, तर काठ र माटाका पनि हुन्छन्; कुनै भाँडो विशेष कामको निम्ति र कुनैचाहिँ सामान्य कामको निम्ति प्रयोग गरिन्छ।
21 So if anyone purifies himself from these, he becomes a vessel of honor: holy, useful to the Master, ready for every good work. यदि कुनै मानिसले आफूलाई यस्ता आदरहीन कामहरूबाट शुद्ध राख्दछ भने त्यो आदरका कामहरूका निम्ति एउटा पात्र बन्‍नेछ; अनि त्यो अलग गरिएको, र मालिकको निम्ति उपयोगी र हरेक असल काम गर्नमा तत्पर हुनेछ।
22 Flee youthful cravings; pursue righteousness, faith, love, and peace with those who call on the Lord from a pure heart. यसकारण जवानीका खराब अभिलाषाहरूबाट भाग, र शुद्ध हृदयले प्रभुको नाम लिनेहरूसित धार्मिकता, विश्‍वास, प्रेम र शान्तिको पछि लाग।
23 Have nothing to do with foolish, ignorant controversies; you know they breed quarrels. मूर्खता तथा अज्ञानतापूर्ण विवादहरूबाट अलग बस; किनकि तिमी जान्दछौ यस्ता कुराहरूले झगडाहरू मात्र उत्पन्‍न गराउँछन्।
24 The Lord's servant must not be quarrelsome, but be gentle to all, able to teach, patient when wronged. प्रभुको सेवकले झगडा गर्नैहुँदैन, तर हरेकप्रति दयालु, निपूर्ण रूपमा सिकाउन सक्ने र सहनशील हुनुपर्छ।
25 Gently correcting those who oppose him. Perhaps our Father will grant them repentance to know the truth, आफ्ना विरोधीहरूलाई तिनले नम्रतासाथ सम्झाउनुपर्छ; यो आशामा परमेश्‍वरले तिनीहरूका हृदय परिवर्तन गरून् र सत्यताको ज्ञानमा अगुवाइ गरून्;
26 and they may sober up, escaping the devil's trap where he has held them captive to do his will. अनि तिनीहरूले चेतना पाऊन् र शैतानको पासोबाट उम्कन सकून्, जसमा शैतानले तिनीहरूलाई त्यसको इच्छा पूरा गर्नलाई कैदी बनाएको छ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]