Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

1 Peter 4 ONCV

Show ONCV only
Verse × ×
1 So, since Christ suffered in the flesh, arm yourselves too with the same mindset: whoever suffers in the flesh is done with sin. यसकारण ख्रीष्‍टले आफ्नो शरीरमा दुःख भोग्नुभएको हुनाले तिमीहरू पनि आफूलाई त्यही भावनाले सुसज्जित पार; किनकि जसले आफ्नो शरीरमा दुःख भोगेको हुन्छ, त्यसले पापलाई त्यागेको हुन्छ;
2 So you no longer spend your remaining time in the flesh for human cravings, but for the will of our Father. अब उसो त्यसले आफ्नो बाँकी शारीरिक जीवन दुष्‍ट मानवीय इच्छाको लागि जिउँदैन, बरु परमेश्‍वरको इच्छाको निम्ति जिउँदछ।
3 You've already spent enough time doing what those who don't know the Father want: living in sensuality, lust, drunkenness, wild parties, drinking bouts, and lawless idol worship. किनकि बितेका समयमा तिमीहरूले छाडा, वासनाका जीवन, मतवालापन, कामुकता, मोजमज्जा तथा घिनलाग्दा मूर्तिपूजाहरूजस्ता गैरयहूदीले गर्न छानेका कुराहरूमा प्रशस्त समय बितायौ।
4 They're surprised you no longer run with them into the same flood of wild living, so they insult you for it. तिमीहरू तिनीहरूसँग तिनीहरूका जङ्गली र विनाशकारी जीवनमा लागेनौ भनेर तिनीहरूले अचम्म मानेका छन्, र तिमीहरूमाथि अपमान थुपारेका छन्।
5 But they will answer to the one ready to judge the living and the dead. तर तिनीहरूले जिउँदा र मरेकाहरूको न्याय गर्न तयार हुनुभएकालाई लेखा दिनुपर्नेछ।
6 This is why the gospel was preached even to those now dead: judged in the flesh as all people are, but they may live in the spirit as our Father does. किनभने शरीरमा चाहिँ अन्य मानिसहरूजस्तै तिनीहरूको न्याय गरियोस्, तर आत्मामा भने परमेश्‍वरका अनुसार तिनीहरू आत्मामा जिऊन् भनेर नै अहिले मरिसकेका समेतलाई सुसमाचार प्रचार गरिएको हो।
7 The end of all things is near. Therefore be clear-minded and self-controlled so that you can pray. सबै कुराको अन्त्य नजिकै छ। यसकारण सतर्क र संयमी भएर तिमीहरू प्रार्थना गर्न सक्ने होओ।
8 Above all, keep loving one another deeply, because love covers a multitude of sins. सबैभन्दा बढी एक-अर्कालाई गहिरो प्रेम गर; किनकि प्रेमले असंख्य पापहरूलाई ढाक्दछ।
9 Show hospitality to one another without grumbling. एक-अर्कालाई गनगनविना सत्कार गर।
10 Each of you, use whatever gift you've received to serve others, as good stewards of our Father's varied grace. हरेकले जस्तो आत्मिक वरदान पाएको छ, परमेश्‍वरका अनुग्रहको विभिन्‍न वरदान पाएका असल सेवकझैँ ती एक-अर्काको निम्ति प्रयोग गर।
11 Whoever speaks should speak as one delivering the very words of our Father. Whoever serves should serve by the strength he supplies, so that in everything he may be glorified through Jesus Christ. To him belong the glory and the power forever and ever. Amen. यदि कसैले बोल्छ भने परमेश्‍वरकै शब्दमा बोलोस्; यदि कसैले सेवा गर्छ भने परमेश्‍वरले दिनुहुने बलद्वारा सेवा गरोस्। यसरी सबै कुरामा येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको प्रशंसा होस्। उहाँलाई सदासर्वदा महिमा र शक्ति होस्! आमेन।
12 Dear friends, don't be surprised at the fiery trial testing you, as if something strange were happening to you. हे प्रिय मित्रहरू हो, तिमीहरूले अग्निपरीक्षा भोग्नुपर्दा तिमीहरूलाई कुनै अनौठो कुरा आइपरेझैँ अचम्म नमान;
13 Instead, rejoice as much as you share Christ's suffering, so you may also rejoice with joy when his glory is revealed. तर तिमीहरू ख्रीष्‍टको दुःखमा सहभागी हुन पाएकोमा आनन्द गर। यसरी उहाँको महिमा प्रकट हुँदा तिमीहरूको आनन्द प्रशस्त होस्।
14 If insulted for Christ's name, you're blessed, for the Spirit of glory and of our Father rests on you. ख्रीष्‍टको नामको कारण अपमानित भएका छौ भने तिमीहरू धन्यका हौ; किनकि परमेश्‍वरको महिमाको आत्मा तिमीहरूमा बस्‍नुहुन्छ।
15 None of you should suffer as a murderer, thief, criminal, or meddler in others' affairs. तिमीहरूले कष्‍ट भोग्छौ भने ज्यानमारा, चोर वा अरू कुनै किसिमको अपराधी वा हस्तक्षेप गर्नेले झैँ नहोस्।
16 But if you suffer as a Christian, don't be ashamed, but praise our Father that you bear that name. तापनि तिमीहरूले ख्रीष्‍टियान भएको कारण कष्‍ट भोग्यौ भने लाज नमान, तर तिमीहरूले त्यो नाम पाएकोमा परमेश्‍वरको प्रशंसा गर।
17 For it is time for judgment to begin with the household of our Father; if it starts with us, what awaits those who disobey the good news of our Father? किनकि परमेश्‍वरकै परिवारबाट न्याय सुरु हुने बेला आएको छ, र यदि यो हामीबाटै सुरु हुन्छ भने झन् परमेश्‍वरको सुसमाचार नमान्‍नेहरूको नतिजा कस्तो होला?
18 And, "If the righteous are barely saved, what will become of the ungodly and sinner?" पवित्र धर्मशास्त्रमा लेखिएको छ: “धर्मीहरूलाई बाँच्न कठिन छ भने, अधर्मी र पापीहरूको गति के होला?”
19 So then, those who suffer by our Father's will should entrust their souls to their faithful Creator, doing good. यसर्थ परमेश्‍वरको इच्छाअनुसार कष्‍ट भोग्नेहरूले आफूलाई तिनीहरूका विश्‍वासयोग्य सृष्‍टिकर्ताकहाँ समर्पण गर्नुपर्छ, र असल गर्नमा जारी राखिरहनुपर्छ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]