Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

1 Chronicles 7 ONCV

Show ONCV only
Verse × ×
1 The sons of Issachar were Tola, Puah, Jashub, and Shimron—four in all. इस्साखारका छोराहरू: तोला, पुवा, याशूब र शिम्रोन—जम्मा चार जना थिए।
2 Tola's sons: Uzzi, Rephaiah, Jeriel, Jahmai, Ibsam, and Shemuel—heads of their clans, mighty warriors in the line of Tola through their generations. In David's days their count was 22,600. तोलाका छोराहरू: उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम र शमूएल, अर्थात् तिनीहरूका परिवारका अगुवाहरू थिए। दावीदको शासनकालमा तिनीहरूको वंशावलीमा लडाकु मानिसहरू भनी सूचित गरिएका तोलाका सन्तानहरूको संख्या 22,600 थियो।
3 Uzzi's son: Izrahiah. Izrahiah's sons: Michael, Obadiah, Joel, Isshiah—five chiefs in all. उज्जीका छोरा: यिज्रयाह थिए। यिज्रयाहका छोराहरू: मिखाएल, ओबदियाह, योएल र यिश्याह थिए। ती पाँचै जना अगुवाहरू थिए।
4 With them, by generations and family lines, were 36,000 troops for war, since they had many wives and children. तिनीहरूका परिवारको वंशावलीअनुसार तिनीहरूसँग युद्धका निम्ति तयार रहेका 36,000 लडाकु मानिसहरू थिए। किनकि तिनीहरूका धेरै पत्नीहरू र छोराछोरीहरू थिए।
5 Their relatives, all Issachar's clans, were 87,000 mighty warriors, listed by genealogy. अनि तिनीहरूका आफन्तहरूमा भएका लडाकु मानिसहरू, जो इस्साखारका वंशहरूबाट थिए। तिनीहरूका वंशावलीमा सूचित गरिएका सबै मानिसहरू 87,000 थिए।
6 Three sons of Benjamin: Bela, Becher, and Jediael. बेन्यामीनका तीन छोराहरू: बेला, बेकेर र यदीएल थिए।
7 Bela's sons: Ezbon, Uzzi, Uzziel, Jerimoth, and Iri—five family heads, mighty warriors. Their genealogy counted 22,034. बेलाका छोराहरू: एसबोन, उज्जी, उज्जीएल, यरीमोत र इरी, अर्थात् परिवारका अगुवाहरू जम्मा पाँच जना थिए। तिनीहरूका वंशावली विवरणमा 22,034 जना लडाकु मानिसहरूको संख्या थियो।
8 Becher's sons: Zemirah, Joash, Eliezer, Elioenai, Omri, Jeremoth, Abijah, Anathoth, and Alemeth—all sons of Becher. बेकेरका छोराहरू: जमीरा, योआश, एलीएजर, एल्योएनै, ओम्री, यरेमोत, अबीयाह, अनातोत र आलेमेत थिए। यी सबै जना बेकेरका छोराहरू थिए।
9 Their genealogical record, by their generations, listed the heads of their ancestral families and 20,200 mighty warriors. तिनीहरूका परिवारका वंशावलीको विवरणमा अगुवाहरू र लडाकु मानिसहरू 20,200 सूचित थिए।
10 Jediael's son was Bilhan; Bilhan's sons were Jeush, Benjamin, Ehud, Chenaanah, Zethan, Tarshish, and Ahishahar. यदीएलका छोरा: बिल्हान थिए। बिल्हानका छोराहरू: येऊश, बेन्यामीन, एहूद, कनानाह, जेतान, तर्शीश र अहीशहर थिए।
11 These were Jediael's sons, family heads, mighty warriors—17,200 fit for military service. यदीएलका यी सबै छोराहरू परिवारहरूका अगुवाहरू थिए। लडाइँमा जान तयार रहेका 17,200 जना लडाकु मानिसहरू त्यहाँ थिए।
12 Shuppim and Huppim were the descendants of Ir, and the Hushites the descendants of Aher. इरका छोराहरू शुप्पी र हुप्पी थिए, र हुशीमहरू अहेरका छोराहरू थिए।
13 The sons of Naphtali were Jahziel, Guni, Jezer, and Shallum—the descendants of Bilhah. नप्‍तालीका छोराहरू: यहसेल, गुनी, येसेर र शिल्‍लेम, अर्थात् यिनीहरू बिल्हाका छोराहरू थिए।
14 Manasseh's sons: Asriel, whom his Aramean concubine bore; she also bore Machir, father of Gilead. मनश्शेका सन्तानहरू: अस्रीएलचाहिँ मनश्शेका अरामी उपपत्नीबाट जन्मिएका सन्तान थिए। तिनले गिलादका पिता माकीरलाई पनि जन्माइन्।
15 Machir took a wife from among the Huppites and Shuppim; his sister's name was Maacah. The second was named Zelophehad; he had only daughters. माकीरले हुप्पी र शुप्पीहरूमध्येबाट तिनीहरूकी बहिनी माकालाई पत्नी तुल्याए। मनश्शेको अर्को सन्तानको नाम सलोफाद थियो; र सलोफादका छोरीहरू मात्र थिए।
16 Machir's wife Maacah bore a son and named him Peresh; his brother was Sheresh; his sons were Ulam and Rakem. माकीरकी पत्नी माकाले एउटा छोरा जन्माइन्, जसको नाम तिनले पेरेस राखिन्। अनि उसको भाइको नाम शेरेस थियो। अनि पेरेसका छोराहरूचाहिँ ऊलाम र राकेम थिए।
17 The son of Ulam: Bedan. These were the sons of Gilead son of Machir, son of Manasseh. ऊलामका छोरा: बदान थिए। मनश्शेको छोरा माकीर, माकीरका छोरा गिलादका छोराहरू यिनीहरू नै थिए।
18 His sister Hammolecheth gave birth to Ishhod, Abiezer, and Mahlah. गिलादकी बहिनी हम्मोलेकेतले ईशोद, अबीएजेर र महलालाई जन्माएकी थिइन्।
19 The sons of Shemida were Ahian, Shechem, Likhi, and Aniam. शमीदाका छोराहरू: अहियन, शेकेम, लिखी र अनीआम थिए।
20 Ephraim's sons: Shuthelah, his son Bered, his son Tahath, his son Eleadah, his son Tahath. एफ्राइमका सन्तानहरू: एफ्राइमका छोरा शूतेलह, शूतेलहका छोरा बेरेद, बेरेदका छोरा तहत, तहतका छोरा एलादा, एलादाका छोरा तहत,
21 His son Zabad, his son Shuthelah. The men of Gath, born in that land, killed Ezer and Elead when they went down to take the Gathites' livestock. तहतका छोरा जाबाद र जाबादका छोरा शूतेलह थिए। (एसेर र एलादचाहिँ गातका मानिसहरूका बस्तुभाउ लुट्न जाँदा, त्यहाँका स्थानीय बासिन्दाहरूद्वारा मारिएका थिए।
22 Their father Ephraim mourned for many days, and his relatives came to comfort him. तिनीहरूका पिता एफ्राइमले तिनीहरूका निम्ति धेरै दिनसम्म शोक गरे। अनि तिनका आफन्तहरू तिनलाई सान्त्वना दिन आए।
23 He slept with his wife; she conceived and bore a son he named Beriah, because tragedy had struck his household. त्यसपछि एफ्राइमले आफ्नी पत्नीसँग फेरि सहवास गरे। तब तिनी गर्भवती भइन्, र एउटा छोरा जन्माइन्; जसको नाम तिनले बेरियाह राखे; किनकि तिनको परिवारमा विपत्ति आएको थियो।
24 His daughter was Sheerah, who built Lower and Upper Beth-horon as well as Uzzen-sheerah. एफ्राइमकी छोरी शेराह थिइन्, जसले माथिल्‍लो र तल्‍लो बेथ-होरोन र उज्जेन-शेराह नगरहरू निर्माण गरेकी थिइन्।)
25 Rephah was his son, Resheph his son, Telah his son, Tahan his son, एफ्राइमका छोरा रपाह थिए, जसका छोरा रेशेप, जसका छोरा तेलह, जसका छोरा तहन,
26 Ladan his son, Ammihud his son, Elishama his son, जसका छोरा लादान, जसका छोरा अम्मीहूद, जसका छोरा एलिशामा,
27 Nun his son, and Joshua his son. जसका छोरा नुन, अनि नूनका छोरा यहोशू थिए।
28 Their possessions and settlements: Bethel with its villages, Naaran eastward, Gezer westward with its villages, Shechem with its villages, and on to Ayyah with its villages. तिनीहरूको जमिन र बसोबास गरेका ठाउँहरूमा दक्षिणतिर बेथेल र त्यसका चारैतिरका बस्तीहरू, पूर्वतिर नारान, पश्‍चिमतिर गेजेर र त्यसका बस्तीहरू, उत्तरतिर अय्याह र त्यसका बस्तीहरूसमेत शेकेमसम्म नै र त्यसका बस्तीहरू सामेल थिए।
29 Along the borders of Manasseh's sons: Beth-shean, Taanach, Megiddo, and Dor, with their villages. Joseph son of Israel's descendants lived there. मनश्शेका सिमानाहरू बेथ-शान, तानाक, मगिद्दो, डोर र तिनीहरूका बस्तीहरूसमेत थिए। इस्राएलका छोरा योसेफका सन्तानहरू यिनै नगरहरूमा बस्थे।
30 The sons of Asher were Imnah, Ishvah, Ishvi, and Beriah; their sister was Serah. आशेरका छोराहरू: यिम्ना, यिश्‍वा, यिश्‍वी र बेरियाह थिए। तिनीहरूकी बहिनी सेरह थिइन्।
31 The sons of Beriah were Heber and Malchiel, who was the father of Birzaith. बेरियाहका छोराहरू: हेबेर र मल्कीएल, जो बिर्जेतका पिता थिए।
32 Heber was the father of Japhlet, Shomer, and Hotham, and of their sister Shua. हेबेरचाहिँ येप्लेत, शोमेर, होताम र तिनीहरूकी बहिनी शूआका पिता थिए।
33 The sons of Japhlet were Pasach, Bimhal, and Ashvath. These were the sons of Japhlet. येप्लेतका छोराहरू: पासक, बिम्हाल र अश्‍वात थिए। यिनीहरू येप्लेतका छोराहरू थिए।
34 The sons of Shemer were Ahi, Rohgah, Hubbah, and Aram. शोमेरका छोराहरू: अही, रोहगा, हूब्बा र अराम थिए।
35 The sons of his brother Helem were Zophah, Imna, Shelesh, and Amal. शोमेरका भाइ हेलेमका छोराहरू: सोपह, यिम्ना, शेलेश र आमाल थिए।
36 The sons of Zophah were Suah, Harnepher, Shual, Beri, Imrah, सोपहका छोराहरू: सूह, हर्नेपेर, शूआल, बेरी, यिम्राह,
37 Bezer, Hod, Shamma, Shilshah, Ithran, and Beera. बेसेर, होद, शम्मा, शिल्शा, यित्रान र बेरा थिए।
38 The sons of Jether were Jephunneh, Pispa, and Ara. येतेरका छोराहरू: यपून्‍ने, पिस्पा र अरा थिए।
39 The sons of Ulla were Arah, Hanniel, and Rizia. उल्‍लाका छोराहरू: अराह, हन्‍नीएल र रिसिया थिए।
40 All these were Asher's descendants: heads of families, choice men, mighty warriors, heads of chiefs. Their war-service genealogy: 26,000 men. आशेरका यी सबै सन्तानहरू—परिवारहरूका मुखियाहरू, चुनिएका मानिसहरू, वीर योद्धाहरू र विशिष्‍ट अगुवाहरू थिए। लडाइँमा जान सक्ने मानिसहरूको संख्या तिनीहरूको वंशावलीको सूचीअनुसार, 26,000 थिए।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]