Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Ruth 3 ONCV

Show ONCV only
Verse × ×
1 Then her mother-in-law Naomi said, "My daughter, shouldn't I seek a home for you, so it goes well for you? एक दिन रूथकी सासू नाओमीले तिनलाई भनिन्, “मेरी छोरी, मैले तिम्रो निम्ति एउटा घर खोज्नुपर्छ, जहाँ तिम्रो निम्ति सबै कुराको प्रबन्ध भएको होस्।
2 Isn't Boaz, whose young women you were with, our relative? Tonight he winnows barley at the threshing floor. बोअज जसका सेविकाहरूसित तिमी छौ, ती हाम्रा नातेदार हुन्। आज राति तिनी खलामा जौ बत्ताउन जानेछन्।
3 Wash, perfume yourself, put on your cloak, and go down to the threshing floor. Don't reveal yourself to the man until he finishes eating and drinking. यसैले नुहाएर अत्तर लगाऊ, र तिम्रो सबैभन्दा असल लुगा लगाऊ। त्यसपछि तल खलामा जाऊ; तर उनले खानपिन गरी नसकुन्जेल तिमी त्यहाँ छौ भनी उनलाई थाहा नहोस्।
4 When he lies down, note the place; go uncover his feet and lie down—he'll tell you what to do." जब उनी सुत्छन्, उनी सुतेको ठाउँ याद गर। त्यसपछि जाऊ र उनको खुट्टाको ओढ्ने उठाऊ, र ढल्क। त्यसपछि के गर्नुपर्छ उनले नै तिमीलाई बताउनेछन्।”
5 And Ruth said to her, "All that you say I will do." रूथले भनिन्, “तपाईं जे भन्‍नुहुन्छ, म गर्नेछु।”
6 So she went down to the threshing floor and did everything her mother-in-law had told her. यसकारण तिनी तल खलामा गइन्, र तिनले आफ्नी सासूले बताएअनुसार सबै कुरा गरिन्।
7 Boaz ate, drank, and felt good, then lay down at the end of the grain heap. She came secretly, uncovered his feet, and lay down. जब बोअजले खानपिन गरिसकेपछि उनको मन खुशी भयो, तब अन्‍न थुपारेको पल्‍लो कुनामा सुत्न गए। रूथ चुपचापसित त्यहाँ गइन्; तिनका खुट्टाको ओढ्ने उठाएर त्यहीँ ढल्किन्।
8 At midnight the man was startled, turned over, and there lay a woman at his feet! मध्यरातमा बोअजलाई केही कुराले झस्कायो, तब तिनी फनक्‍क फर्किए, र त्यहाँ आफ्नो खुट्टामा एउटी स्त्री ढल्किरहेकी थिइन्!
9 "Who are you?" he asked. "I am Ruth, your servant," she said. "Spread your cloak's corner over your servant, for you are a redeemer." तब उनले “तिमी को हौ?” भनी सोधे। तिनले भनिन्, “म तपाईंकी सेविका रूथ हुँ। तपाईंको लुगाको एक कुना मलाई पनि ओढाइदिनोस्; किनकि तपाईं हाम्रो परिवारको नजिकका मोल तिरेर छुटाउने नातेदार हुनुहुन्छ।”
10 He said, "Blessed are you by our Father, my daughter. This last kindness is better than the first, since you didn't chase young men, poor or rich. उनले जवाफ दिए, “मेरी छोरी, याहवेहले तिमीलाई आशिष् देऊन्। तिमीले पहिले देखाएको दयाभन्दा यो अझ बढी छ। तिमी जवान मानिसहरूका पछि लागिनौ, चाहे त्यो धनी होस् वा गरिब।
11 Now, my daughter, don't be afraid. I'll do all you ask, for my whole town knows you're a worthy woman. अब मेरी छोरी, नडराऊ। तिमीले इच्छा गरेका सबै कुरा म गर्नेछु। तिमी एउटी चरित्रवान् स्त्री हौ भन्‍ने कुरा सहरका मेरा सबै मित्रहरूले जान्दछन्।
12 Now it is true that I am a redeemer, yet there is a redeemer nearer than I. यद्यपि यो सत्य हो कि म छुटाउनेवाला नातेदार हुँ, तर मभन्दा पनि अझ नजिकको एक जना नातेदार छन्।
13 Stay tonight. In the morning, if he'll redeem you—good, let him redeem. If not, as our Father lives, I will redeem you. Lie down until morning." आज राति यहीँ बस, र बिहान यदि तिनले तिमीलाई छुटाउने इच्छा गर्छन् भने असलै हुन्छ, तिनले नै छुटाऊन्। तर यदि तिनी तयार छैनन् भने म प्रतिज्ञा गर्छु, जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म यो गर्नेछु। बिहानसम्म यहीँ ढल्किबस।”
14 She lay at his feet until morning, rose before anyone was recognizable, for he said, "No one may know a woman came to the threshing floor." यसकारण तिनी बिहानसम्म उनको खुट्टानेर ढल्किरहिन्। तर कसैलाई ठम्याउन सक्ने उज्यालो हुन अगि नै उठिन्। अनि बोअजले भने, “यहाँ खलामा एउटी स्त्री आएकी थिइन् भनी कसैले थाहा नपाओस्।”
15 He said, "Bring the shawl you're wearing; hold it out." She held it out. He measured six portions of barley, put it on her, and went into the city. उनले यो पनि भने, “तिमीले ओढेको खास्टो यहाँ ल्याऊ, र समात।” तिनले त्यसै गरिन्, र बोअजले छ पाथी जौ हालेर तिनलाई बोकाइदिए। अनि तिनी सहरतिर फर्के।
16 When Ruth came to her mother-in-law, Naomi asked, "How did it go, my daughter?" She told her all the man had done for her. जब रूथ सासूकहाँ आइन्, तब नाओमीले सोधिन्, “मेरी छोरी, के भयो?” तब तिनले बोअजले जे गरेका थिए, ती सबै कुरा बताइन्।
17 She said, "He gave me these six measures of barley, saying, 'Don't return to your mother-in-law empty-handed.'" अनि तिनले अझै भनिन्, “उहाँले मलाई यो छ पाथी जौ दिएर भन्‍नुभयो, ‘तिम्री सासूकहाँ खाली हात नजाऊ।’ ”
18 Naomi said, "Wait, my daughter, until you know the outcome, for the man won't rest until he settles it today." अनि नाओमीले भनिन्, “मेरी छोरी, अझै अरू के हुन्छ, सो तिमीले थाहा नपाउन्जेल धैर्य गर। किनकि आज नै सबै विषयको फैसला नगरुन्जेल त्यो मानिस चुप लागेर बस्‍नेछैन।”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]