Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Obadiah 1 ONCV

Show ONCV only
Verse × ×
1 The vision of Obadiah. This is what the Sovereign Father says about Edom: We have heard a message from our Father, and an envoy sent among the nations—"Rise up! Let us rise against her for battle!" ओबदियाले देखेको दर्शन। प्रभु याहवेहले एदोमको बारेमा यसो भन्‍नुहुन्छ— हामीले याहवेहबाट एउटा सन्देश सुनेका छौँ: एउटा राजदूतलाई राष्ट्रहरूकहाँ यसो भन्‍न पठाइएको थियो, “उठ, हामी त्यसको विरुद्धमा लडाइँ गर्नलाई जाऔँ।”
2 Look, I will make you small among the nations; you will be utterly despised. “हेर्, म तँलाई अरू राष्ट्रहरूका बीचमा सानो तुल्याउनेछु; तँलाई ज्यादै घृणा गरिनेछ।
3 The pride of your heart has deceived you, you who live in the clefts of the rock, whose home is the heights, who say to yourself, "Who can bring me down to the ground?" तेरो हृदयको अहङ्कारले तँलाई धोका दिएको छ। तँ चट्टानका धाँदाहरूमा बास बस्छस्, र आफ्ना घर अल्गा-अल्गा स्थानहरूमा बनाउँछस्। तैँले मनमनै आफूलाई भन्छस्, ‘मलाई भुइँमा कसले झार्न सक्छ?’
4 Though you soar like the eagle, though you set your nest among the stars, from there I will bring you down, declares our Father. तँ चीलझैँ माथि उडेर गइस् भने पनि, र ताराहरूका बीचमा आफ्नो गुँड बनाइस् भने पनि, त्यहाँबाट म तँलाई तल झार्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
5 If thieves came to you, if plunderers came by night—how you have been destroyed!—wouldn't they steal only what they wanted? If grape-pickers came to you, wouldn't they leave some grapes behind? “यदि चोरहरू तँकहाँ आए भने, यदि रातमा डाँकुहरू आए भने, ओह! तँलाई कस्तो विपत्तिले पर्खिरहेको हुन्छ— के तिनीहरूले आफूलाई चाहिए जति मात्र चोर्दैनन् र? यदि अङ्‌गुर टिप्नेहरू तँकहाँ आए भने, के तिनीहरूले सिला-अङ्‌गुरहरू छोड्दैनन् र?
6 How Esau has been ransacked, his hidden treasures plundered! तर एसाव कसरी लुटिनेछ, त्यसका लुकाएर राखिएका गाडधनहरू कसरी लुटिनेछ!
7 All your allies have driven you to the border; those who were at peace with you have deceived you and overpowered you; those who shared your table have set a trap beneath you—and you don't even see it. तेरा सबै मित्र राष्ट्रहरूले तँलाई सिमानासम्म नै खेद्नेछन्; तेरा साथीहरूले तँलाई धोका दिनेछन्, र तँलाई अधीनमा पार्नेछन्; जसले तेरो रोटी खान्छन्, उनीहरूले नै तेरो निम्ति पासो थाप्नेछन्; तर तैँले यस कुराको बारेमा थाहै पाउनेछैनस्।
8 Will I not on that day, declares our Father, destroy the wise men of Edom and wipe out understanding from the mountain of Esau? “त्यस दिन,” याहवेह घोषणा गर्नुहुन्छ, “के म एदोमका ज्ञानी मानिसहरूलाई, एसावका पर्वतहरूमा बस्‍ने समझदार मानिसहरूलाई नाश पार्नेछैनँ र?
9 Your warriors will be shattered, Teman, so that everyone on the mountain of Esau will be cut down in the slaughter. हे तेमान, तेरा वीर योद्धाहरू भयभीत हुनेछन्, र एसावका पर्वतहरूमा रहने सबै मानिसहरू काटेर ढालिनेछन्।
10 Because of the violence you did to your brother Jacob, shame will cover you, and you will be cut off forever. तेरो भाइ याकोबको विरुद्धमा भएको हिंसाको कारणले गर्दा तँलाई शर्मले ढाक्नेछ; तँ सदाको निम्ति नष्‍ट पारिनेछस्।
11 On the day you stood by and did nothing, on the day strangers carried off his wealth and foreigners entered his gates and cast lots for Jerusalem—you too were like one of them. जुन दिन तँ टाढै उभिएर हेरिरहेको थिइस्, त्यसै बेला विदेशीहरू त्यसको ढोकाभित्र पसे; अनि विदेशीहरूले त्यसका धनसम्पत्तिहरू खोसेर लगे र यरूशलेमको निम्ति चिट्ठा हाले; त्यस दिन तँ पनि तिनीहरूमध्ये एउटाजस्तै थिइस्।
12 But do not gloat over your brother in the day of his misfortune; do not rejoice over the people of Judah in the day of their ruin; do not boast loudly in the day of distress. तैँले आफ्नो भाइलाई त्यसको दुर्दशाको समयमा तुच्छ ठान्‍नु हुँदैनथ्यो; यहूदाका मानिसहरूका सर्वनाशको दिनमा रमाउनु हुँदैनथ्यो, र तिनीहरूका सङ्कष्‍टको दिनमा यति धेरै घमण्ड गर्नु हुँदैनथ्यो।
13 Do not enter the gate of my people in the day of their calamity; you of all people, do not gloat over his disaster in the day of his calamity; do not loot his wealth in the day of his calamity. तिनीहरूको विपत्तिको दिनमा मेरा मानिसहरूका ढोकाहरूबाट पसेर तैँले खुशी मनाउनु हुँदैनथ्यो; अनि तिनीहरूको सर्वनाशको दिनमा तिनीहरूको दुर्दशामा तिनीहरूको अवहेलना गर्नु हुँदैनथ्यो, न त तिनीहरूका सर्वनाशको दिनमा तिनीहरूको धनसम्पत्ति खोसेर लैजानुहुन्थ्यो।
14 Do not stand at the crossroads to cut down his fugitives; do not hand over his survivors in the day of distress. तैँले तिनीहरूका भाग्नेहरूलाई काटेर ढाल्न चौबाटोमा ढुकेर बसिरहनु हुँदैनथ्यो, न त तिनीहरूका सङ्कटको दिनमा तिनीहरूका बाँचेकाहरूलाई पक्राइदिनु नै हुन्थ्यो।
15 For the day of our Father is near for all the nations. As you have done, it will be done to you; your deeds will come back on your own head. “याहवेहको दिन सबै राष्ट्रहरूका निम्ति नजिकै आइपुगेको छ। तैँले जस्तो गरेको छस्, तँलाई पनि त्यस्तै गरिनेछ; तैँले गरेको कामको प्रतिफल तेरो आफ्नै शिरमाथि फर्केर आउनेछ।
16 For as you drank on my holy mountain, so all the nations will drink continually; they will drink and swallow and become as though they had never been. जसरी यहूदाका मानिसहरूले मेरो पवित्र पर्वतमा तितो कचौरा पिए, त्यसरी नै सबै राष्ट्रहरूले तितो कचौरा पिइरहनेछन्। तिनीहरूले निरन्तर पिउनेछन्, र पिइरहनेछन्; अनि तिनीहरू कहिल्यै नभएझैँ गरेर लोप हुनेछन्।
17 But on Mount Zion there will be deliverance, and it will be holy, and the house of Jacob will possess their inheritance. तर सियोनको पर्वतमा छुटकारा हुनेछ; यो पवित्र रहनेछ, र याकोबले आफ्नै सम्पत्तिमाथि अधिकार गर्नेछ।
18 The house of Jacob will be a fire and the house of Joseph a flame, and the house of Esau will be stubble; they will burn it and consume it, and there will be no survivor of the house of Esau, for our Father has spoken. याकोबको घराना आगोजस्तै हुनेछ, र योसेफको घराना ज्वालाजस्तै हुनेछ; एसावको घराना डाँठको ठोसाजस्तै हुनेछ; अनि तिनीहरूले यसमा आगो लगाउनेछन्, र यसलाई भस्म पार्नेछन्। एसावको घरानाबाट एउटै पनि जीवित रहनेछैन।” याहवेहले यसो भन्‍नुभएको छ।
19 Those of the Negev will possess the mountain of Esau, and those of the foothills the land of the Philistines; they will possess the land of Ephraim and the land of Samaria, and Benjamin will possess Gilead. दक्षिणका मानिसहरूले एसावका पर्वतहरू कब्जा गर्नेछन्, र पहाडको फेदीमा बसेका मानिसहरूले पलिश्तीहरूका देशलाई अधिकार गर्नेछन्। तिनीहरूले एफ्राइम र सामरियाका भूमिहरू कब्जा गर्नेछन्; अनि बेन्यामीनले गिलादमाथि अधिकार गर्नेछ।
20 The exiles of this army of the people of Israel will possess the land of the Canaanites as far as Zarephath, and the exiles of Jerusalem who are in Sepharad will possess the cities of the Negev. कैदमा रहेका इस्राएली दल, जो कनानमा छन्, तिनीहरूले सारपतसम्मको भूमिमाथि अधिकार गर्नेछन्; यरूशलेमबाट लगिएका निर्वासितहरू, जो सपारादमा छन्, तिनीहरूले दक्षिणका सहरहरूमाथि अधिकार गर्नेछन्।
21 Deliverers will go up to Mount Zion to rule the mountain of Esau, and the kingdom will belong to our Father. छुटकारा दिनेहरू सियोन पर्वतमाथि जानेछन् र एसावका पर्वतहरूमाथि शासन गर्नेछन्। अनि राज्य याहवेहको हुनेछ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]