Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Numbers 30 ONCV

Show ONCV only
Verse × ×
1 Moses told Israel's tribal heads: This is what our Father commanded. मोशाले इस्राएलका कुलका मुखियाहरूलाई भने: “याहवेहले यस्तो आज्ञा दिनुभएको छ:
2 When a man vows a vow to our Father, or swears an oath binding himself with a pledge, he must not break his word; he must do all his mouth has spoken. जब कुनै मानिसले याहवेहसँग भाकल गर्छ, अथवा शपथ खाएर आफैँलाई बन्धनमा पार्छ भने त्यसले आफ्नो वचन तोड्नुहुँदैन। तर त्यसले आफूले बोलेको हरेक वचन जसरी भए तापनि पूरा गर्नैपर्छ।
3 If a woman vows a vow to our Father and binds herself by a pledge while young, living in her father's house, “आफ्नो बुबाको घरमा बसिरहेकी कुनै जवान स्त्रीले याहवेहसँग भाकल गरी, अथवा आफूलाई बन्धनमा बाँधी भने,
4 when her father hears her vow and pledge binding her, and says nothing to her, all her vows and every pledge binding her stand. र त्यो भाकल वा बन्धन सुनेर पनि उसका बुबा चुपचाप लाग्यो भने ती भाकल वा बन्धन कायम रहनेछ।
5 But if her father forbids her the day he hears, none of her vows or bonds she bound herself with will stand; our Father will forgive her, because her father forbade her. तर यदि उसका बुबाले त्यो भाकल सुनेर मनाही गर्‍यो भने उसले गरेको कुनै पनि भाकल अथवा आफूले गरेको बन्धन कायम रहनेछैन। उसका बुबाले उसलाई मनाही गरेका कारण याहवेहले उसलाई क्षमा गरिदिनुहुनेछ।
6 If she marries while under her vows, or under a rash promise she has made, “यदि भाकल गरेपछि उसले विवाह गरी वा सोचविचार नगरी उसका मुखले आफूलाई बन्धनमा पारी भने,
7 and her husband hears of it and stays silent to her on the day he hears, her vows stand, and the bonds she bound herself with stand. र उसको पतिले त्यो कुरा सुनेर उसलाई केही भनेन भने उसका भाकलहरू वा उसले आफूलाई गरेका बन्धनहरू कायम रहनेछन्।
8 But if her husband forbids her the day he hears, he cancels the vow binding her and the rash promise she made; and our Father will forgive her. तर उसका पतिले त्यस विषयमा सुनेर उसलाई मनाही गर्‍यो भने उसले गरेको भाकल अथवा उसले नसोची आफूले गरेको प्रतिज्ञा रद्द हुनेछ। अनि याहवेहले त्यस स्त्रीलाई क्षमा गरिदिनुहुनेछ।
9 But a widow's or divorced woman's vow—everything she bound herself to—stands against her. “विधवा अथवा पतिबाट त्यागिएकी स्त्रीले गरेका भाकल वा प्रतिज्ञा उसले पूरा गर्नैपर्छ।
10 If she vowed in her husband's house, or bound herself by a pledge under oath, “यदि पतिसँग बसिरहेकी स्त्रीले भाकल गरी वा शपथद्वारा आफूलाई बन्धनमा पारी,
11 and her husband heard it, said nothing to her, and did not forbid her—so all her vows stand, and every pledge by which she bound herself stands. अनि उसको पतिले त्यस विषयमा सुन्यो; तर पनि उसलाई केही भनेन; र उसलाई मनाही गरेन भने उसले गरेका सबै भाकलहरू अथवा आफूले गरेका प्रतिज्ञाहरू कायम रहनेछ।
12 But if her husband nullifies them the day he hears, nothing she said—her vows or the pledge binding her—will stand: he has nullified them, and our Father will forgive her. तर यदि उसको पतिले त्यस विषयमा सुनेर त्यस कुरालाई रद्द गर्छ भने त्यस स्त्रीको ओठले गरेको कुनै पनि भाकल वा प्रतिज्ञा पूरा गर्नुपर्दैन। उसको पतिले ती रद्द गरिदिएको छ। अनि याहवेहले पनि उसलाई क्षमा गरिदिनुहुनेछ।
13 Any vow and any binding oath to humble herself, her husband may confirm or nullify it. कुनै पनि स्त्रीले आफूलाई इन्कार गर्नलाई गरेको भाकल वा शपथद्वारा गरिएको प्रतिज्ञालाई उसको पतिले कायम राख्न वा रद्द गर्न सक्नेछ।
14 But if her husband stays silent to her from day to day, he confirms all her vows or obligations binding her; he confirms them, because he stayed silent to her on the day he heard them. तर यदि उसको पतिले उसलाई लामो समयसम्म त्यस विषयमा केही भनेन भने त्यस स्त्रीले आफूलाई बाँधेका सबै भाकलहरू अथवा प्रतिज्ञाहरू त्यसले कायम राख्नेछ। त्यसले ती कुराका विषयमा सुनेर पनि उसलाई केही नभनेको कारण भाकल कायम रहनेछ।
15 But if he nullifies them after he has heard them, then he will bear her guilt. तरै पनि यदि त्यसले केही समयपछि ती कुरा सुनेर कुनै कुरालाई रद्द गर्‍यो भने त्यस स्त्रीको दोषको परिणाम उसको पतिले भोग्नुपर्छ।”
16 These are the rules our Father commanded Moses, between a man and his wife, between a father and his young daughter still in his house. पति-पत्नी बीचको सम्बन्ध र बुबा र बुबाको घरमा बसेकी अविवाहित जवान छोरीबीचको सम्बन्धको बारेमा याहवेहले मोशालाई दिनुभएका नियमहरू यिनै हुन्।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]