Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Numbers 3 ONCV

Show ONCV only
Verse × ×
1 This is the family line of Aaron and Moses, when our Father spoke with Moses on Mount Sinai. याहवेह मोशासँग सीनै पर्वतमा बोल्नुभएको समयमा, मोशा र हारूनका परिवारको विवरण यही हो।
2 These are the names of the sons of Aaron: Nadab the firstborn, then Abihu, Eleazar, and Ithamar. हारूनका चार छोराहरूका नाम: जेठा नादाब र अबीहू, त्यसपछि एलाजार र ईतामार थिए।
3 These are the names of Aaron's sons, the anointed priests whom Moses ordained to serve as priests. पुजारी पदका निम्ति सेवा गर्नलाई अभिषेक गरिएका पुजारी हारूनका छोराहरूका नामहरू यिनै हुन्।
4 Nadab and Abihu died before our Father in the wilderness of Sinai when they offered unauthorized fire before him; they had no children. So Eleazar and Ithamar served as priests before Aaron their father. सीनैको उजाडस्थानमा याहवेहले निषेध गर्नुभएको आगोमा उहाँको अगि भेटी चढाउँदा याहवेहको सामु नादाब र अबीहूको मृत्यु भयो। तिनीहरूका छोराहरू थिएनन्; त्यसकारण एलाजार र ईतामारले आफ्ना बुबा हारूनको जीवनकालभरि पुजारीको रूपमा सेवा गरे।
5 Then our Father said to Moses: याहवेहले मोशालाई भन्‍नुभयो,
6 "Bring the tribe of Levi near and set them before Aaron the priest, to serve him. “लेवीको कुललाई पुजारी हारूनको अगि नियुक्त गर्, र तिनीहरूले उसलाई सहायता गरून्।
7 They are to keep his duties and those of the whole community before the tent of meeting, performing the tabernacle's service. तिनीहरूले भेट हुने पालमा समागम पालको काम गर्दै हारून र सारा समुदायका निम्ति जिम्मेवारी पूरा गर्नेछन्।
8 They are to guard all the tent of meeting's equipment and the Israelites' duty, doing the tabernacle's service. तिनीहरूले भेट हुने पालका सबै सरसामानहरूको रेखदेख गरून्। समागम पालको काम गर्दै इस्राएलीहरूप्रतिको दायित्व पूरा गरून्।
9 Give the Levites to Aaron and his sons; they are given entirely to him from among Israel's people. लेवीका मानिसहरू हारून र उसका छोराहरूलाई सुम्पिदिनू। तिनीहरूले सम्पूर्ण इस्राएलीहरूको तर्फबाट पूर्ण रूपले हारूनलाई सुम्पनुपर्छ।
10 Appoint Aaron and his sons to guard their priesthood; any outsider who comes near must die." हारून र उसका छोराहरूलाई पुजारीको काम गर्नलाई नियुक्त गर्नू; अरू जो कोही पवित्रस्थानको नजिक जान्छ, त्यो मारिनुपर्छ।”
11 Then our Father said to Moses: याहवेहले मोशालाई यो कुरा पनि भन्‍नुभयो,
12 "Look, I have taken the Levites from among the Israelites in place of every firstborn that opens the womb among the Israelites. The Levites are mine. “मैले इस्राएलीहरूबाट हरेक इस्राएली स्त्रीहरूको जेठा छोराहरूको सट्टामा लेवीहरूलाई लिएको छु। लेवीहरू मेरा हुन्;
13 Every firstborn is mine. The day I struck down every firstborn in Egypt, I set apart for myself every firstborn in Israel—both man and animal. They will be mine. I am your Father." किनकि सबै पहिले जन्मनेहरू मेरा हुन्। जब मैले इजिप्टमा सबै जेठाहरूलाई प्रहार गरेँ, तब मैले इस्राएलका चाहे मानिसको होस् या पशुको होस्, पहिले जन्मेकाहरूलाई मेरा निम्ति अलग गरेँ। अनि तिनीहरू मेरा हुन्; म नै याहवेह हुँ।”
14 Then our Father spoke to Moses in the wilderness of Sinai: याहवेहले सीनैको उजाडस्थानमा मोशालाई भन्‍नुभयो,
15 "Count Levi's sons by fathers' houses and clans; count every male a month old and up." “लेवीहरूलाई तिनीहरूका परिवार र वंशअनुसार गन्ती गर्। एक महिना र त्यसभन्दा बढी उमेरका हरेक पुरुषहरूलाई गन्ती गर्।”
16 So Moses counted them at the word of our Father, just as he had been commanded. याहवेहले वचनद्वारा आज्ञा गर्नुभएअनुसार मोशाले तिनीहरूलाई गन्ती गरे।
17 These were the sons of Levi by their names: Gershon, Kohath, and Merari. लेवीका छोराहरूका नामहरू यिनै थिए: गेर्शोन, कहात र मरारी।
18 These are the names of the sons of Gershon by their clans: Libni and Shimei. गेर्शोनको वंशका नामहरू यिनै थिए: लिब्नी र शिमी।
19 The sons of Kohath by their clans: Amram, Izhar, Hebron, and Uzziel. कहातको वंशकाहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।
20 Merari's sons by clan: Mahli and Mushi. These are the Levite clans by fathers' houses. मरारीको वंशकाहरू: महली र मूशी। लेवी वंशबाट तिनीहरूका परिवारअनुसार नामहरू यिनै थिए।
21 From Gershon: the Libnite clan and the Shimeite clan—these are the Gershonite clans. गेर्शोनीबाट लिब्नी र शिमीहरूका वंश; गेर्शोनका वंशहरू यिनै थिए।
22 The number of males counted, a month old or older, was 7,500. एक महिना र त्यसभन्दा बढी उमेरका गन्ती गरिएका सबै पुरुषहरूको संख्या 7,500 थियो।
23 The clans of the Gershonites camped behind the tabernacle on the west. गेर्शोनी वंशकाहरूले पश्‍चिमपट्टि समागम पालको पछिल्तिर छाउनी लगाउनुपर्ने थियो।
24 The leader of the fathers' house of the Gershonites was Eliasaph son of Lael. लाएलको छोरो एल्यासाप गेर्शोनीका परिवारहरूका अगुवा थिए।
25 Gershon's sons at the tent of meeting cared for the tabernacle, the tent, its covering, and the entrance screen of the tent of meeting. गेर्शोनीहरूको जिम्मेवारी, भेट हुने पालमा समागम पाल र पालका आवरणहरू, भेट हुने पालको प्रवेशद्वारमा भएका पर्दाहरूको रेखदेख गर्नेथियो;
26 The courtyard's curtains and its entrance screen, surrounding the tabernacle and altar, and its cords for all its service. चोकका पर्दाहरू, समागम पाल, वेदी र चोकको चारैतिरका प्रवेशद्वारमा भएका पर्दाहरू र डोरीहरू, अर्थात् तिनीहरूमा प्रयोग हुने हरेक कुराहरूका हेरचाह गर्ने जिम्मेवारी थियो।
27 From Kohath came the Amramite clan, the Izharite clan, the Hebronite clan, and the Uzzielite clan; these are the clans of the Kohathites. कहात वंशकाहरू, अम्रामी यिसहारी, हेब्रोनी र उज्जीएलीहरू थिए; यिनीहरू कहाती वंशका थिए।
28 Males a month old and up numbered 8,600, in charge of the sanctuary. एक महिना र त्यसभन्दा बढी उमेरका सबै पुरुषहरूको संख्या 8,600 थियो। कहातीहरू पवित्रस्थानको हेरचाह गर्ने जिम्मेवार व्यक्तिहरू थिए।
29 The clans of the sons of Kohath camped on the south side of the tabernacle. कहाती वंशकाहरूले समागम पालको दक्षिणपट्टि छाउनी लगाउनुपर्ने थियो।
30 The leader of the fathers' house of the Kohathite clans was Elizaphan son of Uzziel. उज्जीएलको छोरो एलीशापान, कहातीका परिवारहरूका अगुवा थिए।
31 They cared for the ark, the table, the lampstand, the altars, the sanctuary vessels used in service, the screen, and all its work. तिनीहरू पवित्रस्थानमा सेवा गर्दा चलाउने सामानहरू; सन्दुक, टेबुल, पानस, वेदीहरू, पर्दा र अरू प्रयोग गरिने हरेक कुराहरूका हेरचाह गर्ने जिम्मेवार व्यक्तिहरू थिए।
32 Eleazar son of Aaron the priest was chief leader of the Levites, in charge of those guarding the sanctuary. लेवीहरूका प्रमुख अगुवा पुजारी हारूनका छोरा एलाजार थिए। तिनी पवित्रस्थानको हेरचाह गर्नेहरूमाथि अगुवा नियुक्त भएका थिए।
33 From Merari: the Mahlite clan and the Mushite clan—these are Merari's clans. मरारीबाट महली र मूशीका वंशहरू थिए; यिनीहरू मरारी वंशका थिए।
34 The number of males counted, a month old or older, was 6,200. एक महिना र त्यसभन्दा बढी उमेरका गन्ती गरिएका सबै पुरुषहरूको संख्या 6,200 थियो।
35 Leader of Merarite clans' ancestral house: Zuriel son of Abihail; they camped on the tabernacle's north side. अबीहेलका छोरा सूरीएल मरारीका परिवारहरूका अगुवा थिए। तिनीहरूले समागम पालको उत्तरपट्टि छाउनी लगाउनुपर्ने थियो।
36 Merari's sons were charged with the tabernacle's frames, crossbars, posts, bases, all its equipment, and all its service, यी मरारीहरू समागम पालका चौकसहरू, त्यसका बारहरू, खाँबाहरू, आधारहरू, त्यसका सबै सरसामानहरू र त्यसमा प्रयोगमा आउने हरेक कुराहरू,
37 as well as the posts of the surrounding courtyard with their bases, pegs, and cords. साथसाथै चोकका चारैतिरका खम्बाहरू, तिनीहरूका आधारहरूसँग पालका किलाहरू र डोरीहरूको हेरचाह गर्न नियुक्त भएका थिए।
38 Camped east of the tabernacle, in front of the tent of meeting toward sunrise, were Moses, Aaron, and his sons, who kept charge of the sanctuary for the Israelites; any outsider who approached was to be put to death. मोशा, हारून र तिनका छोराहरूले चाहिँ समागम पालको पूर्वपट्टि सूर्योदयतिर भेट हुने पालको सामु छाउनी लगाउनुपर्ने थियो। तिनीहरू इस्राएलीहरूको तर्फबाट पवित्रस्थानको हेरचाह गर्ने जिम्मेवार व्यक्तिहरू थिए। पवित्र वासस्थानको नजिक, जो कोही जान्थ्यो, त्यो व्यक्ति मारिनुपर्थ्यो।
39 All the Levites whom Moses and Aaron counted at our Father's command, by their clans, every male a month old and up: 22,000. याहवेहको आज्ञाअनुसार मोशा र हारूनले गन्ती गरेका लेवीहरू, तिनीहरूका वंशअनुसार एक महिना र त्यसभन्दा बढी उमेरका हरेक पुरुषहरूको संख्या 22,000 थियो।
40 Then our Father said to Moses, "Count every firstborn male of Israel a month old or older, and record the number of their names. याहवेहले मोशालाई भन्‍नुभयो, “एक महिना र त्यसभन्दा बढी उमेरका इस्राएलीहरूका सबै पहिले जन्मेका पुरुषहरूलाई गनेर तिनीहरूका नामको सूची बनाऊनू।
41 Take the Levites for me—I am your Father—in place of every firstborn among the people of Israel, and the Levites' livestock in place of every firstborn among Israel's livestock." इस्राएलीहरूका पहिले जन्मेकाहरूको सट्टा लेवीहरूलाई र इस्राएलीहरूका पहिले जन्मेका गाईबस्तुको सट्टा लेवीहरूका गाईबस्तुलाई मेरा निम्ति लिनू; म नै याहवेह हुँ।”
42 So Moses counted every firstborn among the people of Israel, just as our Father had commanded him. यसकारण याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूका सबै जेठा छोराहरूको गन्ती गरे।
43 All firstborn males, a month or older, listed by name: 22,273. एक महिना र त्यसभन्दा बढी उमेरका जेठा पुरुषहरूको नामअनुसार दर्ता गरिएकाहरूको संख्या 22,273 थियो।
44 Then our Father spoke to Moses: याहवेहले मोशालाई यो पनि भन्‍नुभयो,
45 "Take the Levites instead of every firstborn among Israel's people, and the Levites' livestock instead of theirs. The Levites will be mine. I am your Father. “इस्राएलीहरूका सबै जेठाहरूको सट्टामा लेवीहरूलाई र तिनीहरूका गाईबस्तुको सट्टामा लेवीहरूका गाईबस्तुहरूलाई ल्याऊनू। लेवीहरू मेरा होऊन्; म नै याहवेह हुँ।
46 To redeem the 273 firstborn Israelites exceeding the Levites' count. लेवीहरूको संख्याभन्दा बढी भएका 273 जना इस्राएलीहरूका जेठा छोराहरूका छुटकाराका निम्ति,
47 Collect about 2 ounces per person, by sanctuary standard (each measure about half an ounce of silver). प्रत्येक जेठो छोराका निम्ति पाँच शेकेल मूल्य लिनू, अर्थात् पवित्रस्थानको शेकेलबमोजिम बीस गेरा अथवा एक शेकेल बराबर बीस गेरा हुन्छ।
48 Give the money to Aaron and his sons as the redemption price for the extra firstborn sons." अनि थप गरिएका इस्राएलीहरूका छुटकाराको मोलचाहिँ तैँले हारून र त्यसका छोराहरूलाई दिनू।”
49 So Moses collected the redemption money from the firstborn sons who exceeded the number of the Levites; यसकारण मोशाले लेवीहरूद्वारा छुटकारा पाएका इस्राएलीहरूको संख्याभन्दा धेरै भएका जेठाहरूको छुटकाराको मूल्य जम्मा गरे।
50 from Israel's firstborn sons he took 1,365—about 2 ounces, by the sanctuary standard. इस्राएलीहरूका जेठा छोराहरूबाट तिनले पवित्रस्थानको शेकेलबमोजिम 1,365 शेकेल ओजनको चाँदी बटुले।
51 Moses gave the redemption money to Aaron and his sons, by our Father's word, just as our Father commanded Moses. मोशाले याहवेहको वचनअनुसार त्यो छुटकाराको मूल्य तिनलाई आज्ञा गर्नुभएझैँ गरी हारून र तिनका छोराहरूलाई दिए।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]