Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Numbers 20 ONCV

Show ONCV only
Verse × ×
1 In the first month the whole community of Israel entered the Wilderness of Zin; the people stayed at Kadesh. Miriam died there and was buried there. पहिलो महिनामा सारा इस्राएली समुदाय जीनको उजाडस्थानमा आइपुगे; र तिनीहरू कादेशमा बसे। त्यहाँ मिरियमको मृत्यु भयो, र तिनलाई त्यहीँ गाडियो।
2 Now there was no water for the community, so they gathered together against Moses and Aaron. तर त्यहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन। अनि तिनीहरू मोशा र हारूनको विरोधमा भेला भए।
3 The people argued with Moses: "If only we'd died when our brothers died in our Father's presence! यसकारण तिनीहरूले मोशासित झगडा गरेर भने, “हाम्रा दाजुभाइहरू याहवेहको सामु मर्दा बरु हामी पनि मरिहालेका भए असल हुनेथियो!
4 Why bring our Father's assembly into this wilderness to die here, us and our livestock? याहवेहको समुदायलाई तपाईंहरूले उजाडस्थानमा किन ल्याउनुभयो? हामी र हाम्रा गाईबस्तुहरू मरून् भनेर ल्याउनुभएको हो?
5 Why did you bring us up from Egypt to this evil place? No grain, figs, vines, or pomegranates—no water to drink." तपाईंले हामीलाई इजिप्टबाट निकालेर यस डरलाग्दो ठाउँमा किन ल्याउनुभयो? यहाँ न अन्‍न, न नेभारा, न अङ्‌गुर अथवा न त अनार नै छ। अनि पिउनलाई पानी पनि छैन!”
6 Moses and Aaron went from before the assembly to the entrance of the tent of meeting, fell facedown, and the glory of our Father appeared to them. मोशा र हारून त्यस समुदायलाई छोडेर भेट हुने पालको प्रवेशद्वारमा गए, र भुइँसम्मै घोप्टो परे। अनि याहवेहको महिमा तिनीहरूकहाँ देखा पर्‍यो।
7 Our Father said to Moses, याहवेहले मोशालाई भन्‍नुभयो,
8 "Take the staff, gather the community—you and Aaron your brother—and speak to the rock before their eyes; it will give its water. Bring water from the rock for them, and give the community and their livestock drink." “तेरो लहुरो लिएर तँ र तेरा दाजु हारूनले समुदायलाई एकसाथ भेला गराउनू। तिनीहरूको आँखाकै सामु त्यस चट्टानलाई आज्ञा दिनू। तब त्यस चट्टानबाट पानी निस्कनेछ। तैँले समुदायका लागि चट्टानबाट पानी निकाल्नेछस्। अनि तिनीहरू र तिनीहरूका गाईबस्तुहरूले पानी पिउनेछन्।”
9 So Moses took the staff from before our Father, as he had commanded him. यसकारण मोशाले याहवेहको आज्ञाअनुसार उहाँकै सामु लहुरो लिए।
10 Moses and Aaron gathered the assembly in front of the rock. He said, "Listen, you rebels—must we bring water for you out of this rock?" मोशा र हारूनले समुदायलाई चट्टानको सामु भेला गराए; र मोशाले तिनीहरूलाई भने, “अब सुन, ए विद्रोहीहरूहो, हामीले तिमीहरूका निम्ति के यही चट्टानबाट पानी निकाल्नैपर्ने हो त?”
11 Moses raised his hand and struck the rock twice with his staff; water gushed out abundantly, and the community and their livestock drank. तब मोशाले आफ्नो हात उचाले र त्यस चट्टानलाई आफ्नो लहुरोले दुई पटक हिर्काए। तब पानीको मूल फुटेर निस्क्यो। अनि समुदाय र तिनीहरूका गाईबस्तुहरूले पिए।
12 But our Father told Moses and Aaron, "Because you did not trust me enough to honor me as holy before the Israelites, you will not bring this assembly into the land I have given them." तर याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो, “इस्राएलीहरूका दृष्‍टिमा मेरो पवित्रता दर्शाउनलाई तिमीहरूले मलाई पूरा विश्‍वास गरेनौँ। यसकारण यस समुदायलाई मद्वारा दिइएको देशमा तिमीहरूले पुर्‍याउन पाउनेछैनौ।”
13 These are the waters of Meribah, where the children of Israel quarreled with our Father, and he showed himself holy among them. यो मेरीबाको चट्टानबाट निकालिएको पानी थियो, जहाँ इस्राएलीहरूले याहवेहसँग झगडा गरेका थिए। अनि त्यहाँ उहाँले तिनीहरूबीच आफूलाई पवित्र प्रमाणित गर्नुभएको थियो।
14 Moses sent messengers from Kadesh to Edom's king: "Your brother Israel says: You know all the hardship that has found us. मोशाले कादेशबाट एदोमका राजाकहाँ यसो भन्‍नलाई सन्देश वाहकहरू पठाए: “तपाईंका इस्राएली भाइले यसो भन्छन्: हामीमाथि परिआएको सङ्कष्‍ट तपाईं जान्‍नुहुन्छ।
15 Our ancestors went down to Egypt; we lived in Egypt many years, and the Egyptians mistreated us and our ancestors. हाम्रा पितापुर्खाहरू इजिप्टमा गएका थिए। हामी त्यहाँ धेरै वर्षसम्म बस्यौँ। इजिप्टियनहरूले हामी र हाम्रा पितापुर्खाहरूलाई दुर्व्यवहार गरे।
16 So we cried out to our Father; he heard our voice, sent a messenger, and brought us out of Egypt. Now we're at Kadesh, a town on your border's edge. तर जब हामीले याहवेहलाई पुकार गर्‍यौँ, तब उहाँले हाम्रो पुकार सुन्‍नुभयो र एउटा स्वर्गदूत पठाउनुभयो, जसले हामीलाई इजिप्ट देशबाट बाहिर निकालेर ल्याउनुभयो। “अहिले हामी तपाईंको प्रान्तको सिमानामा पर्ने सहर कादेशमा छौँ।
17 Please let us pass through your land. We won't cross field or vineyard, or drink well water. We'll stay on the King's Highway, not turning right or left, until we've passed through your territory." दया गरी हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी कुनै खेत अथवा दाखबारीबाट भएर जानेछैनौँ, वा कुनै पनि कुवाबाट पानी पिउनेछैनौँ। हामी राजाको मूलबाटो भएर जानेछौँ। तपाईंको प्रान्तबाट पार नभएसम्म हामी दाहिने अथवा देब्रे फर्कनेछैनौँ।”
18 Edom said to him, "You will not pass through me, or I'll come out against you with the sword." तर एदोमले जवाफ दिए: “तिमीहरू यहाँबाट भएर जान पाउँदैनौँ। यदि तिमीहरूले त्यसो गर्‍यौ भने हामी तिमीहरूको विरुद्धमा मोर्चा बाँधेर तिमीहरूमाथि तरवारले आक्रमण गर्नेछौँ।”
19 Israel's people told him, "We'll take the highway. If we or our herds drink your water, we'll pay for it. Just let us cross on foot, nothing more." इस्राएलीहरूले जवाफ दिए: “हामी मूलबाटो भएर जानेछौँ। यदि हामी अथवा हाम्रा गाईबस्तुहरूले तपाईंको पानीबाट केही पियौँ भने हामी त्यसको मोल तिर्नेछौँ। हामी केवल पैदल भएर जान चाहन्छौँ—अरू केही पनि होइन।”
20 But he said, "You will not pass through." Edom came against him with great numbers and a strong hand. एदोमीहरूले फेरि जवाफ दिए: “तिमीहरू हाम्रो देश भएर जान पाउँदैनौँ।” तब एदोम तिनीहरूको विरुद्धमा एउटा ठूलो र शक्तिशाली सेना लिएर निस्क्यो।
21 So Edom refused to let Israel pass through his territory, and Israel turned away from him. एदोमले तिनीहरूलाई आफ्नो प्रान्तबाट भएर जान नदिएकोले इस्राएलीहरू तिनीहरूबाट फर्केर अर्को बाटो गए।
22 The whole community of the children of Israel set out from Kadesh and came to Mount Hor. सारा इस्राएली समुदाय कादेशबाट हिँडेर होर पर्वतमा आइपुगे।
23 At Mount Hor, on Edom's border, our Father said to Moses and Aaron, होर पर्वतमा एदोमको सिमानाको छेउमा याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो,
24 "Aaron will be gathered to his people; he will not enter the land I gave the Israelites, because you both rebelled against my command at the waters of Meribah. हारून आफ्ना मानिसहरूकहाँ मिल्नेछ। मैले इस्राएलीहरूलाई दिने देशमा ऊ पस्‍नेछैन। किनकि तिमीहरू दुवैले मेरीबाको पानीमा मेरो आज्ञाको विरुद्धमा काम गरेका थियौ।
25 Take Aaron and Eleazar his son, and bring them up Mount Hor. हारून र त्यसको छोरो एलाजारलाई होर पर्वतसम्म लैजा।
26 Strip Aaron of his garments, dress Eleazar his son in them; Aaron will be gathered to his people and die there." हारूनको पुजारी पोसाकहरू फुकाल् र ती त्यसको छोरो एलाजारलाई लगाइदे। किनकि हारून आफ्ना मानिसहरूसँग मिल्नेछ। त्यहाँ त्यसको मृत्यु हुनेछ।
27 Moses did as our Father commanded, and they went up Mount Hor as the whole community watched. याहवेहले आज्ञा दिनुभएझैँ मोशाले गरे। सारा समुदायको आँखाको सामु तिनीहरू होर पर्वतमा उक्लेर गए।
28 Moses stripped Aaron's garments and dressed his son Eleazar in them. Aaron died there atop the mountain; Moses and Eleazar went down. मोशाले हारूनका पुजारी पोसाकहरू फुकाले। अनि ती तिनको छोरो एलाजारलाई लगाइदिए। तब त्यहीँ पर्वतको टाकुरामा हारूनको मृत्यु भयो। त्यसपछि मोशा र एलाजार पर्वतबाट तल ओर्लेर आए।
29 The whole community saw Aaron had died, and Israel's whole house mourned him thirty days. अनि जब सारा समुदायले हारूनको मृत्युबारे थाहा पाए, तब सम्पूर्ण इस्राएलीहरूले तिनका निम्ति तीस दिनसम्म शोक गरे।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]