Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Numbers 19 ONCV

Show ONCV only
Verse × ×
1 Our Father spoke to Moses and Aaron, saying: याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो:
2 "This is the statute of the law our Father commanded: Tell the Israelites to bring you a red heifer, flawless, with no defect, never yoked. “याहवेहले आज्ञा दिनुभएको व्यवस्थाको नियम यही हो: जुवामा कहिल्यै ननारिएको निष्खोट अथवा दागरहित रातो कोरली तँकहाँ ल्याऊन् भनी इस्राएलीहरूलाई भन्।
3 Give it to Eleazar the priest; it is to be led outside the camp and slaughtered before him. त्यो कोरली पुजारी एलाजारलाई दिनू। त्यसलाई छाउनीबाहिर लगियोस्, र एलाजारको उपस्थितिमा मारियोस्।
4 Eleazar the priest is to dip his finger in its blood and sprinkle it seven times toward the front of the tent of meeting. त्यसपछि पुजारी एलाजारले त्यसबाट केही रगत आफ्नो औँलामा लिएर भेट हुने पालको अगाडि सात चोटि छर्कोस्।
5 The heifer is to be burned as he watches—hide, flesh, blood, and waste together. एलाजारको सामु त्यो कोरली बाछी अर्थात् त्यसको छाला, मासु, रगत र आन्द्राभुँडी जलाइयोस्।
6 The priest must take cedar wood, hyssop, and scarlet yarn, and throw them into the fire burning the heifer. पुजारीले देवदारुका केही काठ, हिसप र रातो ऊन लिएर जलिरहेको कोरलीमाथि फ्याकिदेओस्।
7 The priest must wash his clothes, bathe his body in water, then enter the camp—but remains unclean until evening. त्यसपछि पुजारीले आफ्ना लुगाहरू धोओस्, र आफ्नो शरीर पानीले नुहाओस्। त्यसपछि पुजारी छाउनीभित्र आओस्। तर साँझसम्म भने विधिपूर्वक ऊ अशुद्ध रहनेछ।
8 He who burns it must wash his clothes in water, bathe his body in water, and remain unclean until evening. त्यस कोरलीलाई जलाउने मानिसले पनि आफ्नो लुगा धुनुपर्नेछ, र नुहाउनुपर्नेछ; अनि त्यो पनि साँझसम्म अशुद्ध रहनेछ।
9 "A clean man will gather the heifer's ashes and put them in a clean place outside the camp. Israel's community will keep them for water of cleansing—it removes sin. “तब एक जना शुद्ध मानिसले चाहिँ त्यस कोरलीको खरानी बटुलोस्। त्यसलाई चाहिँ छाउनीबाहिर विधिपूर्वक शुद्ध भएको ठाउँमा राखोस्। त्यो इस्राएली समुदायले शुद्ध पार्ने पानी तयार गर्दा प्रयोग गर्नका निम्ति राखोस्। त्यो पापबाट शुद्धीकरणको निम्ति हो।
10 The one gathering the heifer's ashes must wash his clothes and remain unclean until evening. This is a permanent law for Israelites and the foreigner living among them. कोरलीको खरानी बटुल्ने त्यो मानिसले पनि आफ्नो लुगा धुनुपर्नेछ। अनि त्यो पनि साँझसम्म अशुद्ध रहनेछ। इस्राएलीहरू र तिनीहरूसँग बसोबास गर्ने विदेशीहरू दुवैका निम्ति यो सधैँभरिको लागि एउटा नियम हुनेछ।
11 "Whoever touches the dead body of any person is to be unclean for seven days. “कसैले मानिसको लास छोएको छ भने त्यो मानिस सात दिनसम्म अशुद्ध रहनेछ।
12 He must purify himself with it on days three and seven; then he'll be clean. If he doesn't purify himself on days three and seven, he won't be clean. तिनीहरूले तेस्रो दिन र सातौँ दिनमा आफूलाई पानीले चोख्याऊन्। त्यसपछि तिनीहरू शुद्ध हुनेछन्। तर यदि तिनीहरूले आफूलाई तेस्रो र सातौँ दिनमा पानीले चोख्याएनन् भने तिनीहरू शुद्ध हुनेछैनन्।
13 Anyone who touches a corpse—the body of someone who died—and doesn't purify himself makes the tabernacle of our Father unclean; that person is cut off from Israel. Since the water of purification wasn't sprinkled on him, he stays unclean; his uncleanness remains on him. यदि मरेको मानिसको लास छोएपछि तिनीहरूले आफूलाई चोख्याएनन् भने तिनीहरूले याहवेहको समागम पाललाई अशुद्ध तुल्याउँछन्। तिनीहरूलाई इस्राएली समुदायबाट बहिष्कार गरिनुपर्छ। तिनीहरूमाथि शुद्धीकरणको पानी नछर्किएको कारण तिनीहरू अशुद्ध छन्। तिनीहरूको अशुद्धता तिनीहरूमा नै रहनेछ।
14 "This is the law: when someone dies in a tent, everyone entering it and everyone in it is unclean seven days. “कुनै पनि मानिस पालभित्र मर्‍यो भने यो नियम लागू हुन्छ: त्यस पालभित्र पस्‍ने, र त्यसभित्र हुने जो कोही पनि सात दिनसम्म अशुद्ध हुनेछन्।
15 And every open vessel that has no lid fastened on it is to be unclean. अनि पालभित्रका ढकनीविनाको हरेक खुल्‍ला भाँडो अशुद्ध हुनेछ।
16 "Whoever touches, in an open field, one killed by the sword, one who has died naturally, a human bone, or a grave, becomes unclean seven days. “खुल्‍ला ठाउँमा तरवारद्वारा मारिएको मानिस वा स्वभाविक रूपले मरेको मानिसलाई जसले छुन्छ, अथवा जसले मानिसको हड्डी अथवा चिहानलाई छुन्छ, त्यो मानिस सात दिनसम्म अशुद्ध रहनेछ।
17 "For the unclean person, they are to take ashes from the burned purification offering, put them in a vessel, and add fresh running water. “त्यस अशुद्ध व्यक्तिका निम्ति पापबलि जलाइएको शुद्धीकरणको भेटीबाट केही खरानी एउटा कलशमा हाल्नू। अनि त्यस खरानीमा ताजा पानी खन्याउनू।
18 A clean person is to take hyssop, dip it in the water, and sprinkle it on the tent, on all the vessels, on everyone who was there, and on whoever touched a bone, a slain person, a corpse, or a grave. त्यसपछि विधिपूर्वक शुद्ध भएको मानिसले हिसप लिएर त्यसलाई पानीमा चोपेर पाल र त्यसमा भएका सबै सरसामानहरू, र त्यहाँ भएका सबै मानिसहरूमाथि छर्कनू। मानिसको हड्डी वा चिहान अर्थात् मारिएको मानिसलाई वा स्वभाविक रूपले मरेको मानिसलाई छुने व्यक्तिलाई पनि त्यसले छर्कनू।
19 The clean person is to sprinkle the unclean one on the third and seventh day, purifying him on the seventh day. He must wash his clothes, bathe in water, and be clean by evening. त्यस शुद्ध मानिसले अशुद्ध व्यक्तिहरूलाई तेस्रो र सातौँ दिनमा शुद्ध पानी छर्कोस्। अनि सातौँ दिनमा त्यसले तिनीहरूलाई चोख्याओस्। शुद्ध भइसकेको व्यक्तिले आफ्नो लुगा धुनुपर्छ र पानीले नुहाउनुपर्छ। अनि साँझसम्ममा तिनीहरू शुद्ध हुनेछन्।
20 Anyone unclean who doesn't purify himself must be cut off from the assembly, for he has made our Father's sanctuary unclean; the water of purification wasn't sprinkled on him—he is unclean. तर यदि ती अशुद्ध व्यक्तिहरूले आफूलाई चोख्याउँदैनन् भने तिनीहरूलाई समाजबाट बहिष्कार गरिनुपर्छ। किनभने तिनीहरूले याहवेहको पवित्रस्थानलाई अशुद्ध तुल्याएका छन्। तिनीहरूमाथि शुद्धीकरणको पानी नछर्किएको कारण तिनीहरू अशुद्ध रहन्छन्।
21 This is a lasting statute for them: whoever sprinkles the water of purification must wash his clothes; whoever touches the water of purification is unclean until evening. यो तिनीहरूका निम्ति एउटा सधैँभरिको विधि हो। “शुद्धीकरणको पानी छर्कने मानिसले पनि आफ्ना लुगाहरू धुनुपर्छ। शुद्धीकरणको पानी छुने जोसुकै पनि साँझसम्म अशुद्ध हुनेछ।
22 Whatever the unclean person touches becomes unclean; whoever touches that is unclean until evening." अशुद्ध व्यक्तिले छोएको जुनसुकै कुरा पनि अशुद्ध हुनेछ। त्यसलाई छुने जोसुकै पनि साँझसम्म अशुद्ध हुनेछ।”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]