Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Matthew 22 ONCV

Show ONCV only
Verse × ×
1 Jesus spoke to them again in parables, saying: येशूले फेरि तिनीहरूसित दृष्‍टान्तहरूमा बोल्दै यसो भन्‍नुभयो:
2 "The kingdom of our Father is like a king who prepared a wedding feast for his son. “स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्ना पुत्रका विवाहको लागि एउटा भोज तयार गरे।
3 He sent his servants to summon the invited guests to the wedding feast, but they refused to come. तिनले आफ्ना सेवकहरूलाई भोजमा निम्तो पाएकाहरूलाई बोलाउन पठाए; तर तिनीहरूले आउन अस्वीकार गरे।
4 Again he sent other servants, saying, 'Tell those invited: Look, I have prepared my dinner; my oxen and fattened cattle are killed, everything ready. Come to the wedding feast.' “तब तिनले अझ बढी सेवकहरू पठाए र भने, ‘ती निम्ता गरिएकाहरूलाई मैले मेरो भोज तयार पारेको छु भनी भन: मोटा-मोटा पशुहरू मारेर व्यञ्जन तयार गरिएका छन्; अनि सबै थोक तयार छन्। विवाहको भोजमा आओ।’
5 But they paid no attention and went off, one to his farm, another to his business, “तर ती कसैले पनि ध्यान दिएनन्; अनि एउटा आफ्नो खेततिर र अर्कोचाहिँ आफ्नो व्यापारतिर गइहाले।
6 while the rest seized his servants, mistreated them, and killed them. अरू बाँकी रहेकाहरूले चाहिँ तिनका सेवकहरूलाई पक्रे, दुर्व्यवहार गरे र मारे।
7 The king was enraged, and he sent his troops, destroyed those murderers, and burned their city. राजा अति रिसाए, र तिनले आफ्ना सेनाहरू पठाए, र ती हत्याराहरूलाई नाश पारिदिए, र तिनीहरूका सहरहरू जलाइदिए।
8 Then he told his servants, 'The wedding is ready, but those invited weren't worthy. “तब तिनले आफ्ना सेवकहरूलाई भने, ‘विवाहको भोज त तयार छ, तर ती निम्त्याइएकाहरू आउन योग्यका ठहरिएनन्।
9 Go therefore to the main roads and invite to the wedding feast as many as you find.' यसकारण सडकका कुनाहरूतिर जाओ, र जसलाई भेट्टाउँछौ, त्यसलाई भोजमा आउन निम्तो देओ।’
10 Those servants went out into the roads and gathered everyone they found, bad and good, and the wedding hall filled with guests. यसकारण ती सेवकहरू सडकतिर गए, र के असल के खराब, भेटेजति सबै मानिसहरूलाई जम्मा गरेर ल्याए; अनि विवाहको घर पाहुनाहरूले भरियो।
11 "But when the king came in to see the guests, he saw a man not dressed in wedding clothes. “तर जब राजा ती पाहुनाहरूलाई हेर्न भित्र आए, त्यहाँ तिनले विवाहको वस्त्र नलाएको एक जना मानिसलाई देखे।
12 He asked, 'Friend, how did you get in here without wedding clothes?' He was speechless. तिनले सोधे, ‘ए साथी, तिमी विवाहको वस्त्रविना कसरी भित्र आयौ?’ त्यो मानिस निरुत्तर भयो।
13 Then the king told the servants, 'Tie his hands and feet, and throw him into the outer darkness, where there will be weeping and grinding of teeth.' “तब राजाले कर्मचारीहरूलाई भने, ‘यसका हातखुट्टा बाँधेर बाहिर अँध्यारोमा फ्याँकिदेओ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।’
14 For many are called, but few are chosen." “किनकि बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।”
15 Then the Pharisees went and plotted how to trap him with his own words. त्यसपछि फरिसीहरू बाहिर गइहाले र येशूलाई उहाँकै कुरामा कसरी फसाऔँ भनेर योजना बनाए।
16 They sent their disciples to him, with the Herodians, saying, "Teacher, we know you are truthful and truly teach God's way; you defer to no one, since you don't judge people by rank. तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदीहरूसित उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौँ, र तपाईंले साँचो गरी परमेश्‍वरका मार्ग सिकाउनुहुन्छ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्‍न; किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्‍न।
17 Tell us, then, what you think: Is it lawful to pay taxes to Caesar, or not?" तब हामीलाई तपाईंको विचार भन्‍नुहोस्। सिजरलाई कर तिर्नु उचित छ कि छैन?”
18 But Jesus, knowing their malice, said, "Why are you testing me, you hypocrites? येशूले तिनीहरूका दुष्‍ट अभिप्राय जानेर भन्‍नुभयो, “ए कपटीहरू हो, किन मलाई फसाउने कोसिस गर्दैछौ?
19 Show me the coin used for the tax." And they brought him a denarius. कर तिर्दा प्रयोग गरिने सिक्‍का मलाई देखाओ।” तिनीहरूले उहाँकहाँ एउटा दिनार ल्याए।
20 And he said to them, "Whose image is this, and whose inscription?" अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? र यो छाप कसको हो?”
21 They said, "Caesar's." Then he said to them, "So pay Caesar what belongs to Caesar, and our Father what belongs to our Father." “सिजरको,” तिनीहरूले जवाफ दिए। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जे कुरा सिजरको हो, त्यो सिजरलाई देओ, र जे कुरा परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई देओ।”
22 When they heard it, they were amazed; and they left him and went away. जब तिनीहरूले यो सुने, तिनीहरू छक्‍क परे, र उहाँलाई छोडेर गइहाले।
23 That same day Sadducees came to him, who say there is no resurrection, and they asked him, त्यही दिन पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ एउटा प्रश्न लिएर आए।
24 saying, "Teacher, Moses said: if a man dies childless, his brother must marry the widow and raise offspring for his brother. तिनीहरूले भने, “हे गुरु, मोशाले हामीलाई भनेका थिए, यदि कुनै मानिस बालबच्‍चा नभईकन मर्‍यो भने उसको भाइले त्यस विधवालाई विवाह गरेर उसका लागि बालबच्‍चा जन्माउनुपर्छ।
25 Now there were seven brothers among us. The first married, died, and, childless, left his wife to his brother. अब हाम्रो बीचमा सात भाइहरू थिए। पहिलोले विवाह गर्‍यो, तर ऊ मर्‍यो; अनि उसका बालबच्‍चा नभएकोले उसले आफ्नी पत्नीलाई भाइका निम्ति छोड्नुपर्‍यो।
26 So too the second and the third, down to the seventh. त्यही घटना दोस्रो भाइसित, तेस्रो भाइसित र सातौँसम्म नै घट्यो।
27 Last of all, the woman died. अन्त्यमा त्यो स्त्री पनि मरी।
28 In the resurrection, then, whose wife of the seven will she be? For they all had her." अब पुनरुत्थानमा त्यो स्त्री सात जनामध्ये कसकी पत्नी हुनेछे? किनकि त्यसको विवाह ती सबैसँग भएको थियो।”
29 Jesus answered, "You're mistaken—you know neither the Scriptures nor our Father's power. येशूले जवाफ दिनुभयो, “तिमीहरू धर्मशास्त्र अथवा परमेश्‍वरको शक्तिलाई नजानेकाले भ्रममा परेका छौ।
30 For in the resurrection people neither marry nor are married off, but are like angels in heaven. पुनरुत्थानमा मानिसहरू न विवाह गर्छन्, न त विवाहमा दिइन्छन्: तिनीहरू स्वर्गमा भएका दूतहरूजस्ता हुनेछन्।
31 Now, about the resurrection of the dead, haven't you read what our Father told you: तर मरेकाहरूको पुनरुत्थानको विषयमा परमेश्‍वरले तिमीहरूलाई के भन्‍नुभएको छ, के तिमीहरूले पढेका छैनौ?
32 'I'm the God of Abraham, of Isaac, and of Jacob'? He's not God of the dead, but of the living." ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर, र याकोबका परमेश्‍वर हुँ।’ उहाँ मरेकाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ।”
33 And when the crowds heard it, they were astonished at his teaching. जब भीडहरूले यो सुने, तिनीहरू उहाँका शिक्षामा छक्‍क परे।
34 But when the Pharisees heard that he had silenced the Sadducees, they gathered together. येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्‍ने सुनेर फरिसीहरू एकसाथ भेला भए।
35 And one of them, an expert in the Law, asked him a question to test him: तीमध्ये एक जना व्यवस्थाका विशेषज्ञले यो प्रश्न गरेर उहाँलाई जाँच गरे:
36 "Teacher, which is the great commandment in the Law?" “हे गुरु, व्यवस्थामा सबैभन्दा महान् आज्ञा कुनचाहिँ हो?”
37 He said to him, "Love your Father with all your heart, with all your soul, and with all your mind. येशूले जवाफ दिनुभयो: “ ‘परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, र सम्पूर्ण मनले प्रेम गर।’
38 This is the great and first commandment. यही नै पहिलो र सबैभन्दा महान् आज्ञा हो।
39 And a second is like it: You will love your neighbor as yourself. अनि दोस्रो पनि उत्तिकै महत्त्वपूर्ण छ: ‘तिमीहरूले आफ्ना छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर।’
40 On these two commandments depend all the Law and the Prophets." सबै व्यवस्था र अगमवक्ताहरू यी दुई आज्ञाहरूमा नै आधारित छन्।”
41 Now while the Pharisees were gathered together, Jesus asked them, फरिसीहरू एकसाथ भेला भएका बेलामा येशूले तिनीहरूलाई सोध्नुभयो,
42 "What do you think about the Christ? Whose son is he?" They said to him, "David's." “तिमीहरू ख्रीष्‍टको विषयमा के विचार गर्छौ? उनी कसका पुत्र हुन्?” तिनीहरूले जवाफ दिए, “दावीदका पुत्र।”
43 He asked them, "How then does David, by the Holy Spirit, call him Lord, saying, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए दावीदले आत्माद्वारा बोल्दैगर्दा उहाँलाई कसरी ‘प्रभु’ भने? किनकि तिनी भन्छन्,
44 'Our Father said to my Lord, "Sit at my right hand, until I put your enemies under your feet"'? “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा पाउमुनि राख्दिनँ, तबसम्म तिमी मेरा दाहिने हातपट्टि बस।” ’
45 If then David calls the Christ Lord, how can the Christ be David's son?" यदि दावीदले उहाँलाई ‘प्रभु’ भन्छन् भने कसरी उहाँ तिनका पुत्र हुन सक्छन्?”
46 No one could answer him a word, and from that day no one dared ask him anything else. यसको जवाफमा कसैले एक शब्द पनि भन्‍न सकेन। त्यस दिनदेखि कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेन।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]