Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Mark 7 ONCV

Show ONCV only
Verse × ×
1 The Pharisees and some of the scribes who had come from Jerusalem gathered around Jesus, एक दिन यरूशलेमबाट आएका फरिसी र व्यवस्थाका केही शिक्षकहरू येशूका चारैतिर भेला भए।
2 and they saw that some of his disciples were eating bread with unclean hands—that is, unwashed. अनि उहाँका केही चेलाहरूले अशुद्ध हात, अर्थात् हात नधोई भोजन गरिरहेका देखे।
3 (For the Pharisees and all the Jews don't eat unless they wash their hands ceremonially, keeping the elders' tradition. (फरिसीहरू र सारा यहूदीहरू पुर्खाहरूका परम्पराको विधिअनुसार हात नधोई भोजन गर्दैनन्।
4 When they come from the market, they don't eat without washing. They also hold to many other traditions they've received—washing cups, pitchers, and copper vessels.). जब तिनीहरू बजारबाट आउँछन्, तिनीहरू स्‍नान नगरी खाँदैनन्। अनि तिनीहरू कचौरा, जग, कित्लीहरू पखाल्नेजस्ता अरू धेरै किसिमका परम्परा मान्दछन्।)
5 Then the Pharisees and scribes asked him, "Why don't your disciples follow the elders' tradition, but eat bread with unclean hands?" यसकारण फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन पुर्खाहरूको परम्पराअनुसार चल्दैनन्, तर अशुद्ध हातले भोजन खान्छन्?”
6 He replied, "Isaiah prophesied truly about you hypocrites, as written: 'These people honor me with their lips, but their heart is far from me.' उहाँले जवाफ दिनुभयो, “तिमी कपटीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठिकै भनेका थिए; जस्तो लेखिएको छ: “ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय मदेखि टाढा छ।
7 'They worship me in vain, teaching as doctrines the commandments of men.' तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्, तिनीहरूको शिक्षा मानवीय नियम मात्र हुन्।’
8 You abandon the commandment of our Father and hold to the tradition of men." तिमीहरू परमेश्‍वरका आज्ञाहरू त्यागेर मानिसहरूको परम्परामा लागिरहन्छौ।”
9 He said to them, "You do a fine job setting aside our Father's commandment to keep your own tradition!" अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूसित आफ्नै परम्पराको निम्ति परमेश्‍वरका आज्ञाहरू पन्छाउने चतुर उपाय छ!
10 For Moses said, 'Honor your father and your mother,' and 'Whoever curses father or mother must be executed.' किनकि मोशाले भने, ‘आफ्ना बुबाआमालाई आदर गर,’ अनि, ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’
11 "But you say: if anyone tells his father or mother, 'Whatever you'd have gained from me is Corban' (a gift devoted to our Father), तर तिमीहरू भन्दछौ, कुनै मानिसले आफ्ना बुबा वा आमालाई ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो कुर्बान हो’ अर्थात् परमेश्‍वरलाई चढाइसकिएको भेटी भन्यो भने,
12 then you no longer let him do anything for his father or mother. तिमीहरू त्यसलाई आफ्ना बुबा वा आमाका लागि केही गर्न दिँदैनौ।
13 So you cancel the word of our Father with your handed-down tradition. You do many things like this." यसरी तिमीहरूले चलिआएको आफ्ना परम्पराद्वारा परमेश्‍वरको वचनलाई व्यर्थको तुल्याउँछौ। तिमीहरूले यस्ता धेरै कुराहरू गर्दछौ।”
14 He called the crowd again and said to them, "Listen to me, all of you, and understand: येशूले भीडलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “तिमीहरू हरेकले मेरो कुरा सुन, र त्यसलाई बुझ।
15 Nothing outside a person entering him can make him unclean; rather, what comes out of a person is what makes him unclean." मानिसको बाहिरबाट कुनै पनि कुरा ऊभित्र पसेमा उसलाई अशुद्ध बनाउन सक्दैन। बरु उसको हृदयबाट जे बाहिर निस्कँदछन्, ती कुराहरूले चाहिँ उसलाई अशुद्ध बनाउँदछन्।
16 Not in this edition जसको सुन्‍ने कान छ, त्यसले सुनोस् र बुझोस्।”
17 When he had left the crowd and entered the house, his disciples asked him about the parable. उहाँ भीडलाई छोडेर घरभित्र पस्‍नुभयो, तब उहाँका चेलाहरूले उहाँलाई त्यस दृष्‍टान्तको विषयमा सोधे।
18 He said to them, "Are you also this dull? Don't you understand nothing entering a person from outside can make him unclean, उहाँले सोध्नुभयो, “के तिमीहरू यतिका अबुझ छौ? बाहिरबाट मानिसभित्र पसेको कुनै कुराले पनि उसलाई अशुद्ध बनाउन सक्दैन भनी तिमीहरू जान्दैनौ?
19 since it doesn't enter his heart but his stomach, and then goes out into the sewer?" (Saying this, he declared all foods clean.). किनकि त्यो त उसको हृदयमा होइन, तर पेटमा पस्छ, र शरीरबाट बाहिर निस्कन्छ।” त्यसो भनेर येशूले सबै भोजन शुद्ध छन् भनी घोषणा गर्नुभयो।
20 He said, "What comes out of a person—that makes him unclean. उहाँले अझ भन्‍नुभयो: “मानिसबाट जे बाहिर निस्कन्छ, त्यसले उसलाई ‘अशुद्ध’ बनाउँछ।
21 For from within, out of the human heart, come evil thoughts—sexual sin, theft, murder, किनकि मानिसको हृदयबाट दुष्‍ट विचारहरू आउँछन्; अनैतिकता, चोरी, हत्या,
22 adultery, greed, malice, deceit, sensuality, envy, slander, pride, and foolishness. व्यभिचार, लोभ, ईर्ष्या, छल, कामुकता, डाह, निन्दा, घमण्ड र मूर्खता।
23 All these evils come from inside and make a person unclean." यी सबै दुष्‍ट कुराहरू भित्रबाट नै निस्कन्छन्, र मानिसलाई अशुद्ध बनाउँछन्।”
24 Jesus left there for the region of Tyre. He entered a house, wanting no one to know, but couldn't stay hidden. येशू त्यो ठाउँ छोडेर टायरका छेउछाउका इलाकाहरूतिर जानुभयो। उहाँ एउटा घरमा पस्‍नुभयो, र यो कुरा कसैलाई थाहा नभएको चाहनुहुन्थ्यो; तरै पनि उहाँले आफ्नो उपस्थिति गुप्‍त राख्न सक्नुभएन।
25 Instead, a woman whose little daughter had an unclean spirit heard about him at once, came, and fell at his feet. वास्तवमा अशुद्ध आत्माले सताएकी एउटी केटीकी आमा येशूको विषयमा सुन्‍नसाथ आइन्, र उहाँको पाउमा परिन्।
26 The woman was Greek, Syrophoenician by birth. She kept asking him to drive the demon out of her daughter. ती स्त्री सिरियाको फोनिकेमा जन्मेकी ग्रीक थिइन्। तिनले येशूलाई आफ्नी छोरीबाट भूत निकालिदिन बिन्ती गरिन्।
27 He told her, "Let the children eat first, for it's not right to take their bread and toss it to the dogs." उहाँले तिनलाई भन्‍नुभयो, “पहिला बालबच्‍चालाई पेटभरि खान देऊ; किनकि तिनीहरूको रोटी लगेर कुकुरहरूलाई फालिदिनु उचित होइन।”
28 But she replied to him, "Sir, even the dogs under the table eat the children's crumbs." तिनले जवाफ दिइन्, “हो प्रभु, तर कुकुरहरूले पनि त टेबुलमुनि बालबच्‍चाले खसालेका टुक्राहरू खान्छन्।”
29 He said to her, "Because of this answer, go—the demon has left your daughter." तब उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले यस्तो जवाफ दिएको हुनाले तिमी घरमा जाऊ; तिम्री छोरीलाई भूतले छोडिसकेको छ।”
30 And she went home and found the child lying on the bed, and the demon gone. तिनी घर फर्केर गइन्, र आफ्नी छोरीलाई ओछ्यानमा ढल्किएकी र भूत निस्किसकेको भेट्टाइन्।
31 Then Jesus left the territory of Tyre, went through Sidon to the Sea of Galilee, into the region of the Decapolis. तब येशू टायर वरपरको ठाउँ छोडेर सीदोन हुँदै गालीलको समुद्र र डेकापोलिसको क्षेत्रतिर जानुभयो।
32 They brought him a deaf man who could hardly speak, begging him to lay his hand on him. त्यहाँ केही मानिसहरूले एक जना बहिरो र लाटो मानिसलाई उहाँकहाँ ल्याए। अनि त्यसमाथि हात राखिदेऊन् भनी येशूलाई बिन्ती गरे।
33 Jesus took him aside privately, away from the crowd, put his fingers in the man's ears, spit, and touched his tongue. येशूले त्यस मानिसलाई भीडबाट अलग्गै एकातिर लग्नुभयो र आफ्ना औँलाहरू त्यस मानिसका कानहरूमा हाल्नुभयो। तब उहाँले थुकेर त्यस मानिसको जिब्रो छुनुभयो।
34 Then, looking up to heaven, he sighed deeply and said to him, "Ephphatha!" (that is, "Be opened!"). उहाँले स्वर्गतिर हेरेर लामो सास लिएर त्यसलाई भन्‍नुभयो, “एफाता!” (जसको अर्थ हो, “खोलिजा!”)
35 And immediately his ears were opened, his tongue was released, and he began to speak plainly. तुरुन्तै त्यस मानिसका कानहरू खोलिए; त्यसको जिब्रो चल्यो र त्यो स्पष्‍ट गरी बोल्न थाल्यो।
36 Jesus ordered them to tell no one; but the more he ordered, the more they proclaimed it. येशूले तिनीहरूलाई यो कसैलाई नभन्‍नू भनी आज्ञा दिनुभयो; तर उहाँले जति यसो भन्‍नुभयो, तिनीहरूले झन् धेरै यसबारे भनिरहे।
37 They were completely amazed: "He has done everything well—he makes the deaf hear and the mute speak." मानिसहरू आश्‍चर्यचकित भएर तिनीहरूले भने, “उहाँले हरेक कुरा असल गर्नुभएको छ! उहाँले बहिरोलाई सुन्‍न सक्ने र लाटोलाई बोल्न सक्ने बनाउनुहुन्छ।”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]