Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Leviticus 10 ONCV

Show ONCV only
Verse × ×
1 Nadab and Abihu, Aaron's sons, each took his censer, put fire in it, added incense, and offered unauthorized fire before our Father, which he had not commanded them. हारूनका छोराहरू नादाब र अबीहूले धुपौरो लिएर त्यसमा आगो हाले, र त्यसमाथि धूप थपे। यसरी तिनीहरूले याहवेहको आज्ञा विपरीत अनाधिकृत आगो याहवेहको सामु चढाए।
2 Fire came out from our Father's presence and consumed them, and they died before our Father. यसकारण याहवेहको उपस्थितिबाट आगो निस्केर आयो र तिनीहरूलाई भस्म पार्‍यो। अनि तिनीहरू याहवेहको सामु मरे।
3 Moses said to Aaron, "This is what our Father spoke: 'Among those near me I will show myself holy, and before all the people I will be honored.'" Aaron was silent. तब मोशाले हारूनलाई भने, “याहवेहले भन्‍नुभएको कुरा यही हो: “ ‘मेरो नजिक आउनेहरूमा म आफूलाई पवित्र देखाउनेछु; अनि सबै मानिसहरूका सामु म सम्मानित हुनेछु।’ ” हारून चुपचाप बसे।
4 Moses called Mishael and Elzaphan, sons of Uzziel, Aaron's uncle, and said to them, "Come near, carry your brothers from in front of the sanctuary, outside the camp." मोशाले हारूनका काका उज्जीएलका छोराहरू मिशाएल र एलसाफानलाई बोलाइपठाए, र तिनीहरूलाई भने, “यहाँ आओ! तिमीहरूका भाइहरूलाई बोकेर छाउनीबाहिर पवित्रस्थानको सामुबाट टाढा लैजाओ।”
5 They came near and carried them still in their tunics out of the camp, as Moses had said. यसकारण तिनीहरू आए। तिनीहरूलाई लबेदा लगाएकै अवस्थामा मोशाले हुकुम गरेझैँ छाउनीबाहिर बोकेर लगे।
6 Moses said to Aaron and his sons Eleazar and Ithamar, "Don't let your hair hang loose or tear your clothes, or you will die and wrath will come on the whole community. But your relatives, the whole house of Israel, may weep for the burning our Father kindled. त्यसपछि मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई भने, “तिमीहरूका केश खुल्‍ला नछोड्नू र आफ्ना लुगा नच्यात्नू; नत्रता तिमीहरू मर्नेछौ। अनि याहवेह सारा समुदायमाथि रिसाउनुहुनेछ। तर तिमीहरूका आफन्तहरू, इस्राएलका सारा घरानाले याहवेहले आगोद्वारा नष्‍ट गर्नुभएकाहरूका निम्ति विलाप गरून्।
7 Don't leave the Tent of Meeting entrance, or you'll die—our Father's anointing oil is on you." They did as Moses said. समागम पालको प्रवेशद्वारबाट कतै नजानू, नत्रता तिमीहरू मर्नेछौ। किनकि याहवेहको अभिषेकको तेल तिमीहरूमाथि छ।” यसकारण तिनीहरूले मोशाले आदेश गरेझैँ गरे।
8 Our Father spoke to Aaron, saying, त्यसपछि याहवेहले हारूनलाई भन्‍नुभयो,
9 "You and your sons must not drink wine or strong drink when you enter the tent of meeting, or you will die. This is a lasting statute for your generations, “तँ र तेरा छोराहरूले समागम पालभित्र पस्दा मद्य अथवा मातिने चीज मिसाएको कुरा नपिउनू; नत्रता तिमीहरू मर्नेछौ। यो भावी पुस्तासम्मका लागि सदा रहिरहने विधि हो।
10 to distinguish holy from common, and unclean from clean, तिमीहरूले पवित्र र अपवित्र, अशुद्ध र शुद्धको बीचमा भिन्‍नता राख्न सक।
11 and so you can teach the people of Israel all the statutes I told them through Moses." अनि याहवेहले मोशाद्वारा दिनुभएका सबै आदेशहरू तैँले इस्राएलीहरूलाई सिकाउनुपर्छ।”
12 Moses told Aaron and his surviving sons, Eleazar and Ithamar: "Take the grain offering left from the fire offerings to our Father, and eat it without yeast beside the altar—it is most holy. मोशाले हारून र तिनका बाँकी रहेका छोराहरू, एलाजार र ईतामारलाई भने, “याहवेहका निम्ति आगोद्वारा चढाइएको अन्‍नबलिबाट उब्रेको भाग, जो खमिरविनाको छ, यसलाई लिएर वेदीको छेउमा खानू; किनकि यो अति पवित्र छ।
13 Eat it in a holy place—it is your portion and your sons' portion from the fire offerings to our Father, for that is what I was commanded. यसलाई एउटा पवित्रस्थानमा खानू; किनकि यो याहवेहलाई आगोद्वारा चढाइएको भेटी तिमीहरू र तिमीहरूका छोराहरूको भाग हो; किनकि मलाई यस्तै आज्ञा भएको छ।
14 But you, your sons, and your daughters may eat the waved breast and the raised thigh in a clean place; they are given as your portion and your sons' portion from Israel's peace offerings. तर तिमीहरू र तिमीहरूका छोराछोरीहरूले विशेष भेटीको रूपमा उचालिएको र अर्पण गरिएको ह्‍याकुला र चढाइएको फिला खान सक्छौ। यिनलाई विधिपूर्वक शुद्ध पारिएको ठाउँमा खानू। तिमीहरू र तिमीहरूका सन्तानलाई इस्राएलीहरूका मेलबलिहरूबाट तिमीहरूका भागको रूपमा दिइएको हो।
15 They must bring the raised thigh and the waved breast, with the fat offerings burned by fire, waving them as a wave offering before our Father; they are yours and your sons' as a lasting portion, as our Father commanded." चढाइएको फिला र विशेष भेटीको रूपमा उचालिएको र अर्पण गरिएको ह्‍याकुला भेटीस्वरूप याहवेहको सामु आगोद्वारा चढाइएको बोसोको भागसित ल्याउनुपर्छ। याहवेहले आज्ञा गर्नुभएझैँ यी कुराहरू तिमीहरू र तिमीहरूका सन्तानको नियमित भाग हुनेछ।”
16 Moses carefully inquired about the sin offering's goat and found it burned up. He was angry with Eleazar and Ithamar, Aaron's remaining sons, and said, जब मोशाले पाप शुद्धीकरण बलिको बोकाको विषयमा सोधखोज गरे, र त्यसलाई जलाइसकेको थाहा पाए, तब हारूनका बाँकी रहेका छोराहरू एलाजार र ईतामारसित तिनी रिसाएर सोधे,
17 "Why didn't you eat the sin offering in the place of the sanctuary? Since it is most holy, our Father gave it to you to remove the congregation's guilt and make atonement for them before our Father. “तिमीहरूले पाप शुद्धीकरण बलिलाई पवित्रस्थानमा किन खाएनौ? यो अति पवित्र हो। यो तिमीहरूलाई याहवेहको सामु समुदायका निम्ति प्रायश्‍चित गरेर तिनीहरूको दोष हटाउनका निम्ति दिइएको थियो।
18 Since its blood wasn't brought into the sanctuary, you should have eaten it in the sanctuary, as I commanded." त्यसको रगत पवित्रस्थानभित्र नलगिएको कारण मैले तिमीहरूलाई आज्ञा दिएझैँ तिमीहरूले त्यस बोकालाई पवित्रस्थानमा खानुपर्थ्यो।”
19 Aaron said to Moses, "Look, today my sons offered their sin offering and their burnt offering before our Father, and yet all this happened to me. Had I eaten the sin offering today, would it have pleased our Father?" हारूनले मोशालाई जवाफ दिए, “आज तिनीहरूले आफ्ना पाप शुद्धीकरण बलि र होमबलि याहवेहको सामु चढाए। तर यस्ता कुराहरू ममाथि आइपरे। मैले आज त्यो पाप शुद्धीकरण बलि खाएको भए के याहवेह मसित प्रसन्‍न हुनुहुनेथियो?”
20 When Moses heard that, he was satisfied. तब मोशाले यो कुरा सुनेपछि सन्तुष्‍ट भए।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]