Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

John 10 ONCV

Show ONCV only
Verse × ×
1 "Truly, truly, I tell you: whoever doesn't enter the sheepfold through the gate, but climbs in another way, is a thief and a robber. “म तिमीहरूलाई साँच्‍चै भन्दछु, जुन मानिस भेडागोठको ढोकाबाट भित्र पस्दैन, तर कुनै अर्कै ठाउँबाट चढेर पस्छ, त्यही नै चोर र डाँकु हो।
2 But the one who enters by the gate is the shepherd of the sheep. तर ढोकाबाट भित्र पस्‍ने मानिसचाहिँ आफ्नो भेडाको गोठालो हो।
3 The gatekeeper opens for him, and the sheep hear his voice. He calls his own sheep by name and leads them out. गोठ कुर्नेले उसका निम्ति ढोका खोलिदिन्छ, र भेडाहरूले उसको सोर सुन्छन्। उसले आफ्ना भेडाहरूलाई नाम काढि-काढि बोलाउँछ र तिनीहरूलाई बाहिर लैजान्छ।
4 After bringing all his own out, he goes ahead of them, and the sheep follow him because they know his voice. उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालिसकेपछि, ऊ तिनीहरूका अगि-अगि हिँड्छ, र भेडाहरूले उसलाई पछ्याउँछन्। किनकि तिनीहरूले उसको सोर चिन्छन्।
5 They will never follow a stranger—they'll run from him, since they don't know the voice of strangers." तर तिनीहरूले नचिनेको व्यक्तिलाई कहिल्यै पछ्याउँदैनन्; बरु त्यसदेखि भाग्छन्। किनकि तिनीहरूले नचिनेको व्यक्तिको सोर चिन्दैनन्।”
6 Jesus told them this figure of speech, but they didn't grasp what he meant. येशूले यो दृष्‍टान्तको प्रयोग गर्नुभयो, तर उहाँले तिनीहरूलाई भन्‍नुभएको कुरा के थियो, सो तिनीहरूले बुझेनन्।
7 So Jesus said again, "Truly, truly, I tell you, I am the gate for the sheep. त्यसकारण येशूले फेरि भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, भेडाहरूको ढोका म नै हुँ।
8 "All who came before me are thieves and robbers, but the sheep did not listen to them. मभन्दा अगि आउनेहरू सबै चोर र डाँकुहरू थिए, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्।
9 I am the gate; whoever enters through me will be saved, going in and out, finding pasture. ढोका म नै हुँ, जो मद्वारा भित्र पस्छ, उसले मुक्ति पाउनेछ; भित्र र बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ।
10 The thief comes only to steal, kill, and destroy. I came so they may have life, and have it in abundance. चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भनेर आएँ।
11 "I am the good shepherd. The good shepherd lays down his life for the sheep. “असल गोठालो म नै हुँ। असल गोठालाले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ।
12 The hired hand, not a shepherd, doesn't own the sheep. Seeing the wolf coming, he leaves the sheep and flees—the wolf snatches and scatters them. भाडाको मान्छे भेडाहरूको आफ्नै होइनन्। त्यसकारण जब त्यसले ब्वाँसो आउँदैगरेको देख्छ, तब त्यसले भेडाहरूलाई छोड्छ, र भाग्छ। त्यसपछि ब्वाँसोले बगाललाई आक्रमण गर्छ र तितरबितर पारिदिन्छ।
13 The man runs away because he is a hired hand and cares nothing for the sheep. त्यो मानिसचाहिँ भाग्छ; किनकि त्यो त भाडाको मानिस हो, त्यसले भेडाहरूका लागि केही वास्ता गर्दैन।
14 "I am the good shepherd. I know my own and my own know me, “असल गोठालो म नै हुँ; म आफ्ना भेडाहरूलाई चिन्छु र मेरा भेडाहरूले मलाई चिन्छन्।
15 as the Father knows me and I know the Father, and I lay down my life for the sheep. जसरी पिताले मलाई चिन्‍नुहुन्छ, र म पितालाई चिन्छु, र म मेरो प्राण आफ्ना भेडाहरूका लागि अर्पण गर्छु।
16 I have other sheep not of this fold; I must lead them too, and they will hear my voice. They will become one flock, one shepherd. मेरा अरू पनि भेडाहरू छन्, जो यस गोठका होइनन्। मैले तिनीहरूलाई पनि ल्याउनु परेको छ। तिनीहरूले पनि मेरो सोर सुन्‍नेछन्; र एउटै बगाल र एउटै गोठालो हुनेछ।
17 This is why the Father loves me: I lay down my life only to take it up again. मेरा पिताले मलाई प्रेम गर्नुहुने कारण यही हो, म आफ्नो प्राण, यसलाई फेरि फिर्ता लिनका लागि अर्पण गर्दछु।
18 No one takes it from me, but I lay it down on my own. I have authority to lay it down, and authority to take it up again. This charge I received from my Father." मेरो प्राण मबाट कसैले लिन सक्दैन, तर म स्वेच्छाले यो अर्पण गर्दछु। मसँग अर्पण गर्ने यो अधिकार पनि छ; यसलाई फेरि लिने अधिकार पनि छ। किनकि यो आज्ञा मैले मेरा पिताबाट प्राप्‍त गरेको हुँ।”
19 These words brought division among the Jews once again. यी वचनहरूका कारण यहूदी समूहहरूको बीचमा फेरि फाटो आयो।
20 Many of them said, "He is demon-possessed and out of his mind. Why listen to him?" तिनीहरूमध्ये धेरैले यसो भने, “यसलाई भूत लागेको छ, र यो बहुलाएको छ; यसका कुरा किन सुन्छौ?”
21 But others said, "These aren't a demon-possessed man's words. Can a demon open blind eyes?" तर अरूहरूले भने, “यी वचनहरू भूत लागेको मानिसका होइनन्। के कुनै भूतले दृष्‍टिविहीनका आँखा खोलिदिन सक्छ र?”
22 Then came the Feast of Dedication at Jerusalem. It was winter, यरूशलेममा मन्दिर समर्पणको चाड आयो। यो हिउँदको समय थियो।
23 and Jesus was walking in the temple, in Solomon's Colonnade. अनि येशू मन्दिरको क्षेत्रभित्र हुनुहुन्थ्यो, र सोलोमनको दलानमा हिँड्दैहुनुहुन्थ्यो।
24 The Jews surrounded him and said, "How long will you hold us in suspense? If you are the Christ, tell us plainly." केही यहूदीहरू उहाँका वरिपरि भेला भएर सोधे, “हामीलाई तपाईंले कहिलेसम्म दोधारमा राख्नुहुन्छ? यदि तपाईं नै ख्रीष्‍ट हुनुहुन्छ भने हामीलाई स्पष्‍ट भनिदिनुहोस्।”
25 Jesus answered, "I told you, and you don't believe. The works I do in my Father's name testify about me, येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिसकेको छु, तर तिमीहरू विश्‍वास गर्दैनौ। मैले मेरा पिताको नाममा गरेका अचम्मका कामहरूले मेरो विषयमा नै गवाही दिन्छन्।
26 but you do not believe, because you are not my sheep. तर तिमीहरूले विश्‍वास गर्दैनौ; किनकि तिमीहरू मेरा बगालका भेडाहरू होइनौ।
27 My sheep listen to my voice; I know them, and they follow me. मेरा भेडाहरूले मेरो सोर सुन्छन्, म तिनीहरूलाई चिन्छु; र तिनीहरूले मलाई पछ्याउँछन्।
28 I give them eternal life, and they will never perish, and no one will snatch them from my hand. म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै पनि नाश हुनेछैनन्।
29 My Father, who gave them to me, is greater than all; no one can snatch them out of the Father's hand. मेरा पिता जसले ती सबै मलाई दिनुभयो; उहाँ सबैभन्दा महान् हुनुहुन्छ। मेरा पिताको हातबाट तिनीहरूलाई कसैले पनि खोसेर लैजान सक्दैन।
30 I and the Father are one." म र मेरा पिता एक हौँ।”
31 Again the Jews picked up stones to stone him. यहूदीहरूले फेरि उहाँलाई हान्‍नलाई ढुङ्गाहरू टिपे।
32 Jesus replied, "I have shown you many good works from the Father. For which of these are you going to stone me?" तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै ठूला अचम्मका कामहरू देखाएँ। तीमध्ये कुन कामको कारणले मलाई ढुङ्गाले हान्छौ?”
33 "We're stoning you not for good work," they said, "but for blasphemy, because you, a mere man, claim to be God." ती यहूदीहरूले जवाफ दिए, “तीमध्ये कुनै पनि कामको कारणले हामी तिमीलाई ढुङ्गाले हान्दैनौँ, तर परमेश्‍वरको निन्दा गरेको कारणले, किनकि तिमी एउटा मानिस भएर पनि आफैँलाई परमेश्‍वर हुँ भनी दाबी गर्छौ।”
34 Jesus answered them, "Is it not written in your Law: 'I have said you are gods'? येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरूका व्यवस्थामा ‘तिमीहरू देवहरू हौ भनी मैले भनेको छु’ भनी लेखिएको छैन?
35 If he called them 'gods,' to whom the word of my Father came—and Scripture cannot be broken, त्यसकारण यदि जसकहाँ परमेश्‍वरको वचन आयो, तिनीहरूलाई त ‘देवहरू’ भनिन्छ, र धर्मशास्त्र भङ्ग हुन सक्दैन भने,
36 what about the one the Father set apart and sent into the world? Why accuse me of blasphemy for saying, 'I am the Son of our Father'? पिताले उहाँको आफ्नैलाई झैँ पवित्र र अलग गरी संसारमा पठाउनुभएको व्यक्तिका विषयमा चाहिँ के भन्‍ने त? त्यसो हो भने मैले ‘म परमेश्‍वरको पुत्र हुँ’ भनेकोमा मलाई किन परमेश्‍वरको निन्दाको दोष दिन्छौ?
37 "If I am not doing the works of my Father, then do not believe me. मेरा पिताले जे गर्नहुन्छ, मैले पनि त्यही नगरेसम्म मलाई विश्‍वास नगर।
38 But if I do them, even if you won't believe me, believe the works, so you'll know and keep knowing the Father is in me, and I in the Father." यदि मैले ती कामहरू गर्दछु भने तिमीहरूले ममाथि विश्‍वास नगरे तापनि ती अचम्मका कामलाई विश्‍वास गर। अनि तिमीहरूले यो जान्‍न र बुझ्न सक्नेछौ, पिता ममा हुनुहुन्छ र म उहाँमा छु।”
39 Again they tried to seize him, but he escaped their grasp. फेरि तिनीहरूले उहाँलाई पक्रन खोजे, तर उहाँ तिनीहरूका हातबाट उम्कनुभयो।
40 Jesus then went back across the Jordan, to the place where John had first been baptizing, and stayed there. त्यसपछि येशू फर्केर यर्दन नदीपारि यूहन्‍नाले पहिले बप्‍तिस्मा दिने गरेको ठाउँमा जानुभयो। उहाँ त्यहीँ बस्‍नुभयो,
41 Many came to him, saying, "John performed no sign, but all John said about this man was true." र धेरै मानिसहरू उहाँकहाँ आए। तिनीहरूले भने, “यूहन्‍नाले कहिल्यै कुनै अलौकिक चिन्ह गरेनन्; तापनि यूहन्‍नाले यी मानिसको विषयमा बताएका सबै कुरा सत्य रहेछन्।”
42 And in that place many believed in him. अनि त्यस ठाउँमा धेरैले येशूमाथि विश्‍वास गरे।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]