Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Jeremiah 2 ONCV

Side by side with the Father's Heart Bible™

इस्राएलले याहवेहलाई त्यागेको

1याहवेहको वचन मकहाँ आयो: 2“जा, र यरूशलेमका मानिसहरूले सुन्‍ने गरी घोषणा गर्:“याहवेह यसो भन्‍नुहुन्छ:“ ‘तेरो युवा अवस्थाको भक्ति म सम्झना गर्छु;कसरी तैँले एउटी दुलहीले झैँ मलाई प्रेम गर्थिस्;अनि बिउ नछरिएको भूमिमा,मलाई मरुभूमिमा पछ्याइस्।

3याहवेहका निम्ति इस्राएल पवित्र थियो;उहाँको फसलको पहिलो फल थियो;इस्राएललाई निल्नेहरू सबै दोषी ठहरिए;अनि तिनीहरूमाथि विपत्ति आइलाग्यो,’ ”याहवेह घोषणा गर्नुहुन्छ।

4हे याकोबका सन्तान, इस्राएलका सबै वंशहरू हो,याहवेहको वचन सुन।

5याहवेह यसो भन्‍नुहुन्छ:“तिमीहरूका पितापुर्खाहरूले ममा के दोष भेट्टाए,र तिनीहरू मबाट यति धेरै टाढा भए?तिनीहरू काम नलाग्ने मूर्तिहरूका पछि लागेरतिनीहरू आफैँ काम नलाग्ने भए।

6तिनीहरूले यसो भनी सोधेनन्, ‘याहवेह कहाँ हुनुहुन्छ?जसले हामीलाई इजिप्टबाट ल्याउनुभयो;र हामीलाई उजाडस्थानबाटमरुभूमिको ठाउँ र खाडलबाट,सुक्खा भूमि र घोर अन्धकार ठाउँबाट,कुनै मानिस नहिँडेको र कोही नबसेको देशबाट डोर्‍याउनुभयो?’

7मैले तिमीहरूलाई मलिलो देशमात्यसका फलहरू र असल उब्जनी खानका निम्ति ल्याएँ।तर तिमीहरू आयौ र मेरो देशलाई अशुद्ध पार्‍यौ;अनि मेरो उत्तराधिकारलाई घृणित बनायौ।

8पुजारीहरूले,‘याहवेह कहाँ हुनुहुन्छ?’ भनी सोधेनन्;व्यवस्थाका काम गर्नेहरूले मलाई चिनेनन्;अगुवाहरूले मेरो विरुद्धमा विद्रोह गरे।काम नलाग्ने मूर्तिहरूका पछि लागेर,अगमवक्ताहरूले बाल-देवताको नाममा अगमवाणी गरे।

9“यसकारण म फेरि तिमीहरूको विरुद्धमा मुद्दा लगाउनेछु,”याहवेह घोषणा गर्नुहुन्छ।“अनि म तिमीहरू, तिमीहरूका छोराछोरीर नातिनातिनाहरूका विरुद्धमा मुद्दा लगाउनेछु।

10कित्तीमको किनारपारि गएर हेर्,केदार मरुभूमिमा पठा, र ध्यानपूर्वक हेर्;त्यहाँ यस्तो कहिल्यै भएको छ कि छैन, सो पत्ता लगा:

11के कुनै राष्ट्रले आफ्ना देवी-देवताहरू बदली गरेका छन्?(यद्यपि तिनीहरू देवता नै होइनन्।)तर मेरो आफ्नै जातिले आफ्ना महिमित परमेश्‍वरलाईव्यर्थका मूर्तिहरूसित साटेका छन्।

12हे आकाशमण्डल हो, तिमीहरू यस कुरामा चकित होओ;अनि भयानक डरले थरथर काम,”याहवेह घोषणा गर्नुहुन्छ।

13“मेरा मानिसहरूले दुई वटा पापहरू गरेका छन्:तिनीहरूले मलाई त्यागेका छन्,जिउँदो पानीको मूललाई;अनि तिनीहरूले पानी नअडिनेआफ्नै कुवाहरू खनेका छन्।

14के इस्राएल एउटा सेवक, जन्मजात दास हो र?तब किन त्यो लुटिएको छ?

15सिंहहरू गर्जेका छन्;तिनीहरूले इस्राएललाई झम्टेका छन्।तिनीहरूले त्यसको भूमिलाई उजाड पारिदिएका छन्;त्यसका सहरहरू जलाइएका र त्यागिएका छन्।

16मेम्फिस र तहपनेसका मानिसहरूले पनितिमीहरूका खप्परलाई कुच्याइदिएका छन्।”

17जब तिमीहरूलाई याहवेह तिमीहरूका परमेश्‍वरले बाटोमा डोर्‍याउँदै हुनुहुन्थ्यो,तब उहाँलाई तिमीहरूले त्यागेर,यो कुरा आफैँमाथि ल्याएका होइनौ र?

18अब नील नदीबाट पानी पिउनइजिप्टमा किन जान्छौ?अनि यूफ्रेटिस नदीबाट पानी पिउनअश्शूरमा किन जान्छौ?

19तिमीहरूको दुष्‍टताले तिमीहरूलाई दण्ड दिनेछ;“तिमीहरूको धर्म-त्यागले तिमीहरूलाई हप्काउनेछ।तिमीहरूले याहवेहतिमीहरूका आफ्ना परमेश्‍वरलाई त्यागेर मेरो भय नराख्दात्यो तिमीहरूका निम्ति कति दुष्‍टतार तितोपना हुनेछ भनी विचार गरेर जान,”सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।

20“धेरै समयअगि नै तैँले आफ्नो जुवा भाँचिस्र आफ्ना बन्धनहरू फुकाइस्;तैँले भनिस्, ‘म तपाईंको सेवा गर्नेछैनँ!’अनि प्रत्येक अग्ला डाँडाहरूमाथिर हरेक झ्याम्म परेको रूखमुनितँ वेश्याजस्तै ढल्किस्।

21मैले तँलाई एक असल र भरपर्दो बोटबाटएउटा उत्तम दाखको बोटझैँ रोपेको थिएँ।तर कसरी तँ मेरो विरुद्धमा खडा भएर,भ्रष्‍ट जङ्गली दाखको बोट भइस्?

22तैँले आफूलाई कडा साबुनर सोडाले धोए तापनितेरो अपराधको दाग अझै पनि मेरो सामु रहेको छ,”प्रभु याहवेह घोषणा गर्नुहुन्छ।

23“कसरी तैँले भन्‍न सक्छस्, ‘म अशुद्ध भएको छैनँ;म बाल-देवताहरूका पछि लागेको छैनँ?’हेर्, तैँले बेँसीमा कस्तो व्यवहार गरेको थिइस्;तैँले के गरेको थिइस्, सो विचार गर्।तँ त यताउता दौडिहिँड्नेउत्तेजित ऊँटजस्तै छस्,

24उजाडस्थानमा रहने बानी भएकी, कामुक भएरहावा सुँघिहिँड्ने जङ्गली गधैनीजस्तै।त्यसको उन्मात कामुकतालाई कसले रोक्न सक्छ?त्यसलाई पछ्याउने गधाहरूले आफूलाई थकाउनुपर्दैन;कामवासनाको समयमा तिनीहरूले त्यसलाई भेट्टाइहाल्छन्।

25तेरा खुट्टा नाङ्गो नभएसम्मर तेरो घाँटी तिर्खाले सुक्खा नहुन्जेल नकुद्।तर तैँले भनिस्, ‘म फर्कन सक्दिनँ!म विदेशी देवताहरूलाई प्रेम गर्छु;अनि मैले तिनीहरूलाई पछ्याउनैपर्छ।’

26“पक्राउ पर्दा चोर लज्जित भएझैँ,इस्राएलको घराना लज्जित भएको छ;अर्थात् तिनीहरू, आफ्ना राजाहरू र तिनीहरूका अधिकारीहरू,तिनीहरूका पुजारीहरू र तिनीहरूका अगमवक्ताहरू सबै लज्जित भएका छन्।

27तिनीहरूले काठलाई भन्छन्, ‘तपाईं मेरा पिता हुनुहुन्छ,’अनि ढुङ्गालाई भन्छन्, ‘तपाईंले मलाई जन्माउनुभयो।’तिनीहरूले मतिर मुख होइन,तर आफ्नो पिठिउँ फर्काएका छन्;तापनि तिनीहरू विपत्तिमा पर्दा तिनीहरू भन्छन्,‘आएर हामीलाई बचाउनुहोस्!’

28त्यसो भए तिमीहरूले आफ्ना निम्ति बनाएका देवी-देवताहरू चाहिँ कहाँ छन् त?तिमीहरू विपत्तिमा परेको बेलातिनीहरूले बचाउन सक्छन् भने तिनीहरू आऊन्!किनकि हे यहूदा, तँसित जति सहरहरू छन्,त्यति नै धेरै देवी-देवताहरू पनि छन्।

29“तिमीहरू मेरो विरुद्धमा किन अभियोग लगाउँछौ?तिमीहरू सबै मेरो विरुद्धमा बागी भएका छौ,”याहवेह घोषणा गर्नुहुन्छ।

30“मैले व्यर्थैमा तिम्रा मानिसहरूलाई दण्ड दिएँ;किनकि तिनीहरूले सुध्रिन मानेनन्।तिमीहरूका तरवारले तिमीहरूका अगमवक्ताहरूलाईनिलिहाल्ने शिकारी सिंहले जस्तै नाश गरेका छौ।

31“यस पुस्ताका मानिसहरू, तिमीहरूले याहवेहको वचन विचार गर:“के म इस्राएलका निम्ति मरुभूमिअथवा घोर अन्धकारको देशजस्तै भएको छु?किन मेरा मानिसहरूले यसो भन्छन्, ‘हामी आफूखुशी गर्न स्वतन्त्र छौँ;हामी तपाईंकहाँ फेरि फर्केर आउनेछैनौँ?’

32के एउटी कन्याले आफ्ना गरगहना, वाएउटी दुलहीले आफ्नो विवाहका गरगहनाहरू बिर्सन सक्छे र?तापनि मेरा मानिसहरूले,धेरै समयदेखि मलाई बिर्सेका छन्।

33तँ प्रेमिका पछि लाग्नलाई कति सिपालु छेस्!अति दुष्‍ट स्त्रीहरूले पनि तेरो चालहरूबाट सिक्न सक्छन्।

34तेरा लुगाहरूमा निर्दोष गरिबहरूकोरगत भेटिन्छ,यद्यपि तैँले तिनीहरूले घर फोर्दै गरेको भेट्टाइनस्।तर यी सबै कुरा हुँदा-हुँदै पनि

35तँ भन्छस्, ‘म त निर्दोष छु;उहाँ मसित रिसाउनुभएको छैन।’तर तैँले, ‘मैले पाप गरेकी छैनँ’भनेकै कारण म तेरो न्याय गर्नेछु।

36तँ किन आफ्ना मार्गहरू बदलेर,यताउता डुलिहिँड्छस्?अश्शूरले तँलाई निराश तुल्याएजस्तैतँ इजिप्टबाट पनि निराश हुनेछस्।

37तैँले त्यो ठाउँलाई पनिआफ्ना हात आफ्नै थाप्लोमा राखेर छाड्नेछस्;किनकि तैँले भरोसा राखेकाहरूलाई याहवेहले त्याग्नुभएको छ;तैँले तिनीहरूबाट सहायता पाउनेछैनस्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]