Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Jeremiah 12 ONCV

Side by side with the Father's Heart Bible™

यर्मियाको गुनासो

1जब म मेरो मुद्दा तपाईंकहाँ राख्दछु,तब याहवेह, तपाईं सदैव धर्मी हुनुहुन्छ।तापनि म तपाईंसँग तपाईंको न्यायको बारेमा कुरा गर्न चाहन्छु:किन दुष्‍ट मानिसहरू सफल हुन्छन्?किन सबै अधर्मीहरू सुखी जीवन जिउँछन्?

2तपाईंले तिनीहरूलाई रोप्नुभयो र तिनीहरूले जरा हाले;तिनीहरू बढ्छन् र फल फलाउँछन्।तिनीहरूको मुखले त सधैँ तपाईंको नाम लिन्छन्,तर तिनीहरूका हृदयबाट भने तपाईं टाढा हुनुहुन्छ।

3तर हे याहवेह, तपाईंले मलाई जान्‍नुहुन्छ;तपाईंले मलाई देख्नुहुन्छ र तपाईंप्रतिका मेरा विचारहरू जाँच्नुहुन्छ।तिनीहरूलाई काट्न लगिएका भेडालाई जस्तै तानेर लैजानुहोस्!तिनीहरूलाई मारिने दिनको निम्ति अलग गर्नुहोस्!

4कहिलेसम्म देश उजाड अवस्थामा रहिरहनेर मैदानको घाँस ओइलिरहने?किनकि त्यस ठाउँमा बस्‍नेहरू दुष्‍ट छन्;जनावरहरू र चराहरू नष्‍ट भएका छन्।यसबाहेक, मानिसहरूले यसो भनिरहेका छन्,“हामीमाथि के हुँदैछ, परमेश्‍वरले देख्नुहुनेछैन।”

परमेश्‍वरको जवाफ

5“तँ मानिसहरूसँग दगुर्दातिनीहरूले तँलाई थकाए भने,कसरी तँ घोडाहरूसित दगुर्न सक्छस्?यदि तँ सुरक्षित देशमा त ठेस खान्छस् भने,यर्दनका छेउछाउका काँढे झाडीहरूमा झन् के गर्छस्?

6तेरा दाजुभाइहरू, तेरा आफ्नै परिवारका सदस्यहरू,तिनीहरूले समेत तँलाई धोका दिएका छन्;तिनीहरूले तेरो विरुद्धमा बोलेका छन्।तिनीहरूले तँसँग मिठा-मिठा कुरा गरेका छन्,तापनि तिनीहरूलाई विश्‍वास नगर्।

7“म आफ्नो घर इस्राएललाई त्यागिदिनेछु,म आफ्नो उत्तराधिकारलाई छोडिदिनेछु;मैले प्रेम गरेका मानिसहरूलाईम तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु।

8मेरो उत्तराधिकारीहरू मेरा निम्तिजङ्गलको सिंहजस्तै भएका छन्।तिनीहरू मसित गर्जन्छन्;यसैकारण म तिनीहरूलाई घृणा गर्दछु।

9के मेरो उत्तराधिकार, मेरा निम्तिशिकारी पक्षीहरूले वरिपरि घेरेर आक्रमण गरीचोट लागेको चराझैँ भएको छैन?जा, गएर सबै जङ्गली पशुहरूलाई भेला गर्;तिनीहरूलाई खान ती पशुहरूलाई लिएर आइज।

10धेरै विदेशी शासकहरूले मेरो दाखबारीलाई नष्‍ट गर्नेछन्,र मेरो भूमि कुल्चीमिल्ची पार्नेछन्;तिनीहरूले मेरो सुन्दर भूमिलाई उजाडर बाँझो बनाइदिनेछन्।

11त्यो भूमि मेरो सामु सुक्खा,उजाड र बाँझो बनाइनेछ;समस्त देश उजाड पारिनेछ;किनकि त्यसको हेरचाह गर्ने कोही पनि छैन।

12मरुभूमिका सम्पूर्ण अग्ला नाङ्गा डाँडाहरूमाथिनाश गर्नेहरू हुल लागेर आउनेछन्;किनकि याहवेहको तरवारले देशकोएक छेउदेखि अर्को छेउसम्म नाश गर्नेछ;कोही पनि सुरक्षित रहनेछैन।

13तिनीहरूले गहुँ छर्नेछन्, तर काँडाहरूको कटनी गर्नेछन्;तिनीहरूले कडा परिश्रम गर्नेछन्, तर केही फाइदा हुनेछैन।याहवेहको डरलाग्दो रिसको कारण,तिनीहरू आफ्नो फसलमा लज्जित हुनेछन्।”

14याहवेह यसो भन्‍नुहुन्छ: “मैले आफ्ना मानिस, इस्राएलीहरूलाई दिएको उत्तराधिकारमाथि हात लगाउने मेरा सबै दुष्‍ट छिमेकीहरूलाई, म तिनीहरूका देशबाट उखेल्नेछु, र म तिनीहरूका बीचबाट यहूदाका घरानालाई उखेल्नेछु। 15तर तिनीहरूलाई उखेलेपछि म तिनीहरूमाथि फेरि दया देखाउनेछु; अनि तिनीहरू हरेकलाई तिनीहरूका आफ्नै उत्तराधिकारको भूमि र तिनीहरूका आफ्नै देशमा फर्काएर ल्याउनेछु। 16यदि तिनीहरूले मेरा मानिसहरूका चालचलनहरू राम्रोसँग सिकेर, ‘जीवित याहवेहको नाममा भनेर शपथ’ खाए भने तिनीहरूले एक पटक मेरा मानिसहरूलाई बाल-देवताको नाममा शपथ खान सिकाएका भए तापनि तिनीहरू मेरा मानिसहरूको बीचमा स्थापित हुनेछन्। 17तर यदि कुनै पनि राष्ट्रले वचन पालन गरेन भने म त्यसलाई सम्पूर्ण रूपले उखेलेर नाश गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]