Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 65 ONCV

Side by side with the Father's Heart Bible™

न्याय र उद्धार

1याहवेहले भन्‍नुहुन्छ, “मलाई सोधखोज नगर्नेहरूकहाँ मैले आफूलाई प्रकट गरेको छु;मलाई खोजी नगर्नेहरूले मलाई भेट्टाएका छन्।मेरो नाम पुकार नगर्ने जातिलाई,मैले भनेँ, ‘म यहाँ छु, म यहाँ छु।’

2दिनभरि मैले यस्तो अटेरी जातितिरआफ्ना हात पसारेँ,जो आफ्नै कल्पनाको पछि लागेरकुबाटोमा हिँड्छन्;

3यस्तो जाति, जसले मेरो सामुमलाई निरन्तर रिस उठाउँछन्,जसले बगैँचाहरूमा बलिदान चढाउँछन्,र इँटाका वेदीहरूमा धूप बाल्छन्;

4जो चिहानहरूका बीचमा बस्दछन्,र गुप्‍त ठाउँमा रात बिताउँछन्;जसले सुँगुरको मासु खान्छन्,र जसका भाँडाहरूमा अशुद्ध मासुका झोल राखिएका हुन्छन्;

5जसले भन्छन्, ‘टाढै बस्; मेरो नजिक नआइज;किनकि म तेरो निम्ति अति पवित्र छु!’यस्ता मानिसहरू मेरो नाकका धुवाँजस्ता हुन्,जुन धुवाँ दिनभरि आगोजस्तै जलिरहन्छ।

6“हेर, मेरो सामु यस्तो लेखिएको छ:म चुपचाप रहनेछैनँ, तर पूरै बदला लिनेछु;निश्‍चय नै म तिनीहरूकै काखमा साटो लिनेछु—

7तिमीहरूका र तिमीहरूका पितापुर्खाहरूका पापको बदला म लिनेछु,”याहवेह भन्‍नुहुन्छ।“किनभने तिनीहरूले पर्वतहरूमा बलिदान जलाए,र डाँडाहरूमा मेरो निन्दा गरे।म तिनीहरूका पहिलेका कामहरूको बदलातिनीहरूकै काखमा हालिदिनेछु।”

8याहवेह यसो भन्‍नुहुन्छ:“अङ्‌गुरको झुप्पामा अझ रसिलो अङ्‌गुर छँदैमानिसहरूले भने, ‘त्यसलाई नष्‍ट नगर;किनकि त्यसमा अझ दाखरस असल छ,’यसरी नै म मेरा सेवकहरूको पक्षमा त्यसै गर्नेछु;म तिनीहरू सबैलाई नाश गर्नेछैनँ।

9म याकोबका सन्तानहरूलाई ल्याउनेछु,र यहूदाका सन्तानहरूलाई मेरो पर्वतहरूमाथि उत्तराधिकार बनाउनेछु;मेरा छानिएका मानिसहरूले ती पर्वतहरूमाथि अधिकार गर्नेछन्,र मेरा सेवकहरू त्यहाँ बस्‍नेछन्।

10मलाई खोज्ने मानिसहरूका निम्ति,शारोनको मैदान बगालहरूको लागि खर्कर आकोरको बेँसी विश्रामस्थल हुनेछ।

11“तर याहवेहलाई त्याग्नेहरूका निम्ति,जसले मेरो पवित्र पर्वतलाई बिर्सन्छन्,जसले गाद देवताको निम्ति टेबुल तयार गर्छन्,र मेनी देवीको निम्ति मिसाएको मद्यको कचौरा भर्छन्;

12म तिमीहरूलाई तरवारको निम्ति दिनेछु,र तिमीहरू सबै काटिनलाई घुँडा टेक्नेछौ;किनकि मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफ दिएनौ;मैले बोलाएँ, तर तिमीहरूले सुनेनौ।तिमीहरूले मेरो नजरमा दुष्‍ट काम गर्‍यौर मलाई मन नपर्ने कुराहरू रोज्यौ।”

13यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ:“मेरा सेवकहरूले खानेछन्,तर तिमीहरूचाहिँ भोकै रहनेछौ;मेरा सेवकहरूले पिउनेछन्,तर तिमीहरूचाहिँ तिर्खाउनेछौ;मेरा सेवकहरू रमाउनेछन्,तर तिमीहरूचाहिँ शर्ममा पर्नेछौ।

14मेरा सेवकहरूलेआफ्ना हृदयको आनन्दमा गाउनेछन्;तर तिमीहरू हृदयको वेदनामाकराएर रुनेछौ,र हृदयको वेदनामा विलाप गर्नेछौ।

15तिमीहरूले आफ्नो नाममेरा चुनिएका मानिसहरूका निम्ति सरापको रूपमा छोड्नेछौ;प्रभु याहवेहले तिमीहरूलाई मृत्युमा पार्नुहुनेछ,तर उहाँले आफ्ना सेवकहरूलाई अर्को नाम दिनुहुनेछ।

16जब देशमा कसैले आशिष्‌को माग गर्छ,त्यसले सत्य परमेश्‍वरको नामद्वारा माग गर्नेछ;जसले देशमा शपथ खान्छ;त्यसले सत्य परमेश्‍वरको नामद्वारा शपथ खानेछ।किनकि बितेका दुःखहरू भुलिनेछन्,र मेरा आँखाबाट लुकाइनेछन्।

नयाँ आकाश र नयाँ पृथ्वी

17“हेर, म नयाँ आकाशर नयाँ पृथ्वी सृष्‍टि गर्नेछु।बितेका कुराहरू स्मरण गरिनेछैनन्,न त तिनीहरू मनमा नै आउनेछन्।

18तर म जे सृष्‍टि गर्नेछु,त्यसमा सधैँ खुशी होओ र हर्ष मनाओ;किनकि म यरूशलेमलाई हर्षोल्‍लासर त्यसका मानिसहरूलाई आनन्दित तुल्याउनेछु।

19म यरूशलेमसँग खुशी हुनेछु,र मेरा प्रजामा हर्षित हुनेछु;यरूशलेममा रोएको र कराएको सोरफेरि कहिल्यै सुनिनेछैन।

20“थोरै दिनसम्म बाँच्ने बालक,वा आफ्नो पूरा उमेरसम्म नबाँच्ने वृद्ध मानिसत्यहाँ कहिल्यै हुनेछैन;सय वर्ष बाँच्ने मानिसजवान मानिनेछ;र सय वर्षसम्म नबाँच्ने मानिसचाहिँश्रापित मानिनेछ।

21तिनीहरूले घर बनाउनेछन्, र त्यसमा बस्‍नेछन्;तिनीहरूले दाखबारी लगाउनेछन्, र त्यसका फल खानेछन्।

22तिनीहरूले बनाएका घरहरूमा अरूहरू नै आएर बस्‍नेछैनन्,वा तिनीहरूले लगाएका दाखबारीको फल फेरि कहिल्यै अरूहरूले खानेछैनन्।किनकि रूखको आयु जति लामो हुन्छ,त्यति नै धेरै आयु मेरा प्रजाको हुनेछ;मेरा चुनिएका प्रजाले आफ्ना हातका कामलामो समयसम्म उपभोग गर्नेछन्।

23तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्,न त तिनीहरूले विपत्तिको निम्ति छोराछोरीहरू जन्माउनेछन्;किनकि तिनीहरू र तिनीहरूका सन्तानहरूसमेतयाहवेहद्वारा आशिष् पाएका मानिसहरू हुनेछन्।

24तिनीहरूले पुकार गर्नुभन्दा अगाडि म जवाफ दिनेछु;तिनीहरूले बोल्दाबोल्दै म सुन्‍नेछु।

25ब्वाँसो र थुमाले एउटै ठाउँमा एकैसाथ खानेछन्,सिंहले गोरुले झैँ पराल खानेछ;अनि सर्पको आहारा धुलो हुनेछ।तिनीहरूले मेरा सबै पवित्र पर्वतहरूमान त हानि गर्नेछन्, न त नाश गर्नेछन्,”याहवेह भन्‍नुहुन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]