Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 40 ONCV

Side by side with the Father's Heart Bible™

परमेश्‍वरका प्रजालाई सान्त्वना

1सान्त्वना, मेरा प्रजालाई सान्त्वना देओ!तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ।

2यरूशलेमसित कोमलतासाथ कुरा गर।त्यसलाई भन,त्यसका कठिन सेवा पूरा भइसकेको छ,त्यसका पापको मूल्य तिरिएको छ;त्यसले याहवेहको हातबाटआफ्ना सबै पापका निम्ति दोबर पाएको छ।

3एक जना कराउनेको आवाज सुनिन्छ:“उजाडस्थानमा याहवेहको निम्तिबाटो तयार पार;उजाडस्थानमा हाम्रा परमेश्‍वरका निम्तिराजमार्ग सीधा बनाओ।

4प्रत्येक उपत्यका अग्लो पारिनेछ,प्रत्येक पर्वत र डाँडा होचो बनाइनेछ;टेढामेढा जमिन मिलाइनेछ,खाल्टाखुल्टी समतल बनाइनेछ।

5तब याहवेहको महिमा प्रकट हुनेछ,र सारा मानव जातिले त्यसलाई एकसाथ देख्नेछन्।किनकि याहवेहको मुखले यो भनेको छ।”

6एउटा आवाजले भन्छ, “करा।”अनि मैले भनेँ, “म के भनेर कराऊँ?”“सारा मानिसहरू घाँसजस्तै हुन्,र तिनीहरूका गौरव मैदानका फूलहरूझैँ हुन्।

7घाँस ओइलाउँछ र फूल झरिहाल्छ;किनकि याहवेहको सास तीमाथि फुकिन्छ।निश्‍चय नै मानिसहरू घाँस नै हुन्।

8घाँस ओइलाउँछ र फूल झरिहाल्छ,तर हाम्रा परमेश्‍वरको वचन सदासर्वदा रहिरहन्छ।”

9हे सियोनमा शुभ समाचार ल्याउने,अग्लो पर्वतमा चढ्!हे यरूशलेममा शुभ समाचार ल्याउने,आफ्नो सोर जोडले उचाल्,सोर उचाल्, नडरा;यहूदाका नगरहरूलाई भन्,“तिमीहरूका परमेश्‍वर यहाँ हुनुहुन्छ!”

10हेर, सार्वभौम याहवेह शक्तिसाथ आउनुहुन्छ,र आफ्नो बाहुलीले शासन गर्नुहुन्छ।हेर, उहाँको पुरस्कार उहाँसितै छ,र उहाँको प्रतिफल उहाँको साथमा छ।

11उहाँले आफ्ना बगाललाई गोठालाले झैँ हेरचाह गर्नुहुन्छ:उहाँले थुमाहरूलाई आफ्ना अँगालोमा लिनुहुन्छ;तिनीहरूलाई आफ्नो मुटुको नजिक राख्नुहुन्छ;उहाँले स-साना बच्‍चा भएकाहरूलाई बिस्तारै डोर्‍याउनुहुन्छ।

12कसले आफ्नो अञ्जुलीमा पानीलाई नापेको छ,अथवा आफ्ना हातको चौडाइले आकाश नापेको छ?कसले पृथ्वीको धुलोलाई एउटा डालोमा भरेको छ,अथवा पर्वतहरूर डाँडाहरूलाई तराजुमा जोखेको छ?

13कसले याहवेहको मनलाई बुझेको छ,वा उहाँको सल्‍लाहकार भएर उहाँलाई शिक्षा दिएको छ?

14समझको निम्ति याहवेहले कससित सल्‍लाह लिनुभयो,र कसले उहाँलाई उचित मार्ग देखायो?उहाँलाई ज्ञान सिकाउनेअथवा समझको मार्ग देखाउने को हो?

15निश्‍चय नै जातिहरू त बाल्टीमा भएको एक थोपा पानीजस्ता हुन्;तिनीहरू त तराजुमा भएको धुलोझैँ ठानिएका छन्;उहाँले टापुहरूलाई धुलोजस्तै तौलिनुहुन्छ।

16वेदीका दाउराको निम्ति लेबनान पर्याप्‍त छैन,न त त्यसका जन्तुहरू होमबलिको निम्ति प्रशस्त छन्।

17उहाँको सामु सबै जातिहरू केही होइनन्;तिनीहरूलाई उहाँले व्यर्थकोर शून्यभन्दा पनि थोरै ठान्‍नुभएको छ।

18तब तिमीहरू परमेश्‍वरलाई कोसित तुलना गर्छौ?तिमीहरूले उहाँलाई कुन आकृतिसित तुलना गर्छौ?

19मूर्तिलाई कारिगरले खोपेर बनाउँछ,सुनारले त्यसलाई सुनले मोहर्छ,र त्यसको निम्ति चाँदीको सिक्रीहरू बनाउँछ।

20यस्तो भेटी चढाउन नसक्नेअति गरिबले चाहिँ एउटा नकुहिने काठ छान्छ;त्यसले नहल्‍लिने किसिमको एउटा मूर्ति बनाउनएक जना सिपालु कारिगर खोज्छ।

21के तिमीहरूले जानेका छैनौ?के तिमीहरूले सुनेका छैनौ?के तिमीहरूलाई यो सुरुदेखि नै भनिएको थिएन?के तिमीहरूले पृथ्वीको जग बसालिएदेखि नै बुझेका छैनौ?

22उहाँ पृथ्वीको गोलाइमाथि सिंहासनमा विराजमान हुनुहुन्छ;पृथ्वीका मानिसहरू फट्याङ्ग्राजस्ता छन्।उहाँले आकाशलाई मण्डपझैँ तन्काउनुहुन्छ;अनि त्यसमा बास गर्नलाई त्यो पालझैँ फिँजाउनुहुन्छ।

23उहाँले राजकुमारहरूलाई शून्य ठहराउनुहुन्छ,र यस संसारका शासकहरूलाई हटाएर बेकम्मा तुल्याउनुहुन्छ।

24तिनीहरू रोपिनेबित्तिकै, छरिनासाथ,तिनीहरूले जमिनमा जरा हाल्नसाथ,उहाँले तिनीहरूलाई फुकिदिनुहुन्छ,र तिनीहरू ओइलिन्छन्;अनि भुमरीले तिनीहरूलाई भुसझैँ उडाएर लैजान्छ।

25“तिमीहरू मलाई कससित तुलना गर्छौ?अथवा को म समान छ?” पवित्र परमेश्‍वर भन्‍नुहुन्छ।

26आफ्ना आँखा उठाएर आकाशतिर हेर:कसले यी सबै कुराहरू सृष्‍टि गरे?उहाँ, जसले तारामण्डललाई एक-एक गरी ल्याउनुहुन्छ,र प्रत्येकलाई नामद्वारा बोलाउनुहुन्छ।उहाँको महान् पराक्रम र बलवान् शक्तिको कारणतीमध्ये एउटै पनि हराएको छैन।

27हे याकोब, तँ किन गुनासो पोख्छस्,हे इस्राएल, तँ किन यस्तो भन्छस्,“मेरो मार्ग याहवेहबाट लुकेको छ;मेरो मुद्दा मेरा परमेश्‍वरले बेवास्ता गर्नुभएको छ?”

28के तँ जान्दैनस्?के तैँले सुनेको छैनस्?याहवेह अनन्तका परमेश्‍वर हुनुहुन्छ,सारा पृथ्वीका सृष्‍टिकर्ता हुनुहुन्छ।उहाँ थाक्नुहुन्‍न, न त गल्नु हुन्छ,उहाँको बुद्धि अपरम्पार छ।

29उहाँले थकितहरूलाई सामर्थ्य दिनुहुन्छ,र दुर्बलहरूको शक्ति बढाइदिनुहुन्छ।

30जवानहरू पनि थाक्छन् र गल्छन्;अनि जवान मानिसहरू ठक्‍कर खाएर लड्छन्;

31तर याहवेहमा आशा राख्नेहरूलेनयाँ सामर्थ्य पाउँछन्।तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्;तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्;तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]