Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Genesis 49 ONCV

Show ONCV only
Verse × ×
1 Jacob called his sons and said, "Gather, so I can tell you what will happen to you in the days ahead. तब याकोबले आफ्ना छोराहरूलाई बोलाएर भने: “तिमीहरू भेला होओ, र आउँदा दिनहरूमा तिमीहरूलाई के-के हुनेछ, त्यो म भन्‍नेछु।
2 Assemble and listen, sons of Jacob; listen to Israel your father. “याकोबका छोराहरू हो! भेला होओ, र सुन; तिमीहरूका पिता इस्राएलका कुरा सुन।
3 Reuben, you are my firstborn, my might and the firstfruits of my strength, excelling in dignity and excelling in power. “रूबेन, तँ मेरो जेठा छोरा होस्, मेरो शक्ति, मेरो बलको पहिलो चिन्ह, सम्मानमा विशिष्‍ट, र शक्तिमा विशिष्‍ट।
4 Unstable as water, you will not excel, because you went up to your father's bed; then you defiled it—he went up to my couch. तँ पानीझैँ चञ्चल छस्; यसैले तेरो इज्जत रहनेछैन; किनकि तँ आफ्ना पिताको ओछ्यानमा चढिस्, मेरो पलङमा चढिस् र त्यसलाई अशुद्ध पारिस्।
5 Simeon and Levi are brothers; weapons of violence are their swords. “शिमियोन र लेवी दाजुभाइहरू हुन्; तिनीहरूका तरवारहरू हिंसाका हतियारहरू हुन्।
6 May I never enter their council; may my honor not be joined to their assembly. For in their anger they killed men, and in their willfulness they hamstrung oxen. म तिनीहरूको सभामा नपसूँ, म तिनीहरूका परिषद्‌मा सामेल नबनूँ; किनकि तिनीहरूले रिसमा मानिसहरू मारेका छन्। अनि खेलवाड गरेर गोरुहरूका ढोडनसा काटेका छन्।
7 Cursed be their anger, for it is fierce, and their wrath, for it is cruel! I will divide them throughout Jacob and scatter them throughout Israel. तिनीहरूको यति डरलाग्दो रिस, तिनीहरूको निष्‍ठुर क्रोधमाथि श्राप परोस्! म तिनीहरूलाई याकोबमा छरपस्ट पार्नेछु, र इस्राएलमा तितरबितर पार्नेछु।
8 Judah, your brothers will praise you; your hand will be on the neck of your enemies; your father's sons will bow down before you. “यहूदा, तेरा दाजुभाइहरूले तँलाई प्रशंसा गर्नेछन्; तेरो हात तेरा शत्रुहरूको गर्दनमा हुनेछ; तेरा पिताका छोराहरूले तँलाई दण्डवत् गर्नेछन्।
9 Judah is a lion's cub; from the prey, my son, you have come back. He stooped down; he crouched as a lion and as a lioness—who dares rouse him? ए यहूदा, तँ सिंहको डमरुजस्तै छस्; मेरो छोरा, तँ शिकारबाट फर्कन्छस्। त्यो सिंहझैँ झुक्दछ, सिंहनीझैँ आराम गर्न लमतन्‍न पर्दछ—कसले उसलाई जगाउने आँट गर्ला?
10 The scepter will not depart from Judah, nor the ruler's staff from between his feet, until he comes to whom it belongs, and to him will be the obedience of the peoples. यहूदाको हातबाट राजदण्ड हट्नेछैन, न त शासकको लहुरो त्यसका खुट्टाहरूका बीचबाट हट्नेछ, जबसम्म यी जसका हुन्, ती आउँदैनन्, अनि जातिहरू उहाँमा आज्ञाकारी बन्‍नेछन्।
11 Binding his foal to the vine and his donkey's colt to the choice vine, he has washed his garments in wine and his robes in the blood of grapes. त्यसले आफ्नो गधालाई दाखको बोटमा, र त्यसको बछेडोलाई त्यसले उत्तम हाँगामा बाँध्नेछ; त्यसले आफ्नो वस्त्र दाखमद्यमा, र आफ्नो लबेदा दाखको रसमा धुनेछ।
12 His eyes are darker than wine, and his teeth whiter than milk. त्यसका आँखा दाखमद्यभन्दा गाढा रङ्गका, र त्यसका दाँतहरू दूधभन्दा सेता हुनेछन्।
13 Zebulun will dwell at the shore of the sea; he will become a haven for ships, and his border will be at Sidon. “जबूलून समुद्री किनारमा बस्‍नेछ, र ऊ जहाजहरूका लागि बन्दरगाह बन्‍नेछ; त्यसको सिमाना सीदोनतिर फैलिनेछ।
14 Issachar is a strong donkey, crouching between the sheepfolds. “इस्साखार दुई काठीका बीचमा आराम गर्ने बलियो गधा हो।
15 He saw that a resting place was good and that the land was pleasant, so he bent his shoulder to the load and became a servant at forced labor. जब त्यसले आफू बिसाएको ठाउँ कति असल छ, र आफ्नो देश कति आनन्दपूर्ण छ भनी देख्छ, त्यसले आफ्नो काँध भारी बोक्नको लागि झुकाउनेछ, र कडा परिश्रमको लागि समर्पित हुनेछ।
16 Dan will judge his people as one of the tribes of Israel. “दानले इस्राएलको एउटा कुलको हैसियतले आफ्ना मानिसहरूलाई न्याय दिनेछ।
17 Dan will be a serpent in the road, a viper by the path, that bites the horse's heels so that his rider falls backward. दान बाटो छेउको एउटा सर्प, र गोरेटोमा बसेको विषालु सर्प हो, जसले घोडाको कुर्कुच्‍चा डस्छ, र यसमा सवार हुने मानिस पछिल्तिर पछारिन्छ।
18 I wait for your salvation, my Father. “हे याहवेह, म तपाईंको छुटकारालाई अपेक्षा गर्दछु।
19 Gad—raiders will raid him, but he will raid at their heels. “गादलाई आक्रमणकारीहरूको दलले आक्रमण गर्नेछ; तर त्यसले चाहिँ तिनीहरूलाई उल्टो खेदेर तिनीहरूका कुर्कुच्‍चामा आक्रमण गर्नेछ।
20 Asher's food will be rich, and he will yield royal delicacies. “आशेरको भोजन उत्तम हुनेछ; त्यसले राजालाई सुहाउने स्वादिलो भोजन जुटाउनेछ।
21 Naphtali is a doe let loose that bears beautiful fawns. “नप्‍ताली स्वतन्त्र भएकी मुडुली मृग हो, जसले सुन्दर पाठाहरू बियाउँछे।
22 Joseph is a fruitful branch, a fruitful branch by a spring; his branches run over the wall. “योसेफ एउटा फलदायक दाखको बोट हो, पानीको मूलको नजिक भएको फलदायक दाखको बोट, जसका हाँगाहरू पर्खाल नाघेर फैलिन्छन्।
23 The archers bitterly attacked him, shot at him, and harassed him severely. धनुर्धारीहरूले निर्दयतासाथ त्यसलाई आक्रमण गरे; तिनीहरूले दुश्मनी राखेर त्यसलाई काँडले हाने।
24 Yet his bow remained unmoved; his arms were made agile by the hands of the Mighty One of Jacob—our Father—from there comes the Shepherd, the Stone of Israel. तर त्यसको धनु स्थिर रह्‍यो; त्यसका बलिया पाखुराहरू फूर्तिला रहे; त्यो याकोबका सर्वशक्तिमान्‌को हातले गर्दा त्यो गोठाला, इस्राएलका चट्टानले गर्दा भएको थियो;
25 By the God of your father who will help you, by El Shaddai—the Almighty, our Father—who will bless you with blessings of heaven above, blessings of the deep that crouches beneath, blessings of the breasts and of the womb. तेरा पिताका परमेश्‍वर, जसले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान्, जसले तँलाई माथि स्वर्गका आशिष्‌हरू, तल भएको समुद्रका आशिष्‌हरू, स्तन र गर्भका आशिष्‌हरू दिनुहुन्छ।
26 The blessings of your father are mighty beyond the blessings of my ancestors, reaching to the riches of the everlasting hills. May they be on the head of Joseph, and on the brow of him who was set apart from his brothers. तेरा पिताका आशिष्‌हरू प्राचीन पर्वतहरूका आशिष्‌हरूभन्दा र पुराना पहाडहरूका प्रचुरताहरूभन्दा महान् छन्; यी सबै आशिष्‌हरू योसेफका शिरमा होऊन्; आफ्ना दाजुभाइहरूका बीचमा भएका राजकुमारका आँखीभौँमाथि बसून्।
27 Benjamin is a ravenous wolf, in the morning devouring the prey and at evening dividing the spoil." “बेन्यामीन साह्रै भोकाएको ब्वाँसो हो; बिहान त्यसले शिकार खान्छ; साँझमा त्यसले लुटको माल बाँड्छ।”
28 All these are the twelve tribes of Israel; this is what their father said as he blessed them, each with the blessing fitting him. यी सबै इस्राएलका बाह्र कुल हुन्; र यसरी उनीहरूका पिताले उनीहरू प्रत्येकलाई सुहाउँदो आशिष् दिए।
29 He commanded them: "I am being gathered to my people. Bury me with my fathers in the cave in Ephron the Hittite's field, तब याकोबले उनीहरूलाई यी निर्देशन दिए: “म आफ्ना मानिसहरूसित मिल्न जान लागिरहेको छु। मलाई हित्ती एप्रोनको खेतमा भएको ओडारमा मेरा पितापुर्खाहरूसित गाड्नू,
30 in the cave in the field at Machpelah, east of Mamre in Canaan, which Abraham bought along with the field from Ephron the Hittite as a burial place. जुन ओडारचाहिँ कनानमा मम्रेको छेउमा मक्पेलाको खेतमा छ। अनि त्यो ठाउँ अब्राहामले हित्ती एप्रोनबाट चिहान घारीको रूपमा खेतसमेत किनेका थिए।
31 There they buried Abraham and Sarah his wife; there they buried Isaac and Rebekah his wife; and there I buried Leah, त्यहीँ नै अब्राहाम र तिनकी पत्नी सारा गाडिए; त्यहीँ इसहाक र तिनकी पत्नी रिबेका गाडिए; र त्यहीँ नै मैले लेआलाई गाडेँ।
32 the field and the cave that is in it were bought from the Hittites. त्यो जमिन र त्यो ओडार हित्तीहरूबाट किनिएको हो।”
33 Jacob finished commanding his sons, drew his feet into the bed, breathed his last, and was gathered to his people." अनि याकोबले आफ्ना छोराहरूलाई निर्देशन दिइसकेपछि उनले आफ्ना खुट्टा पलङमा पसारेर आफ्नो अन्तिम सास फेरे। यसरी उनी आफ्ना मानिससित मिल्न गए।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]