Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

2 Chronicles 26 ONCV

Show ONCV only
Verse × ×
1 Then all the people of Judah made Uzziah, sixteen years old, king in place of his father Amaziah. तब यहूदाका सारा मानिसहरूले सोह्र वर्षका उज्जियाहलाई लिए; अनि तिनलाई तिनका पिता अमस्याहको सट्टामा राजा तुल्याए।
2 He rebuilt Eloth and restored it to Judah after the king rested with his ancestors. अमस्याह आफ्ना पुर्खाहरूसित सुतेपछि एलोतलाई पुनर्निर्माण गरेर त्यसलाई फेरि यहूदामा मिलाउने तिनी नै थिए।
3 Uzziah became king at sixteen and reigned fifty-two years in Jerusalem. His mother was Jecoliah of Jerusalem. उज्जियाह राजा हुँदा सोह्र वर्षका थिए। तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्य गरे। तिनकी आमाको नाम यकोल्याह थियो, जो यरूशलेमकी थिइन्।
4 He did what was right in our Father's eyes, just as his father Amaziah had done. तिनले आफ्ना पिता अमस्याहले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे।
5 He devoted himself to seeking our Father in Zechariah's days, who taught him to fear our Father; and while he sought our Father, he prospered. आफूलाई परमेश्‍वरको भय राख्न सिकाउने जकरियाको समयमा अमस्याहले परमेश्‍वरको खोजी गरुन्जेल उहाँले तिनलाई सफलता दिनुभयो।
6 He went out and fought the Philistines, tearing down the walls of Gath, Jabneh, and Ashdod. He built cities near Ashdod and among the Philistines. तिनी पलिश्तीहरूको विरुद्धमा युद्ध गर्न गए; अनि गात, यब्ने र अश्दोदका पर्खालहरू भत्काइदिए। त्यसपछि तिनले पलिश्तीहरूको बीचमा अश्दोद र छेउछाउका सहरहरू पुनर्निर्माण गरे।
7 Our Father helped him against the Philistines, the Arabs of Gur-baal, and the Meunites. परमेश्‍वरले तिनलाई पलिश्तीहरू र गूर-बालमा बस्‍ने अरबीहरू र मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो।
8 The Ammonites paid tribute to Uzziah, and his fame reached the border of Egypt, for he had grown very strong. अम्मोनीहरूले उज्जियाहलाई सलामी तिरे। तिनको ख्याति इजिप्टको सीमासम्म फैलियो; किनकि तिनी अति सामर्थी भएका थिए।
9 Uzziah built towers in Jerusalem at the Corner Gate, the Valley Gate, and the Angle, and fortified them. उज्जियाहले यरूशलेममा कुने मूलढोकामा, बेँसी मूलढोका र पर्खालको कुनामा धरहराहरू बनाए, र तिनले सहरलाई सुरक्षित पारे।
10 He built desert towers and dug many cisterns, for he had large herds in the lowlands and plain. He kept farmers and vinedressers in the hills and fertile fields, for he loved the soil. तिनीसित तराई र मैदानमा धेरै गाईबस्तु भएकाले तिनले उजाडस्थानमा पनि धरहराहरू बनाए, र धेरै कुवाहरू खने। तिनी कृषिमा रुचि राख्दथे। यसैले तिनीसित तराईका खेत र पहाडका दाखबारीहरूमा काम गर्ने मानिसहरू थिए।
11 Uzziah had an army of trained soldiers going out to war by divisions, numbered by Jeiel the secretary and Maaseiah the officer, under Hananiah, one of the king's commanders. उज्जियाहसित दल-दल गरी बाहिर जान तयार रहेका असल तालिम प्राप्‍त फौज थिए, जसलाई संख्याअनुसार सचिव यीएल र अधिकृत मासेयाहले एक जना राजकीय अधिकृत हनन्याहको अधीनमा भेला गर्थे।
12 The total number of clan leaders commanding the mighty warriors was 2,600. ती लडाकु मानिसहरूमाथि रहेका परिवारका मुखियाहरूको जम्मा संख्या दुई हजार छ सय थियो।
13 Under their command was an army of 307,500, trained to make war with great power, to help the king against his enemies. तिनीहरूको अधीनमा युद्धको निम्ति तालिम पाएका र राजाका शत्रुहरूको विरुद्धमा तिनलाई सघाउने 3,07,500 मानिसहरू थिए।
14 Uzziah equipped the whole army with shields, spears, helmets, coats of armor, bows, and slingstones. उज्जियाहले आफ्नो सम्पूर्ण फौजका निम्ति ढालहरू, भालाहरू, टोपहरू, झिलमहरू, धनुहरू र घुयेँत्रोका ढुङ्गाहरू प्रबन्ध गरिदिएका थिए।
15 In Jerusalem he made devices invented by skilled men, set on the towers and corners to shoot arrows and hurl large stones. His fame spread far and wide, for he was helped wonderfully until he grew strong. यरूशलेममा तिनले धरहराहरू र कुनाको सुरक्षामा प्रयोग गर्नका लागि आविष्कार गरिएका उपकरणहरू बनाएका थिए, ताकि सिपाहीहरूले तीरहरू हान्‍न र पर्खालहरूबाट ठूला-ठूला ढुङ्गाहरू हान्‍न सकून्। तिनको ख्याति चारैतिर टाढा-टाढासम्म फैलियो, किनकि तिनी शक्तिशाली नभएसम्म तिनले धेरै सहयोग पाइरहे।
16 When Uzziah grew strong, his heart grew proud, leading to his ruin. He was unfaithful to our Father, entering the temple of our Father to burn incense on the incense altar. तर उज्जियाह सामर्थी भएपछि, तिनको अहङ्कारले तिनलाई पतन गरायो। तिनी याहवेह आफ्ना परमेश्‍वरप्रति अविश्‍वासी भए; अनि धूप-वेदीमा आफैँ धूप बाल्न तिनी परमेश्‍वरको भवनभित्र पसे।
17 Azariah the priest went in after him, with eighty courageous priests of our Father. पुजारी अजर्याहले याहवेहका असी जना साहसी पुजारीहरूसित तिनलाई मन्दिरभित्रसम्म पछ्याए।
18 They confronted King Uzziah, saying, "It is not for you, Uzziah, to burn incense to our Father, but for the priests, Aaron's descendants, dedicated to burn incense. Leave the sanctuary; you have been unfaithful, and this brings you no honor from our Father." तिनीहरूले तिनको विरोध गरेर भने, “हे राजा उज्जियाह, याहवेहका निम्ति धूप बाल्न तपाईंको काम होइन। यो काम धूप बाल्ने काममा पवित्र तुल्याइएका हारूनका सन्तान पुजारीहरूका निम्ति हो। तपाईंले विश्‍वासघात गर्नुभएको छ। यसकारण मन्दिरबाट बाहिर गइहाल्नुहोस्, र तपाईंले याहवेह परमेश्‍वरबाट सम्मान पाउनुहुनेछैन।”
19 Uzziah became furious. With a censer in his hand to burn incense, as he raged at the priests, a defiling skin disease broke out on his forehead—there before the priests in the house of our Father, beside the altar of incense. तर उज्जियाह राजा रिसाए; किनकि धूप बाल्नलाई भनी हातमा धूपदानी लिएका थिए। तिनी याहवेहको मन्दिरमा धूप वेदीको सामु पुजारीहरूसित रिसाउँदै गरेको बेला तिनको निधारमा कुष्‍ठरोग देखा पर्‍यो।
20 When Azariah the chief priest and all the priests turned to him and saw the disease on his forehead, they rushed him out, and he hurried to leave, because our Father had struck him. मुख्य पुजारी अजर्याह र अरू पुजारीहरूले तिनलाई हेरे, तब तिनको निधारमा कुष्‍ठरोग लागेको देखे; अनि तिनीहरूले तिनलाई हतार-हतार बाहिर निकालिदिए। याहवेहले तिनीमाथि विपत्ति पठाउनुभयो। त्यसकारण तिनी आफैँ पनि हतार गरेर निस्कन चाहन्थे।
21 King Uzziah had the disease until his death. He lived in a separate house, still diseased, cut off from the house of our Father. His son Jotham ran the palace, governing the people of the land. राजा उज्जियाह आफू नमरेसम्म कुष्‍ठरोगले ग्रसित भइरहे। तिनी कुष्‍ठरोगले ग्रसित भएर एउटा अलग्गै घरमा बस्‍न थाले। तिनलाई याहवेहको मन्दिरमा पनि प्रवेश निषेध गरियो। तिनका छोरा योतामलाई महलको जिम्मा सुम्पियो र तिनले देशवासीहरूमाथि शासन गर्न थाले।
22 The rest of Uzziah's acts, from first to last, the prophet Isaiah son of Amoz recorded. उज्जियाहको शासनकालका अरू घटनाहरूको विवरण, सुरुदेखि अन्त्यसम्म, आमोजका छोरा अगमवक्ता यशैयाले लेखेका छन्।
23 Uzziah rested with his ancestors, buried near them in a burial field belonging to the kings, for they said, "He had a skin disease." His son Jotham reigned in his place. उज्जियाह आफ्ना पुर्खाहरूसित सुते; अनि राजाहरू गाडिने ठाउँको चिहान नजिक गाडिए, किनकि मानिसहरूले “तिनी कुष्‍ठरोगी हुन्” भन्थे। तिनीपछि तिनका छोरा योताम राजा भए।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]