Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

2 Chronicles 25 ONCV

Show ONCV only
Verse × ×
1 Amaziah became king at twenty-five and reigned twenty-nine years in Jerusalem. His mother was Jehoaddan of Jerusalem. अमस्याह पच्‍चीस वर्षको उमेरमा राजा भए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम यहोअदीन थियो; र तिनी यरूशलेमकी थिइन्।
2 He did what was right in the eyes of our Father, but not wholeheartedly. तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो त्यही गरे, तर सम्पूर्ण हृदयले होइन।
3 Once the kingdom was firmly his, he executed the servants who had killed his father the king. सम्पूर्ण रूपमा राज्य आफ्नो अधीनमा आएपछि तिनले आफ्ना पिताको हत्या गर्ने ती अधिकृतहरूलाई मृत्युदण्ड दिए।
4 But he did not put their children to death, as written in the Law, the book of Moses, where our Father commanded, "Parents must not die for their children, nor children for their parents; each dies for his own sin." तापनि “छोराछोरीहरूका पापको कारण आमाबुबाहरू र आमाबुबाहरूका पापको कारण छोराछोरीहरूलाई नमार्नू, हरेक मानिस आफ्नै पापको कारण मर्नैपर्छ” भनेर याहवेहले आज्ञा दिनुभएको मोशाको व्यवस्थामा लेखिएअनुसार तिनले उनीहरूका सन्तानलाई मारेनन्।
5 Amaziah gathered Judah, organized them by ancestral houses under commanders of thousands and hundreds, for all Judah and Benjamin. He counted those twenty and up: 300,000 chosen men fit for war, handling spear and shield. अमस्याहले यहूदाका मानिसहरूलाई एकसाथ बोलाए, र तिनीहरूलाई आफ्ना परिवारहरू बमोजिम सबै यहूदा र बेन्यामीनको निम्ति हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूको जिम्मामा लगाइदिए। त्यसपछि तिनले बीस वर्ष र त्यसभन्दा माथिकाहरूलाई बटुले; अनि लडाइँका निम्ति तयार पारे, जसको संख्या तीन लाख थियो। यी मानिसहरू भाला र ढाल चलाउनमा कुशल थिए।
6 He also hired 100,000 strong warriors from Israel for about 7,500 pounds of silver. तिनले इस्राएलबाट चाँदीका एक सय टालेन्टमा एक लाख लडाकु मानिसहरू भाडामा लिए।
7 A man of our Father came to him: "King, don't let Israel's army go with you, for our Father is not with Israel—all these Ephraimites. तर एक जना परमेश्‍वरका जनले तिनीकहाँ आएर भने, “हे महाराजा, इस्राएलबाटको यो दल तपाईंको साथमा नजाओस्; किनकि याहवेह इस्राएलसँग हुनुहुन्‍न, न त एफ्राइमका कुनै मानिससित नै हुनुहुन्छ।
8 Even if you fight bravely, our Father will overthrow you before the enemy, for our Father has power to help or overthrow." यदि तपाईंले गएर साहसपूर्वक युद्ध लड्नुभयो भने पनि परमेश्‍वरले तपाईंलाई शत्रुको अगि परास्त गर्नुहुनेछ; किनकि सहायता गर्ने र हराउने शक्ति परमेश्‍वरसितै छ।”
9 Amaziah asked the man of our Father, "But what about the roughly 7,500 pounds of silver I gave Israel's troops?" He replied, "Our Father can give you far more than this." अमस्याहले परमेश्‍वरका जनलाई सोधे, “तर मैले यी इस्राएली दलहरूको निम्ति तिरेको एक सय टालेन्टलाई के गर्ने?” परमेश्‍वरका जनले भने, “याहवेहले तपाईंलाई त्योभन्दा धेरै बढी दिन सक्नुहुन्छ।”
10 So Amaziah sent home the troops that came to him from Ephraim. They burned with anger against Judah and returned home enraged. यसकारण अमस्याहले आफूकहाँ एफ्राइमबाट आएका दलहरूलाई बिदा दिएर घर पठाइदिए। तिनीहरू यहूदासित रिसले आगो भए; र रिसले चुर हुँदै घरतिर लागे।
11 But Amaziah took courage, led out his people to the Valley of Salt, and struck down 10,000 men of Seir. तब अमस्याहले साहस गरेर आफ्नो फौजलाई नुनको बेँसीमा लगे; अनि त्यहाँ तिनले सेइरका दश हजार मानिसहरूलाई मारे।
12 Judah's men also captured 10,000 alive, took them to the cliff top, and threw them down, smashing them all to pieces. यहूदाको फौजले पनि दश हजार मानिसहरूलाई जीवितै पक्रे; अनि तिनीहरूलाई एउटा अग्लो चट्टानमा लगेर त्यहाँबाट तल फ्याँकिदिए, तब तिनीहरू सबै टुक्रै-टुक्रा भए।
13 Meanwhile the troops Amaziah sent back, not letting them join the battle, raided Judah's cities from Samaria to Beth-horon, struck down 3,000 people, and carried off much plunder. त्यसै बेला अमस्याहले लडाइँमा भाग लिन नदिएर फर्काइदिएका दलहरूले सामरियादेखि बेथ-होरोनसम्मै यहूदाका सहरहरूमा आक्रमण गरे। तिनीहरूले तीन हजार मानिसहरूलाई मारे, र धेरै मात्रामा लुटका मालहरू लिएर गए।
14 After Amaziah defeated the Edomites, he brought back the gods of Seir's people, set them up as his own gods, bowed to them, and burned offerings to them. एदोमीहरूलाई परास्त गरेर फर्कँदा अमस्याहले सेइरका मानिहरूका देवताहरू ल्याए। तिनले ती मूर्तिहरूलाई आफ्नै ईश्‍वरझैँ राखे। तिनीहरूको सामु निहुरे, र तिनीहरूकहाँ होमबलिहरू चढाए।
15 So our Father's anger burned against Amaziah, and he sent a prophet, who asked, "Why seek this people's gods, which couldn't save their own from your hand?" तब याहवेहको क्रोध अमस्याहको विरुद्धमा दन्क्यो; अनि उहाँले एक जना अगमवक्ता तिनीकहाँ पठाउनुभयो; जसले तिनलाई भने, “तपाईंले यी मानिसहरूका देवताहरूसित किन सल्‍लाह लिनुहुन्छ, जसले आफ्नै मानिसहरूलाई तपाईंको हातबाट बचाउन सकेनन्?”
16 As he spoke, the king said, "Did we make you the king's counselor? Stop! Why be killed?" The prophet stopped but said, "I know our Father has determined to destroy you, because you did this and ignored my counsel." तिनी बोल्दाबोल्दै राजाले तिनलाई भने, “के हामीले तिमीलाई राजाको सल्‍लाहकार नियुक्त गरेका छौँ? चुप लाग! तिमी किन मारिन चाहन्छौ?” यसकारण ती अगमवक्ता चुप लागे, र यसो भने, “म जान्दछु, तपाईंले यसो गर्नुभएको छ; र मेरो सल्‍लाह सुन्‍नुभएन। यसकारण परमेश्‍वरले तपाईंलाई नाश गर्ने निश्‍चय गर्नुभएको छ।”
17 Amaziah king of Judah consulted his advisers, then sent to Joash son of Jehoahaz, son of Jehu, king of Israel: "Come, let us face each other in battle." यहूदाका राजा अमस्याहले आफ्ना सल्‍लाहकारहरूसित सल्‍लाह लिए; अनि इस्राएलका राजा येहूका नाति यहोआहाजका छोरा योआशकहाँ यसो भनेर चुनौती पठाए, “आऊ, मसँग आमने-सामने लडाइँ गर।”
18 Joash king of Israel answered Amaziah king of Judah: "A Lebanon thistle sent to a Lebanon cedar, saying, 'Give your daughter to my son as wife.' But a wild Lebanon beast passed and trampled the thistle. तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्याहलाई जवाफ दिए, “लेबनानमा भएको एउटा लुहुँडे काँडाले लेबनानको देवदारुलाई यसो भनेर खबर पठायो, ‘तपाईंकी छोरी मेरो छोरासित विवाह गर्न दिनुहोस्।’ तब लेबनानमा भएको एउटा जङ्गली पशु आएर त्यस लुहुँडे काँडालाई खुट्टाले कुल्चिदियो।
19 You said, 'Look, I have struck down Edom,' and your heart grew proud, boasting. Stay home. Why court disaster and fall—you and Judah with you?" हेर, मैले एदोमलाई परास्त गरेँ भनी तिमी भन्छौ; अब तिमी घमण्डी र अहङ्कारी भएका छौ। तर अब घरमै बसिरहनू! किन विपत्ति खोज्छौ? आफ्नै पतन र यहूदाको समेत किन पतन गर्न चाहन्छौ?”
20 But Amaziah wouldn't listen—this was from our Father, to hand them over for seeking Edom's gods. तर अमस्याहले सुन्‍न चाहेनन्; किनभने तिनीहरूले एदोमका देवताहरू खोजी गरेका थिए। यसकारण परमेश्‍वर तिनीहरूलाई यहोआशको हातमा पारिदिनलाई काम गर्नुभएको थियो।
21 So Joash king of Israel marched up, and he and Amaziah king of Judah faced off at Beth-shemesh in Judah. यसकारण इस्राएलका राजा येहोआशले आक्रमण गरे। तिनी र यहूदाका राजा अमस्याहले यहूदाको बेथ-शेमेशमा एका-अर्काको सामना गरे।
22 Judah was defeated by Israel, and everyone fled to his own home. यहूदा इस्राएलद्वारा पराजित भयो र प्रत्येक मानिस आ-आफ्नो घरतिर भागेर गए।
23 Joash king of Israel captured Amaziah king of Judah, son of Joash, son of Jehoahaz, at Beth-shemesh, took him to Jerusalem, and broke down its wall from the Ephraim Gate to the Corner Gate—about 600 feet. इस्राएलका राजा येहोआशले अहज्याहका नाति योआशका छोरा यहूदाका राजा अमस्याहलाई बेथ-शेमेशमा पक्रे। तब येहोआशले तिनलाई यरूशलेममा ल्याए र यरूशलेमको पर्खाललाई एफ्राइमको मूलढोकादेखि कुनाको मूलढोकासम्म चार सय क्यूबिट लामो भाग तोडिदिए।
24 He took all the gold, silver, and articles found in the house of our Father in Obed-edom's care, plus the palace treasures and hostages, and returned to Samaria. तिनले सबै सुन, चाँदी र ओबेद-एदोमको जिम्मामा रहेका परमेश्‍वरको भवनका सबै सामग्रीहरू, महलका खजाना र कैदीहरू लिए, अनि तिनी सामरियामा फर्के।
25 Amaziah son of Joash, king of Judah, lived fifteen years after Joash son of Jehoahaz, king of Israel, died. यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि पन्ध्र वर्ष बाँचे।
26 The rest of Amaziah's acts, first to last, are they not written in the Book of the Kings of Judah and Israel? अमस्याहको शासनका अरू घटनाहरू, सुरुदेखि अन्त्यसम्म, के ती यहूदा र इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छैनन् र?
27 After Amaziah turned from following our Father, they conspired against him in Jerusalem, and he fled to Lachish. But they sent men after him there and killed him. अमस्याहले याहवेहलाई पछ्याउन छोडेको समयदेखि तिनीहरूले यरूशलेममा तिनको विरुद्धमा षड्यन्त्र रचे; अनि तिनी लाकीशमा भागेर गए, तर तिनीहरूले लाकीशमा मानिसहरू पठाएर तिनलाई त्यहीँ मारे।
28 They brought him back on horseback and buried him with his ancestors in the City of Judah. तिनलाई घोडामाथि बोकाएर ल्याइयो, र यहूदामा सहरमा आफ्ना पुर्खाहरूसित गाडियो।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]